राजनीति

स्थानीय तहका ६१६ उपप्रमुख मध्ये एमाले ३१२, कांग्रेस १८६ र माओवादी ८७

साउन ५ २०७४   .

काठमाडौं, ५ साउन– प्रदेश १,३,४,५,६ र ७ को स्थानीय तह निर्वाचनको अन्तिम परिणाम घोषित भैसकेको छ ।  छ वटा प्रदेशका ६१७ नगर र गाउँपालिकामा निर्वाचन सम्पन्न भएकोमा भरतपुर महानगरमा नेकपा एमालेका  मेयर उम्मेदवार देवी ज्ञवालीले बिजयी अग्रता कायम गरेको बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेकाले त्यहाँको परिणाम सार्वजनिक हुन बाँकी छ ।   सम्पन...

निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने

साउन ४ २०७४   रासस

काठमाडौँ साउन ४-सरकारले संविधानबमोजिम संघीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि ‘निर्वाचन क्षेत्र निर्धारण आयोग’ गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी छोटो समय दिएर आयोग गठन गर्ने तयारी थालेको हो । उपप्रधा...

भरतपुर प्रकारणको असर : जितेर पनि काम गर्न पाएनन् भरतपुरका जनप्रतिनिधिले

साउन ४ २०७४   रासस

चितवन  साउन, ४ । स्थानीय तहको निर्वाचन जितेर पनि शपथ खान नपाउँदा भरतपुर महानगरपालिकाका जनप्रतिनिधि अन्योलमा परेका छन् । पहिलो चरणअन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरकाका २७ वडाका वडा अध्यक्ष र सदस्य गरी १३५ जना निर्वाचित भइसकेका छन् । मतपत्र च्यातिएपछि वडा नं– १९ र गणना हुन बाँकी वडा नं– २० को भने नतिजा आउनसकेको छैन । प्रमु...

तीन दिनभित्र राजपाका माग सम्बोधन गर्ने सरकारको बचन

साउन ४ २०७४   .

 काठमाडौं साउन, ४– सरकारले राजपाका केही माग तिन दिनभित्र सम्बोधन गर्ने बचन दिएको छ । बुधबार राजपाका शीर्ष नेताहरुसँग बालुवाटारमा  भएको छलफलमा सत्तारुढ दल र सरकारकारका तर्फबाट यस्तो प्रस्ताव गरिए पनि राजपाले भने सरकारी भनाईमा विस्वसनियता नरहेको जवाफ दिएको छ । बैठकपछि राजपाका नेता महन्त ठाकुरले सत्तारुढ दल र सरकारले गर्नुपर्ने काम नगरेकाले आफुह...

बालुवाटारमा राजपा र सत्तारुढ दलको बैठक

साउन ४ २०७४   .

काठमाडौं साउन ४– सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । संविधान संशोधन, सरकार विस्तार र २ नम्बर प्रदेशको स्थानीय निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारको तयारी गरिरहेका वेला नेपाली कांग्रेस, माओवाद...

'फलिफाप हुनुछ भने एमालेसँग मिल्नुस, सर्वनास हुनुछ भने अन्तै जानुस्': ओलीको प्रस्ताव

साउन ३ २०७४   .

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलेर मुलुकलाई बामपन्थीमय बनाउन नेकपा माओवादी केन्द्रका नेताहरुलाई प्रस्ताव राखेका छन् । नेपाली जनता बामपन्थी पक्षधर रहेपनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु बामपन्थी फुटाएर मुलुकलाई अघि बढ्न नदिने काम गरिरहेको भन्दै ओलीले एमाले र माओवादी मिलेरै मुलुकलाई बामपन्थीमय बनाउनु पर्ने प्रस्ताव राखेका हुन् । ...

मन्त्री र मन्त्रालयको भागबण्डा मिलाउन बालुवाटरमा बैठक

साउन ३ २०७४   .

काठमाडौं साउन ३– सत्तारुढ दलले मन्त्रालयको भाडबन्डा र मिलाउन बनाएको कार्यदलले आज मन्त्रालयको संख्या र मन्त्रीहरुको नाम टुङगो लगाउने भएको छ । कांग्रेसकातर्फबाट नेता बिमलेन्द्र निधी, रमेश लेखक तथा माओवादी केन्द्रका उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका कृष्णबहादुर महरा र नेता वर्षमान पुन अनन्त सहभागि कार्यदलले मंगलबार मन्त्रालयको संख्या र मन्त्...

एमालेले निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण दिने

साउन ३ २०७४   .

काठमाडौं साउन ३– नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीलाई प्रदेशस्तरीय अभिमुखिकरण तालिम दिने भएको छ । मंगलबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले यसअघिको स्थयी समिति बैठकको निर्णयअनुसार पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरीय दुई दिवसीय...

चुडामणिबारे सर्वोच्चमा सुनुवाई हुँदै

साउन ३ २०७४   .

काठमाडौं साउन ३– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटकोे सुनुवाई मंगलबार हुँदैछ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाई मंगलबारका लागि राखेकोे हो । सोमबार न्यायाधीस चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दाको सुनुवाई गरेका थिए । तर, ...

सन्धिखर्क नगर कार्यपालिकाले पूर्णता पायो

साउन २ २०७४   .

अर्घाखाँची  साउन,२ । अर्घाखाँचीको  सन्धिखर्क नगर कार्यपालिकाले पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्यसहित सन्धिखर्क नगरकार्यपालिका २२ सदस्यीय भएको छ । कार्यपालिकालाइ स्थानीय तहको मन्त्रिपरिषदका रुपमा हेर्ने गरिन्छ ।   कार्यपालिकाको पुर्णताको लागि आज निर्बाचन भएको थियो । महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट ...

हामी एकढिक्का छौं:राजपा नेता

साउन २ २०७४   .

भैरहवा  साउन,२ । राष्ट्रिय जनता पार्टी फुटको नजदिक पुगेको छ । पार्टीका साविक घटक दलहरुले अलग अलग बैठक राख्न थाले पछि राजपा फुट्न सक्ने सम्भावना देखिएको छ । साउन १ गते भैरहवामा सम्पन्न राजपाको प्रदेश नम्बर ५ स्तरिय केन्द्रिय बैठकलाई राजेन्द्र महतो समूहले पार्टीको आधिकारीक बैठक नभएको बताएका छन । साउन २ गते भैरहवामा महतो नेतृत्व साविक सदभावना पा...

छिटो र कम खर्चमा न्याय दिने गरी काम गर्नेछु – प्रधानन्यायाधीश पराजुली

साउन २ २०७४   रासस

काठमाडौँ  साउन, २ - नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र कम खर्चमा न्याय दिने गरी आफूले काम गर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गराएलगत्तै सर्वोच्च अदालतमा आएर प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गर्दै उहाँले छिटो र कम खर्चमा न्याय दिनका लागि कर्मचारीलाई समयभन्दा बढी काममा लगाएर भए पनि काम ग...

निर्वाचन आयोगलाई एमालेको ३ बुँदे ध्यानाकर्षण

साउन २ २०७४   .

काठमाडौं, साउन २ –  नेकपा एमालेले नेपालको संविधान बमोजिम बाँकी स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन समयमै सम्पन्न गर्न निर्वाचन आयोगलाई निरन्तर पहल गर्न सुझाव दिएको छ । सोमबार एमाले स्थयी समिति सदस्य तथा संदीय दलका उपनेता सुवास नेम्वाङको टोली निर्वाचन आयोगको कार्यलय पुगेर तीन बुँदे ज्ञापनपत्र बुझाउदै समयमै निर्वाचन सम्पन्न गर्नत...

बजेट रकमान्तर गरी भरतपुरमा रेणुलाई ६ अर्व चुनाव खर्च छुट्याइएको कांग्रेस सांसदको खुलासा

साउन २ २०७४   .

 काठमाडौं, साउन २ – स्थानीय तहको पहिलो चरणमै बैशाख ३१ गते चुनाव भएर हालसम्म पनि नतिजा रोकिएको भरतपुर महानगरपालिकामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहाललाई राज्यकोषबाट ६ अर्व रुपैयाँ चुनाव खर्च छुट्याइएको सत्तारुढ दलका सांसदहरुले नै खुलासा गरेका छन् । बिहीवार बसेको संसदको लेखा समिति बैठकमा बजेट रकमान्तर गरी ६ अर्व रुपैयाँ भर...

निर्वाचनको समीक्षा र रणनीति तय गर्न माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठक

साउन २ २०७४   रासस

काठमाडौं, साउन २– दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा र आगामी रणनीति तय गर्न माओवादी केन्द्र सचिवालयको विस्तारित बैठक आईतबार बस्दैछ । पेरिसडाँडास्थित पार्टी कार्यलयमा बिहान ११ बजेपछि बस्ने बैठकमा स्थानीय तह निर्वाचनको मत परिणामको समीक्षा र संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुने माओवादी नेताहरुले बताएका छन् । बैठकमा पार्टी अध्यक...

प्रधानन्यायाधीश पराजुलीले सपथलगत्तै कार्यभार सम्हाल्ने

साउन २ २०७४   .

काठमाडौं साउन २, – प्रस्तावित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिँदैछन् । राष्ट्रपति निवास शितलनिवासमा प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिबाट सपथ लिएलगत्तै आजै रामशाहपथ पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्ययाले जानकारी दिएका छन् ।   पराजुलीको पदावधि आगा...

काठमाडौं महानगरपालिकाले चुनावबाट छान्यो न्यायिक समिति सदस्य, ललितपुरमा सर्वसम्मत

साउन २ २०७४   .

काठमाडौं ,साउन २ । श्रावण १ गते राष्ट्रिय सभा गृहमा सम्पन्न काठमाडौं महानगरपालिकाको न्यायिक समितिको निर्वाचनमा ववी परियार र सरोज ढकाल निर्वाचित भएका छन् । नगर सभा सदस्य १ सय ६२ जना मतदाता रहेको निर्वाचनबाट वडा नं। १६ वडा दलित सदस्य, ववी परियारले ९८ र वडा नं ३१ का वडा सदस्य सरोज ढकालले ९५ मत प्राप्त गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । उनीहरु...

चुनाव जितेपछि बालकोटमा केक काटेर एमालेको खुशीयाली

साउन १ २०७४   .

काठमाडौं, साउन १–  स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको खुशीयालीमा एमाले नेताहरुले केक नै काटेर खुशीयाली साटासाट गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष ओलीले केक काटेर नेताहरुलाई खुवाएका हुन् । चुनाव जितेको खुशीयालीमा काट्न ल्याइएको केकमा ‘कंग्रयाचुलेसन फर वीनीङ लोकल इलेक्सन ’ लेखिएको थि...

राप्रपाको विवाद सेलाउँदै

साउन १ २०७४   .

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ । देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन् । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न...

अन्तर सरकारी निकायबीच समन्वय गरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १ २०७४   .

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आईतबार प्रधानमन्त्री कार्यालमा सचिवहरुलाई बोलाएर समसामयिक घटनाक्रममा केन्द्रीत रहेर निर्देशन दिएका छन् । विभिन्न विषयगत मन्त्रालयका सचिवहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले विकासको काममा सरोकारवाला मन्त्रालयहरुबीच समेत समन्वय नहुँदा विकासले गति लिन नसकेको र त्यसकै कारणले जनताले सधैं सास्ती पाउने गरेको ...

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको नाम अनुमोदन

साउन १ २०७४   .

काठमाडौं,साउन १  । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ । समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् ।  

प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस, एक नम्बरमा शैलेश थापा

साउन १ २०७४   .

काठमाडौं साउन, १ – नेपाल प्रहरीका २५ जना प्रहरी उपरिक्षक (एसपी) हरु प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) पदमा बढुवाका लागी सिफारिस भएका छन् । गृह मन्त्रालय मातहतको बढुवा समितीको बैठकले  शुक्रवार २५ एसपीको बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितीले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी शैलेश थापा क्षेत्रीलाई एक नम्बरमा बढु...

११ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, सिलवाललाई महंगो पर्यो मुद्दा

असार ३१ २०७४   .

काठमाडौं, असार ३१– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल बाहेकका ११ जना डीआईजीलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरेको छ । एसएसपीबाट एक नम्बरमा डीआईजी बढुवा भएका सिलवाल भने एआईजी हुनबाट बन्चित भएका छन् । डीआईजीबाट सिधै आईजीपी हुने सपना पालेका सिलवाल सहकर्मी जयबहादुर चन्द र प्रकाश अर्याल बिरुद्ध पटक–पटक अ...

राजपा पनि निर्वाचनमा सहभागि हुने विश्वास

असार ३१ २०७४   .

काठमाडौं असार ३१–नेपाली कांगेसका नेता रमेश लेखकले राजपाले तेश्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् । राजपाले निर्वाचन चिन्ह, दल दर्ता लगायत निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढाईरहेको र सरकारले पनि संविधान संसोधनको प्रयत्न जारी राखेकाले राजपा निर्वाचनमा सहभागी हुनेमा आफु विश्वस्त रहेको नेता लेखकले बताए । शनिबार रिपोर्टसल क्ल...

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन :परराष्ट्रमन्त्री महरा

असार ३१ २०७४   .

तुलसीपुर असार, ३१ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन हुने बताएका छन् । केही दिन पहिले बाटलुवाटारमा भएको तीन दलको बैठकपछि महरा र काँग्रेस नेता विमलेन्द्र निधिले दुई तिहाई नपुग्ने भएपछि तत्काल संविधान संशोधन प्रस्ताव अघि नबढ्ने बताएका थिए । शनिबार प्रेस सेन्टर दाङले घोराहीमा गरेको ...

अब विकासमा लागौंः ओली

असार ३१ २०७४   .

ललितपुर असार ३१– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।   ‘स्थानीय चुनावसँगै  राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई  विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको  महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपा...

माओवादीमा घोर निराशा– ११ करोड खर्च गरेर पनि जितिएन भन्ने ठाउँमा पुग्नु दुर्भाग्य

असार ३० २०७४   .

काठमाडौं,  असार ३०– स्थानीय तहको ६१७ स्थानका लागि भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दा पनि मुस्किलले ८४ स्थान जितेको माओवादी भित्र पार्टी विघटनको दिशामा गएको भन्दै तीब्र असन्तुष्टि बढ्न थालेको छ । आफ्नै हातले राज्यस्रोत परिचालन गरेर र सबैजसो दलसँग गठबन्धन गरेर चुनाव गर्दा पनि निकै अन्तरले तेस्रो भएको भन्दै उनीहरुले अव माओवादी धार नेपालको रा...

ओलीले भने,‘स्थानीय तहको अधिकार कटौती गर्ने कानुन एमालेलाई मान्य अमान्य’

असार ३० २०७४   रासस

काठमाडाैं  असार,३० । नेकपा (एमाले)का अध्यक्ष केपी ओले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । उनले अधिकार कटौती गरे एमालेलाई मान्य नहुने पनि बताए । शुक्रबार सूर्यविनायक नगरपालिकास्थित नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटनमा उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको जिकिर गरे । ...

देउवा सरकारमा छिर्ने मन्त्रीको टुंगो, मन्त्रालय बाँकी

असार ३० २०७४   नागरिक दैनिक

काठमाडौं ,असार ३०। सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।  ‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवा...

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध एउटा पनि उजुरी परेन

असार ३० २०७४   गोरखापत्र दैनिक

काठमाडौं  असार,३० । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि उजुरी दर्ता भएन । समिति सचिवालयका अनुसार उजुरी दिने अन्तिम दिन बुधबारसम्म कुनै पनि माध्यमबाट पराजुलीविरुद्ध उजुरी नपरेको हो । समितिले प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइअघि सर्वसाधारणसँग समेत उजुरी...

एमाले मधेश बिरोधी कहिल्यै छैनः अध्यक्ष ओली

असार ३० २०७४   .

काठमाडौं । तराई मधेशका बुद्धिजीवीहरु संग साक्षात्कार गर्दै नेकपा(एमाले) अध्यक्ष केपी ओलीले मधेश एमालेको गौरव रहेको वताउनु भएको छ । बीस सालमा राजाको निरंकुश शासनमा मारिएका दर्गानन्द झालाई आफु प्रधानमन्त्री हुँदा सहिद घोषणा गरेको प्रसंग उठाउँदै ओलीले एमालेलाई मधेश बिरोधी भन्नेहरुले मधेशका निम्म वर्गलाई माथि उठ्न नदिएको दावी गर्नुभयो । एमाले परि...

चुन ढुङ्ग्गा रोकिन्छ, ढोरपाटन खोलिन्छ : सन्धिखर्क नगर प्रमुख भुसाल

असार २९ २०७४   .

अर्घाखाँची, असार २९। सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित प्रमुख कमलप्रसाद भुसालले जिल्लामा सर्वाधिक बिबादमा रहेको नरपानी चुनढुङ्ग्गा खानि नखोलिने तर ढोरपाटन सडक खोलिने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीद्वारा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख भुसालले नगरका सबै समस्या अब हाल हुने बताएका हुन्। बिगत केहि वर्ष देखि बिबादास्प...

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा

असार २९ २०७४   .

काठमाडौं, असार २९– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।  आइतबार मन्त्रिमण्डल विस्तर गर्नेगरी देउवाले  तयारी थालेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले आफ्नो पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार  मा...

निर्वाचन भएका ६७ मध्ये ३० जिल्लामा एमालेले एक्लै जिल्ला समन्वय समिति वनाउने

असार २८ २०७४   .

काठमाडौं असार २८ । चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत रहेकाले अरु दलसँग तालमेल गर्नुपर्ने छैन । जिल्ला प्रमुख र उपप्रमुखको नाम केन्द्रले तय गर्ने र सदस्यहरुको नाम भने जिल्लाबाटै टुंगो लगाउने निर्णय भएको छ । एमालेले एकल जिल्ला समन्वय समिति बनाउने जिल्लाहरुमा प्रदेश नम्बर १ मा ताप्लेजुङ,इलाम,झापा छन् । त्यस्तै संखुवासभा, ते...

जनप्रतिनिधिलाई निर्वाचन खर्च-विवरण तत्काल बुझाउन आयोगको ताकेता

असार २८ २०७४   .

काठमाडौं असार,२८ । पहिलो चरणको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुले निर्वाचन खर्च-विवरण बुझाउन अटेरी गरेपछि निर्वाचन आयोगले सूचना निकालेर ताकेता गरेको छ । आयोगले गत जेठ १८ गते जनप्रतिनिधिलाई ३० दिनको म्याद दिएर चुनाव खर्च माग्ने निर्णय गरेको थियो । यस्तो निर्णयको भोलिपल्टै आयोगले सूचना प्रकाशित गरेको थियो । तर, सबै जनप्रतिनिधिले ख...

संविधान संशोधन रोकेर चुनावमा आउन राजपा सकारात्मक

असार २८ २०७४   .

काठमाडौं असार, २८ । दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए । तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्र...

संशोधनमा सघाउन देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

असार २७ २०७४   .

काठमाडौं  असार,२७ । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गर्नुभएको बैठकमा संशोधन विधेयकबारे छलफल भएको हो । मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको...

तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

असार २७ २०७४   .

काठमाडौं असार, २७ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । संविधान संशोधनलगायतका विषयमा छलफल गर्न तीन दलको बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत नेता सहभागी छन् ।  

‘संघीय र प्रादेशिक संसद्को निर्वाचन पहिलो प्राथमिकता’ : प्रम देउवा

असार २६ २०७४   रासस

काठमाडौँ असार २६ -प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसद्को निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पनि पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपतिको ...

भरतपुर प्रकरणको सुनुवाई फेरि सर्यो : अब साउन २ गते हुने

असार २६ २०७४   .

काठमाडौं असार २६– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि भएन । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै स्थगित गरिएको हो । अर्को सुनुवाईको मिति साउन २ गतेका लागि तोकिएको...

चुनावी परिणाम र संविधान संशोधनबारे समिक्षा गर्न एमालेको स्थायी कमिटी बैठक बस्दै

असार २६ २०७४   .

काठमाडौं  असार,२६ । चुनावी परिणामको समिक्षा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । दोस्रो चरणको चुनावी परिणाम लगत्तै सत्तापक्षले संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका बेला एमाले छलफलमा जुटेको हो । सोमबार अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा चुनावको पनि समिक्षा...

प्रधानमन्त्री भएको ३४ दिनपछि परराष्ट्र सल्लाहकारको नियुक्ति

असार २६ २०७४   .

काठमाडौं असार २६– प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक सल्लाहकार नियुक्ति गरेका छन् । देउवाले परराष्ट्र सल्लाहकारको नियुक्ति गरेका हुन् ।  मन्त्रिपरिषदको सोमबार बसेको बैठकबाट परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको हो । देउवाले सचिवालय र प्रेस सल्लाहकार अझैं चयन गर्न सकेका छैनन् ।  प्रधानमन्त्रीमा चयन भएको ३४ दिन बितिसक्दा पनि द...

३३४ तहमध्ये एमालेलाई १५०, काँग्रेसलाई १२२, माओवादी केन्द्रलाई ३८, धरान उपमहानगरपालिकाको परिणाम आउन बाँकी

असार २६ २०७४   .

काठमाडौं, असार २६  । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भएका ३३४ तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मतपरिणाम मात्र आउन बाँकी भएको छ । एक मात्र उक्त क्षेत्रमा नेकपा एमालेले अग्रतालाई कायमै राखेको छ । एमालेका मेयर उम्मेदवार तारा सुब्बाले पछिल्लो मतपरिणाम अनुसार १५ हजार ४ सय ९६ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवारल...

संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

असार २६ २०७४   रासस

चितवन असार २६- उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताए । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक ...

देउवा नेतृत्वको सरकार ‘नालायक’ : केपी ओली

असार २५ २०७४   .

असार २५। सरकारप्रति आक्रोशित देखिएका नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकार नेपाली संसद्को उत्पादन नै नभएको बताएका छन् । शेरबहादर देउवा नेतृत्वको सरकारलाई ओलीले नालायक गठवन्धनको संज्ञा दिए । ‘अहिलेको सरकार लोभी पापीहरुको अपराधिक गठवन्धन हो, क्षणिक स्वार्थका लागि बनेको यो सरकारले देशको हितलाई हेर्दैन,’ ओलीले भने, ‘यो सरकार अत्यन्तै अदुर...

राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता

असार २५ २०७४   रासस

काठमाडौँ असार २५-नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने बाध्यता रहेको छ । निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव ...

संविधान संशोधनबारे राप्रपा अन्तिम चरणमा मात्रै निर्णय लिने

असार २५ २०७४   .

काठमाडौं  असार,२५। राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनबारे अन्तिम चरणमा मात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणालाई भेटेर संशोधनमा सघाउन आग्रह गरेका थिए । लगत्तै अध्यक्ष थापाले आइतबार पार्टीको बैठक बोलाएका थिए । सिंहदरबारमा बसेको संसदीय दलको ...

संविधान संशोधन प्रस्ताव पारित नगरे संसद छोड्ने राजपाको चेतावनी

असार २४ २०७४   .

काठमाडौं असार २४–राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित नगरे आफूहरु संसदमा नरहने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता यादवले वर्तमान सरकारले एक हप्ताभित्र संविधान संशोधन प्रस्ताव पारित गर्ने व...

अब ४ तहको नतिजा आउन बाँकी

असार २४ २०७४   .

काठमाडौं असार २४– दोस्रो चरणको स्थानीय तह निर्वाचनको अब ४ तहको मात्रै नतिजा बाँकी रहेको छ । मोरङको विराटनगर महानगरपालिका,  झापाको अर्जुनधारा नगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो ।   जसमा विराटनगरमा  कांग्रेस लगभग जित नजिक देखिएको छ  भने बाँकी तीन तहमा एमालेको अग्रता रहेको छ । ...

संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने

असार २४ २०७४   .

 विराटनगर  असार,२४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो । स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान स...
To Top