राजनीति

यी हुन्, एमालेका समानुपातिक उम्मेदवार (सबैको नामसहित)

कार्तिक १७ २०७४   .

काठमाडौँ,कार्तिक १७ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ।  आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएको थियो। सूचीमा कात्तिक १३ गतेसम्म संशोधन समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३...

एमालेका कुन उम्मेदवारले कहा मनोनयन दर्ता गरे

कार्तिक १७ २०७४   .

  काठमाडौं, कात्तिक १६ दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले चुनावी तालमेल गरेको एमालेले बुधबारको स्थायी कमिटीको बैठकको निर्णयका आधारमा उक्त मनोनयन गराएको हो । प्रदेश नं १  इलाम १ झलनाथ खनाल क खिनु ...

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

कार्तिक १७ २०७४   .

  काठमाडौं ,कात्तिक १७ । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफ...

दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीमा उत्साहपूर्ण रुपमा मनोनय दर्ता

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । ४५ जिल्लाका १ सय २८ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन शुरु भएको थियो । प्रदेश नं. ५ का जिल्लाहरुमा पनि बिहान १० बजेदेखि शुरु गरिएको मनोनयन दर्ता कार्यक्रम सांझ ५ बजेसम्म जारी रहेको...

निर्वाचन सुरक्षासम्बन्धी प्रधानसेनापतिको यस्तो विशेष निर्देशन

कार्तिक १७ २०७४   .

  काठमाडौं, कार्तिक १७ प्रधानसेनापति राजेन्द्र क्षत्रीले आगामी शान्तिपूर्ण ढङ्गबाट सम्पन्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन्। यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ...

दोस्रो चरण - करिब ५ हजार उम्मेदवार  

कार्तिक १७ २०७४   .

काठमाडौं,कार्तिक १७ दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंग...

रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ।   पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  क्षेत्र नं १ मा व...

 कसैलाई हराउन होइन देश जिताउन हाम्रो उम्मेदवारी, ओली

कार्तिक १६ २०७४   .

चन्द्रगढी, कात्तिक १६– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्धेश्य कसैलाई चुनाव हराउनु नभई देशको सार्वभौमसत्तालाई जिताउनु रहेको वताउनु भएको छ । झापा–५बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि चन्द्रगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशको सार्वभौमिकतालाई जिताउन आग्रह गर्नुभयो ।  ‘हामी कसैलाई हराउन होइन, देशको सार्वभौमसत्ताला...

 माओवादीका ५९ प्रतिनिधि सभा र ९३ प्रदेश सभाका उम्मेदवार

कार्तिक १६ २०७४   .

काठमाडौं, कार्तिक  एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ। एमालेसँग सिट बाँडफाँटमा ३९ प्रतिशत पाएको माओवादीले प्रतिनिधिसभाका लागि ५९ र प्रदेश सभाका लागि ९३ उम्मेदवार टुंगो लगाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३...

नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)

कार्तिक १६ २०७४   .

 कात्तिक   कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची निम्नअनुसार छ ।  प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा किशोरसिंह राठोर...

यसरी हुँदैछ आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता   

कार्तिक १६ २०७४   .

काठमाडौं,कार्तिक १६  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदव...

 कांग्रेस र मधेसी दल तालमेलमा सहमति भएन 

कार्तिक १६ २०७४   .

काठमाडौं, कात्तिक   धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधि र सर्लाही ४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न नमानेपछि कांग्रेस र मधेस केन्द्रित दलबीचको तालमेल भाँडिएको छ । मनोनयन दर्ता गर्नु एक दिन अघि बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरुको बैठक बसेको थियो ।  बैठकमा धनुषा ३ मा बिमलेन्द्र निधिका लागि उम्मेदव...

कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

कार्तिक १५ २०७४   .

   काठमाडौं, कात्तिक १५ । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले  दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बर...

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट  

कार्तिक १५ २०७४   .

काठमाडौँ,कात्तिक १५ -एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो । सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चि...

दुई नम्बरमा फोरम र राजपाबीच सीटको बाँडफाँड

कार्तिक १५ २०७४   .

  काठमाडौँ,कात्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि सभाका लागि राष्ट्रिय जनता पाटी नेपाल र संघीय समाजबादी फोरमबीच टिकट बाँडफाँडबारे सहमति भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लामा यी दुई दलबीच प्रदेश र प्रतिनिधि  सभाका लागि टिकट बाँडफाँड गरेका हुन् ।  सहमति अनुसार संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा १७ सिट र राजपा ले १५ सिट लिएका छन् । त्यसै...

 अवहेलना मुद्दापछि बालकृष्ण ढुंगेल पक्राउ

कार्तिक १४ २०७४   .

  काठमाडौं,कार्तिक १४  प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन्।  उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो। ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर...

निर्वाचन सम्बन्धी पाँच मुद्दाको सुनुवाइ हुँदै

कार्तिक १४ २०७४   .

  कार्तिक १४ न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा निर्वाचन सम्बन्धी पाँच थान मुद्दाको सुनुवाइ आज हुँदै छ।  सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एकएक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाइ भइसकेको मतपत्र बदर गरी नयाँ छाप्न माग...

निर्वाचन आयोगले दियो सर्वोच्च अदालतलाई लिखित जवाफ

कार्तिक १४ २०७४   .

काठमाडौं,कात्तिक   निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र छाप्नेबारेमा आफ्नो लिखित जवाफ सर्वोच्च अदालत समक्ष पेश गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले सोमवार महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा ...

कांग्रेस घोषणापत्र - वाम गठबन्धनप्रति आक्रामक

कार्तिक १४ २०७४   .

 काठमाडौं,कार्तिक १४, कांग्रेसले एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।  कांग्...

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार

कार्तिक १४ २०७४   .

  काठमाडौं, कात्तिक,१४ एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुं...

वाम गठवन्धनले प्रदेश २ मा सिट बाँडफाँड गर्यो

कार्तिक १३ २०७४   .

  काठमाडौं, कात्तिक १३ – एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।  त्यस अनुसार एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभाका १५ र प्रदेशका २८ सिट पाएको छ । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । अन्यमा भने छलफल चलिरहेको छ ।  ...

सर्वोच्चको आदेश मान्दै अलग-अलग मतपत्र छाप्ने आयोगको निर्णय

कार्तिक १२ २०७४   .

काठमाडौं-कार्तिक १२ सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउने निर्णय गरेको छ। आइतबार बसेको आयुक्तहरुको वैठकले मंसिरमा हुने दुवै तहको चुनावको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्ल...

ओलीले माओवादी र दाहालले एमाले बैठकमा सम्बोधन गर्ने

कार्तिक १२ २०७४   .

हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन   काठमाडौं,कार्तिक १२ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार दुवै शीर्ष नेताहरुले एक अर्काे दलको बैठकमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि संयुक्त रुपमा दुवै पार्टीको स्थानीय कमिटीलाई सर्कुलर ...

समानुपातिक तर्फको बन्द सूची संसोधन आज ५ बजेसम्म बुझाउनु पर्ने 

कार्तिक १२ २०७४   .

काठमाडौं, कात्तिक  १२– राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बुझाएको  समानुपातिकतर्फका उम्मेद्वारको सूची संसोधन गर्ने आज अन्तिम दिन हो । गत असोजमा दलहरुले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारहरुको बन्द सूची बुझाएका थिए । उक्त बन्द सूचीलाई आज सबै दलले टुँगो लगाउनु पर्छ । निर्वाचन आयोगले आ...

 बामगठबन्धनको घोषणापत्र तयार, सामाजिक न्याय र समृद्धिमा जोड

कार्तिक १२ २०७४   .

आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन काठमाडौं, कात्तिक ११ ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्र...

एमाले–माओवादीले सिट बाँडफाँट केही बेरमा टुंग्याउदै

कार्तिक ११ २०७४   .

काठमाडौं,कात्तिक ११   दोश्रो चरणको निर्वाचनको लागि एमाले–माओवादीले २० जिल्लाको सिट बाँडफाँटको टुंगो लगाएका छन्। बिहानैदेखि बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले साँझ ६ बजेसम्म २० वटा जिल्लाको टुंगो लगाइसकेको र आज राती अबरेसम्म सबै जिल्लाको टुंगो लगाउने वताइएको छ । चितवन क्षेत्र नम्बर २ को टुंगो लगाउन बाँकी रहेको वताइएको छ। चितवन क्षेत्...

११० सिटमा वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ 

कार्तिक १० २०७४   .

   काठमाडौं, कात्तिक १० । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ । स्रोतका अनुसार...

नया शक्ति पार्टीको चुनावी घोषणापत्र जारी 

कार्तिक १० २०७४   .

  काठमाडौँ,कात्तिक १० । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आर्थिक समृद्धिलाई जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।  पार्टीका संयोजक भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा आर्थिक समृद्धिलाई जोड दिइएको हो ।  ‘सबैका लागि ...

 तराई मधेसका अधिकांश जिल्लामा  कार्यदलले भागवण्डा सिध्यायो

कार्तिक १० २०७४   .

   काठमाडौं,कात्तिक १०  । एमाले र माओवादीवीच सिट बाँडफाँटका लागि गठित कार्यदलले तराई मधेसका अधिकांश जिल्लामा आफ्नो काम सिध्याएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले-माओवादीले १२/१२ सिट बाँडेका छन् । ७ सिटमा सहमति जुट्न बाँकी छ भने एउटा सिट स्वतन्त्र उम्मदेवारलाई छाड्ने सहमति भएको छ । पूर्वी तराई र पश्चिमी तराईका ५ वटा जिल्लामा भने माओव...

चुनाव सार्ने कोसिस हामी मान्दैनौंः केपी ओली 

कार्तिक १० २०७४   .

काठमाडौं, कात्तिक ९ प्रतिनिधिसभा र प्रदेश सभाकालागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगसंग प्रगति विवरण मागेपछि ‘निर्वाचन सर्ने त’ होइन भन्दै वामगठबन्धनले चिन्ता व्यक्त गरेको छ। वामगठबन्धनले विहिबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले झस्काएको बताए।  नेकपा एमालेक...

‘सबैलाई हेक्का होस्, संसद ब्युँतन्छ’ 

कार्तिक १० २०७४   .

  काठमाडौं, कात्तिक ९ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले विहीबार राजधानीमा आयोजित दुईवटा कार्यक्रममा नयाँ ‘डिस्कोर्स’ अघि सारेका छन्ः तोकिएको समयमा चुनाव भएन भने सबैलाई हेक्का रहोस्, संसद ब्युँतन्छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले संसद ब्युँतिन सक्ने जिकिर गरे । त्यसपछ...

 ‘एमाले र माओवादीको   गठबन्धन बाम होइन, दाम  हो’:विप्लव

कार्तिक ९ २०७४   .

 नेपाली कांग्रेस विचारविनाको पार्टी काठमाडौं,.कात्तिक ८ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको बाम गठबन्धन नभई दाम गठबन्धन भएको आरोप लगाएका छन् ।  रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा बुधबार राजधानीको खुलामञ्चमा नेकपाले आयोजना गरेको कार्यक्रममा विप्लवले अहिले भएको माओवादी–एमाले गठब...

वाम तालमेलपछि भारत र अमेरिकाका राजदूतहरु सक्रिय  

कार्तिक ९ २०७४   .

काठमाडौं, ८ कात्तिक – वाम तालमेल र एकताको निर्णयपछिको नेपाली राजनीतिमाथि घरेलु वहस भइरहेको बेला नेपालस्थित कुटनीतिक समुदाय पनि विकसित राजनीति अवस्थावारेको परामर्शमा लागेको छ । नेपालका लागि अमेरिकी राजदुत एलाइना वी टेप्लिज् र भारतीय राजदुत मञ्जिभसिंह पुरीले एक सातामा प्रधानमन्त्री शेरबहादुर देउवासहितका मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग बेग्...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

कार्तिक ८ २०७४   .

काठमाडौंँ,कार्तिक ७ - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो।  ...

मैले अरुले जस्तो प्रचारबाजी र फेसबुकबाजी गर्दिन, बिकास गर्छु: एमाले नेता ज्ञवाली  

कार्तिक ७ २०७४   ekhabarnepal

  गुल्मी, कार्तिक ६ । आफ्नो र वामगठबन्धनको चुनावी महौल बनाउन गुल्मी आई पुगेका नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले आफुले विकास प्रचारमा र सरकारी कार्यालयमा राखिएको योजनाको फोटो कपी गरेर नगर्ने बताएका छन् । “मैले गुल्मी जिल्लामा गरेका विकासहरु ओझेलमा परेका छन्”, गुल्मीको तम्घासमा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले भने पत्रकार सम्...

मुख्य सचिवमा रेग्मी नियुक्त

कार्तिक ६ २०७४   .

काठमाडौं–कात्तिक ६ मन्त्रिपरिषद बैठकले सरकारका मुख्य सचिवमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । आज बिहान बसेको बैठकले सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । उमेर हदका कारण मुख्यसचिव राजेन्द्र क्षेत्रीले अवकाश पाएपछि सरकारले सचिवहरुको बरियताक्रममा तेश्रो स्थानमा रहेका रेग्मीलाई नियुक्त गरेको हो । क्षेत्री भन्द...

प्रतिनिधिसभा र प्रदेश क्षेत्रमा उल्लासपुर्वक मनोनयन दर्ता 

कार्तिक ५ २०७४   .

काठमाडौं, कात्तिक ५ आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सवै निर्वाचन क्षेत्रमा उल्लासमय रुपमा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनसम्म आइपुग्दा एमाले नेतृत्वको देशभक्त वामपन्थी गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धन बनाएर प्रमुख दलहरु चुनावी मैदानमा उत्रिएका छन । पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ...

स्वास्थ्य राज्यमन्त्री आलम एमाले प्रवेश  

कार्तिक ५ २०७४   .

भक्तपुर, कात्तिक ५  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सहमहामन्त्री एवं स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम उर्फ राजाबाबु एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गर्नुभएको हो । कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली नेता हुनुहुन्छ । उहाँले आफ्नै...

कांग्रेसले पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वार टुङ्ग्यायो

कार्तिक ५ २०७४   .

   काठमाडौं कार्तिक ४   कांग्रेस संसदीय समिति बैठकले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ र प्रदेशसभाको ७४ निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिएको हो । विवादित बनेको नुवाकोटको क्षेत्र नम्बर १ मा रामशरण महत र २ मा अर्जुन नरसिंह केसीलाई उम्मेद्वार बनाउने निर्णय भएको नेता एनपी साउदले जानकारी दिनुभयो ।...

वाम गठवन्धनमा राष्ट्रिय जनमोर्चा पनि मिसियो

कार्तिक ४ २०७४   .

प्यूठान र बागलुङमा एमाले–एमाओवादी र राजमोबीच तालमेल  काठमाडौं । चुनावपछि पार्टी एकता नै गर्ने इच्छाशक्ति बोकेर तत्काललाई चुनावी तालमेल गरेका मुलुकका दुई ठूला वाम शक्तिहरु एमाले र माओवादी केन्द्रको गठवन्धनमा राष्ट्रिय जनमोर्चा पनि मिसिएको छ । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका कार्यक...

३२  जिल्लामा भोलि मनोनयन दर्ता, यस्तो छ प्रक्रिया

कार्तिक ४ २०७४   ekhabarnepal

रासस काठमाडौँ,कात्तिक ४ -  आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।  पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने क...

उम्मेदवारी नपाउने नेतालाई चित्त नदुखाउन एमालेको आग्रह

कार्तिक ३ २०७४   .

  काठमाडौँ,कात्तिक ३ । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी नपाउने पार्टीका नेता कार्यकर्तालाई चित्त नदुखाउन आग्रह गरेको छ ।  प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी भईरहेका बेला शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले उम्मेदवारी नपाएकै कारण चित्त नदुखाउ...

प्रदेश नं. ७ र ६ का एमाले उम्मेदवार टुंगो

कार्तिक ३ २०७४   .

  काठमाडौं कात्तिक ३  । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ७ का उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटबाँडफाड भएपछि एमालेले आफ्नो भागमा परेका क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो । एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डा...

प्रदेशसभाका ७४ सिटमध्ये एमालेलाई ४१, माओवादीलाई ३३  

कार्तिक ३ २०७४   .

  काठमाडौं, असोज ३  । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट टुंगो लगाएका छन् । ७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ । चुनाबी तालमेलमा ६०/४० को...

३२ जिल्लामा एमाले र माओवादीको भागवण्डा

कार्तिक ३ २०७४   .

 काठमाडौं कात्तिक ३ । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर...

कांग्रेसका पूराना नेताहरु मिलेर बनाएको वीपीको नाममा पार्टी

कार्तिक ३ २०७४   .

  काठमाडौं—कात्तिक नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् ।  नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्र...

सर्वोच्चको अन्तरिम आदेश अाएन, अब चुनाव सार्न कठिन !

कार्तिक १ २०७४   .

  काठमाडौं–कात्तिक १  प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि फरकफरक मतपत्र हुनुपर्ने मागसहित सर्वोच्चमा दायर रिटप्रति सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ ।  आजको यो फैसला अनुसार मंसिर १० र २१ गतेका लागि तोकिएको प्रनिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मतपत्रका कारण सार्न नपर्ने देखिएको छ ।  प्रतिनिधि ...

एनआरएनए पदाधिकारीलाई ओलीको आग्रहः एमालेका कसैलाई पैसा दिएको भए फिर्ता माग्नुस् 

कार्तिक १ २०७४   .

काठमाडौं, कात्तिक–१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग चुनावका बेला एमालेले पैसा नलिएको वताउनु भएको छ । एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका नाममा कसैलाई पैसा दिएको भए फिर्ता माग्न समेत आग्रह गर्नुभयो ।  केही दिनअघि एक अनलाइनमा एमालेलाई एनआरएनएले ६ करोड रुपैयाँ दिएको भनी...

प्रधानमन्त्री चुनाव टार्ने षडयन्त्रमा– माधवकुमार नेपाल

कार्तिक १ २०७४   .

काठमाडौं, कात्तिक १– एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेले जित्ने भयकै कारण सत्तारुढ नेपाली कांग्रेसले चुनाव टार्ने प्रपञ्च गरेको वताउनु भएको छ । प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग एमाले मुख्यालयमा बुधवार बिहान आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सरकारको नेतृत्व गरेको कांग्रेसले चुनाव सार्ने निहुँ ...

माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो

असोज ३१ २०७४   .

 काठमाडौं असोज ३१ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरुको जिम्मेवारी तोक्नु भएको हो । प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्र...
To Top