राजनीति

संविधानको पूर्ण कार्यान्वयन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछिः प्रधानमन्त्री देउवा

भाद्र १६ २०७४   रासस

कञ्नपुर  भदौ,१६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश ...

भ्रष्टाचारीको सेवा सहुलियतमा लागे कांग्रेस प्रजापरिषद् हुन्छ:माधव नेपाल

भाद्र १६ २०७४   .

चितवन, भदौ १६ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीहरुको सेवा सहुलियतमा यसैगरी सक्रिय रहे नेपाली कांग्रेसको भविश्य प्रजापरिषदको जस्तै हुने वताउनु भएको छ । प्रदेश २ का जिल्लामा चुनावी अभियानमा सहभागि भएर फर्किनु भएका नेपालले भ्रष्टाचारी प्रमाणितहरुलाई चुनाव लड्न दिनु पर्ने भनी कांग्रेसले गरेको लविङप्रति...

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

भाद्र १५ २०७४   .

काठमाडौ, भदौ १५– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबारम...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र

भाद्र १५ २०७४   .

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने भएकाले दुवै चुनावका लागि एउटै मतपत्र बनाउने विषयमा छलफल भइरहेको उनले बताए। दुवै सभाको निर्वाचन...

निर्वाचन क्षेत्र निर्धारण : जनसंख्या मुख्य आधार

भाद्र १५ २०७४   .

काठमाडौं,भदौ १५ : निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । क्षेत्र निर्धारण गर्दा आयोगले जनसंख्यालाई ९० प्रतिशत र भूगोगलाई १० प्रतिशत आधार मानेको छ । संविधानअनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र तय गरिएको छ । संविधानको धारा २८६ मा निर्वाच...

दीर्घकालका लागि हलो नै चुनाव चिन्ह हुने : राणा

भाद्र १४ २०७४   .

काठमाडौं ,भदौ १४– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले तत्कालका लागि आफ्नो चुनाव चिन्ह पाङग्रा भएपनि दीर्घकालका लागि हलो चिन्ह नै हुने बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली जनता दलको पाङग्रा चुनाव चिन्हबाट असोज २ मा हुने सथानीय तहका ६ वटा जिल्लामा निर्वाचन लड्न लागेको बताएका छन् । त्यस्तै उनले सिराहा र महोत्त...

प्रदेश नं २ : तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

भाद्र १४ २०७४   रासस

काठमाडौँ, भदौ १४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्...

राजपालाई ओलीको चेतावनी- एमालेले प्रतिवादको बाटो समाउनु नपरोस्

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति त्याग्न राष्ट्रिय जनता पार्टी नेपाललाई सचेत गराएका छन् । नियमित स्वाथ्य परीक्षणका लागि एक साता लामो थाइल्याण्ड यात्रापछि बुधबार स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई देशका कुनैपनि भागमा जान कसैले रोक्...

२ नम्बर प्रदेशमा मतदान केन्द्र र मतदानस्थलको आज टुङगो लाग्ने

भाद्र १४ २०७४   .

काठमाडौं भदौ १४– निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्ने मिति आउनु एकसाता अघि आज बेलुकासम्म असोज २ मा हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र र मतदानस्थलको टुङ्गो लगाउने तयारी गरेको छ । सरकारले २ नम्बर प्रदेशका ८ जिल्लामा १० वटा स्थानीय तह थप गरेपछि ती स्थानीय तहको समेत गरेर आयोगले मतदान केन्द्र र मतदानस्थलको टुङगो लगाउन लागेको हो मतदातालाई पाय...

प्रदेश र प्रतिनिधि सभा चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४– सरकारले प्रदेश सभा र  केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले  मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।    यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो । तर निर्व...

एमालेको जनकपुर भेलामा राजपाको ढुँगामुढा

भाद्र १३ २०७४   .

काठमाडौं, भदौ १३ – नेकपा एमालेको जनकपुरमा भर्खरै सम्पन्न प्रदेश न.२ को अगुवा कार्यकर्ता भेलालाई राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका छन् । उनीहरुको अवरोधका बाबजुद एमाले भेला सफलता पूर्वक सम्पन्न भएको छ । मध्यान्ह १२.३० मा जनकपुरको पिडारी चौकमा सुरुभएको उक्त प्रदेशका आठ वटै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई एम...

अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र

भाद्र १३ २०७४   .

काठमाडौं  भदौ, १३। नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कोही पार्टीको आधिकारिक र कोही अनाधिकारीक नरहेको स्पष्ट पारेको छ । क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुनुभन्दा केही घण्टा अगाडि पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीका लागि सबै नेता कार्यकर्ता समान रहेको स्पष्ट पारेकी हुन् । विज्ञप्त...

लडाकु शिविरको ४६ करोड बेरुजु ‘मिलाइएको’ खुलासा

भाद्र १३ २०७४   .

काठमाडौं,  भदौ १३– सत्तारुढ दल माओवादीले पटक पटक राजनीतिक वार्गेनिङको हतियार बनाउँदै आएको लडाकु शिविरको अनियमिततालाई वैधता दिलाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेका बेला लडाकु शिविरमा भएको ४६ करोड रुपैयाँ बेरुजुलाई महालेखाले सदर गरी बैधता दिएको हो । यसअघि सत्ता समीकरण बदल्नु परे वा प्रतिकूलता देखा परे माओवादी अध्यक्ष दा...

दुई नम्वर प्रदेशमा पनि चुनावी तालमेलको ढोका खुला : प्रचण्ड

भाद्र १२ २०७४   .

विराटनगर, भदौ १२ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा पनि आफ्नो पार्टीले चुनावी तालमेलको ढोका खुला राखेको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संघीय गणतन्त्रवादी शक्तिहरु जोसँग पनि तालमेलको नीति लिइएको र मधेशवादी दलसँगको तालमेल प्राथामिकतामा राखिएको बताए । ‘हामी संघीय गणतन्त्रपक्षधर सवैसँग...

भ्रष्टाचार गरेको अभियोगमा आयोगले गर्‍यो लेखासहायकदेखि सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

भाद्र १२ २०७४   रासस

काठमाडौं, भदौ १२ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रुपैयाँ रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, ...

एमालेले टुंग्यायो २ नम्बर प्रदेशका ११६ स्थानीय तहका उम्मेदवार

भाद्र ११ २०७४   .

काठमाडौं भदौ,११  । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ । प्रदेश नम्बर २ का उम्मेदवार टुंगो लगाउनेमा एमाले पहिलो बनेको छ । कांग्रेसले मंगलबारसम्म टुंगो लगाउन...

आयोगले कानुन मागेको माग्यै, नैतिकपतनलाई सांसद बनाउने बाटो खोल्नै पर्ने कांग्रेसको अडान

भाद्र ११ २०७४   .

काठमाडौं, भदौ ११ – ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,’ व्यक्ति उम्मेदवार बन्न नपाउन...

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजपाले दल दर्ता गर्‍यो

भाद्र १० २०७४   रासस

काठमाडौं ,भदौ १० । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसि...

राज्यशक्तिको पूरै ध्यान २ नम्बर प्रदेशको चुनावमा

भाद्र १० २०७४   रासस

काठमाडौं , भदौ १०। नारायण न्यौपाने- नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ। नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो। प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमह...

देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली  

भाद्र १० २०७४   .

काठमाडौं,भदौ १० : प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उ...

प्रधानमन्त्रीको अभिव्यक्ति ‘लज्जास्पद’ :अध्यक्ष ओली

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार हैदरावाद हाउसमा संविधान संसोधन जस्तो आन्तरिक बिषयलाई प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताउनुभएको छ ।  उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सार्बभौम र स्वतन्त्र संसदको निर्णयको ध्वज्जी उडाएको समेत बताउनुभयो । नियमित स्वास्थ्य परिक्षणक...

आयोगले माग्यो उम्मेदवारको मनोनयनपत्रमा दस्तखत गर्नेको नमुना हस्तक्षर

भाद्र ९ २०७४   .

काठमाडौं,भदौ ९ । असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उठ्ने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने दलको पदाधिकारीको दस्तखतको नमुना मागेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  आयोगले उम्मेदवारको...

सरुवा प्रकरणले काठमाडौं महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा

भाद्र ९ २०७४   .

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाका कर्मचारी सरुवा गर्दा मापदण्ड मिचेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले अहिले हामीलाई प्राप्त जानकारी अनुसार ३८ जना कर्मचारीहरु सरुवा गरेको छ। तर, प्रशासनलाई समेत कुनै वास्ता नगरी महानगरबाहिर बसेर सरुवाको लिस्ट तयार पारेको भन्ने आरोप लागेको सो सरुवा ...

बाढीको वितण्डा भुल्दै सप्तकोसी उच्चबाँध बनाउने भारतसँग सहमति

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– भारतको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरुले दिएको सुझावमध्ये एक थियो– भारतले एकतर्फी बनाएका बाँधहरुका कारण नेपाल डुबेको विषय जोडतोडका साथ उठाउनुहोला । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिशेष समय लिएर बोल्दै सीमामा भारतले गैरकानुनी रुपमा ...

राजपाले घोषणा पत्र मस्यौदा समिति बनायो

भाद्र ९ २०७४   .

काठमाडौं  भदौ,९ । राष्ट्रिय जनता पार्टीले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन समिति बनाएको छ । चुनावमा जाने निर्णय गरेको भोलिपल्ट राजपाले घोषणा पत्र निर्माण समिति बनाएको हो । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र सिश्र छन् । समितिले ५ दिनभित्र घोषणा पत्रको मस्यौदा बनाएर अध्यक्ष मण्डललाई बुझाउन ...

मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने– दुई तिहाई  पुर्याएर संविधान संशोधन गर्छौ

भाद्र ९ २०७४   .

  काठमाडौं,भदौ ८– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास हुने बताएका छन् ।  पाँच दिने भ्रमणमा रहेका देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै  पार...

नेपाल र भारतबीच आठ सम्झौता

भाद्र ९ २०७४   .

  काठमाडौं,भदौ ८– नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  हस्ताक्षर भएका ...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...

प्रधानमन्त्री देउवालाई मोदीको 'सरप्राइज' : मोदी भए खुशी

भाद्र ८ २०७४   .

  नयाँदिल्लL,भदौ ८ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् ।  मोदीले दिए ‘सरप्राइज' पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज' दिएका हुन् ...

प्रधानमन्त्री देउवा आज भारत जाँदै

भाद्र ७ २०७४   .

काठमाडौं  भदौ,७  । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन् । देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका हुन् । देउवा नेपाल वायुसेवा निगमको बुधबार बिहान १०ः३० बजेको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त...

जम्बो मन्त्रीमण्डल बनाउँदै प्रधानमन्त्री देउवा

भाद्र ६ २०७४   .

काठमाडौ, भदौ ६– प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणमा जानुअघि चौथो पटक मन्त्रिपरिषद बिस्तार गरेका छन् । देउवा सरकारमा आज १५ जनाराज्यमन्त्रीले शपथ लिएका छन् । सरकारमा सामेल हुने राज्यमन्त्रीमा फोरम लोकतान्त्रिकका तीन र अन्य नेपाली काँग्रेसबाट राज्यमन्त्री बनेका छन् । राज्यमन्त्री बन्नेहरुमा नेपाली काँग्रेसबाट सीता गुरुङ, सरिता प्रसाई, श...

संविधान संशोधन मधेस विरोधी भएकाले असफल बनायौं : ओली

भाद्र ६ २०७४   .

काठमाडौं, भदौ ६ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस विरोधी भएकाले सत्तापक्षले ल्याएको संविधान संशोधन असफल गराइएको वताउनु भएको छ । संसदमा मंगलवार विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान संशोधन पास गर्न नभई प्रदेश नम्बर २ को असोज २ गते हुने चुनाव प्रचारका लागि मतदानमा लगिएको समेत वताउनुभयो । ‘संविधान संशोधन के के...

ह्वीप नमान्ने १८ सांसदबारे छानबिन गर्न राप्रपामा अनुशासन समितिलाई जिम्मेवारी

भाद्र ६ २०७४   .

काठमाडौं ,भदौ ६– राप्रपाले  संशोधन विधेयकको  विपक्षमा भोट हाल्न ह्वीप जारी गरेपनि  नमान्ने १८ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ । आज राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले  समितिलाई सो जिम्मेवारी दिएको सहप्रवक्ता मोहन श्रेष्...

महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता:आचार्य

भाद्र ६ २०७४   रासस

काठमाडौं भदौ, ६  । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताएका छन् । निकटतम प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाए । अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले उनले महासंघ भित्र कसैमाथि पनि भेदभाव...

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

भाद्र ६ २०७४   .

काठमाडौं —  नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराउनुभएको छ । आच...

पत्रकार महासंघको चुनावमा मतदान सकियो, आजै मतगणना हुने

भाद्र ५ २०७४   .

काठमाडौं भदौ ५ |  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि सुरु भएको मतगणना सकिएको छ। विहान ९ बजेदेखि कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना अपरान्ह साढे ४ बजे सकिएको हो। मतदानको समय ३ बजेसम्म तोकिए पनि ३ बजेभित्र लाइनमा बसेकाहरुले मतदान गर्दा थप समय लागेको हो। नयाँ नेतृत्व चयनका लागि मतदान...

संशोधनले हाम्रो माग सम्बोधन गरेको छैन :मधेसी दल

भाद्र ५ २०७४   .

 काठमाडौं, भदौ ५ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइएको वताउनु भएको छ । संविधान संशोधन विधेयकमाथि सोमबार संसद बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले ‘हामी त संविधान संशोधन गर्न चाहन्थ्यौं, विपक्षीले मानेन’ भन्नका लागि मात्रै...

मंसिर १० मा प्रदेश र संघीय संसदको निर्वाचन गर्ने सरकारको घोषणा

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५ - सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिनेसरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ज...

वाईसिएल अध्यक्षमा दीपशिखा चयन

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५– नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् । भदौ २ गतेदेखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यसअघि दीपशिखा वाईसीएलका महासचिव रहेका थिए । महासचिवमा भने सुवोधराज सिर्पाली चयन भएका छन् ...

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेश हुँदै

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५। संविधानको दोस्रो संशोधन विधेयक सोमबार संसदमा निर्णयार्थ पेस हुने भएको छ । संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाएको हो । विधेयकमाथि संशोधन दर्ता गराउने...

प्रधानमन्त्री देउवा : संचारमाध्यम नियन्त्रण गर्दिन, मर्यादित हुनुपर्यो

भाद्र ४ २०७४   .

काठमाडौं,  भदौ ४–  प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया संचालन गर्न गाह्रो भएको आफुले बुझेको भन्दै त्यसलाई सहज बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । उहाँले संचारलाई आफुले नियन्त्रण नगर्ने पनि बताउनुभएको छ ।     नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको काठमाडौंमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले मिडिया संचालन र सञ्चार क्षेत्रलाई बलियो ब...

प्रचण्ड नेतृत्वको सरकारमा जानु गम्भीर भूल : राप्रपा

भाद्र ४ २०७४   .

काठमाडौं ,भदौ ४ | राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुलाई पार्टीको गम्भीर भूल ठहर गरेको छ। मकवानपुरको हेटौंडामा आइतबार सकिएको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आत्मसमर्पणवादी भएको आरोप लगाउँदै सरकारमा सहभागी हुने निर्णय प्रत्युत्पादक भएको ठहर गरेको हो। 'आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारम...

नेपाल–चीनसम्बन्ध : राष्ट्रियता नारामा मात्र होइन, वास्तविकतामा बलियो बनाउने अवसर

भाद्र ४ २०७४   Rekha Rana

नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ । हामीले भारत र चीनबाट हरेक सामान ल्याइरह्यौँ तर उता पठाउनका लागि केही पनि उत्पादन गरेनौँ । चीनसँग सिमाना जोडिएका प्रत्येक गाउँपालिकाहरुले अब चीनमा निर्यात गर्नका लाग...

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्नः डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

भाद्र ४ २०७४   Rekha Rana

राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै प्राकृतिक विपदको रोकथाम र पूर्वतयारी गर्नु पर्नेमा जोड दिएकी छन् । उनले डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्ने र चुरे क्षेत...

भारतसँग के कुरा गर्ने, के नगर्नेः पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिँदै देउवा

भाद्र ४ २०७४   Rekha Rana

 आफ्नो भारत भ्रमणबारे सुझाब तथा सल्लाहका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।  प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठान गर्ने विषयकाबारेमा सुझाव लिन लागेका हुन्। पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझावका लागि आज साँझ प्रधानमन्त्रीले छलफल गर्न लागे...

केन्द्रीय सदस्य अपहरण गरेको भन्दै कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

भाद्र २ २०७४   .

काठमाडौँ – राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आज दिउँसो अध्यक्ष राणाले आफ्नो पाटीृका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चमा मुद्दा दर्ता गर्न अध्यक्ष राणासँ...

निर्वाचन आयोगले २ नं प्रदेशको चुनावको बारे सरकारलाई दियो १७ बुँदे निर्देशन

भाद्र २ २०७४   .

काठमाडौं,भदौ २। निर्वाचन आयोगले नेपाल सरकारलाई स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्बन्धमा १७ बुँदे निर्देशन जारी गरेको छ । आयोगको भदौ १ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिल...

केन्द्रले स्थानीय तहलाई तत्काल विकास योजना हस्तान्तरण नगर्ने

भाद्र २ २०७४   .

काठमाडौँ, भदौ २। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल विकास आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण नगर्ने जनाएको छ । सडक, पुल जस्ता ठूला आयोजना स्थानीय तहको जिम्मा लगाँउदा अलपत्र पर्ने भन्दै आवश्यक कार्यविधी बनेपछि मात्र त्यस्ता आयोजना हस्तान्तरण गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए । मन्त्रालयमा गरिएको बार्षिक समिक्षा कार...

वाईसीएलको राष्ट्रिय सम्मेलन आज

भाद्र २ २०७४   .

काठमाडौं भदौ,२  । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कोटेश्वर पार्टी प्यालेसमा बिहान १० बजे माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्नेछन् । आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्...
To Top