राजनीति

प्रधानमन्त्री देउवालाई मोदीको 'सरप्राइज' : मोदी भए खुशी

भाद्र ८ २०७४   .

  नयाँदिल्लL,भदौ ८ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् ।  मोदीले दिए ‘सरप्राइज' पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स रोडस्थित सरकारी निवासमा एक्लै भेटेर मोदीले ‘सरप्राइज' दिएका हुन् ...

प्रधानमन्त्री देउवा आज भारत जाँदै

भाद्र ७ २०७४   .

काठमाडौं  भदौ,७  । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन् । देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका हुन् । देउवा नेपाल वायुसेवा निगमको बुधबार बिहान १०ः३० बजेको नियमित उडानबाट नयाँदिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त...

जम्बो मन्त्रीमण्डल बनाउँदै प्रधानमन्त्री देउवा

भाद्र ६ २०७४   .

काठमाडौ, भदौ ६– प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणमा जानुअघि चौथो पटक मन्त्रिपरिषद बिस्तार गरेका छन् । देउवा सरकारमा आज १५ जनाराज्यमन्त्रीले शपथ लिएका छन् । सरकारमा सामेल हुने राज्यमन्त्रीमा फोरम लोकतान्त्रिकका तीन र अन्य नेपाली काँग्रेसबाट राज्यमन्त्री बनेका छन् । राज्यमन्त्री बन्नेहरुमा नेपाली काँग्रेसबाट सीता गुरुङ, सरिता प्रसाई, श...

संविधान संशोधन मधेस विरोधी भएकाले असफल बनायौं : ओली

भाद्र ६ २०७४   .

काठमाडौं, भदौ ६ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस विरोधी भएकाले सत्तापक्षले ल्याएको संविधान संशोधन असफल गराइएको वताउनु भएको छ । संसदमा मंगलवार विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान संशोधन पास गर्न नभई प्रदेश नम्बर २ को असोज २ गते हुने चुनाव प्रचारका लागि मतदानमा लगिएको समेत वताउनुभयो । ‘संविधान संशोधन के के...

ह्वीप नमान्ने १८ सांसदबारे छानबिन गर्न राप्रपामा अनुशासन समितिलाई जिम्मेवारी

भाद्र ६ २०७४   .

काठमाडौं ,भदौ ६– राप्रपाले  संशोधन विधेयकको  विपक्षमा भोट हाल्न ह्वीप जारी गरेपनि  नमान्ने १८ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छानबिन गर्न अनुशासन समितिलाई जिम्मेवारी दिएको छ । आज राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले  समितिलाई सो जिम्मेवारी दिएको सहप्रवक्ता मोहन श्रेष्...

महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता:आचार्य

भाद्र ६ २०७४   रासस

काठमाडौं भदौ, ६  । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउने बताएका छन् । निकटतम प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाए । अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले उनले महासंघ भित्र कसैमाथि पनि भेदभाव...

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

भाद्र ६ २०७४   .

काठमाडौं —  नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वा्चित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराउनुभएको छ । आच...

पत्रकार महासंघको चुनावमा मतदान सकियो, आजै मतगणना हुने

भाद्र ५ २०७४   .

काठमाडौं भदौ ५ |  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न सोमबार विहानदेखि सुरु भएको मतगणना सकिएको छ। विहान ९ बजेदेखि कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको मतगणना अपरान्ह साढे ४ बजे सकिएको हो। मतदानको समय ३ बजेसम्म तोकिए पनि ३ बजेभित्र लाइनमा बसेकाहरुले मतदान गर्दा थप समय लागेको हो। नयाँ नेतृत्व चयनका लागि मतदान...

संशोधनले हाम्रो माग सम्बोधन गरेको छैन :मधेसी दल

भाद्र ५ २०७४   .

 काठमाडौं, भदौ ५ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्नका लागि नभई विपक्षीलाई दोष लगाउन मात्र ल्याइएको वताउनु भएको छ । संविधान संशोधन विधेयकमाथि सोमबार संसद बैठकमा बोल्दै यादवले सत्तारुढ दलहरुले ‘हामी त संविधान संशोधन गर्न चाहन्थ्यौं, विपक्षीले मानेन’ भन्नका लागि मात्रै...

मंसिर १० मा प्रदेश र संघीय संसदको निर्वाचन गर्ने सरकारको घोषणा

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५ - सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरि मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिनेसरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ज...

वाईसिएल अध्यक्षमा दीपशिखा चयन

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५– नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् । भदौ २ गतेदेखि काठमाडौंमा जारी एकताको दोस्रो राष्ट्रिय सम्मेलनबाट दीपशिखा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यसअघि दीपशिखा वाईसीएलका महासचिव रहेका थिए । महासचिवमा भने सुवोधराज सिर्पाली चयन भएका छन् ...

संविधान संशोधन विधेयक आज निर्णयार्थ पेश हुँदै

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५। संविधानको दोस्रो संशोधन विधेयक सोमबार संसदमा निर्णयार्थ पेस हुने भएको छ । संविधानप्रति असन्तुष्ट रहेका मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न भन्दै सरकारले राष्ट्रिय सभाको प्रतिनिधित्व, नागरिकता, भाषा र प्रदेश सीमांकन आयोगको क्षेत्राधिकार सहितका विषयमा संविधान संशोधन गर्न प्रक्रिया अघि बढाएको हो । विधेयकमाथि संशोधन दर्ता गराउने...

प्रधानमन्त्री देउवा : संचारमाध्यम नियन्त्रण गर्दिन, मर्यादित हुनुपर्यो

भाद्र ४ २०७४   .

काठमाडौं,  भदौ ४–  प्रधानमन्त्री शेरबहादुर देउवाले मिडिया संचालन गर्न गाह्रो भएको आफुले बुझेको भन्दै त्यसलाई सहज बनाउन आफूले सहयोग गर्ने बताउनुभएको छ । उहाँले संचारलाई आफुले नियन्त्रण नगर्ने पनि बताउनुभएको छ ।     नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको काठमाडौंमा आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले मिडिया संचालन र सञ्चार क्षेत्रलाई बलियो ब...

प्रचण्ड नेतृत्वको सरकारमा जानु गम्भीर भूल : राप्रपा

भाद्र ४ २०७४   .

काठमाडौं ,भदौ ४ | राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुलाई पार्टीको गम्भीर भूल ठहर गरेको छ। मकवानपुरको हेटौंडामा आइतबार सकिएको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आत्मसमर्पणवादी भएको आरोप लगाउँदै सरकारमा सहभागी हुने निर्णय प्रत्युत्पादक भएको ठहर गरेको हो। 'आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारम...

नेपाल–चीनसम्बन्ध : राष्ट्रियता नारामा मात्र होइन, वास्तविकतामा बलियो बनाउने अवसर

भाद्र ४ २०७४   Rekha Rana

नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ । हामीले भारत र चीनबाट हरेक सामान ल्याइरह्यौँ तर उता पठाउनका लागि केही पनि उत्पादन गरेनौँ । चीनसँग सिमाना जोडिएका प्रत्येक गाउँपालिकाहरुले अब चीनमा निर्यात गर्नका लाग...

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्नः डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

भाद्र ४ २०७४   Rekha Rana

राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै प्राकृतिक विपदको रोकथाम र पूर्वतयारी गर्नु पर्नेमा जोड दिएकी छन् । उनले डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्ने र चुरे क्षेत...

भारतसँग के कुरा गर्ने, के नगर्नेः पूर्वप्रधानमन्त्रीहरुसँग सुझाव लिँदै देउवा

भाद्र ४ २०७४   Rekha Rana

 आफ्नो भारत भ्रमणबारे सुझाब तथा सल्लाहका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।  प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्रीहरुसँग भ्रमणका क्रममा उठान गर्ने विषयकाबारेमा सुझाव लिन लागेका हुन्। पूर्वप्रधानमन्त्रीको भारत भ्रमणको अनुभवका आधारमा सल्लाह सुझावका लागि आज साँझ प्रधानमन्त्रीले छलफल गर्न लागे...

केन्द्रीय सदस्य अपहरण गरेको भन्दै कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

भाद्र २ २०७४   .

काठमाडौँ – राप्रपाबाट अलग भएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । आज दिउँसो अध्यक्ष राणाले आफ्नो पाटीृका केन्द्रीय सदस्यहरु कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चमा मुद्दा दर्ता गर्न अध्यक्ष राणासँ...

निर्वाचन आयोगले २ नं प्रदेशको चुनावको बारे सरकारलाई दियो १७ बुँदे निर्देशन

भाद्र २ २०७४   .

काठमाडौं,भदौ २। निर्वाचन आयोगले नेपाल सरकारलाई स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सम्बन्धमा १७ बुँदे निर्देशन जारी गरेको छ । आयोगको भदौ १ गते प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिल...

केन्द्रले स्थानीय तहलाई तत्काल विकास योजना हस्तान्तरण नगर्ने

भाद्र २ २०७४   .

काठमाडौँ, भदौ २। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल विकास आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण नगर्ने जनाएको छ । सडक, पुल जस्ता ठूला आयोजना स्थानीय तहको जिम्मा लगाँउदा अलपत्र पर्ने भन्दै आवश्यक कार्यविधी बनेपछि मात्र त्यस्ता आयोजना हस्तान्तरण गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए । मन्त्रालयमा गरिएको बार्षिक समिक्षा कार...

वाईसीएलको राष्ट्रिय सम्मेलन आज

भाद्र २ २०७४   .

काठमाडौं भदौ,२  । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कोटेश्वर पार्टी प्यालेसमा बिहान १० बजे माओवादी अध्यक्ष प्रचण्डले सम्मेलन उदघाटन गर्नेछन् । आजै सुरु हुने बन्दसत्रले विधान र आर्थिक प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । सकेसम्म सहमतिमा नभए निर्...

युवा संघका करिब दुईहजार ३०० प्रतिनिधि

भाद्र २ २०७४   रासस

काठमाडौँ,भदौ २ - युवा संघ नेपालको नवौँै महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ । आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ...

चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

भाद्र १ २०७४   रासस

काठमाडौँ, भदौ १। जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी आज बिहान विशेष विमानबाट बेइजिङतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे । चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन...

प्रदेश २ मा आजदेखि निर्वाचन आचारसंहिता लागू

भाद्र १ २०७४   .

काठमाडौं भदौ,१  – प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि भदौ १ अर्थात आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले दुई दिन अघि जारी गरेको सूचना अनुसार आचारसंहिता भदौ १ बाट लागू भएको हो । आचारसंहिता अवधिमा निर्वाचन, निर्वाचन प्रक्रिया र मतादातालाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाइँने छैन । आचारसंहिता नेपाल सरकार र सरक...

युवा संघको महाधिबेशन आगामी असोज २२–२४ मा गर्ने

साउन ३२ २०७४   .

काठमाडौं, साउन ३२– एमाले निकट युवा संघले आगामी असोज २२–२४ नवौं राष्ट्रिय महाधिबेसन गर्ने भएको छ । युवा संघको स्थायी समिति बैठकले महाधिबेसन मिति तय गरेको हो । बैठकले महाधिबेसन सम्पन्न गर्न राजिव पहारीको संयोजकत्वमा महाधिबेसन मुल आयोजक समिति पनि गठन गरेको छ । जसमा दिलु पन्त सहसंयोजक, किरण पौडेल महासचिव, संघका पदाधिकारी, केन्द्रीय सदस्यहरु,...

नयाँ शक्तिका दुई नेता कारबाहीमा

साउन ३२ २०७४   रासस

काठमाडौं साउन ३२-नयाँ शक्ति पार्टी नेपालले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्वन गरेको छ । निलम्वान हुनेमा सहसंयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा रहेका छन् । उनीहरूलाई नयाँ शक्तिको संघीय परिषद सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको पनि सो पार्टीका नेता तथा कार्यलय संयोजक गंगा श्रेष्ठले बताए । ...

संसदको विशेष समय : भयो बाढी पहिरोकै बहस

साउन ३२ २०७४   रासस

काठमाडौँ ,साउन ३२- व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिने अधिकांश सांसदले मुलुकका विभिन्न भागमा हालै गएको बाढी पहिरोबाट भएको जनधनको क्षति तथा राहत र उद्धारमा भएको कमी कमजोरीबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले राहतका कार्यक्रमलाई एकद्वार प्रणालीका आधारमा वितरण गर्न र राहत वितरणलाई प्रभावकारी तुल्याउन एउटा समिति गठन...

संविधान प्रस्ताव आज सदनमा पेश हुने

साउन ३२ २०७४   रासस

काठमाडौँ साउन ३२। लामो समयदेखि निकै बहस र चर्चामा रहेको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७३ आज व्यवस्थापिका–संसद्मा पेस गरिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि उनले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्त...

चुनावबारे छलफल गर्न तीन दलको बैठक

साउन ३२ २०७४   .

काठमाडौं  साउन,३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । देउवाले निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका हुन् । लगतै सर्बदलीय बैठक राखिएको छ । यो बैठकमा प्रदेश र संसदको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् । निर्वाचन आयोगले भोलि भदौ १ गते ...

नेपाल र चीन तीन सम्झौताः पेट्रोलियम अन्वेषणदेखि लगानी प्रवद्र्धनसम्म

साउन ३१ २०७४   रासस

काठमाडौँ, साउन ३१- नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच आज यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधि सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री व...

देउवाले कसलाई बनाउँलान् महान्यायाधिवक्ता ?

साउन ३० २०७४   .

काठमाडौं ।  महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री  शेरबहादुर देउवालाई नयाँ महान्यायाधिवक्ता नियुक्ति गर्न बाटो खुलेको छ । महान्यायधिवक्ताका लागि कांग्रेस निकट कानून व्यवसायीहरुको छाता संगठन डेमोक्रयाटिक लयर्स एसोसिएसन ( डिएलए )मा आबद्ध वकिलहरुको खोजी सुरु भएको छ ।   महान्यायाधिवक्ता बन्नका लागि नेपाल बारका म...

बाढी पीडितलाई एक महिनाको तलब दिने राजपा सांसदको घोषणा

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०–राजपा नेपालका सांसदहरुले एक महिनाको पारिश्रमिक तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन् ।  आज बसेका  राजपा सांसदहरुको बैठकले  एक महिनाको तलब दिने निर्णय गरेको हो । निर्णयअनुसार सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिकका साथै अरु सुभेच्छुकसँग संकलन गरेर पीडितको राहतमा खर्च गर्नेछन्  । बैठकले बाढी पीडितक...

राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि निर्वाचन आयोगले दियो भदौ ४ गतेको म्याद

साउन ३० २०७४   .

काठमाडौं, साउन ३०– पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत केन्द्रीय सदस्यहरुको सनाखत गराउन नसकेपछि निर्वाचन आयोगले नै दल विभाजनका लागि म्याद थपिदिएको छ । दल विभाजन गर्दाकै बखत विभाजन गर्न चाहनेल ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधान भए पनि आयोगले तोकेको समयभित्र राणाले ४० प्रतिशत पुर्याउन नसकेपछि भदौ ४ गते...

डा. केसीको अनसन तोडाउन प्रचण्ड पहल गर्दै, देउवा ताल मिलाउँदै !

साउन २९ २०७४   .

काठमाडौं । डा. गोविन्द केसीको अनसन तोडाउन सरकारी वार्ता टोलीको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मी र सरकारी वार्ता टोलीका सदस्य सहभागि छन् । बैठक पूर्वप्रधानमन्त्री पु...

‘बुद्धिजम’ले नेपाल श्रीलंका सम्वन्ध अझैं प्रगाण : प्रधानमन्त्री

साउन २८ २०७४   .

काठमाडौं, साउन २८–प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुँदै गइरहेको बताएका छन् । शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँग भएको भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाण बनाउदै लगेको बताए ।  ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्ध...

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

साउन २७ २०७४   .

काठमाडौं, साउन २७– सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शर्मालाई गैरकानुनी थुनामा राखेको भन्दै परेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शुक्रबार यस्तो निर्णय सुनाएको हो । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसेसहितको बृहत पूर्ण इजल...

डा. केसीका मागबारे सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको एमालेको आरोप

साउन २७ २०७४   .

काठमाडौं, साउन २७– नेकपा एमालेले अनसनरत डा. गोविन्द केसीका बारेमा सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको आरोप लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको सथायी समिति बैठकले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसेका डा. गोविन्द केसीका मागबारे सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको भन्दै आपत्ति...

सरकार र राजपाबीच सहमति

साउन २७ २०७४   .

काठमाडौं, साउन २७– बालुवटारमा सत्तारुढ दल र राजपावीचको वार्तामा सहमति जुटेको छ । यो सहमतिले अव मधेशमा राजपासहितको चुनाव करिव करिव सुनिश्चत गरेको छ । लफलमा राजपा नेताहरुले सरकारलाई संविधान संशोधन विधेयक निर्णायर्थ पेश गर्न आग्रह गरेअनुसार सरकारले आइतबारै सो विधेयक निर्णायर्थ पेश गर्ने सहमति भएको गृहमन्त्री जनादर्न शर्माले जानकारी दिए । त्यस...

प्रतिनिधि सभाको क्षेत्र निर्धारण लगभग अन्तिम

साउन २६ २०७४   .

काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ । आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले संख्या लगभग टुंगो लगाएको छ । आयोगका एक स...

माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमाले पार्टीमा प्रवेश

साउन २६ २०७४   .

काठमाडौं, साउन २६–  माओवादी केन्द्रका एरियास्तरका कार्यकर्ता एमालेले आफ्नो पार्टीमा प्रवेश गराएको छ । एमाले पार्टी कार्यलय धुम्बराहीमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र बुद्धिजिवीका जिल्लास्तरीय नेता गणेशकुमार अधिकारीसहित २२ जनालाई एमाले अध्यक्ष केपी ओली माधव नेपाल लगायतका नेताले पार्टी प्रवेश गराएका हुन् । एमालेले नया...

प्रदेश २ मा ६० बढी स्थानीय तह जित्ने: एमालेको दाबी

साउन २६ २०७४   .

काठमाडौं साउन, २६   । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रदेश २ को चुनावमा ६० बढी स्थानीय तह जित्ने र पहिलो पार्टी बन्ने दाबी गरेको छ । एमाले केन्द्रीय सचिवालयको बैठकमा प्रदेश २ मा खटिएका केन्द्रीय पदाधिकारीहरुले रिपोर्टिङ गरेका थिए । पार्टी पक्ति उत्साहजनक ढंगले परिचालन भएको, पार्टी प्रवेश गर्ने क्रम पनि बढेको एमाले नेताहरुको ब्रिफिङ थियो । ...

सिलवालको मुद्दामा आज बहस सकिँदै

साउन २६ २०७४   .

काठमाडौं, साउन २६– नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा आज बहस सकिँदैछ । साउन १९ गते सुनुवाइ भएपछि हेर्दाहेर्देमा राखिएको यो मुद्दाको आज  तोकिएको पेसीमा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चका कायममुकायम रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए । सुनुवाईम...

समन्वय समिति स्याङ्जाको प्रमुखमा महिला, एमालेको प्यानल नै विजयी

साउन २६ २०७४   .

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य सिता कुमारी सुन्दास बिजयी भएकी छन् । उनीको जित सँगै स्याङ्जा र देशले पहिलो महिला समन्वय समितिको प्रमुख पाएको हो । ११ स्थानीय तह रहेको स्याङ्जामा ३ नगरपालिका र एक गाँउपालिका प्रमुखमा काँग्रेस बिजयी भएको थियो भने २ नगरपालिका र ५ गाँउपालिका सहित एक गाँउपालिकामा ...

बिम्स्टेक एसओएम बैठक शुरु

साउन २६ २०७४   रासस

काठमाडाँ ,साउन २६-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिम्स्टेक० सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु ९एसओएम०को १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्...

दर्जन बढि महत्वपुर्ण विधेयक पेश गदै व्यवस्थापिका संसद बैठक १ बजे

साउन २५ २०७४   .

काठमाडौं,साउन २५– व्यवस्थापिका संसद बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा १३ वटा विधेयक पेश र्ने कार्यसुची रहेको छ । तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची व्यवसथापिका संसदका महासचिव मनोहर प्रसाद भटराइले जानकारी दिएका छन् । सरकारका मन्त्रीहरुले तीन आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश गर्नेछन् । बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पो...

जिसस पाल्पामा एमालेको प्यानल निर्वाचित

साउन २४ २०७४   .

पाल्पा । जिल्ला समन्वय समिति पाल्पामा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेबाट जिल्ला समन्वय समितिका प्रमुखको उम्मेदवार बनेका दयाराज बस्याल १३ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमप्रसाद अर्यालले ७ मत मात्र ल्याएका छन्। यस्तै समन्वय समितिको उपप्रमुखमा एमालेकै मामिरा मरासिनी निर्वाचित भइन्। उनले १३ मत ल्याउँदा कांग्रेसक...

प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्न नसकिने: मन्त्री दहित

साउन २४ २०७४   .

काठमाडौं– भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न नसकिने बताएका छन् । मंगलबार काठमाडौमा भएको साक्षात्कारमा मन्त्री दहितले प्रदेश र संघको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारेका हुन् । उनले भने,‘दुवै निर्वाचन एकै चरणमा गर्नु भनेको अव्यवहारिक हो, संविधानतःपनि दुवै निर्वाचन एकै चरणमा गर्नु...

पशुपतिले आयोगमा बुझाएको विवरणमा ७ जना फर्जी केन्द्रीय सदस्य’: निवेदन रद्द गर्न राप्रपाको माग

साउन २४ २०७४   .

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले पशुपतिशमशेर राणाले निर्वाचन आयोगले दल दर्ताका लागि वुझाएको विवरण फर्जी रहेको आरोप लगाएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनका लागि आयोगमा दर्ता गरिएको ६४ जनाको विवरणमा उल्लेख ७ जना केन्द्रीय सदस्य नै नरहेको जिकिर गरेको हो । राप्रपाका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनि...

राप्रपाले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लियो

साउन २४ २०७४   .

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको राप्रपा केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले दुई तिहाइ पुग्ने अवस्था हुँदा पनि सरकारले संविधान संशोधन विधेयक अगाडि बढाएको भन्दै सरकार आफ्ना प्र...

फोरम लोकतान्त्रिकका सहमहामन्त्रीद्वारा पार्टी परित्याग

साउन २४ २०७४   .

काठमाडौँ, साउन २४ – बिजय गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादबले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष गच्छदारले मनोमानी रुपमा काम गरेको भन्दै पार्टी छोड्नु भएको हो । नजिकिदै गएको दुई नम्बर प्रदेशको स्थानीय चुनावमा कसरी सफलता हासिल गर्ने भन्दा पनि आफनो मनोमानी ढंगले पार्टी सन्चाल...
To Top