राजनीति

पहिलोचरणको तुलनामा दोस्रो चरणको निर्वाचनमा एमालेले बलियो : महासचिव पोखरेल

असार ९ २०७४   रासस

विराटनगर ,असार ९ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उनले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत...

देशबासीलाई मिलाएर लैजाने राप्रपाको एजेण्डा

असार ९ २०७४   .

  भैरहवा, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर भैरहवाबाट हुने जित ऐतिहासिक जित हुने बताउनु भएको छ ।संविधान सभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर र इतिहास रच्ने बताउनु भयो ।...

दोस्रो चरणको निर्वाचनमा काग्रेसको वहुमत : प्रधानमन्त्री

असार ९ २०७४   .

कैलाली असार ९,–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन । धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन । प्रधानमन्त्री देउवाले  स्थानिय तह ...

सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दैगर्दा प्रहरी पुगेपछि।।

असार ९ २०७४   .

काठमाडौं, ९ असार– स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग...

परासी, रुपन्देही र कपिलवस्तुमा चुनाव रोक्नु पर्दैन:सर्वोच्च अदालत

असार ९ २०७४   .

काठमाडौं असार,९  । सर्वोच्च अदालतले प्रदेश नम्बर २ र ५ का ११ जिल्लाको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि नै सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारिसकेको छ । प्रदेश नम्बर ५ का तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्नुपर्ने कारण नदेखिएको सर्बोच्चको आदेशमा उल्लेख छ । ...

सबै वडालाई सडक सञ्जालले जोड्ने

असार ९ २०७४   .

दाङ,असार,९  । प्रदेश नम्बर ५ को सम्भावना बोकेको घोराही उपमहानगर विकासको दृष्टिले ‘भर्जिन’ ठाउँ हो । उपमहानगर बनाउने क्रममा पछिल्लो समय गाभिएका कतिपय ग्रामीण भेगमा सडक सुविधा र बिजुली समेत छैन । ७८ हजार ४ सय २७ मतदाता रहेको यो उपमहानगरमा विभिन्न दलका मेयरका उम्मेदवारहरुले सामान्यदेखि महत्वाकांक्षी झल्किने योजना ल्याएका छन् । नरुलाल चौधरी, ...

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल

असार ९ २०७४   रासस

 इलाम,  असार ९-  नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थान...

यस कारण सिद्धार्थ नगरमा एमालेको जित आवश्यक

असार ८ २०७४   .

भैरहवा, असार ८  । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरलाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् । विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए । एमाले सि...

‘नीति बनाइदिनुस् देश विकासमा योगदान गर्न तयार छौं’:उद्योगी–व्यवसायीहरु

असार ८ २०७४   .

बुटवल, असार ८ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र विकासको खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुले आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।एमालेले ...

कांग्रेसबाट विकास र समृद्धि संभव छैन : नेतृ रामकुमारी

असार ८ २०७४   .

बुटवल, असार ८ । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले नेपाली कांग्रेसबाट विकास र समृद्धि संभव नरहेको बताएकी छिन् । विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै उनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरिन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार तिलोत्तमा–८ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेत...
To Top