राजनीति

मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग

असार १२ २०७४ रासस

काठमाडौँ, असार १२– दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ । दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको...

तराई र पहाडको विभाजन रोक्न एमालेलाई मतः अध्यक्ष ओली

असार ११ २०७४ .

बुटवल ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीच विभाजन गराउने षड्यन्त्र चिर्न एमालेलाई विजयी गराउन आव्हान गर्नुभएको छ । बुटवल उपमहानगरपालिकाको ट्राफिक चोकमा आयोजित विशाल चुनावी सभामा सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं. ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोध...

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा चुनावी प्रतिस्पर्धा तीव्र

असार ११ २०७४ रासस

भैरहवा  असार ११,-दोस्रोचरणको स्थानीय निकाय निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ । राजनीतिक दलहरुले मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी अभियानलाई समेत तीव्रता दिएका छन् । मुख्य शक्तिको रुपमा राप्रपा देखिएको यस नगरमा नेपाली काँग्रेस, एमाले, नेकपा ९माओवादी केन्द्र० र मधेसवादी दल पनि प्रतिस्पर्धाम...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति

असार ११ २०७४ .

काठमाडौं ,असार ११,– असार १४ मा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सरकारलाई नेपाली सेना परिचालन गर्ने बाटो खुलेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसका आधारमा आइतबार निर्वाचनमा सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी हुन् । स्थानीय तहको निर्वाचन स्वतन्त्र,  निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुर...

माओवादीको चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट, १० घाइते

असार ११ २०७४ .

नवलपरासी,  असार ११ । नवलपरासीको सुनवलमा चुनावी र्यालीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । विस्फोटमा परी १० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी हवल्दार रुद्रप्रसाद सापकोटाले बताउनुभयो । सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल ...

एमालेको जितलाई कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

असार ११ २०७४ रासस

भोजपुर, असार  ११ -  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन्  । नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे । महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एम...

नवलपरासीमा आचारसंहिता उल्लंघन

असार ११ २०७४ .

नवलपरासी असार ११, – चुनाव प्रचार प्रसार गर्दा मोटरसाइकल, कार र बस प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरित भएपनि नवलपरासीका राजनीतिक दलहरुले  निर्वाचन आचारसंहिता व्यापक रुपमा उल्लंघन गरेको पाइएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन नवलपरासीको सुनवलका विभिन्न स्थानमा नेपाली कांग्रेसले आचारसंहिता विपरित सयौको संख्यामा मोटरसाइकल र कार चुनाव प्रचा...

आज राति १२ बजेदेखि मौन अवधि,सामाजिक सञ्जालमा पनि चुनावी प्रचार गर्न निषेध

असार ११ २०७४ .

काठमाडौ असार ११– दोस्रो चरणमा असार १४ गते १, ५ र ७ प्रदेशका ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको  छ । निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन ...

मतदाता परिचयपत्र वितरण शुरु

असार ११ २०७४ .

असार ११ । काठमाडौ– दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा आज गतेदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्र असार ११ ,१२ र १३ गते तीन दिनसम्म सम्बन्धित मतदान केन्द्रबाट निर्वाचनमा सहभागी हुने ६४ लाख ३२ हजार ७६५ जना मतदाताहरुलाई ...

एमाले केन्द्रीय सदस्य एवं सांसद् लिम्बूको निधन

असार ११ २०७४ .

काठमाडौँ । नेकपा (एमालेका केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको अर्बुद रोगका कारण गए राती धरानमा निधन भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा...
To Top