राजनीति

राष्ट्रियसभा गठन प्रक्रियामा ढिलाइ किन?

मंसिर २८ २०७४   ekhabarnepal

काठमाडौं । दलहरुबीच राष्ट्रियसभा गठन गर्नका लागि निर्वाचन प्रणालीमा बहुमतीय वा एकल संक्रमणीय प्रणालीमा गर्ने भन्ने विवादका कारण कानून बनाउने प्रक्रियासमेत ढिलाइ हुँदै गइरहेको छ ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रियसभाको गठन र प्रक्रियाका विषयमा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताइएको छ ।छलफलमा सहभागी नेता र...

 अब हडताल र बन्दको युग सकियो,ओली

मंसिर २८ २०७४   .

 रासस काठमाण्डाै,मंसिर २७  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा जनताले ‘अभिमतको क्रान्ति’ गरेको बताएका छन् । बुधबार बालकोटस्थित आप्mनै निवासमा विजयको बधाई दिन आएका विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।   अध्यक्ष ओलीले भने, ‘नेपालमा...

 कुन दलको कति प्रतिशत सिट ?

मंसिर २८ २०७४   .

  काठमाडौं, कात्तिक २७   मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फ नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। एमालेले १६५ मध्ये ८० सिटमा जित हात पारेको छ। यद्यपी उसले प्रत्यक्षतर्फ एक्लै बहुमत पुर्‍याउन सकेन। दोश्रो पार्टी भने नेकपा माओवा...

 बन्द सूचीका नाम तलमाथि गर्न पाइँदैन : प्रमुख निर्वाचन आयुक्त यादव

मंसिर २८ २०७४   .

  काठमाडौं, मंसिर २७ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दलहरूले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेदवारका नामहरूलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित विशेष साक्षात्कारमा प्रमुख आयुक्त यादवले भने,‘दलहरूले आयोगमा बुझाएको बन्द सूची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरू...

"निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं" - सुवास नेम्वाङ

मंसिर २७ २०७४   ekhabarnepal

इलाम- नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन्।मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, 'हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं। जनतालाई आश्वासन होइन, विकास दिन्छौँ।'मतदाताकै अ...

समानुपातिक मत  : एमाले अघि , कांग्रेस पछि 

मंसिर २७ २०७४   .

  काठमाडौं, २७ मंसिर प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्षतर्फको परिणाममा निकै पछाडि देखिएको कांग्रेसले समानुपातिकतर्फ भने एमालेलाई कडा टक्कर दिइरहेको छ । समानुपातिकको मतगणना भएदेखि नै अगाडिरहेको एमाले अहिले पनि अगाडि नै छ भने कांग्रेस पछ्याइरहेको छ । पछिल्लो परिणामअनुसार एमालेले २१ लाख ९ हजार ८८ मत प्राप्त गरेको छ भने कांग्रेस २० लाख २४ ह...

  कांग्रेस हार्दा मित्र राष्ट्रहरु समेत चिन्तित भए, शशांक 

मंसिर २७ २०७४   .

‘भारतका नेताले तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आईको जस्तो नहोस् भनेका छन्’ रासस चितवन मंसिर २७ नेपाली काँग्रेसका महामन्त्री प्रा. डा. शशांक कोइरालाले कांग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन्। उनले कांग्रेस हार्दा मित्रराष्ट्रहरु समेत चिन्तित भएको बताउँदै पार्टीसँग सच्चिने अन्तिम मौका बाँकी रहेको पनि बताए। गैँड...

नेपालमा पाँच वर्ष चीनको प्रभाव बढ्ने, हिन्दुस्तान टाइम्स

मंसिर २७ २०७४   .

काठमाडौं मंसिर २७  नेपालको निर्वाचन परिणामबारे दिल्ली र बेइजिङका मिडियाले विश्लेषण सुरु गरेका छन् र, प्रारम्भिक विश्लेषणमा वामगठबन्धनको जितमा बेइजिङमा खुसी र दिल्लीमा चिन्ता देखिन थालेको छ। भारतको खासगरी विदेश मामिलामा संस्थापन निकट मानिने हिन्दुस्तान टाइम्स अंग्रेजी दैनिकले वमगठबन्धनको जितसँगै नेपालमा केपी ओली प्रधानमन्त्री बन्ने तयारी ...

प्रत्यक्षतर्फ वामगठबन्धनको दुई तिहाइ सिट

मंसिर २७ २०७४   ekhabarnepal

काठमाडौं-  २७ मंसिर, सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । वामपन्थी गठबन्धनको प्रत्यक्षतर्फ ११७ सिट पुगेको छ, जुन दुई तिहाइ संख्या हो । यसमा राष्ट्रिय जनमोर्चा र राप्रपाका राजेन्द्र लिङ्देनको पनि सिट जोडिएको छ । हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामाले समेत आफू वामपन्थीगठबन्धनकै सांसद र...

"प्रतिबद्धता लाई व्यवहारमा रुपान्तरण गर्छु" - अध्यक्ष ओली

मंसिर २६ २०७४   ekhabarnepal

झापा ।  झापामा वाम गठबन्धनका सबै उम्मेद्वारले सार्वधिक मतसहित बिजयी भएपछि मतदातालाई धन्यवाद दिन ओली सोमवारदेिख झापामा छन् ।झापा क्षेत्र नम्बर ५ बाट सर्वाधिक मतसहित विजयी ओलीले मतदातालाई भेट्दै देश विकासको जिम्मा वाम गठबन्धनको काँधमा आएको पनि बताएका छन्। यहाँ अधुरा रहेका विकासका कामहरुको पूर्णता, बाटो , पुल पुलेसो लगायतका कामले अब चाँडै पूर्णता प...

समानुपातिकतर्फ आठ दिनभित्रै मतगणना सार्वजनिक गरिनेछ -निर्वाचन आयोग

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौं । निर्वाचन आयोगले मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार पत्रकार सम्मेलनगरी आयोगले ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्ने बतायो ।मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य न...

समानुपातिकतर्फ पनि सुरुदेखि नै एमालेको अग्रता

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ ।निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी कांग्रेसले आठ लाख ७८ ...

संखुवासभा र कंचनपुर ३ बाट एमालेका उम्मेद्वार राजेन्द्र गौतम र दीपकप्रकाश भट्ट विजयी

मंसिर २६ २०७४   ekhabarnepal

काठमाडौं, २६ मंसिर संखुवासभाबाट एमाले उम्मेद्वार राजेन्द्र गौतम र कंचनपुर ३ बाट एमाले उम्मेद्वार दीपकप्रकाश भट्ट निर्वाचित हुनु भएको छ । गौतमले कांग्रेसका दीपक खड्कालाई र भट्टले कांग्रेसका रमेश लेखकलाई पराजित गर्नुभएको हो ।  गौतमले खड्कालाई १ हजार १३० मतले पराजित गर्नुभएको हो । उहाँले ३२ हजार ७ सय ६९ मत ल्याउनु भएको छ भने खड्काले ३१ हजार ६ सय३...

सात मध्ये ६ वटा प्रदेशमा वामगठबन्धनको सरकार वन्ने

मंसिर २६ २०७४   .

 काठमाडौं मंसिर २६ संघीय ब्यवस्थाको स्थापनासंगै पहिलोपटक भएको निर्वाचनवाट सातमध्ये छ वटामा वामपन्थीहरुको सरकार वन्ने भएको छ । यद्यपि नेपालमा पहिलोपटक अभ्यास भइरहेको प्रदेशसभाको निर्वाचन ओझेलमा परेजस्तै छ । हालसम्म अधिकांस स्थानको परिणाम सार्वजनिक भइसकेको छ भने केही स्थानको परिणाम आउन बाँकी छ । केन्द्रमा दुइ तिहाइ  वाम गठबन्धनको सरकार वन्दै...

 सरकारका नियुक्ति बदर हुन्छ- एमाले

मंसिर २६ २०७४   .

   काठमाडौं ,मंसिर २६ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलो शक्ति भएको एमालेले कामचलाउ सरकारले अब गर्ने नियुक्ति बदर गर्ने चेतावनी दिएको छ । गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा राजनीतिक नियुक्ति गरेको समाचार सार्वजनिक भएलगत्तै एमालेले त्यसलाई बदर गर्ने चेतावनी दिएको छ ।  ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको ...

अर्घाखांचीमा वाम गठवन्धनका उम्मेदवारहरु विजयी

मंसिर २६ २०७४   .

सहयोगी बि. सि.  अर्घाखांची,मंसीर २६ अर्घाखांची जिल्लाको प्रतिनिधिसभा सदस्यमा नेकपा माओबादी केन्द्रका नेता संयुक्त बाम गठबन्धनका टोप बहादुर रायमाझी कुल ८८३६२ खसेको  मत मध्ये ५०८३७ मत प्राप्त गरि बिजयी हुनु भएको छ उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका डा. राम बहादुर बि. सि. ले ३२५४४ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै प्रदेश क्षेत्र नं.२ म...

'प्रतिपक्षसँग सहकार्य गर्दै देश बिकसित गराउनेछु' - केपी शर्मा ओली

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं, २५ मंसिर –प्रतिनिधिसभामा निर्वाचित प्रमाणपत्र बुझ्न तथा बिजय र्याली सभामा सहभागि हुन झापा पुग्नु भएका ओलीले प्रतिपक्षीसँग सहकार्य गर्दै बिकास र समृद्धिमा अघि बढ्ने बताउनु भएको हो ।  निर्वाचित प्रमाणपत्र बुझेपछि उहाँले सरकार संचालन निस्पक्षता, स्वच्छता र पारदर्शिताका आधारमा गरिने पनि बताउनु भयो ।   ‘अब राजनीतिका कुरा होइन, विकासका कु...

भगवती चौधरीले पुनः मत गणना गर्न माग

मंसिर २५ २०७४   ekhabarnepal

सुनसरी मंसिर २५,  सुनसरी जिल्लाको क्षत्र नम्बर–३ मा जारी मतगणनाको मत परिणामका विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच नाराबाजी सुरु भएको छ । सुरुवातदेखि अग्रता लिएकी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले पुनः मत गणना गर्नु पर्ने माग राखेपछि दुवै पार्टीका कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका हुन् ।लोकतान्त...

सरकार छोडने बेलामा धमाधम नियुक्ति

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं  मंसिर २५, निर्वाचन सम्पन्न भएर कामचलाउन बनिसकेको सरकारले सरकारी संस्थानमा नयाँ नियुक्ति गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले सन्चार मन्त्री मोहनवहादुर बस्नेतको ठाडो प्रस्तावमा नयाँ नियुक्ति गरेको छ ।बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपाीकृष्ण भूमिजकी सन्चालक हुन् । उनका पिता उद्धब पौ...

"जनताको ऋण तिर्ने अवसर मिल्यो " - प्रचण्ड

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा जिताएर चितवनका जनताले ऋण तिर्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्। चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष दाहालले चितवनवासीले दिएको जिम्मेवारीलाई समग्र विकास निर्माण र आर्थिक समृद्धिमा लगाउने प्रतिबद्धता जनाए। निर...

चितवन क्षेत्र नम्बर ३ मा ‘प्रचण्ड’ विजयी

मंसिर २५ २०७४   ekhabarnepal

चितवन- प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका माओवादी उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड ९ हजार ३२७ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत ल्याउँदा प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेका थिए।

प्रतिनिधि सभा तर्फ वाम गठबन्धन ९३ सिटमा विजयी

मंसिर २५ २०७४   ekhabarnepal

मंसिर २५ -   प्रतिनिधि सभा तर्फको जारी मतगणना अन्तर्गत नेकपा एमाले र माओवादी केन्द्र नेतृत्वको वाम गठबन्धनले ९३ सिटमा जित हासिल गरिसकेको निर्वाचन आयोगले जनाएको छ।नेकपा एमालेले ६७ स्थानमा जितेको छ भने नेकपा माओवादी केन्द्र २६ सिटमा विजयी बनेको छ।अहिलेसम्म सत्तारुढ नेपाली कांग्रेसले जम्मा १५ स्थानमा मात्रै जित हासिल गरेको निर्वाचन आयोगले बताएको छ।...

 काभ्रे क्षेत्र नरम्बर २ ख मा बसुन्धरा हुमागाई विजयी

मंसिर २५ २०७४   ekhabarnepal

काभ्रे । काभ्रे जिल्ला निर्वाचन क्षेत्र नरम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार बसुन्धरा हुमागाईले २८ हजार ६ सय ७७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कन्चन चन्द्र वादेले २१ हजार ७ सय ८० मत ल्याएका थिए । 

केपी ओली बिजयसभामा सहभागि हुन गृहजिल्ला जादै

मंसिर २५ २०७४   ekhabarnepal

काठमाडौं, २५ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओली बिजयसभामा सहभागि हुन तथा जिल्ला, र क्षेत्रबासीलाई संवोधन गर्न अहिले गृहजिल्ला झापा जादै हुनुहुन्छ । ओलीका प्रेस संयाजक चेतन अधिकारीका अनुसार, उहाँले प्रतिनिधिसभा सदस्यमा बिजयी भएको प्रमाणपत्र ग्रहण गरेपछि ११ बजे भद्रपुरमा आयोजित बिजयसभालाई संवोधन गर्नुहुनेछ । त्यसपछि धुलाबारी, बिर्तामोड, सुरुङा र...

अहिलेसम्म कसले कहाँ जित्यो 

मंसिर २५ २०७४   .

नेकपा एमाले धनुषा ४:      रघुवीर महासेठ  नवलपरासी(पूर्व) :तीलबहादुर क्षेत्री  भक्तपुर२ :      महेश बस्नेत ताप्लेजुङ:-क्षेत्र नं. १ : योगेश कुमार भट्टराई  पाँचथर:-क्षेत्र नं. १ : वसन्त कुमार नेम्वाङ्ग  ईलाम :-क्षेत्र नं. १  : झलनाथ खनाल  ईलाम :-क्षेत्र नं. २  : सुवास चन्द्र नेम्वाङ्ग  झापा:-क्षेत्र नं.२     : पवित्रा निरौला (खरेल)  झाप...

कपिलबस्तुमा उपाध्याय पराजित, ‘बलदेब’ विजयी

मंसिर २४ २०७४   .

कपिलबस्तु, मंसिर २४   कपिलवस्तु क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका छन्।   माओवादी सेनाका पूर्व डेपुटी कमाण्डर र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छँदा प्रमुख राजनीतिक सल्लाहकार रहेका चक्रपाणि खनाल ‘बलदेब’ ले उपाध्यायलाई झण्डै ९ सय मतान्तरले पराजित गरेका हुन्। उपाध्याय भारतका ...

एमाले उपाध्यक्ष गौतम पराजित, कांग्रेसका गौतम विजयी 

मंसिर २४ २०७४   .

  बर्दिया,मंसिर २४  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट पराजित भएका छन् । ७ सय ५३ मत अन्तरले नेपाली कांग्रेसका सञ्जय गौतम विजयी भएका छन् । गत संविधानसभा चुनावमा गौतम प्युठान र बर्दियाबाट विजयी भएका थिए ।    सिचाई मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।  

५५२८१ मत सहित केपी शर्मा ओली विजयी

मंसिर २४ २०७४   ekhabarnepal

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी खगेन्द्र अधिकारीलाई २७ हजार ६२८  मतले पराजित गर्नुभएको छ ।झापा ५ बाट उहाँले ५५२८१ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेद्वार अधिकारीले २७६२८ मत ल्याउनु भएको छ । निर्वाचन आयोगले यसको औपचारिक घोषणा गर्न वाँकी छ । 

गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप

मंसिर २४ २०७४   ekhabarnepal

गुल्मी – दोस्रो चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । २ प्रतिनिधि सभा र ४ प्रदेश सभाका गरी ६ वटै स्थानमा वाम गठबन्धनले जित हात पारेको हो ।  प्रतिनिधि सभा क्षेत्र नम्बर १मा वाम गठबन्धनका उम्मेदवार तथा एमालेका केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले ३७ हजार ८ सय १७ मत प्राप्त गरी विजयी भएका छ...

'प्रत्यक्षतर्फ १६ जिल्लामा मतगणना सम्पन्न'

मंसिर २४ २०७४   ekhabarnepal

मंसिर २४ -निर्वाचन आयोगले आइतवार बिहान ९ बजेसम्ममा १६ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको जनाएको छ।रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना पनि सकिएको छ।बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेक...

झापा क्षेत्रनम्बर १ बाट राम कार्की विजयी

मंसिर २४ २०७४   ekhabarnepal

झापा– झापा क्षेत्र नम्बर १ मा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराउँदै माओवादी केन्द्रका सुरेन्द्र (राम) कार्की विजयी भएका छन्। २९ सय १५ मतले कार्कीले शर्मालाई पराजित गरेका हुन्।  कार्कीले ३६ हजार १ सय ७३ मत ल्याए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए।   

घनश्याम भुसाल विजयी,मण्डलेतन्त्रको पराजय

मंसिर २४ २०७४   .

भैरहवा, मंसीर २४ रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपमहासचिव तथा वाम गठबन्धनका घनश्याम भुसाल ३२ हजार ८सय ६६ मत प्राप्त गरि विजयी भएका छन् । भुसालका निकटतम प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका दिपक बोहराले  २७ हजार ४ सय २२ मत प्राप्त गरेका छन् भने संघीय समाजवादीका फोरमका  महेन्द्र यादवले १२ हजार ५ सय ६ मत प्राप्त गरेका ...

६८ स्थानको नतिजा सार्वजनिक हुँदा एमाले एकल बहुमतको नजिक वाम गठबन्धन दुई तिहाइ बढी जीत

मंसिर २४ २०७४   .

 काठमाडौँ ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। मत परिणाम र मत गणनाको प्रबृत्ति हेर्दा नेकपा एमाले प्रत्यक्ष तर्फ एकल बहुमत सिट प्राप्त गर्ने दिशामा उन्मुख देखिएका छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले एकल बहुमत ल्याउनसक्ने तर्फ विश्लेषण हुन थालेको छ ।आइतबार बिहान ५ ...

रुपन्देही २ बाट विष्णु पौडेल विजयी,प्रदेशसभा तर्फ लिला गिरी र भोजप्रसाद श्रेष्ठ

मंसिर २४ २०७४   .

  रुपन्देही, मंसिर २३ रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपमहासचिव विष्णु पौडेल विजयी हुनु भएको छ । लोकतान्त्रिक गठबन्धनका उमेदवार काँगेसका युवराज गिरीलाई २२ हजार ६३ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । पौडेलले ४४ हजार ९ मत प्राप्त गर्दै विजयी हुनुभएको भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गर्...

एमालेका नेता महेश बस्नेत दमननाथ ढुंगानालाई पराजित गर्दै निर्वाचित

मंसिर २४ २०७४   .

  भक्तपुर, मसिर २४ नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत सांसदमा निर्वाचित भएका हुन् । कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भए । बस्नेतले झण्डै दोब्बर मतान्तरले ढुंगानालाई हराएका हुन् । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्...

यस्तो छ प्रतिनिधि सभाका ५० स्थानको परिणाम 

मंसिर २४ २०७४   .

  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले  प्रतिनिधि सभामा एमालेले २८ र माअाेवादीले १३  स्थानमा  विजय हासिल गरिसकेका छन्। कांग्रेसले प्रतिनिधि सभामा ३ र प्रदेशसभामा ३ स्थानमा मात्र विजय हासिल गरेको छ। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवा...

एमाले सचिव गोकर्ण विष्ट विजयी

मंसिर २४ २०७४   .

  काठमाडौं,मंसिर २३  प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ गुल्मीमा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् ।  नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका गोकर्ण बिष्टले काग्रेसका उम्मेदवार चन्द्र केसीलाई फराकिलो मत अन्तरले पराजित गदै विजयी भएका हुन् ।  जनताका माझँमा निकै लोकप्रिय मानिएका विष्टले काग्रेसका उम्मेदवार केसीको भन्दा १४ हजार ४  सय ५...

कृष्णबहादुर महरा १४हजार मतान्तरले विजयी

मंसिर २४ २०७४   .

  दाङ, मंसिर २३  बाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा १३ हजार ९२३ मतान्तरले विजयी भएका छन्। महराले ३९ हजार ९५९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत प्राप्त गरेका छन्।    

नारायणकाजीलाई पछि पार्दै डा.भट्टराई विजयी

मंसिर २४ २०७४   .

  गोरखा,मंसिर २३  गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६  हजार ८ सय ७४ मतले पछि पार्दै डा.भट्टराई निर्वाचित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मत हाँसिल गरेका छन् । यसैबीच...

 कांग्रेसले काठमाडौंमा  शाख जोगायो

मंसिर २४ २०७४   .

काठमाडौं,मंसिर २३  एमाले र माओवादीबीच तालमेल भएर बाम गठबन्धनको घोषणा गरेसँगै सिंगो कांग्रेस पंक्ति प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो स्थितिको आंकलन गरेर आत्तिए पनि शाख जोगाउन सफल भएको छ ।   निर्वाचन सम्पन्न भएर मतगणनाको प्रारम्भिक नतिजा आउने क्रममा कांग्रेसले आंकलन गरे भन्दा राम्रै नतिजा पाएको छ ।  २०६४ सालको संविधानसभाको निर्वाचनमा काठम...

 रविन्द्र अधिकारी लगातार तेस्रो पटक विजयी 

मंसिर २४ २०७४   .

पोखरा, मंसिर २३ नेकपा एमालेका नेता रविन्द्र अधिकारी विजयी हुनुभएको छ । कास्की जिल्लाबाट लगातार तेस्रो पटक अधिकारीले विजयी हासिल गर्नुभएको हो । अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजीत गर्नुभएको थियो भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरि विजयी हुनुभयो । उहाँले २७ हजार २ सय ७ मत ल्याएर काँग्...

बागलुङमा कांग्रेस क्लीन स्वीप  

मंसिर २३ २०७४   .

  बागलुङ, मंसिर २३  बागलुङ जिल्लामा नेपाली कांग्रेस क्लिन स्वीप भएको छ। गत २०७० सालको संविधानसभा निर्वाचनमा कम्युनिष्टलाई क्लीन स्वीप गरेको कांग्रेस चार बर्ष पछि भएको निर्वाचनमा सबै स्थानमा पराजित भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले दुई/दुई सिट जितेका छन्। शनिवार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार बागलुङ न...

 पशुपति शमशेर ,एमालेका शेरबहादुर तामाङ विजयी 

मंसिर २३ २०७४   .

सिन्धुपाल्चोक, मङ्सिर २३   सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई ८ हजार ३२ मतले पछि पारेका हुन्। शेरबहादुरले ३८ हजार ४ सय १ मत पाएका छन्। राणाले ३० हजार ३ सय ६९ मत पाए ।

काठमाडौमा एमालेका जीवनराम र कृष्ण राई श्रेष्ठ विजयी, कांग्रेसका प्रकाशमान र गगन थापा विजयी

मंसिर २३ २०७४   .

काठमाडौं, मंसिर २३ काठमाडौं क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १३ हजार ३ सय ९७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत ल्याउनुभयो । त्यस्तै काठमाडौँ ३ बाट प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले नेता कृष्ण राई विजयी हुनु भएको छ । राईले ...

मोरङ ६ मा एमालेका लालबाबु पण्डित विजयी

मंसिर २३ २०७४   .

  मोरङ, मंसिर २३ मोरङको क्षेत्र नम्बर ६ मा नेकपा एमालेका लालबाबु पण्डित विजयी हुनु भएको छ । लालबाबुले ६७५ मत बढी ल्याई विजयी हुुनभएको हो । कांग्रेसका डा. शेखर कोेइरालालाई हराउँदै पण्डित विजयी हुनुभएको हो । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाउनुभयो ।  

रुपन्देहीवाट दुइ उपमहासचिवको पक्का 

मंसिर २३ २०७४   .

 बुटवल मंसिर २२ । रुपन्देहीमा एमालेका तीन हेवीवेट उम्मेदवार छन् । दुइ उपमहासचिव मध्ये एकजना विष्णु प्रसाद पौडेलको सुनिश्चितलाई मतदानपूर्वनै मानिए पनि अर्का उपमहासचिव घनश्याम भूसालको  मतगणनाको प्रारम्भिक परिणामले सुनिश्चित प्राय ः गरेको छ ।  रुपन्देहीकोे २ नं. क्षेत्रवाट एमालेका पौडेलले कांग्रेसका युवराज गिरी भन्दा झण्डै तेब्बर मत प्राप्त गरेक...

रामचन्द्र ५ सय मतले पछाडि

मंसिर २३ २०७४   .

 पोखरा, मंसिर २२ देशव्यापी रुपमा अग्रता लिइरहेको वामगठबन्धनले तनहुँ– १ को प्रारम्भिक मतगणनामा पनि अग्रता लिएको छ। कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार भन्दा ५ सय मतले पछि परेका छन् । तनहुँ–१ को प्रारम्भिक मत परिणाम अनुसार वामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका कृष्ण (किसान) कुमार श्रेष्ठले २ हजार २ सय ६४ मत पाएका छन्। ...

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी

मंसिर २२ २०७४   ekhabarnepal

हुम्ला । हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी हुनु भएको छ । उहाँले ८ हजार ४ सय ९१ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्धी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनुभयो ।

काठमाडौं क्षेत्र नं. २ मा माधवकुमार नेपालको अग्रता

मंसिर २२ २०७४   ekhabarnepal

मंसिर २२, काठमाडौं  काठमाडौं निर्वाचन क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ ।प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार माधवकुमार नेपालले सुरुवाती अग्रता कायम गरेका छन् ।नेपालले १ हजार ३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार दिपक कुइँकेलले ४ सय ६७ मत ल्याएका छन् ।त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार डा. सूर्यराज आचार्यले ४ सय...

बझाङमा वाम गठबन्धन विजयी

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, बझाङ । बझाङमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका भैरवबहादुर सिंह विजयी हुनुभएको छ । उहाँले ३४ हजार ६ सय १२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्धी लाेकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत ल्याउनु भयो ।
To Top