समाज

गुल्मी प्रहरीद्वारा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

असोज ९ २०७४   .

गुल्मी,  असोज ९ ।  प्रहरीले रेसुंगा नगरपालिका–१० सिमीचौरबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। सात सय २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ। घरेलु मदिराको...

विवाह मण्डपले सजिएको घर एकाएक शोकमग्न बन्यो

असोज ७ २०७४   .

गुल्मी, असोज ७–हिजो मात्रै छोराका लागि  केटी मागेर फर्किएका थिए आज सिद्धवावको पहिरोले पुरेर मृत्यु भएका गुल्मी वम्घा काउले गाउँका तिलकराम भण्डारी ।    ५१ वर्षिय भण्डारीका दुई छोरा र एक छोरीहरु मध्ये असोज ९ गते हुने जेठा छोरा दिपकको बिवाहको अन्तिम तयारीका लागि भ्याई नभ्याई थियो ।  बेहुला बेहुलीलाई कपडा लगायतको समाग्री किन्नका लागि आज विहान भण्डा...

कर्मचारीको मिलेमतोमा बाणिज्य बैंकमा राखेको ४० लाख गायब

असोज ६ २०७४   .

बिराटनगर ,असोज ६– कर्मचारीको मिलेमतोमा नक्कली चेक र सही प्रयोग गरेर लाखौँ रुपैया अपचलन गरेको खुलिसकेपनि राष्ट्रिय बाणिज्य बैंकबाट क्षतिपुर्ति नपाएपछि एक ग्राहकको मारमा परेका छन् ।   महोत्तरीको मनरा गाउँपालिका घर भै हाल नेपाल बिद्युत्त प्राधिकरण क्षेत्रिय कार्यालय बिराटनगरमा उपप्रबन्धक पदमा कार्यरत ग्राहक प्रकाशनारायण सिंहले खातामा जम्मा गरेको...

तिनाउको बाढीमा महिला बेपत्ता

असोज ६ २०७४   .

बुटवल असोज,५   । रुपन्देहीको बुटवलमा तिनाउ खोलाको बाढीमा बगेर एक महिला बेपत्ता भएकी छन् भने एक बालकको उद्धार गरिएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरको सीमामा रहेको मगरघाटबाट खोला तर्दै गरेका दुई जनालाई खोलाको बाढीले बगाएको हो । बुटवलमा पानी नभएको सुख्खा बगरबाट पारी जाँदै गर्दा उताबाट एक्कासी बाढी आएपछि उनीहरु बगेको स्थानीयले जनाएका छन् ।...

खोलाले बगाएर एकजनाको मृत्यु

असोज ६ २०७४   .

चितवन, असोज ५ । चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम...

खोल्न प्रस्ताव गरिएका १३ मध्ये पाँचवटा नाकाको चीनले स्थलगत अध्ययन गर्ने

असोज ५ २०७४   रासस

काठमाडौँ, असोज ५ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ । वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले न...

बडादशैं शुरु, आज घटस्थापना

असोज ५ २०७४   .

काठमाडौँ, असोज ५ - यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालय...

दशैंमा टेलिकमको आकर्षक अफर

असोज ४ २०७४   .

काठमाडौं ,असोज ४–नेपाल टेलिकमले दशैको उपलक्ष्यमा विभिन्न अफर ल्याएको छ । टेलिकमले विगत बर्षमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न छुटसहितका अफर योजना सार्वजनिक गरेको हो । यस्ता छन् अफर रिचार्जमा बोनस :  जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा असोज ५ गते देखी १० गतेसम्म ५०, १००, २००, ५०० र १००० का रिचार्ज...

यो वर्ष दशैंमा चियापान नगर्न दलहरुलाई निर्वाचन आयोगको आग्रह

असोज ३ २०७४   .

काठमाडौं ,असोज ३ | प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस वर्ष राजनीतिक दलहरुले चाडपर्वको अवसर पारेर चियापान समारोह गर्न नपाउने बताएका छन्। नेपाली रेडियो नेटवर्कले मंगलबार प्रदेश सभा र प्रतिनिधि सभामा रेडियोको भूमिका विषयमा गरेको कार्यक्रममा उनले राजनीतिक उद्देश्यले चियापान गर्न नपाइने बताएका हुन्। '२०७४ साल निर्वाचनको पर्व हो। त्यस...

यसरी मनाइयो संविधान दिवस

असोज ३ २०७४   .

काठमाडौं, असोज ३। शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाइएको छ। नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परेवा उडाएका थिए। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री जनार्दन शर्मा, मन...

दसैं र तिहारका लागि रुपन्देही प्रहरीको अपिल

असोज २ २०७४   .

बुटवल ,असोज २ ।   दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी रुपन्देही प्रहरीले विशेष योजना लागु गरेको छ ।  चाडबाडका बेला हुन सक्ने सम्भावित घटनाहरुलाई न्यूनीकरणका लागि विशेष सुरक्षा योजना लागू गरेको रुपन्देही प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनु भयो । दसैं मान्नका लागि धेरै जसो मानिसहरु घर गएको बेला धेरै चोरी हुदैँ आएको छ । चाडबाडका बेला...

अवैध ६ लाख भारतिय रुपैयाँ सहित गाडी चालक पक्राउ

असोज २ २०७४   .

बुटवल ,असोज २ । अवैध रुपमा भारतिय रुपैयाँको कारोवार गर्ने कपिलवस्तुका एक  गाडी चालक ६ लाख भारतिय रुपैयाँ सहित पक्राउ परेका छन ।  कपिलवस्तुको कृष्णनगरपालिका वडा नम्बर ३ वस्ने वर्ष ३० को सलिम मियाँले भारतवाट नेपाल ल्याउदै गरेको अवैध रुपमा झोलामा वोकील्याएको २ हजार दरका १ सय थान र ५ सय दरका ८ सय थान भारतिय रुपैयाँ गरि कूल ६ लाख भारतिय रुपैयाँ स...

एघार वर्ष पछि हत्यारा पक्राउ

असोज २ २०७४   .

बुटवल,  असोज २ एघार वर्ष अघि रुपन्देहीमा एक व्यक्तिको हत्या गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६३ माघ १९ गते जिल्ला रुपन्देही साविक करौता ५ हाल सम्मरीमाई गाँउपालीका वडा नं. १ मुडिला गाँउमा बस्ने खैरुला गद्दीलाई रमावती पासी, भोला पासी र भवई पासी समेतले कर्तव्य गरी मारेको घटनाका बस्ने बर्ष ६२ का भोला पासीलाइ प्रहरीले   ११ वर्ष पछि ...

प्रदेशसभाका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यकको परिभाषा निर्धारण

असोज २ २०७४   .

काठमाडौं  असोज,२ । सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर...

रुपन्देहीमा बसको ठक्करले दुई जनाको मृत्यु

असोज २ २०७४   .

बुटवल, असोज २। रूपन्देहीमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। देवदह नगरपालिकामा ना ५ ख ३१५९ नम्बरको बसलाई ना ७ ख ६९८ नम्बरको बसले ठक्कर दिँदा सल्यान खलंगा नगरपालिका-२ का २९ वर्षका सुजन परियार र सुर्खेत पञ्चपुरी नगरपालिका-५ का ५० वर्षीय भीमबहादुर सुनारको मृत्यु भएको हो। परियारको घटनास्थलमै र सुनारको उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ...

कञ्चनपुरमा विद्यार्थी हत्याकाण्ड चर्कियो, हल्दुखालमा कर्फ्यु

भाद्र ३१ २०७४   .

कञ्चनपुर, भदौ ३१  । कञ्चनपुरका विद्यार्थी तिकल चन्द हत्याकाण्ड चर्किदै गएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माविमा अध्ययनरत छात्र तिकल चन्दको हत्याको बिरोधमा पीडित पक्षले पीडक आशिश अधिकारीको गोठमा आगजनी गरेका छन् । शुक्रबार मध्यान्नतिर पीडित लगायत स्थानीयले अधिकारीको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार...

बुद्ध एयरको पोखराबाट भरतपुर र भैरहवा उडान सुरु

भाद्र ३० २०७४   .

काठमाडौं, भदौ ३० – निजी क्षेत्रका हवाई सेवा प्रदायक बुद्ध एयरले शुक्रबारवाट पोखराबाट भरतपुर र भैरहवामा आफ्नो हवाई उडान सेवा सुरु गरेको छ । बुद्धले १९ सिट क्षमताको जहाज मार्फत दुई गन्तब्यमा उडान सुरु गरेको हो । बुद्धले शुक्रबार विहान १० बजे पोखरावाट भरतपुरका लागि पहिलो उडान भरेको छ भने ११ बजेर २२ मिनेटमा भैरहवाका लागि उडान भरेको जनाएको छ । बुद...

तुलसीपुरमा १५ बालश्रमिकलाई फर्काइयाे घर

भाद्र ३० २०७४   .

दाङ, भदौ ३० ।  तुलसीपुर उपमहानगरले १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको छ। बाल दिवसको अवसर पारेर उपमहानगरले शैक्षिक सामग्री र परिवारलाई आयआर्जनमा सहयोग गर्ने शर्तमा १५ बालबालिकालाई परिवारमा पुन: स्थापना गराएको हो। घर फर्केका बालबालिकालाई कार्यवाहक नगरप्रमुख माया आचार्यले शैक्षिक सामग्री हस्तान्तरण गरिन्। उनले नगर क्षेत्रमा बालश्रम न्यूनी...

निर्वाचन आचारसंहिता व्यापक उल्लङ्घन भएको राष्ट्रिय मानवअधिकार आयोगको ठहर

भाद्र ३० २०७४   .

धनुषा, भदौ ३०– राष्ट्रिय मानवअधिकार आयोगले सरकार र उच्च नेतृत्वनै निर्वाचन आचारसंहिता उल्लङ्घनमा लागेको पाइएको भन्दै निर्वाचन आयोग र सरकारलाई त्यसतर्फ सचेत रहन सुझाव दिएको छ । आयोगका सदस्य सुदीप पाठकले २ नम्बर प्रदेशको स्थलगत अनुगमनपछि शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्री,मन्त्री लगायत सरकारका उ...

ठेक्का तोड्ने चेतावनीपछि तातियो चिनियाँ कम्पनी

भाद्र २९ २०७४   .

काठमाडौ भदौ,२९   । नेपाल सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीले व्यवस्थापन समुह नै फेर्न लागेको छ । गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माका अनुसार नर्थ वेस्ट कम्पनीले म्यानेजरका साथै विज्ञहरुको टोली फेर्न लागेको हो...

दशैँमा ६ हजार सार्वजनिक सवारीसाधनले सेवा दिने, २१ लाख मानिस दशैं मनाउन जाने

भाद्र २९ २०७४   रासस

काठमाडौँ, भदौ २९ । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन् । दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपन...

फेसबुकमा हिरोको फोटो राख्दै युवतीलाई फसाएर हत्या, १७ वर्षीय किशोर पक्राउ

भाद्र २८ २०७४   रासस

चितवन, भदौ २८ । भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थ...

३५ लाखका लागि दाइले गरे भाइ अपहरण

भाद्र २८ २०७४   .

स्याङ्जा भदौ २८ ।   गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन्। गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन्। मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ। अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित त...

नारायणगढ–मुग्लिन सडक आजदेखि चौबिसै घण्टा खुला

भाद्र २८ २०७४   .

चितवन  भदौ २८ ।   राति बन्द गरिँदै आएको नारायणगढ मुग्लिन सडक बुधबारदेखि चौबिसै घण्टा खुला गरिएको छ। ठूला चाडपर्वलाई लक्षित गर्दै सडक खुला गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए। राति ८ देखि १२ बजेसम्म सवारीको बढी चाप हुने भएकाले मालबाहक ठूला सवारीसाधनले भने प्रवेश पाउने छैनन्। यात्रु...

धादिङमा बस दुर्घटना, ३१ घाइते, ४ जनाको अवस्था गम्भीर

भाद्र २७ २०७४   रासस

धादिङ,  भदौ २७| काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको बस मंगलबार बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। विशालटारको मोडमा लु २ ख ६६३० नंको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोट...

भारतीय ‘सुटर अपराधी बब्लु रुपन्देहीबाट सार्वजनिक

भाद्र २६ २०७४   .

  काठमाडौं भदौं २६  सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोली प्रहार गर्ने र ज्यान मार्ने डर धम्की देखाई चन्दा रकम असुली गर्ने भारतीय एक अपराधीलाई रुपन्देही प्रहरीले आइतबार सार्वजनिक गरेको छ। भारत रक्सौल नपा १ मोतिहारीका अरविन्द यादव भन्ने बब्लु तिवारीलाई सार्वजनिक गर्दै रुपन्देहीका प्रहरी प्रमुख एसपी श्यामलाल ज...

सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सांसदहरुको आक्रोश

भाद्र २५ २०७४   .

काठमाडौं, भदौ २५–सांसदहरुले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराईरहेको आरोप समेत लगाए ।  व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै उनले  सुन तस्करी नियन्त्रण गर्न स...

गुल्मीमा डेटोनेटर र सुतली बमसहित युवक पक्राउ

भाद्र २५ २०७४   .

गुल्मी  भदौ,२५ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिणाममा बिस्फोटक पर्दाथसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-८ का तारा श्रीसको साथबाट बिस्फोटक पदार्थ बरामद गरेको हो । श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफि्टफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्...

जनप्रतिनिधिलाई गाडी सुविधा दिने सरकारको तयारी

भाद्र २५ २०७४   .

काठमाडौं,भदौ,२५  । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई गाडी सुविधा दिने तयारी थालेको छ । स्थानीय विकास मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिलाई कसरी कस्तो खालको सवारी सुविधा दिन सकिन्छ भन्नेबारे छलफल थालेको हो । कुन स्थानीय तहका लागि कति गाडी चाहिन्छ भन्ने अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहको अवस्थिति, क्षमता, भूगोल, आवश्यता र से...

मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने

भाद्र २४ २०७४   .

काठमाडौं भदौ,२४  । भदौको २७ गते अर्थात अागामी मंगलबारदेखि दशैंको अग्रीम टिकट बुकिङ खुल्ने भएको छ । आज यातायातमन्त्री वीरबहादुर बलायरको उपस्थितिमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी अग्रीम टिकट बुकिङ खोल्न सहमत भएका हुन् । यसअघि सरकारले भदौ २२ गते बुकिङ खोल्ने निर्णय गरेपनि विभिन्न माग तेर्स्याएर व्यवसायी बुकिङ खोलेका थिएनन् । आजको बैठ...

नुवाकोटको गुरुङ गाउँमा यात्रुबाहक बस दुर्घटना, ३ जनाको घटनास्थलमा मृत्यु

भाद्र २४ २०७४   .

काठमाडौं, भदौ २४ । नुवाकोटको गुरुङ गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस करीब १२ बजे टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका- ७ गुरुङ गाउँमा दुर्घटना भएको थियो। प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ३ जन...

भरतपुरका यी ठाउँमा चल्न नपाउने भए तीनपांग्रे

भाद्र २४ २०७४   .

चितवन,भदौ २४।  चितवनको भरतपुर महानगरपालिकाले यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पांङग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ। विरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति पाएर गएको जेठबाट चितवनमा सञ्चालनमा आएको तीनपाङग्रे सवारीलाई आगामी असोज १ गतेबाट लागु हुनेगरी चक्रपथमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका का...

साउदीमा नारकीय जीवन वितार्इरहेका ५० जनाले दशैमा पनि नेपाल फर्कन नपाउने

भाद्र २३ २०७४   .

साउदी अरब , भदौ २३ । कम्पनी आफैँले तोकिदिएको तलब समेत नौ महिनासम्म नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई मानवोचित खानेबस्ने व्यवस्था गर्न नेपाली महावाणिज्य दुतावास उदासिन भइदिँदा १७ जना नेपालीहरुको जीवन नर्कमय भएको र दशैं लागिसक्दा पनि घर फर्कन पाउने अवस्था बन्न सकेको छैन । नेपाल सरकारले वैदेशिक रोजगारका क्रममा प...

नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भाद्र २२ २०७४   .

नवलपरासी , भदौ २२ । नवलपरासीको देवचुली नगरपालिका- १३ दलदलेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ३७२२ ट्रकले विपरीत दिशाबाट गइरहेको गरेको लु११प ९२३० मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली- १५ का अन्दाजी २५ वर्षीय महेन्द्र विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ...

सरकारको निर्णय बस व्यवसायीको अटेरी

भाद्र २२ २०७४   .

काठमाडौं  भदौ, २२ । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि व्यवसायीहरुले अटेरी गरेका छन् । यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध बनेको हो । बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएपछि बिहान ४ बजेदेखि नै सर्वसाधारण बसपार्क पुगेर लाम लागेका थिए । ...

निजामती सेवा पुरस्कारको घोषणा, सर्वोत्कृष्ट कर्मचारी नै भएन

भाद्र २२ २०७४   .

काठमाडौं ,भदौ २२  । चौधौँ निजामती सेवा दिवस कर्मचारीहरुले मनाउँदै छन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत शुभकामना दिएका छन् । उनले ‘यस सेवामा आवद्ध सम्पूर्ण कर्मचारीहरुलाई शुभकामना’ भनेका छन् । यसैबीच निजामति सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक भएको छ । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपा...

चार सय घरमा खरका छाना हटाउन एक करोड विनियोजन

भाद्र २१ २०७४   .

गुल्मी, भदौ २१ । गुल्मीको इस्मा गाउँपालिकाले एक वर्षको अवधिमा चार सय घरमा खरका छानाहरु विस्थापित गरि जस्ता पाता लगाईदिने भएको छ । ‘जनतालाई हाम्रो भर विपन्नलाइ सुरक्षित घर’ भन्ने नारालाई आत्मसाथ गर्दै इस्मा गाउँपालिकामा गाउँसभा मार्फत खरका छाना हटाउन एक करोड रुपैैयाँ विनियोजन गरेको गाउँपालिका कार्यकारी अधिकृत सरोज पोख्रेलले बताउनु भएको छ । खरका छ...

कात्तिक मसान्तभित्र टेलिफोन सेवामा सुधार नभए टेलिकमलाई कारबाही गरिने-मन्त्री बस्नेत

भाद्र २१ २०७४   .

काठमाडौं, भदौ २१ सरकारले आगामी कात्तिक मसान्त भित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरूबाटै भए, नभएको अनुगमन गरी कारबाही गर्न आफू लागि परेको पनि स्पष्ट पारे । उनले  टेलिकम भित्रैबा...

सोह्रश्राद्ध सुरु, बुधबार प्रतिपदा तिथिमा श्राद्ध गरिँदै

भाद्र २१ २०७४   रासस

काठमाडौँ भदौ २१। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध बुधबारदेखि सुरु भएको छ । प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ...

बेनी-जोमसोम सडक भदौ ३१ सम्म अवरुद्ध

भाद्र २१ २०७४   .

  बेनी (म्याग्दी)- भदौ २१  भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएपछि बेनी–जोमसोम सडकमा यात्रा गर्नेहरु समस्याा परेका छन्। सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको थ...

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक चारदिनका लागि बन्द

भाद्र २० २०७४   .

गुल्मी, भाद्र २० । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्ड चारदिनका लागि बन्द भएको छ । उक्त सडक खण्डको सत्यवती गाँउपालिका अन्र्तगत लुम्दिखोलादेखि नादेवा खोला सम्मको सडक मर्मत गर्न लागेको हुँदा मंगलवारदेखि उक्त सडक बन्द भएको सत्यवति गाँउपालिका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिनु भएको छ । आईतवारदेखि आंसिक रुपमा यातायात संचालन भएपनि मंगलवार...

बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि सुरु

भाद्र २० २०७४   रासस

चितवन  भदौ,२० । काठमाडौँसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल यही भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ । नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान शुरु गर्ने भएको हो । बुद्ध एयर भरतपुरमा प्रबन्धक भक्तबहादुर बस्नेतका अनुसार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज...

यूएईमा मानब तस्करी गर्ने ५१ नेपाली (नामावली सहित)

भाद्र २० २०७४   .

युएई, भदौ २०–संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना मानब तस्करी गर्ने नेपालीहरूको नाम सार्वजनिक गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा नेपाली कामदार ओसारपसारमा संलग्न ५१ जना दलाल र तस्करहरुको नाम सार्वजनिक गरेको हो । दूतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका म्यानपावर कम्पनी र ट्राभल एजेन्सीको...

दाङमा जुवाको खालमा प्रहरीको छापा, छ जना पक्राउ

भाद्र १९ २०७४   .

घोराही, भदौ १९  । दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रहरीले जुवातास खेल्ने समूहलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले जुवाको खालमा ‘रेड’ गरेको जनाएको छ । वडा नं. ७ श्रीगैस्थित ईश्वरा महतराको घरमा आइतबार राति जुवातास खेलिरहेको सुराकीका आधारमा पुगेको प्रहरीले दश जनालाई जुवाडेलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई जवासम्बन्धी ऐनअ...

हत्याको विरोधमा झडप हुँदा तीन प्रहरी घाइते

भाद्र १९ २०७४   रासस

 सुशीला रेग्मी पाल्पा, भदौ १९ । रामपुरमा प्रहरी र स्थानीयवीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । रामपुर नगरपालिका–१ चनौली बस्ने २८ वर्षीय ओमबहादुर खाँणको हत्याको विरोधमा उत्रिएका आक्रोशित स्थानीयको भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । स्थानीयको भिडको ढुङ्गा हानाहान र प्रहरीको लाठी चार्जबाट तीन...

पेन्सन क्याम्पको फुलबारीद्धारा विरोध

भाद्र १९ २०७४   .

बुटवल, भदौ १८ । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) ले भारतीय पूर्वसैनिक स्थाथी पेन्सन क्याम्पको विरोध गरेको छ । फुलबारीले चर्चेको ऐतिहासिक तथा पुरातात्विक महत्वको जग्गा समेत अतिक्रमण गर्नेगरी पेन्सन क्याम्प निर्माण गर्न थालिएको भन्दै समितिले त्यसको विरोध गरेको हो । समितिको आईतबार बसेको बैठकले सो क्याम्पलाई अन्यत्र सार्न सम्बन्धित ...

नारायणगढ- मुग्लिन सडक अझै बन्द

भाद्र १८ २०७४   .

चितवन ,भदौ १८: पहिरो हटाएपछि मुग्लिन मलेखु सडकखण्डमा यातायात सञ्चालनमा आएको छ। विहान साढे ८ बजे पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। राती १२ बजे पहिरो खसेर यहाँको सयक बन्द भएको थियो। मुग्लिन मलेखु सडक अन्तरगत फिस्लिङ र घोप्टेभिरमा पहिरो खसेर राती १२ बजेबाट सडक बन्द भएको थियो। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नारायणगढ मुग्लिक सडकक...

रामपुर नगरपालिकामा एक युवकको हत्या

भाद्र १८ २०७४   .

पाल्पा,  भदौ १८- रामपुर नगरपालिका–४ देवीस्थानमा शनिबार साँझ एक युवकको हत्या भएको छ । हत्या हुनेमा रामपुर चिहानडाँडाका २८ वर्षीय ओमबहादुर खाँण रहेका छन् । खाना खाएर गल्लीमा बसिरहेको अवस्थामा एक्कासि उनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । हत्यापछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरी अस्पताल पुर्याए पनि उनको बाटैमा मृत्यु भएको थियो । कृष...

बकर–ईदमा राष्ट्रपतिद्वारा शुभकामना

भाद्र १८ २०७४   रासस

काठमाडौँ,भदौ  १८ -  राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविध धार्मिक तथा सांस्...

सिरहामा चुल्ठो काटिएकी महिलाको मृत्यु

भाद्र १७ २०७४   .

सिरहा, भदौं १७  । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की अन्दाजी २५ वर्षीया लक्ष्मीनिया मुखियाको मृत्यु भएको हो । पीडित परिवारका अनुसार शुक्रबार दिउँसो ४ बजेतिर घरमा कोही नभएको बेला ती महिलाको चुल्ठो काटिएको थियो । चुल्ठो काटिएपछि बेहोस भएकी मुखियालाई लहानस्थित ओम गुरुकुल पोलि...
To Top