राजनीति

सात मध्ये ६ वटा प्रदेशमा वामगठबन्धनको सरकार वन्ने

मंसिर २६ २०७४   .

 काठमाडौं मंसिर २६ संघीय ब्यवस्थाको स्थापनासंगै पहिलोपटक भएको निर्वाचनवाट सातमध्ये छ वटामा वामपन्थीहरुको सरकार वन्ने भएको छ । यद्यपि नेपालमा पहिलोपटक अभ्यास भइरहेको प्रदेशसभाको निर्वाचन ओझेलमा परेजस्तै छ । हालसम्म अधिकांस स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानको परिणाम आउन बाँकी छ । केन्द्रमा दुइ तिहाइ  वाम गठबन्धनको सरकार वन्दै...

 सरकारका नियुक्ति बदर हुन्छ- एमाले

मंसिर २६ २०७४   .

   काठमाडौं ,मंसिर २६ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो शक्ति भएको एमालेले कामचलाउ सरकारले अब गर्ने नियुक्ति बदर गर्ने चेतावनी दिएको छ । गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको समाचार सार्वजनिक भएलगत्तै एमालेले त्यसलाई बदर गर्ने चेतावनी दिएको छ ।  ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको ...

अर्घाखांचीमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी

मंसिर २६ २०७४   .

सहयोगी बि. सि.  अर्घाखांची,मंसीर २६ अर्घाखांची जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओबादी केन्द्रका नेता संयुक्त बाम गठबन्धनका टोप बहादुर रायमाझी कुल ८८३६२ खसेको  मत मध्ये ५०८३७ मत प्राप्त गरि बिजयी हुनु भएको छ उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. राम बहादुर बि. सि. ले ३२५४४ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै प्रदेश क्षेत्र नं.२ म...

'प्रतिपक्षसँग सहकार्य गर्दै देश बिकसित गराउनेछु' - केपी शर्मा ओली

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं, २५ मंसिर –प्रतिनिधिसभामा निर्वाचित प्रमाणपत्र बुझ्न तथा बिजय र्याली सभामा सहभागि हुन झापा पुग्नु भएका ओलीले प्रतिपक्षीसँग सहकार्य गर्दै बिकास र समृद्धिमा अघि बढ्ने बताउनु भएको हो ।  निर्वाचित प्रमाणपत्र बुझेपछि उहाँले सरकार संचालन निस्पक्षता, स्वच्छता र पारदर्शिताका आधारमा गरिने पनि बताउनु भयो ।   ‘अब राजनीतिका कुरा होइन, विकासका कु...

भगवती चौधरीले पुनः मत गणना गर्न माग

मंसिर २५ २०७४   ekhabarnepal

सुनसरी मंसिर २५,  सुनसरी जिल्लाको क्षत्र नम्बर–३ मा जारी मतगणनाको मत परिणामका विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच नाराबाजी सुरु भएको छ । सुरुवातदेखि अग्रता लिएकी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले पुनः मत गणना गर्नु पर्ने माग राखेपछि दुवै पार्टीका कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका हुन् ।लोकतान्त...

सरकार छोडने बेलामा धमाधम नियुक्ति

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं  मंसिर २५, निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौ...

"जनताको ऋण तिर्ने अवसर मिल्यो " - प्रचण्ड

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जिताएर चितवनका जनताले ऋण तिर्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष दाहालले चितवनवासीले दिएको जिम्मेवारीलाई समग्र विकास निर्माण र आर्थिक समृद्धिमा लगाउने प्रतिबद्धता जनाए। निर...

चितवन क्षेत्र नम्बर ३ मा ‘प्रचण्ड’ विजयी

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए।

प्रतिनिधि सभा तर्फ वाम गठबन्धन ९३ सिटमा विजयी

मंसिर २५ २०७४   ekhabarnepal

मंसिर २५ -   प्रतिनिधि सभा तर्फको जारी मतगणना अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले ९३ सिटमा जित हासिल गरिसकेको निर्वाचन आयोगले जनाएको छ।नेकपा एमालेले ६७ स्थानमा जितेको छ भने नेकपा माओवादी केन्द्र २६ सिटमा विजयी बनेको छ।अहिलेसम्म सत्तारुढ नेपाली कांग्रेसले जम्मा १५ स्थानमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले बताएको छ।...

 काभ्रे क्षेत्र नरम्बर २ ख मा बसुन्धरा हुमागाई विजयी

मंसिर २५ २०७४   ekhabarnepal

काभ्रे । काभ्रे जिल्ला निर्वाचन क्षेत्र नरम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार बसुन्धरा हुमागाईले २८ हजार ६ सय ७७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कन्चन चन्द्र वादेले २१ हजार ७ सय ८० मत ल्याएका थिए । 

केपी ओली बिजयसभामा सहभागि हुन गृहजिल्ला जादै

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं, २५ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली बिजयसभामा सहभागि हुन तथा जिल्ला, र क्षेत्रबासीलाई संवोधन गर्न अहिले गृहजिल्ला झापा जादै हुनुहुन्छ । ओलीका प्रेस संयाजक चेतन अधिकारीका अनुसार, उहाँले प्रतिनिधिसभा सदस्यमा बिजयी भएको प्रमाणपत्र ग्रहण गरेपछि ११ बजे भद्रपुरमा आयोजित बिजयसभालाई संवोधन गर्नुहुनेछ । त्यसपछि धुलाबारी, बिर्तामोड, सुरुङा र...

अहिलेसम्म कसले कहाँ जित्यो 

मंसिर २५ २०७४   .

नेकपा एमाले धनुषा ४:      रघुवीर महासेठ  नवलपरासी(पूर्व) :तीलबहादुर क्षेत्री  भक्तपुर२ :      महेश बस्नेत ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई  पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग  ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल  ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग  झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल)  झाप...

कपिलबस्तुमा उपाध्याय पराजित, ‘बलदेब’ विजयी

मंसिर २४ २०७४   .

कपिलबस्तु, मंसिर २४   कपिलवस्तु क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका छन्।   माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका चक्रपाणि खनाल ‘बलदेब’ ले उपाध्यायलाई झण्डै ९ सय मतान्तरले पराजित गरेका हुन्। उपाध्याय भारतका ...

एमाले उपाध्यक्ष गौतम पराजित, कांग्रेसका गौतम विजयी 

मंसिर २४ २०७४   .

  बर्दिया,मंसिर २४  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । ७ सय ५३ मत अन्तरले नेपाली कांग्रेसका सञ्जय गौतम विजयी भएका छन् । गत संविधानसभा चुनावमा गौतम प्युठान र बर्दियाबाट विजयी भएका थिए ।    सिचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।  

५५२८१ मत सहित केपी शर्मा ओली विजयी

मंसिर २४ २०७४   ekhabarnepal

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी खगेन्द्र अधिकारीलाई २७ हजार ६२८  मतले पराजित गर्नुभएको छ ।झापा ५ बाट उहाँले ५५२८१ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेद्वार अधिकारीले २७६२८ मत ल्याउनु भएको छ । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न वाँकी छ । 

गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप

मंसिर २४ २०७४   ekhabarnepal

गुल्मी – दोस्रो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका गरी ६ वटै स्थानमा वाम गठबन्धनले जित हात पारेको हो ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १मा वाम गठबन्धनका उम्मेदवार तथा एमालेका केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले ३७ हजार ८ सय १७ मत प्राप्त गरी विजयी भएका छ...

'प्रत्यक्षतर्फ १६ जिल्लामा मतगणना सम्पन्न'

मंसिर २४ २०७४   ekhabarnepal

मंसिर २४ -निर्वाचन आयोगले आइतवार बिहान ९ बजेसम्ममा १६ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको जनाएको छ।रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ।बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेक...

झापा क्षेत्रनम्बर १ बाट राम कार्की विजयी

मंसिर २४ २०७४   ekhabarnepal

झापा– झापा क्षेत्र नम्बर १ मा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराउँदै माओवादी केन्द्रका सुरेन्द्र (राम) कार्की विजयी भएका छन्। २९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन्।  कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए।   

घनश्याम भुसाल विजयी,मण्डलेतन्त्रको पराजय

मंसिर २४ २०७४   .

भैरहवा, मंसीर २४ रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपमहासचिव तथा वाम गठबन्धनका घनश्याम भुसाल ३२ हजार ८सय ६६ मत प्राप्त गरि विजयी भएका छन् । भुसालका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका दिपक बोहराले  २७ हजार ४ सय २२ मत प्राप्त गरेका छन् भने संघीय समाजवादीका फोरमका  महेन्द्र यादवले १२ हजार ५ सय ६ मत प्राप्त गरेका ...

६८ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले एकल बहुमतको नजिक वाम गठबन्धन दुई तिहाइ बढी जीत

मंसिर २४ २०७४   .

 काठमाडौँ ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।आइतबार बिहान ५ ...

रुपन्देही २ बाट विष्णु पौडेल विजयी,प्रदेशसभा तर्फ लिला गिरी र भोजप्रसाद श्रेष्ठ

मंसिर २४ २०७४   .

  रुपन्देही, मंसिर २३ रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपमहासचिव विष्णु पौडेल विजयी हुनु भएको छ । लोकतान्त्रिक गठबन्धनका उमेदवार काँगेसका युवराज गिरीलाई २२ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दै विजयी हुनुभएको भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गर्...

एमालेका नेता महेश बस्नेत दमननाथ ढुंगानालाई पराजित गर्दै निर्वाचित

मंसिर २४ २०७४   .

  भक्तपुर, मसिर २४ नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् । कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भए । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराएका हुन् । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्...

यस्तो छ प्रतिनिधि सभाका ५० स्थानको परिणाम 

मंसिर २४ २०७४   .

  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा एमालेले २८ र माअाेवादीले १३  स्थानमा  विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवा...

एमाले सचिव गोकर्ण विष्ट विजयी

मंसिर २४ २०७४   .

  काठमाडौं,मंसिर २३  प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ गुल्मीमा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।  नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका गोकर्ण बिष्टले काग्रेसका उम्मेदवार चन्द्र केसीलाई फराकिलो मत अन्तरले पराजित गदै विजयी भएका हुन् ।  जनताका माझँमा निकै लोकप्रिय मानिएका विष्टले काग्रेसका उम्मेदवार केसीको भन्दा १४ हजार ४  सय ५...

कृष्णबहादुर महरा १४हजार मतान्तरले विजयी

मंसिर २४ २०७४   .

  दाङ, मंसिर २३  बाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा १३ हजार ९२३ मतान्तरले विजयी भएका छन्। महराले ३९ हजार ९५९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत प्राप्त गरेका छन्।    

नारायणकाजीलाई पछि पार्दै डा.भट्टराई विजयी

मंसिर २४ २०७४   .

  गोरखा,मंसिर २३  गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६  हजार ८ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् । यसैबीच...

 कांग्रेसले काठमाडौंमा  शाख जोगायो

मंसिर २४ २०७४   .

काठमाडौं,मंसिर २३  एमाले र माओवादीबीच तालमेल भएर बाम गठबन्धनको घोषणा गरेसँगै सिंगो कांग्रेस पंक्ति प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो स्थितिको आंकलन गरेर आत्तिए पनि शाख जोगाउन सफल भएको छ ।   निर्वाचन सम्पन्न भएर मतगणनाको प्रारम्भिक नतिजा आउने क्रममा कांग्रेसले आंकलन गरे भन्दा राम्रै नतिजा पाएको छ ।  २०६४ सालको संविधानसभाको निर्वाचनमा काठम...

 रविन्द्र अधिकारी लगातार तेस्रो पटक विजयी 

मंसिर २४ २०७४   .

पोखरा, मंसिर २३ नेकपा एमालेका नेता रविन्द्र अधिकारी विजयी हुनुभएको छ । कास्की जिल्लाबाट लगातार तेस्रो पटक अधिकारीले विजयी हासिल गर्नुभएको हो । अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गर्नुभएको थियो भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरि विजयी हुनुभयो । उहाँले २७ हजार २ सय ७ मत ल्याएर काँग्...

बागलुङमा कांग्रेस क्लीन स्वीप  

मंसिर २३ २०७४   .

  बागलुङ, मंसिर २३  बागलुङ जिल्लामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ। गत २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टलाई क्लीन स्वीप गरेको कांग्रेस चार बर्ष पछि भएको निर्वाचनमा सबै स्थानमा पराजित भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले दुई/दुई सिट जितेका छन्। शनिवार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार बागलुङ न...

 पशुपति शमशेर ,एमालेका शेरबहादुर तामाङ विजयी 

मंसिर २३ २०७४   .

सिन्धुपाल्चोक, मङ्सिर २३   सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई ८ हजार ३२ मतले पछि पारेका हुन्। शेरबहादुरले ३८ हजार ४ सय १ मत पाएका छन्। राणाले ३० हजार ३ सय ६९ मत पाए ।

काठमाडौमा एमालेका जीवनराम र कृष्ण राई श्रेष्ठ विजयी, कांग्रेसका प्रकाशमान र गगन थापा विजयी

मंसिर २३ २०७४   .

काठमाडौं, मंसिर २३ काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १३ हजार ३ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत ल्याउनुभयो । त्यस्तै काठमाडौँ ३ बाट प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले नेता कृष्ण राई विजयी हुनु भएको छ । राईले ...

मोरङ ६ मा एमालेका लालबाबु पण्डित विजयी

मंसिर २३ २०७४   .

  मोरङ, मंसिर २३ मोरङको क्षेत्र नम्बर ६ मा नेकपा एमालेका लालबाबु पण्डित विजयी हुनु भएको छ । लालबाबुले ६७५ मत बढी ल्याई विजयी हुुनभएको हो । कांग्रेसका डा. शेखर कोेइरालालाई हराउँदै पण्डित विजयी हुनुभएको हो । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाउनुभयो ।  

रुपन्देहीवाट दुइ उपमहासचिवको पक्का 

मंसिर २३ २०७४   .

 बुटवल मंसिर २२ । रुपन्देहीमा एमालेका तीन हेवीवेट उम्मेदवार छन् । दुइ उपमहासचिव मध्ये एकजना विष्णु प्रसाद पौडेलको सुनिश्चितलाई मतदानपूर्वनै मानिए पनि अर्का उपमहासचिव घनश्याम भूसालको  मतगणनाको प्रारम्भिक परिणामले सुनिश्चित प्राय ः गरेको छ ।  रुपन्देहीकोे २ नं. क्षेत्रवाट एमालेका पौडेलले कांग्रेसका युवराज गिरी भन्दा झण्डै तेब्बर मत प्राप्त गरेक...

रामचन्द्र ५ सय मतले पछाडि

मंसिर २३ २०७४   .

 पोखरा, मंसिर २२ देशव्यापी रुपमा अग्रता लिइरहेको वामगठबन्धनले तनहुँ– १ को प्रारम्भिक मतगणनामा पनि अग्रता लिएको छ। कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार भन्दा ५ सय मतले पछि परेका छन् । तनहुँ–१ को प्रारम्भिक मत परिणाम अनुसार वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका कृष्ण (किसान) कुमार श्रेष्ठले २ हजार २ सय ६४ मत पाएका छन्। ...

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

मंसिर २२ २०७४   ekhabarnepal

हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनु भएको छ । उहाँले ८ हजार ४ सय ९१ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनुभयो ।

काठमाडौं क्षेत्र नं. २ मा माधवकुमार नेपालको अग्रता

मंसिर २२ २०७४   ekhabarnepal

मंसिर २२, काठमाडौं  काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् ।त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले ४ सय...

बझाङमा वाम गठबन्धन विजयी

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, बझाङ । बझाङमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले ३४ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्धी लाेकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत ल्याउनु भयो ।

काठमाडौं १ मा प्रकाशमान सिंह अगाडि छन् भने , रवीन्द्र मिश्र पछ्याउदै

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, काठमाडौं । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् । कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ ।वाम गठबन्धनका ...

प्रतिनिधिसभामा अहिलेसम्म वाम गठवन्धनको अग्रता कायम,

मंसिर २२ २०७४   ekhabarnepal

काठमाडौं । प्रनिधिसभा निर्वाचानको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म वाम गठवन्धनले अग्रता लिएको छ । वाम गठवन्धनले ३० स्थानमा अग्रता लिएको छ भने लोकतान्त्रिक गठवन्धले ४ स्थानमा अग्रता हासिल गरेको छ । अन्य पार्टीले भने एक स्थानमा अग्रता लिएको छ । अहिले मतगणना जारी छ ।

काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलको अग्रता

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

पश्चिम रूकुमवाट जनार्दन शर्मा विजयी

मंसिर २२ २०७४   .

  रूकुम,मंसिर २२ बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर पश्चिम रूकुमवाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । यस अघि रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तील...

मुस्ताङमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

मंसिर २२ २०७४   .

  जोमसोम, २२ मंसिर –  हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्...

वर्षमान पुनको झन्डै दोब्बर मतको अग्रता

मंसिर २२ २०७४   .

  रोल्पा, मंसिर २२ रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भारी मतले अगाडि हुनुहुन्छ । उहाँले ५०५१ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले २४९९ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार दीपक मनाङे विजयी 

मंसिर २२ २०७४   .

 मनाङ,मंसिर २२ दिपक मनाङे नामले परिचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ मनाङको प्रदेश 'ख'बाट प्रदेशसभा सदस्यको निर्वाचनमा विजयी भएका छन्। मनाङेले १ हजार ४१० मत प्राप्त गरेर विजयी हुँदै अब प्रदेशसभाको माननिय हुने भएका हुन्। उनी विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेपनि आयोगले बताएको छ।  मनाङ प्रदेश 'ख' मा माथिल्लो मनाङको ७ गाविस मिलेर...

पहिलो चरणका दुई तिहाई सिटमा वामगठबन्धनको अग्रता

मंसिर २२ २०७४   .

 काठमाडौं, मंसिर २१ पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणनाको प्रारम्भिक परिणाममा एमाले–माओवादी केन्द्र सहितको वामगठबन्धनले फराकिलो अग्रता हासिल गरेको छ। कतिपय स्थानमा वामगठबन्धनकै विद्रोही उम्मेदवारहरु नै अग्रस्थान देखिएका छन्। पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभाको ७४ स्थानको मतगणना बि...

 मुस्ताङबाट एमाले प्रेम तुलाचन विजयी

मंसिर २२ २०७४   .

  काठमाडौं, मंसिर २२ प्रदेशसभासँगै प्रतिनिधिसभामा पनि एमालेले पहिले खाता खोलेको छ। एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगले जनाए अनुसार एमालेका तुलाचनले ३५४४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत पाएका छन्। तुलाचन स‌ंघीय नेपालको पहिलो निर्...

रुकुम पूर्वबाट माओवादी केन्द्रकी कमला रोका विजयी 

मंसिर २२ २०७४   .

  काठमाडौं, मंसिर २२ । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे । कमला रोकाको जन्म २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा भएको...

प्रतिनिधिसभामा मनाङबाट एमाले पाल्देन छोपाङ विजयी 

मंसिर २२ २०७४   .

   काठमाडौं,मंसिर २२ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत...

६७ प्रतिशत मतदान,अर्घाखाँचीको २ वटा मतदानकेन्द्रको स्थगित

मंसिर २२ २०७४   .

काठमाडौं, मंसिर २१ दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमार्फत आज कुल ६७ प्रतिशत मत खसेको छ। सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। पहिलो चरणको तुलनामा दोस्र...

मतगणना गर्दा कुन मतपत्र पहिले गनिन्छ ?

मंसिर २१ २०७४   ekhabarnepal

काठमाडौं, २१ मंसिर - दोस्रो चरणको निर्वाचन भइसक्दा पनि पहिलो चरणको निर्वाचनकै मतपेटिकाहरु अझै खोलिएको छैन ।निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि पहिलो चरणका मत पेटिकाहरु खोल्ने तयारी गरेको छ । दोस्रो चरणको निर्वाचन सकिने वित्तिकै पहिलो चरणको निर्वाचनका मत पेटिकाहरु खुल्ने छन् । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु हुनेछ ।  आज...
To Top