समाज

निर्बाचन क्षेत्रको नाममा उपमहानगरबाट अगल्याउने प्रयास गरेको मोतिपुरबासीको आपत्ती

भाद्र १० २०७४   .

बुटवल,भदौ १० । निर्बाचन क्षेत्र निर्धारण आयोगले गरेको निर्बाचन क्षेत्रको पूर्नगठनले आफूहरुलाइ बुटवल उपमहानगरबाट अगल्याउने प्रयास गरेको भन्दै मोतिपुरबासीले आपत्ती जनाएका छन् । साबिक मोतिपुर हाल बुटवल  १७ ,१८ र १९ का स्थानीयले आफूहरुको भूगोल ,सामाजिक तथा सांस्कृतीक सम्बन्ध कायम रहेकाले बुटवल उपमहानगरसंगै एउटै निर्बाचन क्षेत्रमा राख्न अनुरोध गरेक...

दूध बेचेर घर फर्कदा आक्रमणमा परेका वडा अध्यक्ष कोइरालाको मृत्यु

भाद्र १० २०७४   रासस

काभ्रे,  भदौ १०  । धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति मृत्यु भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते हुनुभएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलि...

नवलपरासीको सुस्तामा स्थानीयले फुटाए भारतीय नहर 

भाद्र ९ २०७४   .

कावासोती भदौ ९। सुस्ता गाउँपालिकाको १ र २ मा डुवान भएको भन्दै स्थानीय वासिन्दाले फेरि भारतीय पश्चिमी नहर भत्काएका छन्। गत भदौ १ गते पश्चिमी नहरलाई फुटाल्ने प्रयास असफल भएपछि उनीहरुले शुक्रबार पुन फुटालेका हुन्। दुई सय भन्दा बढी स्थानीय वासिन्दा सहभागी भएर नहर फुटालिएको स्थानीय रवीन्द्र यादवले बताए। दिउँसोदेखि स्थानीय वासिन्दाले भारतीय पश्चिमी नह...

भैरहवा विमानस्थलको ठेक्का तोड्ने मुडमा: प्राधिकरण

भाद्र ९ २०७४   .

काठमाडौं भदौ,९ । भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा काम अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने मुडमा पुगेको छ । प्राधिकरणले हालै अन्तिम मौकास्वरुप डेढ महिनाको समय दिँदै कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पठाएको छ । प्राधिकरणका प्रवक्ता विरेन्द्रकुमार श्रेष्ठका अनुसार पत्र पठाएपछि पनि काममा कु...

दैलेखमा वर्षापछि घर भत्किँदा १ मृत्यु, २ घाइते

भाद्र ९ २०७४   .

कालिकोट, भदौ ९ । अविरल वर्षातका कारण शुक्रबार बिहान २ बजेतिर दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका ११ मा आफ्नै घर भत्किदा ४५ वर्षीया दीपा चन्द्रको मुत्य भएको हो। घटनामा उनकी बहिनी ३५ वर्षीया विन्दु शाही र उनकी १२ वर्षीया छोरी मुना शाही घाइते भएका छन्। विन्दु र उनकी छोरी तीज मनाउन दीपाको घरमा आएका थिए। दीपाको घटनास्...

अस्ट्रेलियामा ‘लुम्बिनी: सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रिया

भाद्र ९ २०७४   .

  अस्ट्रेलिया, २४ अगस्ट । साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्टि्रटमा ‘लुम्बिनीः संभावना र चुनौतिहरु’ बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा बहुआयामिक प्रस्तुति गरेका थिए । श्रेष्ठले लुम्बिनीको विकासका लागि राष्ट...

आज हरितालिका तीज

भाद्र ८ २०७४   .

  काठमाडौं,भदौ ८ । हिन्दू नारीहरुले महान चाड हरितालिका तीज आज मनाउँदैछन् । हरित अर्थात हरण गरिएकी र आलिका अर्थात शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तीज भनिएको धार्मिक विश्वास छ । हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्...

अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय

भाद्र ७ २०७४   .

भैरहवा ,भदौ ७ । नेपाल बिद्युत प्राधीकरण लुम्बिनी प्रशाखाको शनिवार मुख्य प्रशारण लाईन ट्रान्सफार्म जल्दा  अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी अन्धकारमय भएको छ । साउन महिनामा मायादेबी मन्दिरको ट्रन्सफार्म जल्दा एक साता बिद्युत आपुर्ति ठप्प भएको घटना सेलाउन नपाउदै यो घटना भएको हो । ओभरलोडका कारण पहिलो पटक बिद्युत  प्राधीकरण लुम्बिनीको पाँच एम.ब...

अर्घाखाँचीमा १२ हजार नयाँ मतदाता थपिए

भाद्र ७ २०७४   .

अर्घाखाँची ,भदौ ७ । अर्घाखाँचीमा करिब १२ हजार नयाँ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचन पछि जिल्ला निवार्चन कार्यालय अर्घाखाँचीले संकलन गरेको मतदाता मात्रै ११ हजार ९६७ जना रहेको जिल्ला निवार्चन कार्यालयका कम्प्युटर अपरेटर नारायणप्रसाद बन्जाडेले जानकारी दिनुभयो । साउन १६ गतेदेखि भदौ ३ गतेसम्म गरिएको  नामावली संकलनमा सबैभन्दा धेरै सितगंगाबाट २ ...

अखिल क्रान्तिकारीको २१औं सम्मेलनको तयारी पूरा

भाद्र ६ २०७४   .

काठमाडौं  भदौ,६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)को भोलिदेखि सुरु हुने २१औं राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । अखिल क्रान्तिकारीले बिज्ञप्ति जारी गरी बुधबार प्रदर्शनी केन्द्रमा माओवादी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गर्ने जानकारी दिएको छ । क्रान्तिकारीले यसलाई एकताको सम्मेलन भ...

अठारहजारभन्दा बढी मतदाता थपिए

भाद्र ६ २०७४   रासस

वालिङ (स्याङ्जा), भदौ ६ - निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् । प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितक...

बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली

भाद्र ५ २०७४   .

काठमाडौं भदौ,५  । अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी...

घुससहित राजश्व अत्तरियाका दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

भाद्र ५ २०७४   .

कैलाली, भदौ ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस (पैसा) लिदै गरेको अवस्थामा कैलालीको अत्तरियाबाट २ जना पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टिकाराम जोशीलाई सेवाग्राहीबाट घुस वाफत ४५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्...

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

भाद्र ५ २०७४   रासस

काठमाडौं भदौ, ५ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका वि...

भैरहवा भन्सार घोटाला प्रकरण

भाद्र ४ २०७४   .

भैरहवा भदौ, ४ । भैरहवा भन्सारमा भएको अनियमितामा मुछिएका एजेण्ट जेल चलान भएका छन् । किर्ते प्रज्ञापन पत्र बनाएर अवैध रुपमा मालवाहक ट्रकको भन्सार पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालय एजेण्ट जगतराज दाहाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो । भन्सार ऐन दफा ५७ को उपदफा १ अन्र्तगत चोरी पैठारी गर्ने प्रयत्न गरेको अभियोगमा दाहाललाई १ वर्ष कैद ...

रुपन्देही र कपिलवस्तुमा चुल्ठो काटिने रहस्यमय घटना :युवती आतंकित

भाद्र ४ २०७४   .

भैरहवा भदौ ४ । रुपन्देही र कपिलवस्तुमा पनि युवतीहरुको चुल्ठो काटिएका घटना सार्वजनिक भएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १५ वर्षीया सबाना (परिवर्तित नाम) को चुल्ठो आइतबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की २७ वर्षीया युवतीको पनि चुल्ठो काटिएको छ । यस्तै, कपिलवस्तुको मायादेवी ...

तम्घास-सिमलटारी सडक मर्मत तीव्र, ३ दिनसम्‍म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

भाद्र ४ २०७४   .

 गुल्मी, भदौ ४ |  गुल्मीको तम्घास–सिमलटारी सडक खण्ड तीन दिनलाई बन्द भएको छ। सडक चौडा पार्ने काम गरिरहेकाले सडक बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ। निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पहान पुलनजिकै ठूलो चट्टानलाई चौडा पार्ने काम गर्ने भन्दै बाटो बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नवीन सापकोटाले जानकारी दिए। आइत...

नेपाल आउने मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए, विलम्ब शुल्क तिर्दा हैरान

भाद्र २ २०७४   रासस

पथरी,भदौ २  । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका कारण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ । सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाज...

प्रतिवेदन एक दुई दिनमै सार्वजनिक : भन्सार चोरी निकासी प्रकरण

भाद्र १ २०७४   .

भैरहवा, १ भदौ । भन्सार कार्यालय भैरहवाबाट अवैध रुपमा एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाह ट्रक निकासीबारे बुझ्न गठित छानविन टोलीले आफ्नो काम सकिन लागेको र अबको १–२ दिनमै प्रतिवेदन बुझाउने तयारी गरेको बताएको छ । छानविन समितिले भैरहवामा आयोजना गरेको भैरहवाका भन्सार एजेण्ट र सञ्चारकर्मिका सुझाव संकलन कार्यक्रममा छानविन टोलीका संयोजक भन्सार ...

रुपन्देहीको देवदहमा पुल भासिदा समस्या

भाद्र १ २०७४   .

रुपन्देही ,भद्रौ १ । रुपन्देहीको देवदह नगरपालिका–३ टटेरा र देवदह–८, मुखिया टोल जोड्ने पुल भासिदा आवात जावतमा समस्या भएको छ । विगत केही दिन देखि लगातार परेको बर्षाका करण उक्त पुल भासिदा स्थानीयवासी आवात जावतमा समस्या भएको हो । देवदह–३, को टटेरा निवासी स्थानीयवासी उक्त पुल हुदै खैरेनी तर्फ आउने गरेपनि बर्षाका कारण पुल भासिए पछि घुमेर आउनु परेको स्...

सुस्ताको बाँध भत्काउन हिँडेकालाई प्रशासनले रोक्यो

भाद्र १ २०७४   .

काठमाडौं, भदौ १  । नवलपरासीको सुस्तामा रहेको भारततर्फ पानी लगेको बाँध भत्काउन हिँडेका स्थानीयलाई प्रशासनले रोकेको छ । आक्रोशमा आएर कुनैपनि काम गर्न नहुने भन्दै स्थानीयलाई आफूहरुले रोकेर राखेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । ‘भत्काउनु पर्ने भन्दै बाँध तर्फ अघि बढेका स्थानीयलाई हामीले रोकेर राखेका छौं ।’ उनले हा...

पुरातात्विक ‘कपिलवस्तु संग्रहालय’ ओझेलमा

भाद्र १ २०७४   .

कपिलवस्तु भदौ १,– नेपालकै एक मात्र पुरातात्विक संग्रहालय “कपिलबस्तु संग्रहालय”को उचित ब्यवस्थापन, प्रचार—प्रसार र संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा ओझेलमा परेको छ । संग्रहालय स्थापना भएको ५ दशक हुँदा समेत सम्बन्धित निकायले संग्रहालयको ब्यबस्थापनका साथै र प्रचार—प्रसार गर्न नसक्दा ओझलमा परेको हो । ७ बिगाहा क्षेत्रफलमा फैलिएको संग्रहालयमा...

दाउन्नेको अवरुद्ध सडक सञ्चालनमा

भाद्र १ २०७४   .

नवलपरासी भदौ,१  । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि अवरुद्ध बनेको सडक बिहीबार बिहानदेखि एकतर्फी  सञ्चालनमा आएको छ । अवरुद्ध सडक २४ घन्टाका लागि बन्द गरेर मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो । बिहान २ बजेबाट यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर राउतले बताए । जिल्ला प्रशासन कार्यालय, नवलपरा...

सवारी चालक र सडकका कारण दुर्घटना बढ्दो

साउन ३२ २०७४   .

भैरहवा । सवारी दुर्घटना रोक्न जिल्ला ट्राफिक कार्यालयले विभिन्न सचेतना अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन् । चालकको लापरवाही र सडकका कारण दिनहुँ धनजनको क्षति हुनेक्रम  बढ्दै गएको हो । गत आर्थिक वर्षमा जिल्लमा दुई सय ४८ वटा साना ठूला सवारी दुर्घटना भएका छन् । जसबाट एक सय २५ जनाले ज्यान गुमाए । दुर्घटनाबाट एक सय ८५ जना गम्भीर घाइते भएका थिए...

भारतीय दूतावासले अलपत्रै पारेर छाड्यो पाल्पाको कोल्डस्टोर

साउन ३२ २०७४   .

पाल्पा । तानसेन नगरपालिकाको प्राविधिक रेखदेखमा र भारतीय राजदुतावासको आर्थिक सहयोगमा नगरको बाघखोरमा निर्माणाधीन कोल्डस्टोरेज अलपत्र रहेको छ । निर्माण कम्पनीले निर्माण काममा अत्यन्त ढिलाइ गर्दा भारतीय राजदुतावासबाट रकम तथा भुत्तानी नभएका कारण अलपत्र परेको हो । कृषि उपज भण्डारण गर्ने उद्देश्यले २ सय मेट्रिक टन क्षमता भण्डारण गर्न सक्ने ४ करोड ९९...

पूर्वाञ्चलमा ४७ जनाको मृत्यु, १५ जना बेपत्ता

साउन ३२ २०७४   रासस

विराटनगर, साउन ३२ । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पू...

चितवनमा भोलिदेखि हर्न निषेध

साउन ३२ २०७४   रासस

चितवन साउन ३२–नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन निषेध गरिएको छ । ती स्थानका भित्रि सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला ट...

दाउन्ने सडकखण्ड भत्किएपछि २४ घण्टाका लागि बन्द

साउन ३२ २०७४   .

नवलपरासी, साउन ३२ । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि  २४ घण्टाका लागि  बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो । जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भ...

बाढी पहिरोमा राष्ट्रपतिको चासो : अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भेट गरे । अविरल वर्षापछिको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपतिले खाद्यान्न औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रपतिका प्रेस सल्ल...

श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार

साउन ३१ २०७४   .

दाङ–पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती मह...

बाढीपहिरोमा परी हालसम्म १११ जनाको मृत्यु

साउन ३१ २०७४   .

काठमाडौं, साउन ३१– बाढिपहिरो तथा डुवानपछि राहात, उद्धार र पुर्नस्थापनामा भएका  प्रयासबारे सरकारले व्यवस्थापिका संसद बैठकलाई  जानकारी गराएको छ ।  गृहमन्त्री जनार्दन शर्माले विषेश समय लिएर सरकारले गरेका कामकारवाहीबारे सदनलाई जानकारी गराएका हुन् ।  उनले सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्धारमा कुनै कमि नल्याएको बताए । गृहमन्त्री ...

बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १००पुग्यो

साउन ३१ २०७४   .

काठमाडौं  साउन,३१। देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् । २ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांक...

बाढीपीडितको लागि चीनद्वारा १० लाख डलर सहयोग घोषणा

साउन ३१ २०७४   रासस

काठमाडौँ। चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यहाँ सोमबार शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गर्नुभएको हो । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्...

मृतक बालकलाई गाड्ने ठाउँ नभएपछि बगाइदिए आफन्तले

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०–अविरल वर्षापछि आएको वाढी पहिरोबाट हालसम्म ६६ जनाले ज्यान गुमाइसकेको गृहमन्त्रालयले जनाएको छ ।  बाढीका कारण तराईको जनजीवन कष्टकर बनेको छ । सप्तरीको कोइलाडी– ६ का  बालक कमल सदाको मृत्यु भयो ।  आइतबार मृत्यु भएका उनी केहि दिनयता बिरामी थिए । उनको मृत्यु भएसँगै  आफन्तले परम्पराअनुसार अन्तिम संस्कार गर्न (शब गाढ्न) चाहेको थियो  । त...

आज कृष्ण जन्माष्टमी, भगवान् कृष्णलाई किन सम्झिने ?

साउन ३० २०७४   .

काठमाडौँ  साउन ३० –   सनातन धर्मग्रन्थहरूका अनुसार भगवान् विष्णुका आठौं अवतार मानिएका भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो। पुराणहरूका अनुसार बुधबार र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णु मानवरूपमा धर्तीमा अवतरित भएका हुन्। कृष्णपक्षको कालो रातमा कंसको कालकोठरीमा जन्मेर भगवान् श्रीकृष्णले बाललीला मात्र देखाएनन्, अन्याय...

गृह मन्त्रालयद्धारा राहत संकलन संयोजन समिति गठन

साउन ३० २०७४   .

काठमाडौँ, साउन ३०–बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न गृह मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत सामाग्री त्रिपाल, भाँडाकुँडा, खाद्यन्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिक...

२६ जिल्लाको जनजीवन अस्तव्यस्त

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०– बाढीपहिरोले मुलुकका २६ जिल्ला बढी प्रभावित भएका छन् । गृह मन्त्रालयले पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीमा परेर ५८ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरी तथ्यांक अनुसार ७६ जनाको ज्यान गइसकेको छ। गृहका अनुसार बाढीपहिरोबाट पूर्वका ६, मध्यका १०, पश्चिमका ३, मध्यपश्चिमका ६ र सुदूरपश्चिमको एक गरी २६ जिल्ला...

देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०– बाढी र पहिरोका कारण देशका धेरै स्थानका मुख्य तथा सहायक राजमार्गहरु अवरुद्ध छन् । तर, सडक निर्माण, अनुगमन र हिसावकिताव राख्ने सडक विभागलाई भने कुन कुन स्थानका सडक अवरुद्ध छन् भन्ने अहिलेसम्म पत्तो नै छैन । सडक विभागका सुचना अधिकारी दयाकान्त झाका अनुसार देशभर नै सुचना संकलनको काम भइरहेकाले कुन कुन सडक अवरुद्ध छन् भनेर अहिल्...

सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक

साउन ३० २०७४   .

काठमाडौं– सरकारले  बाढी तथा पहिरो प्रभावित क्षेत्रमा   आइएनजीओहरुलाई मनपरी रुपमा  राहत वितरण गर्न रोक लगाएको छ ।  सोमबार बिहान बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको बैठकपछि  गृहमन्त्री जनार्दन शर्माले  एनजीओलाई फिल्डमा गएर सामान बाँड्न रोक लगाइएको जानकारी दिए ।  शर्माले त्यसका लागि समाजकल्याण परिषद्  र अर्थ सचिवलाई निर्देशन आवश्यक निर्...

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

साउन २९ २०७४   .

परासी  साउन,२९ । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट न...

गृहमन्त्रालयको रिपोर्ट :देशभरको बाढी पहिरोमा अहिलेसम्म ४७ जनाको मृत्यु ,३६ बेपत्ता

साउन २९ २०७४   .

काठमाडौं, साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ गृहमन्त्रालयले जनाएको छ । त्यस्तै बाढी पहिरो र डुवानबाट ३ हजार ५ सय ६१ घरपरिवार विस्थापित भएका छन् भने २० जना घाइते भएका छन् । मन्त्रालयका अनुसार बाढी, प...

मनसुन : पूर्वबाट पश्चिमतर्फ सक्रिय, चितवन पश्चिम क्षेत्रमा भारी बर्षा हुने

साउन २९ २०७४   .

काठमाडौं, साउन २९– जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । विभागका अनुसार न्यून चापिय रेखा हिमालयको काखमा रहेको समयमा मौसम सक्रिय हुने गर्छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउँसोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ । यद्यपि बर्षा भने देशभर नै हुनेछ । मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन ...

बाँधका ढोका खोल्न एमालेको आग्रह

साउन २९ २०७४   रासस 

काठमाडौँ, साउन,२९- नेकपा (एमाले)ले भीषण वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसँग माग गरेको छ ।  एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्का...

देशभरको बाढी पहिरोमा ५१ जनाको मृत्यु ,राहत तथा उद्धारमा कठिनाई

साउन २९ २०७४   .

काठमाडौं,साउन २९– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । गृहमन्त्रालयले आइतबार बिहान १० बजे दिएको जानकारी अनुसार मृतकको संख्या ५१ पुगेको छ भने घाइते १६ र वेपत्ता ८ जना रहेका छन् । पाच्चथरदेखि बर्दियासम्म बाढी, पहिरो र डु...

नवलपरासीको स्तुपामा चिनियाँ लगानी भित्र्याउने सहमती

साउन २८ २०७४   .

नवलपरासी । गौत्तमबुद्धको अष्ठ धातु रहेको नवलपरासीको रामग्राम स्तुपको विकास र प्रबद्र्धनका लागी चिनियाँ लगानी भित्रिने भएको छ । रामग्राम स्तुप क्षेत्रलाई लक्षित गरी पर्यटकीय केन्द्रको रुपमा विकास गर्न चिनियाँ पक्षबाट लगानी हुन लागेको हो । आर्थिक रुपमा लगानी गरी यस क्षेत्रका विकासका लागी चिनिया टोलीले चासो देखाएपछि  यस क्षेत्रको पर्यटकीय विकासमा थ...

देरभर भीषण वर्षा, पहाडमा पहिरोले ज्यान लियो, तराईमा बाढीले सयौं घर डुवानमा

साउन २८ २०७४   .

काठमाडौं, साउन २८ । केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना बढ्दै गइरहेका छन्। पहाडी क्षेत्रमा पहिरोका कारण मृत्यु हुने र तराईमा बाढीबाट वस्ती नै डुबानमा पर्ने घटना बढेका छन्। मध्य साउन मनसुन सक्रिय हुने सयम हो। तर यो वर्ष भने विगतका भन्दा बढी पानी परेको मौसमविद राजु प्रधानांग बताउँछन्। नेपालमा अहिले दुईव...

मुलुकमा विभिन्न स्थानमा बाढी, पहिरो र डुबानः गृह मन्त्रालयद्वारा सार्वजनिक अपिल

साउन २८ २०७४   .

काठमाडौं, साउन २८– गृह मन्त्रालयले विगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानका समस्या  निम्तिएपछि  खोज , उद्दार र राहतमा  सहयोग सार्वजनिक अपील गरेको छ । मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, ‘यस कठिन घडीमा खोज, उद्दार र राहत कार्यमा सहयोग पुर्याउन र समस्यामा परेका परिवारहरुलाई दैनिक जीवनमा...

दाङमा यातायात सेवा बन्द

साउन २८ २०७४   .

तुलसीपुर, साउन २८ - रातिदेखी परेको लगातारको बर्षाका कारण दाङमा यातायात सेवा ठप्प भएको छ । बाढीबाट जिल्लाका बिभिन्न स्थानमा क्षति पुगेको छ । तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । राप्ती राजमार्गको तुलसीपुर अमिलीया सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । तुलसीपुर...

पहिरोले सिद्धबाबामा मोटरसाइकल पुरिदा एकको मृत्यु, अर्का घाइते

साउन २८ २०७४   .

पाल्पा, साउन २८ । अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्गको तिनाउ, २ दोभान सिद्धबाबामा मोटरसाइल पुरि“दा एक जनाको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा यात्रा गरेका अर्का एकजना घाइते भएका छन् । बुटवलबाट पाल्पाको तानसेन आउदै गर्दा लु १३ प १३६५ नम्बरको मोटरसाइल पहिरोले पुरि“दा घाइते भएका तानसेन, ३ का ३५ वर्षिय गृहपति शाक्यको मृत्यु भएको छ । ...

अब भरतपुर पनि हर्न निषेधित क्षेत्र

साउन २७ २०७४   .

चितवन साउन, २७ । राजधानी काठमाडौं र पोखरासँगै अब भरतपुरमा पनि हर्न निषेधित क्षेत्र बन्ने भएको छ । भदौ १ गतेदेखि भरतपुर र नारायणगढको राजमार्ग क्षेत्र र भित्री भागमा समेत हर्न बजाउन रोक लगाउन लागिएको हो । केन्दि्रय बस टर्मिनल भरतपुर, चौवीसकोठी, नारायणगढ लायन्सचोक, शहिदचोक, पुल्चोक, नारायणगढ बसपार्क, मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडि लगायतक...
To Top