समाज

सवारी चालक र सडकका कारण दुर्घटना बढ्दो

साउन ३२ २०७४   .

भैरहवा । सवारी दुर्घटना रोक्न जिल्ला ट्राफिक कार्यालयले विभिन्न सचेतना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् । चालकको लापरवाही र सडकका कारण दिनहुँ धनजनको क्षति हुनेक्रम  बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लमा दुई सय ४८ वटा साना ठूला सवारी दुर्घटना भएका छन् । जसबाट एक सय २५ जनाले ज्यान गुमाए । दुर्घटनाबाट एक सय ८५ जना गम्भीर घाइते भएका थिए...

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर

साउन ३२ २०७४   .

पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो । कृषि उपज भण्डारण गर्ने उद्देश्यले २ सय मेट्रिक टन क्षमता भण्डारण गर्न सक्ने ४ करोड ९९...

पूर्वाञ्चलमा ४७ जनाको मृत्यु, १५ जना बेपत्ता

साउन ३२ २०७४   रासस

विराटनगर, साउन ३२ । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पू...

चितवनमा भोलिदेखि हर्न निषेध

साउन ३२ २०७४   रासस

चितवन साउन ३२–नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट...

दाउन्ने सडकखण्ड भत्किएपछि २४ घण्टाका लागि बन्द

साउन ३२ २०७४   .

नवलपरासी, साउन ३२ । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि  २४ घण्टाका लागि  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो । जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भ...

बाढी पहिरोमा राष्ट्रपतिको चासो : अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरे । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्ल...

श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार

साउन ३१ २०७४   .

दाङ–पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती मह...

बाढीपहिरोमा परी हालसम्म १११ जनाको मृत्यु

साउन ३१ २०७४   .

काठमाडौं, साउन ३१– बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका  प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई  जानकारी गराएको छ ।  गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।  उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । गृहमन्त्री ...

बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १००पुग्यो

साउन ३१ २०७४   .

काठमाडौं  साउन,३१। देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । २ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांक...

बाढीपीडितको लागि चीनद्वारा १० लाख डलर सहयोग घोषणा

साउन ३१ २०७४   रासस

काठमाडौँ। चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ सोमबार शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गर्नुभएको हो । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्...

मृतक बालकलाई गाड्ने ठाउँ नभएपछि बगाइदिए आफन्तले

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०–अविरल वर्षापछि आएको वाढी पहिरोबाट हालसम्म ६६ जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयले जनाएको छ ।  बाढीका कारण तराईको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कोइलाडी– ६ का  बालक कमल सदाको मृत्यु भयो ।  आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै  आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाढ्न) चाहेको थियो  । त...

आज कृष्ण जन्माष्टमी, भगवान् कृष्णलाई किन सम्झिने ?

साउन ३० २०७४   .

काठमाडौँ  साउन ३० –   सनातन धर्मग्रन्थहरूका अनुसार भगवान् विष्णुका आठौं अवतार मानिएका भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो। पुराणहरूका अनुसार बुधबार र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णु मानवरूपमा धर्तीमा अवतरित भएका हुन्। कृष्णपक्षको कालो रातमा कंसको कालकोठरीमा जन्मेर भगवान् श्रीकृष्णले बाललीला मात्र देखाएनन्, अन्याय...

गृह मन्त्रालयद्धारा राहत संकलन संयोजन समिति गठन

साउन ३० २०७४   .

काठमाडौँ, साउन ३०–बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न गृह मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत सामाग्री त्रिपाल, भाँडाकुँडा, खाद्यन्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिक...

२६ जिल्लाको जनजीवन अस्तव्यस्त

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०– बाढीपहिरोले मुलुकका २६ जिल्ला बढी प्रभावित भएका छन् । गृह मन्त्रालयले पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीमा परेर ५८ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरी तथ्यांक अनुसार ७६ जनाको ज्यान गइसकेको छ। गृहका अनुसार बाढीपहिरोबाट पूर्वका ६, मध्यका १०, पश्चिमका ३, मध्यपश्चिमका ६ र सुदूरपश्चिमको एक गरी २६ जिल्ला...

देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०– बाढी र पहिरोका कारण देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध छन् । तर, सडक निर्माण, अनुगमन र हिसावकिताव राख्ने सडक विभागलाई भने कुन कुन स्थानका सडक अवरुद्ध छन् भन्ने अहिलेसम्म पत्तो नै छैन । सडक विभागका सुचना अधिकारी दयाकान्त झाका अनुसार देशभर नै सुचना संकलनको काम भइरहेकाले कुन कुन सडक अवरुद्ध छन् भनेर अहिल्...

सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

साउन ३० २०७४   .

काठमाडौं– सरकारले  बाढी तथा पहिरो प्रभावित क्षेत्रमा   आइएनजीओहरुलाई मनपरी रुपमा  राहत वितरण गर्न रोक लगाएको छ ।  सोमबार बिहान बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकपछि  गृहमन्त्री जनार्दन शर्माले  एनजीओलाई फिल्डमा गएर सामान बाँड्न रोक लगाइएको जानकारी दिए ।  शर्माले त्यसका लागि समाजकल्याण परिषद्  र अर्थ सचिवलाई निर्देशन आवश्यक निर्...

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

साउन २९ २०७४   .

परासी  साउन,२९ । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट न...

गृहमन्त्रालयको रिपोर्ट :देशभरको बाढी पहिरोमा अहिलेसम्म ४७ जनाको मृत्यु ,३६ बेपत्ता

साउन २९ २०७४   .

काठमाडौं, साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ गृहमन्त्रालयले जनाएको छ । त्यस्तै बाढी पहिरो र डुवानबाट ३ हजार ५ सय ६१ घरपरिवार विस्थापित भएका छन् भने २० जना घाइते भएका छन् । मन्त्रालयका अनुसार बाढी, प...

मनसुन : पूर्वबाट पश्चिमतर्फ सक्रिय, चितवन पश्चिम क्षेत्रमा भारी बर्षा हुने

साउन २९ २०७४   .

काठमाडौं, साउन २९– जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ । यद्यपि बर्षा भने देशभर नै हुनेछ । मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन ...

बाँधका ढोका खोल्न एमालेको आग्रह

साउन २९ २०७४   रासस 

काठमाडौँ, साउन,२९- नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ ।  एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्का...

देशभरको बाढी पहिरोमा ५१ जनाको मृत्यु ,राहत तथा उद्धारमा कठिनाई

साउन २९ २०७४   .

काठमाडौं,साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मृतकको संख्या ५१ पुगेको छ भने घाइते १६ र वेपत्ता ८ जना रहेका छन् । पाच्चथरदेखि बर्दियासम्म बाढी, पहिरो र डु...

नवलपरासीको स्तुपामा चिनियाँ लगानी भित्र्याउने सहमती

साउन २८ २०७४   .

नवलपरासी । गौत्तमबुद्धको अष्ठ धातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र प्रबद्र्धनका लागी चिनियाँ लगानी भित्रिने भएको छ । रामग्राम स्तुप क्षेत्रलाई लक्षित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्न चिनियाँ पक्षबाट लगानी हुन लागेको हो । आर्थिक रुपमा लगानी गरी यस क्षेत्रका विकासका लागी चिनिया टोलीले चासो देखाएपछि  यस क्षेत्रको पर्यटकीय विकासमा थ...

देरभर भीषण वर्षा, पहाडमा पहिरोले ज्यान लियो, तराईमा बाढीले सयौं घर डुवानमा

साउन २८ २०७४   .

काठमाडौं, साउन २८ । केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना बढ्दै गइरहेका छन्। पहाडी क्षेत्रमा पहिरोका कारण मृत्यु हुने र तराईमा बाढीबाट वस्ती नै डुबानमा पर्ने घटना बढेका छन्। मध्य साउन मनसुन सक्रिय हुने सयम हो। तर यो वर्ष भने विगतका भन्दा बढी पानी परेको मौसमविद राजु प्रधानांग बताउँछन्। नेपालमा अहिले दुईव...

मुलुकमा विभिन्न स्थानमा बाढी, पहिरो र डुबानः गृह मन्त्रालयद्वारा सार्वजनिक अपिल

साउन २८ २०७४   .

काठमाडौं, साउन २८– गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या  निम्तिएपछि  खोज , उद्दार र राहतमा  सहयोग सार्वजनिक अपील गरेको छ । मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा...

दाङमा यातायात सेवा बन्द

साउन २८ २०७४   .

तुलसीपुर, साउन २८ - रातिदेखी परेको लगातारको बर्षाका कारण दाङमा यातायात सेवा ठप्प भएको छ । बाढीबाट जिल्लाका बिभिन्न स्थानमा क्षति पुगेको छ । तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । राप्ती राजमार्गको तुलसीपुर अमिलीया सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । तुलसीपुर...

पहिरोले सिद्धबाबामा मोटरसाइकल पुरिदा एकको मृत्यु, अर्का घाइते

साउन २८ २०७४   .

पाल्पा, साउन २८ । अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान सिद्धबाबामा मोटरसाइल पुरि“दा एक जनाको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा यात्रा गरेका अर्का एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पाको तानसेन आउदै गर्दा लु १३ प १३६५ नम्बरको मोटरसाइल पहिरोले पुरि“दा घाइते भएका तानसेन, ३ का ३५ वर्षिय गृहपति शाक्यको मृत्यु भएको छ । ...

अब भरतपुर पनि हर्न निषेधित क्षेत्र

साउन २७ २०७४   .

चितवन साउन, २७ । राजधानी काठमाडौं र पोखरासँगै अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र र भित्री भागमा समेत हर्न बजाउन रोक लगाउन लागिएको हो । केन्दि्रय बस टर्मिनल भरतपुर, चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडि लगायतक...

बागलुङमा घरको पर्खालले च्यापिएर दुई जनाको मृत्यु

साउन २७ २०७४   .

बागलुङ, साउन २७ । निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ । गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै परिवारका ७५ बर्षिय जयलाल बिक र उनका नाति १३ बर्षिय बिबेक बिकको घटनास्थलै ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । घरमा नाति, हजुरब...

संसदीय समितिले भन्यो–डा. केसीको जीवन बचाउनुस्

साउन २६ २०७४   .

काठमाडौं । संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले १८ दिनदेखि अनसरत डा.गोविन्द केसीका जायज माग पूरा गरी अनसन तोडाउन सरकारलाई निर्देशन दिएको छ । विहीबार बसेको समिति बैठकमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए । उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठले माथेमा प्रतिवेदन कार्यान्वयनका लागि क...

आजदेखि पेट्रोलियम ढुवानी बन्द

साउन २६ २०७४   .

काठमाडौं, साउन २६,–पेट्रोलियम पदार्थ दुवानीमा भएको प्राविधिक नोक्सानीको बिषयलाई लिएर पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग अघि सारेर  बिहीबारवाट डिपोवाट पेट्रोलियम पदार्थ नउठाउने भएका छन् । पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

आर्थिक अनुशासनमा रहेर भवन बनाउन प्रमको निर्देशन

साउन २५ २०७४   रासस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबार परिसरमा नयाँ निर्माण हुन लागेको रक्षा मन्त्रालय भवनको यहाँ शिलान्यास गरे । सिंहदरबार परिसरको दक्षिण पश्चिम नेपाली सेनाको क्याभलरी रहेको स्थानमा आगामी २०७७ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त भवन शिलान्यास गरिएकोे होे । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अ...

भारतीय चेकजाचले नेपालमा कठिनाई

साउन २४ २०७४   .

भैरहवा,  साउन २४। सुरक्षाको कारण देखाउदै भारतीय शसस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाचमा कडाई गरे पछि सीमामा आष्तजावतका साथै आयात निर्यात समेत प्रभावित भएकोे छ । १५ अगष्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै सीमामा एसएसबीले चेकजाच बढाएको छ । बेलहिया–सुनौलीनाकाहुदै भारतमा छिरेका बिभिन्नअवैधानिकएवमशंकास्पद बस्तुहरु फेला पर्दै ग...

४३ जातीय समूहलाई सूचीकृत गर्न माग

साउन २४ २०७४   .

काठमाडौं । ४३ जातीय समूहले आफूहरुलाई आदिवासी जनजातिको मान्यता नदिएको भन्दै गुनासो पोखेका छन् । ४३ जातीय समूहले मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन आयोजना गरी आदिवासी जनजातिको मान्यता प्राप्त गर्न प्रमाण र दस्तावेजसहित बारम्बार सरोकारवाला निकाय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति, संचालक परिषद लगायतले कुनै ठोस न...

नवलपरासी :लागुऔषधले विकराल रुप लिँदै

साउन २४ २०७४   रासस

नवलपरासी, साउन २४ -लागुऔषधको सेवनका कारण युवा पुस्तामा यसको असर विकराल बन्दै गएको छ । विशेष गरी १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागुऔषधको प्रयोग बढ्दो देखिन्छ । युवामा ७० प्रतिशत लागुऔषध प्रयोगकर्ताको उमेर ३० वर्ष भन्दा काम रहेको तथ्याँकले देखाएको छ । सुईको माध्यमद्वारा, धुम्रपानमा मिसाएर र अन्य तरिकाबाट लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । पछ...

गाईजात्रा धुमधामले मनाइँदैः संस्कृतिसंगै व्यङ्ग्य पनि कसिदै, उपत्यकामा सार्वजनिक बिदा

साउन २४ २०७४   रासस

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ...

ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’, प्रवीण खत्रीको मृत्यु

साउन २३ २०७४   .

ललितपुर, साउन २३– ललितपुरको कुसुन्तीमा अरुणिमा बस्ती वडानम्बर १३ मा प्रहरी इन्काउन्टरमा एकजना कुख्यात लागुऔषध कारोबारीको मृत्यु भएको छ । प्रहरी ‘इन्काउन्टर’मा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । प्रहरीले खत्री लागुऔषधका कारोवारी भएको भन्दै खोजीकार्य जारी राखेको थियो । सोमबार पौने २ बजे उनै खत्रीको खोजीमा हिडेको महानगर...

सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने

साउन २३ २०७४   .

काठमाडौं साउन, २३– सरकारले ट्राफिक प्रहरीलाई दैनिक रु २०० भत्ता दिने भएको छ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ट्राफिक प्रहरीलाई दैनिक रु २०० विषेश भत्ता दिने प्रस्ताव गरिएको बताए । उनले प्रस्ताव अर्थ मन्त्रालय पठाइएको जानकारी दिँदै सो स्वीकृत हुनासाथ कार्यान्वयनमा आउने बताए । शर्मा गृहमन्त्री भएसँगै ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वाप...

सोमबार राति चन्द्रग्रहण,ग्रहणको समयमा के गर्ने के नगर्ने ? कुन् राशीको लागिको शुभ

साउन २३ २०७४   रासस

काठमाडौँ,साउन २३ । श्रावण शुक्ल पूर्णिमाका दिन साउन २३ गते सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ ।एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बता...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः जाँच सर्वेक्षण थाल्ने

साउन २२ २०७४   .

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी साउन २६ गतेदेखि दुई चरणमा सम्पन्न हुनेगरी गुनासो फस्र्यौटमार्फत् छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको छ । प्राधिकरणले आगामी २६ गतेबाट पहिलो चरण अन्तरगत भूकम्प अतिप्रभावित ८ जिल्लामा छुट सर्वेक्षण तथा पुनः जाँच सर्वेक्षणको काम सुरु गर्ने भएको हो । यसका लागि सर्वेक्षणमा खटिन...

नेपाल–चीन क्रसबोर्डर ट्रान्समिसन लाइन बन्दै

साउन २० २०७४   .

काठमाडौं, साउन २०– भारतसँग मात्रै विद्युत ब्यापार र क्रासबोर्डर ट्रान्समिसन लाइन भएको नेपाल अव चीनसँग पनि चारवटा नाकामार्फत विद्युत ब्यापार हुने भएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको १० बुँदे सम्झौता मध्येको एक नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने उल्लेख थियो ।  नेपालको ऊर्जा उत्पादन र विक्रीम...

रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार,मनोज पुनले लिए जिम्मा

साउन २० २०७४   .

भैरहवा  ,साउन,२० । रुपन्देहीको मणिग्राममा एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राममा अज्ञात समूहले सिरिसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ लक्षित गरी गोली प्रहार भएको थियो । भण्डारीलाई लक्षित गरी दुई राउण्ड गोली प्रहार भएको थियो । तर, उनी सुरक्षित छन् । लगतै प्रहरीको मस्ट वान्टेड सूचिमा रहेको म...

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

साउन १९ २०७४   रासस

चितवन, साउन १९। नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार साँझदेखि सडक अवरुद्ध बनेको हो । साँझ ७ः३५ बजे का...

१५ घण्टादेखि मुग्लिन सडक अवरुद्ध, सुरु भयो पहिरो हटाउने काम

साउन १९ २०७४   .

  चितवन, साउन १९ | चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत कालिखोलामा खसेको ठूलो पहिरोका कारण १५ घण्टादेखि सडक अवरुद्ध छ। भारी बर्षा र ढुंगा खस्ने क्रम नरोकिएकाले सडक अवरुद्ध भएको करिब १४ घण्टापछि बिहीबार साढे १० बजेदेखि पहिरो हटाउन थालिएको नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार कालिखोला लगायत विभिन्न क्षेत...

डा. केसी पक्षद्वारा वार्ता बहिस्कार, डा. क्षेत्री भन्छन्- कर्मकाण्डी वार्ताको औचित्य छैन

साउन १९ २०७४   Rekha Rana

१८ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थक चिकित्सकहरुले सरकारसँग वार्ता गर्नुको औचित्य नभएको भन्दै यथास्थितिमा वार्तामा नबस्ने घोषणा गरेका छन् । डा. केसीको तर्फबाट गठित वार्ता टोलीले सरकारसँगको बुधबारको वार्तामा पनि सहभागीता जनाएन । डा. केसीका समर्थक डा. जीवन क्षेत्रीले अनलाइनखबरसँग भने, ‘सरकारी पक्ष कुनै तयारी गरेर आउँदैन । वार्ता...

घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

साउन १५ २०७४   रासस

काठमाडौँ,  साउन १५- लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पन...

राष्ट्रिय गौरवका आयोजना समयमा सक्न विकास समितिको निर्देशन

साउन १५ २०७४   रासस

काठमाडौँ,  साउन,१५-  व्यवस्थापिका–संसद्, विकास समितिले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा सम्पन्न गर्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले आज आयोजना गरेको वीरगञ्ज, जनकपुरलगायत शहरमा एसियाली विकास बैँंकको सहयोगमा सञ्चालित एकीकृत शहरी विकास कार्यक्रमको विद्यमान अवस्था, समस्या र समाधान विषयको छलफलपछि यस्तो निर्देशन दिएको हो । ...

अलपत्र नेपालीको उद्दार र मानव तस्करलाई कारवाहीको माग

साउन १५ २०७४   .

युएई– युएई नेपाली एकता समाजले भिजिट भिषामा युएई ल्याएर दलालले अलपत्र पारेका बाँकी ५ जनाको उद्दार र मानव तस्करलाई कारवाही हुनुपर्ने माग गरेको छ । समाजले एक प्रेस विज्ञप्ती जारी गर्दै अलपत्र पारिएका नेपालीहरुको दुतावास मार्फत उद्वार गर्न अनुरोध गर्दै भिजिट भिषाको नाममा ठगी गर्ने मानव तस्करी र दलाललाई कारवाही गर्न माग गरेको हो । विज्ञप्तीमा १९...

२५ वर्ष बित्दापनि गण्डक पीडितले पाएनन् क्षतिपूर्ति

साउन १४ २०७४   .

परासी साउन, १४–गण्डक कमाण्ड क्षेत्र अन्तर्गत साविक १३ गाविसका बाढीपिडितहरुले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । बाढीपीडित भएको २५ वर्ष वित्न लाग्दा पनि  पीडितले क्षतिपुर्त पाउन नसकेका हुन् ।  सन् १९६२ मा गण्डकमा आएको भीषण बाढीले त्यस क्षेत्रका १४ वटा गाउँ सखाप बनाएको थियो । त्यस पश्चात पुनः २०५० सालमा अर्को बाढी आयो  । जुन बाढीको असर वर्षायाममा...

कपिलबस्तुमा छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

साउन १४ २०७४   .

कपिलवस्तु  साउन, १४,–छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ ।  कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको भनाई छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ निवासि इजहार खां का छोरा दिलसाद खांसंग गत बर्ष विबाह बन्धनमा बांधिएकी सविनाले तीन म...

बेलहियामा 'एकीकृत जाँच चौकी'

साउन १४ २०७४   रासस

भैरहवा साउन, १४ - नेपाल–भारत सीमाक्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने भएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीले शुक्रबार आयोजित नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना गर्न लागिएको जानकारी दिए । उनले भने, “रक्सौल र परवानीपुरमा ...
To Top