राजनीति

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आव्हान, चुनाव सार्ने प्रस्ताव 

असोज २६ २०७४ .

काठमाडौं, असार २६ – प्रधानमन्त्री शेरबहादुर देउवाको आयोजनामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसिरहेको छ । मंसिर १० गते पहिलो चरणका लागि तोकिएको चुनाव पछि सार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो ।  चुनाव सार्न बाम गठबन्धनका एमाले र माओवादी सहमत ...

रोहिंग्या संकट : संयुक्त राष्ट्र संघले म्यान्मारबाट वरिष्ठ अधिकारी फिर्ता बोलायो

असोज २६ २०७४ .

असोज २६   बिबिसी - संयुक्त राष्ट्र संघले म्यान्मारको रखाइन प्रान्तको रोहिंग्याबहुल भूभागमा कार्यरत मुख्य अधिकारी रेनाट लोक–डेसालियनलाई फिर्ता बोलाएको छ। राष्ट्र संघले बिहीबार त्यहाँ कार्यरत आफ्नी मुख्य अधिकारी रेनाटालाई न्युयोर्क फिर्ता बोलाएको घोषणा गरेको हो। गत महिना रेनाटामाथि अल्पसंख्यक रोहिंग्या मुसलमान समुदायविरुद्ध राज्यको दमन मा...

भ्रष्टाचारीदेखि गुन्डा नाइकेसम्म उम्मेदवार सिफारिस

असोज २६ २०७४ D.R. Ghimire

काठमाडौं– प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरुले विवादित अनुहारलाई पनि उम्मेदवारमा सिफारिस गर्न थालेका छन्। दलहरुको सिफारिस सूचीमा गुन्डा नाइकेदेखि भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतबाट ठहर तथा मुद्दा विचाराधीन भएका व्यक्तिसम्म परेका छन्।  कांग्रेसबाट गुन्डा नाइके भनी कहलिएका मिनकृष्ण महर्जन सिफारिसमा परेका छन् भने अर्का विव...

सरकार चुनाव नगर्ने गृहकार्यमा

असोज २५ २०७४ .

काठमाडौं, असोज २५ सरकार चुनाव नगर्ने बहाना खोजिरहेको आशंका गरिएका बेला सरकारका एक मन्त्रीले मंसिर १० गतेका लागि तोकिएको निर्वाचन सार्ने गृहकार्य भइरहेको स्वीकार गर्नुभएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन मिति तलमाथि हुन सक्ने वताउनुभएको हो ।  उहाँले तयारी नपुगेको भन्दै मंसिर १० गतेको चुनाव २१ ...

सिरहामा एमाले नेताको घाँटी रेटेर हत्या 

असोज २५ २०७४ .

  सिरह,असोज २४– गत स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका स्थानीय नेताको रहस्यमय हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ बर्षीय शशिभूषण साहको हत्या भएको हो।  घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले वताउनुभयो ।  काठको दुई तल्ले घरको भुइँतल्ला कोठामा साह र माथि...

 निर्वाचन सार्नु लोकतन्त्रमाथिनै खतरा,एमाले 

असोज २४ २०७४ .

काठमाडौं,असोज २४ सरकारले आगामी  मंसिर १० र २१ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्ने तयारी गरिरहेको भनिएको बेला नेकपा एमालेले  तोकिएकै  मितिमा चुनाव हुनुपर्नेमा जोड  दिएको छ ।  एमालेको  मंगलबार बसेको स्थायी समिति बैठकले  निर्वाचन सारिए लोकतन्त्रमाथि खतरा हुने निष्कर्ष निकालेको हो ।  ‘निर्वाचन सार्नु भनेको लोकतन्त्रमाथिनै खतरा हो ।  सरक...

कानुनले अयोग्य ठहर्‍याएका खुमबहादुर पनि उम्मेदवारमा सिफारिस   

असोज २३ २०७४ D.R. Ghimire

काठमाडौं,असोज २३ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको दाङ जिल्लाले कानुनले नै पाखा लगाएका व्यक्तिलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ ।संविधान, राजनीतिक दलसम्बन्धी विधेयक र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विधेयकसम्मले कांग्रेसका नेता खुमबहादुर खड्कालाई उम्मेदवार बन्न नपाउने गरी राजनीतिक भविष्य समाप्त पारिदिएको छ...

कांग्रेससँग संघीय फोरम र राजपाको माग : प्रदेश सभामा १३५ सिटसहित २ मुख्यमन्त्री

असोज २३ २०७४ .

काठमाडौं,असोज २२ – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन्। संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह गरेपछि उनीहरुले यस्तो दाबी पेश गरेका हुन् । यसका साथै यी दुई दलले प्रतिनिधि सभा निर्वाचनमा ५५ सिटको दाबी...

कांग्रेसले भन्छ भने सरकार छोड्छौं – दाहाल

असोज २१ २०७४ .

काठमाडौं, असोज २१  माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले भने माओवादी सरकार छोड्न तयार रहेको वताउनुभएको छ । शनिवार भएको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले आफूहरुको चासो यही सरकारले चुनाव गराओस् भन्नेमा रहेको पनि स्पष्ट पार्नु भएको छ ।  माओवादीले आगामी चुनावमा एमालेसँग सहकार्य गरेपछि सरकारमा बस्न नहुने कांग्रेस नेताहरुले वताइरहेका...

लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न नउठाउन कांग्रेसलाई एमालेको चेतावनी 

असोज २१ २०७४ .

माओवादीसँग भएको एकीकरणको सहमति सर्वसम्मतले अनुमोदन   काठमाडौं, असोज २१ एमालेले बामपन्थी दलहरुको एकतालाई लिएर लोकतन्त्रको निष्ठामाथि प्रश्न नउठाउन सत्तारुढ नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । बामपन्थी एकता अभियानको घोषणालाई अनुमोदन गर्दै शनिवार बसेको स्थायी समिति बैठकले बामपन्थी दलहरुको एकताका लागि भएको सहमति ऐतिहासिक भएको पनि निश्कर्ष निका...
To Top