राजनीति

लेखा समितिको सार्वजनिक सुनुवाईमा अनुपस्थित दुई मन्त्रीलाई समितिले स्पष्टीकरण लिने

भाद्र २० २०७४   .

भैरहवा  भदौ,२०  । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बेलहिया-बुटवल ६ लेन व्यापारिक मार्गको विषयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अनुपस्थित सरकारका दुई मन्त्रीलाई सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिने भएको छ । समितिले पर्यटनमन्त्री जितेन्द्र देव र भौतिक पूर्वाधार मन्त्री बिरबहादुर बलायरलाई स्पष्टीकरण लिने भएको हो । राष्ट्रिय गौरवको ...

प्रदेश नम्बर २ को निर्वाचनका लागि भोलि उम्मेदवार दर्ता

भाद्र २० २०७४   .

काठमाडौं, भदौ २०–निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोलि निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई उत्साहपूर्ण रुपमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेका हुन् । ब...

राप्रपा राष्ट्रबादीबाट तीन दिने सडक संघर्षका कार्यक्रम घोषणा

भाद्र २० २०७४   .

काठमाडौं,भदौ २० । हिन्दु राष्ट्र कायम गर्न सरकारलाई दवाव दिने उद्देश्यसहित एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले काठमाडौंमा तीन दिने सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सबै धर्मको सम्मान गर्दै मुलुकमा हिन्दु राष्ट्र कायम गरिछाडने पार्टीको मूल एजेन्डा स्थापित गराउनेगरी सरकारलाई दबाब दिन ...

भारतले नेपाललाई सुरक्षाको दृष्टिबाट मात्रै हेर्‍यो, लगानी ल्याउँछ भन्ने लाग्दैन : डा. भट्टराई

भाद्र २० २०७४   .

काठमाडौं,भदौ २० ।  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भारतले नेपालमा लगानी बढाएर समृद्ध देश बनाउन सहयोग गर्छ भन्ने आफूलाई लाग्न छाडेको बताए । भारतले नेपाललाई सुरक्षा चासोकै दृष्टिबाट हेरेको र आफू अनुकुल आन्तरिक राजनीतिमा खेलेर सुरक्षा चासो संबोधन गर्ने गरेको उनको भनाइ छ। 'यो कुरा मैले अर्थमन्त्री हुँदा नै महसुस गरेको थिएँ, उस...

दल दर्ताको निवेदनउपर आयोगले छानबिन थाल्यो

भाद्र २० २०७४   .

काठमाडौं  भदौ,२० । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका राजनीतिक पार्टीहरुको आधिकारिकता अध्ययन थालेको छ । १/२ दिनभित्रै चुनावमा भाग लिन योग्य दलहरुको सूची सार्वजनिक गरिने आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् ...

सरकारको ध्यान निर्वाचन सँगसँगै मुलुकलाई समृद्ध बनाउनेतर्फ केन्द्रीत

भाद्र १९ २०७४   .

काठमाडौं,भदौ १९–प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् । प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको पनि स्पष्ट पारे ।  सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्...

भ्रष्टाचारीले आजीवन संसद कुच्न नपाउने

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९– भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेका जोकसैले अब निर्वाचन लड्न नपाउने भएका छन् । सरकारले भ्रष्टाचार लगायत फौजदारी अभियोगमा सजाय भोगेका कसैले पनि निर्वाचनमा भाग लिन नपाउने व्यवस्थासहित ल्याएको प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी बिधेयकलाई राज्यव्यवस्था समितिले जस्ताको तस्तै पास गरेपछि भ्रष्टाचारीलाई सधैका लागि निर...

राज्य व्यवस्थाबाट पारित भयो दुवै विधेयक

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९।  प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। समितिको सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित गरेको हो। अब यी दुवै विधेयक संसदको आजकै बैठकमा पेस हुनेछ। विधेयकमा कांग्रेसका १९ सांसदले हालेको संशोधन ...

अब मतपत्र च्यात्न दिँदैनौंः ओली

भाद्र १८ २०७४   .

चितवन, भदौ १८–नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब भरतपुर काण्ड दोहरिन नदिने बताएका छन् । आइतबार एमाले निकट अखिलको केन्द्रीय समिति र राष्ट्रिय परिषदको तीन दिने विस्तारित भेलालाई चितवनमा सम्बोधन गदै ओलीले भने, ‘भरतपुर दोहरिन दिँदैनौं, मतपत्र च्यात्न दिँदैनौं।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको  सरकारलाई बाह्य शक्तिबाट चलेको आरोप लगाए ।  ओली...

नेपाल-भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री

भाद्र १८ २०७४   रासस

काठमाडौँ  भदौ,१८ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल-भारतबीच रहिआएको जनस्तरको ऐतिहासिक सम्बन्ध राजनीतिक र राज्यस्तमा प्रतिविम्बन हुनुपर्ने बताएका छन् । नेपाल भारत महिलामैत्री समाजले आइतबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महराले नेपाल-भारतका जनता-जनताबीच विद्यमान सम्बन्ध अत्यन्त महत्वपूर्ण भएको बताउँ...

सीमांकन सच्याइने छःओली

भाद्र १८ २०७४   रासस

चितवन, भदौ १८ -एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले...

पूर्वप्रधानमन्त्री पुत्र तथा पूर्व सांसद शाह एमालेमा प्रवेश , एकल महिलाकी अध्यक्ष लिलि थापा पनि एमालेमै 

भाद्र १८ २०७४   ekhabarnepal

काठमाडौं,भदौ १७ – पूर्व प्रधानमन्त्री डा केआई सिंहका पुत्र तथा पूर्व सांसद यज्ञजीत शाह एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सहित एकल महिला सञ्जालका अध्यक्ष लिलि थापा पनि शनिवारै एमाले प्रवेश गर्नुभयो ।  एमाले मुख्यालय धुम्बाराहीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीपुत्र शाह र थापा लगायत एमाले प्रवेश गर्नुभएको हो । २०५६ सालको प्रतिनिधिसभा निर्वाच...

एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी : अध्यक्ष ओली

भाद्र १७ २०७४   .

काठमाडौं, भदौ १७– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा  बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’  कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नाम...

एमालेबाट १४ तहमा उम्मेदवार टुंगो

भाद्र १७ २०७४   रासस

गौशाला,  भदौ १७। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ । एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिक...

आचारसंहिता उल्लंघन गर्ने सरकार-प्रतिपक्षी कसैलाई नछोड्ने: निर्वाचन आयोग

भाद्र १७ २०७४   .

काठमाडौँ, भदौँ १७  । आगामी तेस्रोचरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचारप्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोच...

संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा:क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष

भाद्र १७ २०७४   .

काठमाडौं  भदौ,१७ । अखिल क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने घोषणा गरेका छन् । निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले क्रान्तिकारीले नयाँ पद्धतिको सुरुआत गरेको भन्दै आफ्नो नेतृत्वमा संगठनलाई विद्यार्थीहरुको एक नं. संगठन बनाउने प्रतिबद्धता जनाएका हुन् । ‘मलाई ...

प्रदेश २ मा एमाले एक्लै भिड्दै

भाद्र १७ २०७४   .

काठमाडौं,  भदौ १७– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्...

चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा

भाद्र १७ २०७४   .

बारा, भदौ १७ – गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।   बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर...

बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने:उपमहासचिब पौडेल

भाद्र १७ २०७४   .

बुटवल,भदौ,१६ । नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने बताएका छन्  । बुटवलललाइ राजधानी बन्न नदिने कोको हुन् मैदानमा आउन चेताबनी दिए । बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले यस्लाइ रोक्ने को हुन्—‘दल,ब्याक्ती,नेता,मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदान...

संघीय र सातवटै प्रदेशमा एमालेले बहुमत ल्याउछ :ओली

भाद्र १६ २०७४   रासस

पोखरा, भदौ १६ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने दाबी गर्नुभएको छ । नेकपा एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ द्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान, सत्त...

निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल सच्चाउन यादवको माग

भाद्र १६ २०७४   रासस

काठमाडौं भदौ १६– संघीय समाजवादी फोरम नेपालले हालै निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणप्रति आपत्ति जनाउदै सच्चाउन माग गरेको छ । अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो प्रतिवेदन संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको, सामाजिक संरचनालाई तहसनहस पारेको, मधेशम...

संविधानको पूर्ण कार्यान्वयन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछिः प्रधानमन्त्री देउवा

भाद्र १६ २०७४   रासस

कञ्नपुर  भदौ,१६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश ...

भ्रष्टाचारीको सेवा सहुलियतमा लागे कांग्रेस प्रजापरिषद् हुन्छ:माधव नेपाल

भाद्र १६ २०७४   .

चितवन, भदौ १६ – नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचारीहरुको सेवा सहुलियतमा यसैगरी सक्रिय रहे नेपाली कांग्रेसको भविश्य प्रजापरिषदको जस्तै हुने वताउनु भएको छ । प्रदेश २ का जिल्लामा चुनावी अभियानमा सहभागि भएर फर्किनु भएका नेपालले भ्रष्टाचारी प्रमाणितहरुलाई चुनाव लड्न दिनु पर्ने भनी कांग्रेसले गरेको लविङप्रति...

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

भाद्र १५ २०७४   .

काठमाडौ, भदौ १५– प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नं २ का सबै ९१३६० तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर भएकाले शुक्रबारम...

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र

भाद्र १५ २०७४   .

काठमाडौं, भदौ १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने भएकाले दुवै चुनावका लागि एउटै मतपत्र बनाउने विषयमा छलफल भइरहेको उनले बताए। दुवै सभाको निर्वाचन...

निर्वाचन क्षेत्र निर्धारण : जनसंख्या मुख्य आधार

भाद्र १५ २०७४   .

काठमाडौं,भदौ १५ : निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गरेको छ । क्षेत्र निर्धारण गर्दा आयोगले जनसंख्यालाई ९० प्रतिशत र भूगोगलाई १० प्रतिशत आधार मानेको छ । संविधानअनुसार प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र तय गरिएको छ । संविधानको धारा २८६ मा निर्वाच...

दीर्घकालका लागि हलो नै चुनाव चिन्ह हुने : राणा

भाद्र १४ २०७४   .

काठमाडौं ,भदौ १४– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले तत्कालका लागि आफ्नो चुनाव चिन्ह पाङग्रा भएपनि दीर्घकालका लागि हलो चिन्ह नै हुने बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली जनता दलको पाङग्रा चुनाव चिन्हबाट असोज २ मा हुने सथानीय तहका ६ वटा जिल्लामा निर्वाचन लड्न लागेको बताएका छन् । त्यस्तै उनले सिराहा र महोत्त...

प्रदेश नं २ : तीन हजार ५७८ मतदान केन्द्र निर्धारण

भाद्र १४ २०७४   रासस

काठमाडौँ, भदौ १४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्...

राजपालाई ओलीको चेतावनी- एमालेले प्रतिवादको बाटो समाउनु नपरोस्

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति त्याग्न राष्ट्रिय जनता पार्टी नेपाललाई सचेत गराएका छन् । नियमित स्वाथ्य परीक्षणका लागि एक साता लामो थाइल्याण्ड यात्रापछि बुधबार स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई देशका कुनैपनि भागमा जान कसैले रोक्...

२ नम्बर प्रदेशमा मतदान केन्द्र र मतदानस्थलको आज टुङगो लाग्ने

भाद्र १४ २०७४   .

काठमाडौं भदौ १४– निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्ने मिति आउनु एकसाता अघि आज बेलुकासम्म असोज २ मा हुने स्थानीय तह निर्वाचनको मतदान केन्द्र र मतदानस्थलको टुङ्गो लगाउने तयारी गरेको छ । सरकारले २ नम्बर प्रदेशका ८ जिल्लामा १० वटा स्थानीय तह थप गरेपछि ती स्थानीय तहको समेत गरेर आयोगले मतदान केन्द्र र मतदानस्थलको टुङगो लगाउन लागेको हो मतदातालाई पाय...

प्रदेश र प्रतिनिधि सभा चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४– सरकारले प्रदेश सभा र  केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले  मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको  सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जानकारी दिए ।    यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो । तर निर्व...

एमालेको जनकपुर भेलामा राजपाको ढुँगामुढा

भाद्र १३ २०७४   .

काठमाडौं, भदौ १३ – नेकपा एमालेको जनकपुरमा भर्खरै सम्पन्न प्रदेश न.२ को अगुवा कार्यकर्ता भेलालाई राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेका छन् । उनीहरुको अवरोधका बाबजुद एमाले भेला सफलता पूर्वक सम्पन्न भएको छ । मध्यान्ह १२.३० मा जनकपुरको पिडारी चौकमा सुरुभएको उक्त प्रदेशका आठ वटै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई एम...

अखिल क्रान्तिकारीका सबै नेता-कार्यकर्ता आधिकारीकः माओवादी केन्द्र

भाद्र १३ २०७४   .

काठमाडौं  भदौ, १३। नेकपा माओवादी केन्द्रले आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा कोही पार्टीको आधिकारिक र कोही अनाधिकारीक नरहेको स्पष्ट पारेको छ । क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान हुनुभन्दा केही घण्टा अगाडि पार्टी प्रवक्ता पम्फा भुसालले विज्ञप्ति निकालेर पार्टीका लागि सबै नेता कार्यकर्ता समान रहेको स्पष्ट पारेकी हुन् । विज्ञप्त...

लडाकु शिविरको ४६ करोड बेरुजु ‘मिलाइएको’ खुलासा

भाद्र १३ २०७४   .

काठमाडौं,  भदौ १३– सत्तारुढ दल माओवादीले पटक पटक राजनीतिक वार्गेनिङको हतियार बनाउँदै आएको लडाकु शिविरको अनियमिततालाई वैधता दिलाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार रहेका बेला लडाकु शिविरमा भएको ४६ करोड रुपैयाँ बेरुजुलाई महालेखाले सदर गरी बैधता दिएको हो । यसअघि सत्ता समीकरण बदल्नु परे वा प्रतिकूलता देखा परे माओवादी अध्यक्ष दा...

दुई नम्वर प्रदेशमा पनि चुनावी तालमेलको ढोका खुला : प्रचण्ड

भाद्र १२ २०७४   .

विराटनगर, भदौ १२ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा पनि आफ्नो पार्टीले चुनावी तालमेलको ढोका खुला राखेको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संघीय गणतन्त्रवादी शक्तिहरु जोसँग पनि तालमेलको नीति लिइएको र मधेशवादी दलसँगको तालमेल प्राथामिकतामा राखिएको बताए । ‘हामी संघीय गणतन्त्रपक्षधर सवैसँग...

भ्रष्टाचार गरेको अभियोगमा आयोगले गर्‍यो लेखासहायकदेखि सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर

भाद्र १२ २०७४   रासस

काठमाडौं, भदौ १२ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता शीर्षकमा निकासा भएको दुई लाख ४५ हजार रुपैयाँ रकम भ्रष्टाचार गरेको अभियोगमा जाजरकोटका तत्कालीन सुवानाउली गाविसका सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन सुवानाउली गाविसका सचिवत्रय किरण न्यौपाने, चिरञ्जीवी जिसी, ...

एमालेले टुंग्यायो २ नम्बर प्रदेशका ११६ स्थानीय तहका उम्मेदवार

भाद्र ११ २०७४   .

काठमाडौं भदौ,११  । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश नम्बर २ प्रदेशका ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएको छ । धनुषाका केही र बाँकी २० वटा स्थानीय तहका मेयर र उपमेयरको टुंग्यो भदौ १५ अघि नै लगाउने एमालेले जनाएको छ । प्रदेश नम्बर २ का उम्मेदवार टुंगो लगाउनेमा एमाले पहिलो बनेको छ । कांग्रेसले मंगलबारसम्म टुंगो लगाउन...

आयोगले कानुन मागेको माग्यै, नैतिकपतनलाई सांसद बनाउने बाटो खोल्नै पर्ने कांग्रेसको अडान

भाद्र ११ २०७४   .

काठमाडौं, भदौ ११ – ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसार पसार, लागुऔषध बिक्री–वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै पनि कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,’ व्यक्ति उम्मेदवार बन्न नपाउन...

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि राजपाले दल दर्ता गर्‍यो

भाद्र १० २०७४   रासस

काठमाडौं ,भदौ १० । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । उक्त पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । राजपाको दल दर्ता नम्बर ५५ रहेको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसि...

राज्यशक्तिको पूरै ध्यान २ नम्बर प्रदेशको चुनावमा

भाद्र १० २०७४   रासस

काठमाडौं , भदौ १०। नारायण न्यौपाने- नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलगायत सम्पूर्ण राज्यशक्तिको ध्यान अहिले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ। नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तेस्रो चरणमा १३६ स्थानीय तहमा आगामी असोज २ मा निर्वाचन हुन लागेको हो। प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमह...

देउवाको अभिव्यक्तिले शिर निहुरियो : ओली  

भाद्र १० २०७४   .

काठमाडौं,भदौ १० : प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उ...

प्रधानमन्त्रीको अभिव्यक्ति ‘लज्जास्पद’ :अध्यक्ष ओली

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार हैदरावाद हाउसमा संविधान संसोधन जस्तो आन्तरिक बिषयलाई प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको बताउनुभएको छ ।  उहाँले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सार्बभौम र स्वतन्त्र संसदको निर्णयको ध्वज्जी उडाएको समेत बताउनुभयो । नियमित स्वास्थ्य परिक्षणक...

आयोगले माग्यो उम्मेदवारको मनोनयनपत्रमा दस्तखत गर्नेको नमुना हस्तक्षर

भाद्र ९ २०७४   .

काठमाडौं,भदौ ९ । असोज २ गते दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दलका तर्फबाट विभिन्न पदमा उठ्ने उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने दलको पदाधिकारीको दस्तखतको नमुना मागेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  आयोगले उम्मेदवारको...

सरुवा प्रकरणले काठमाडौं महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा

भाद्र ९ २०७४   .

काठमाडौं, भदौ ९ । काठमाडौं महानगरपालिकाका कर्मचारी सरुवा गर्दा मापदण्ड मिचेको आरोप लगाउँदै महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। काठमाडौं महानगरपालिकाले अहिले हामीलाई प्राप्त जानकारी अनुसार ३८ जना कर्मचारीहरु सरुवा गरेको छ। तर, प्रशासनलाई समेत कुनै वास्ता नगरी महानगरबाहिर बसेर सरुवाको लिस्ट तयार पारेको भन्ने आरोप लागेको सो सरुवा ...

बाढीको वितण्डा भुल्दै सप्तकोसी उच्चबाँध बनाउने भारतसँग सहमति

भाद्र ९ २०७४   .

काठमाडौं,  भदौ ९– भारतको राजकीय भ्रमणमा जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्रीहरुले दिएको सुझावमध्ये एक थियो– भारतले एकतर्फी बनाएका बाँधहरुका कारण नेपाल डुबेको विषय जोडतोडका साथ उठाउनुहोला । त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिशेष समय लिएर बोल्दै सीमामा भारतले गैरकानुनी रुपमा ...

राजपाले घोषणा पत्र मस्यौदा समिति बनायो

भाद्र ९ २०७४   .

काठमाडौं  भदौ,९ । राष्ट्रिय जनता पार्टीले स्थानीय चुनावका लागि घोषणा पत्र बनाउन समिति बनाएको छ । चुनावमा जाने निर्णय गरेको भोलिपल्ट राजपाले घोषणा पत्र निर्माण समिति बनाएको हो । समितिमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सीपी सिंह र कौशलेन्द्र सिश्र छन् । समितिले ५ दिनभित्र घोषणा पत्रको मस्यौदा बनाएर अध्यक्ष मण्डललाई बुझाउन ...

मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने– दुई तिहाई  पुर्याएर संविधान संशोधन गर्छौ

भाद्र ९ २०७४   .

  काठमाडौं,भदौ ८– प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी दलको माग अनुसार फेरि पनि संविधान संशोधन गर्न प्रयास हुने बताएका छन् ।  पाँच दिने भ्रमणमा रहेका देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यसअघि सरकारले संशोधन प्रस्ताव पारित गराउन प्रयास गरेको भएपनि दुई तिहाई पुर्याउन नसक्दा असफल भएको भन्दै  पार...

नेपाल र भारतबीच आठ सम्झौता

भाद्र ९ २०७४   .

  काठमाडौं,भदौ ८– नेपाल र भारतबीच ८ वटा महत्वपूर्ण समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बिहीबार भएको एक्लाएक्लै भेटवार्ता र प्रतिनिधि मण्डलस्तरीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  हस्ताक्षर भएका ...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...

प्रधानमन्त्री देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्दै

भाद्र ८ २०७४   .

   काठमाडौं,भदौ ८  । भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् । भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा वि...
To Top