राजनीति

"फाइल अड्कने दिन गए"- प्रधानमन्त्री ओली

चैत्र १४ २०७४   ekhabarnepal

  काठमाडौं  चैत्र १४,   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध आक्रमण गरिने उद्घोष गरेका छन् । बुधबार नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध ‘आक्रमण’ थालिने बताएका हुन् ।                                                                      ...

सात प्रदेशका सातै मुख्य मन्त्रिहरुको योग्यता यसप्रकार छ : कसको कति ?

चैत्र १४ २०७४   ekhabarnepal

काठमाडौं  चैत्र १४,  देश संघीयतामा गएपछि सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । जनताको बढ्दो राजनीतिक चेतना र जागरणका बीच मुख्यमन्त्रीहरुले राम्रो काम गरेर देखाउनुपर्ने चुनौति छ । राम्रो गर्न क्षमता पनि राम्रै चाहिन्छ, शैक्षिक योग्यता पनि त्यसको एक अंश हो । तर, शैक्षिक योग्यताले मात्रै सधैं राम्रो परिणाम भने दिँदैन । सातै प्रदेशका मुख्यमन...

प्रदेश न.५ मा नयाँ शक्तिद्धारा वैकल्पिक सरकार गठन  

चैत्र १४ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र १४,   नयाँ शक्ति पार्टी नेपालले ५ नम्बर प्रदेशमा वैकल्पिक सरकार गठन गरेको छ । नेपालगञ्जमा सम्पन्न पार्टीको प्रदेश ५ को बैठकले सरकारलाई खबरदारी गर्ने तथा आम नागरिकका समस्याहरुलाई सहज ढंगले समाधान गर्ने उद्देश्यले वैकल्पिक सरकार गठनको अवधारणा ल्याएअनुरुप प्रदेश ५ मा वैकल्पिक सरकार गठन गरेको हो ।  बैठकले वैकल्पिक सरकार प्र...

के विप्लव माओवादी आपराधिक समूह हो? 

चैत्र १४ २०७४   ekhabarnepal

काठमाडौं चैत्र १४, विभाजित माओवादीको एक सानो हिस्साका नेता नेत्रविक्रम चन्द अर्थात् ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको पछिल्लो ‘वाकयुद्ध’ पेचिलो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनपछि बम विष्फोटसम्मका घटना गराएको नेकपाका गतिविधिले सामान्य परिस्थितिमा असामान्य अवस्थाको संकेत गरेको देखिन्छ । नेपाल प्रहरीले दुई वर्षअघि...

सरकारको लक्ष्य सम्बृद्ध नेपाल र खुसी नेपाली : यस्ता छन सरकारका छ प्राथमिकताहरु 

चैत्र १३ २०७४   ekhabarnepal

  काठमाडौं चैत १३,  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर नेपाल स्थायी राजनीतिक युगमा प्रवेश गरेकाले सोही अनुरुपको व्यवहार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। विदेशी कूटनीतिक नियोगका प्रमुख र विभिन्न देशका राजदूतलाई देशको समसामयिक अवस्थाबारे बिफ्रिङ गर्दै प...

कूटनीतिज्ञसँग सरकारको स्पष्टिकरण : प्रजातान्त्रिक मुल्यमान्यताबाट पछि हटिदैन  

चैत्र १३ २०७४   ekhabarnepal

काठमाडौं । सरकारले प्रजातान्त्रिक मुल्य मान्यता र त्यसका आधारभूत सिद्धान्तबाट पछि नहट्ने स्पष्ट पारेको छ । विदेशी कूटनीतिज्ञहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सरकारले यस्तो स्पष्ट पारेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली जनताले वामपन्थीलाई दुईतिहाइ दिनुको कारण नै शान्ति र स्थायित्व भएको स्पष्ट पार्दै अधिनायकवाद नभई आफ...

तयार भयो एकीकृत पार्टीको अन्तरिम विधान

चैत्र १३ २०७४   ekhabarnepal

काठमाडौं चैत १३,   एमाले र माओवादी केन्द्रका नेताहरूले गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर एकीकृत पार्टीको अन्तरिम विधान तयार पारेका छन्। मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन्। सोही मस्यौदामाथि अहिले अन्तिम छलफल चलिरहेको छ। एमाले नेताहरू विष्...

सांसदहरुको आपत्ति, कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हुँदैन

चैत्र १३ २०७४   ekhabarnepal

 रासस काठमाडौँ,चैत्र १२ — प्रतिनिधिसभाको साेमबारको बैठकमा सांसदहरुले युरोपेली संघ (इयू)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार ...

उपसभामुख तुम्बाहाङ्फेले   दिईन सबै दलीय जिम्मेवारीबाट राजीनामा

चैत्र १२ २०७४   ekhabarnepal

  काठमाडौँ,  रासस । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।  उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।  उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको ...

भ्रष्टाचार नियन्त्रणका लागि वामपन्थीबीच तालमेल गरेका हौँ - प्रधानमन्त्री ओली

चैत्र १२ २०७४   ekhabarnepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थीको तालमेल कसैलाई एक्ल्याउन नभई भ्रष्टाचार नियन्त्रणका लागि भएको जिकिर गरेका छन् । सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “हामीले कसैलाई ‘आइसोलेटेड’ गर्न होइन, भ्रष्टाचार नियन्त्रण र विकासका लागि वामपन्थीबीच तालमेल गरेका हौँ । यो राष्ट्रिय आवश्यकताले निर्धारण गरेको कुरा ह...

अब संसदमा  सुनुवाई हुन्छ जनताको दीर्घकालीन समस्या  

चैत्र १२ २०७४   ekhabarnepal

  काठमाडौं  चैत  १२, जनताले आफ्ना दैनिक तथा दीर्घकालीन समस्यालाई लिखित रूपमा व्यवस्थापिका संसद्मा उठाउन पाउने भएका छन् । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिले जनताका समस्या सांसदले लिखित रूपमा लिएर आएर वाचन गर्न पाउने व्यवस्थासहितको नियमावली तयार पारेको हो । यसअघिका संसद्मा जनताका कुरा जनप्रतिनिधिले मात्र राख्न पाउने भए पनि अहिल...

पार्टी एकताको काम सकेर मात्रै प्रधानमन्त्री ओली  भारत भ्रमणमा जाने तयारी   

चैत्र १२ २०७४   ekhabarnepal

  काठमाडौं  । वैशाख ९ गते गर्ने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रधानमन्त्रीको भारत भ्रमणका कारण अघि सार्ने तयारी गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने तयारी छ । त्यसभन्दा अघि नै दुवै कार्यदलले काम सकेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको माओवादी केन्द्रका एक नेताले बताए । दुई तिहाइ समर्थन प्र...

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै:यस्ता तीन विधेयकहरु पेश हुँदैछ  

चैत्र १२ २०७४   ekhabarnepal

काठमाडौं  चैत  १२, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवनमा बस्दैछ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगको म्याद थप अध्यादेश प्रतिस्थापन विधेयक पेस हुँदैछ । संसद् सचिवालयले सम्भावित कार्यसूचीमा विधेयक पेस प्रस्ताव गरेको छ । कानुनमन्त्री शेरबहादुर तामाङले विधेयक प्रतिनिधिसभामा पेस गर्नु हुन...

 हाम्रा उपलब्धीलाई अपमान गर्ने काम नगरियोस्–प्रधानमन्त्री ओली

चैत्र ११ २०७४   ekhabarnepal

काठमाडौँ,चैत्र ११ — केहीकेहीले पछौटेपन, गरिवीलाई हेरेर जे पनि गरे हुन्छ भन्ने पनि ठान्छन् । युरोपियन युनियनले ‘इलेक्सन अब्जर्बेसन’को प्रतिवेदन पठाएको छ । त्यसले नेपालको सार्वभौमसत्तामाथि अन्डरमाइन्ड गरेको, नेपालका ‘एचिभमेन्टलाई अन्डरमाइन्ड’ गरेको, हेपेको हो नेपाललाई ।  नेपालले यत्रो उपलब्धी लिएको छ। होला सानातिना कमजोरी। तर, नेपाली जनताले संघ...

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता टुङ्गयाउन प्रस्ताव

चैत्र ११ २०७४   ekhabarnepal

काठमाडौँ, चैत ११ गते । नेकपा (माओवादी केन्द्र)ले एमालेसँग जारी पार्टी एकीकरण प्रक्रिया छिट्टै टुङ्गयाउन प्रस्ताव गरेको छ । माओवादीको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै पार्टी एकता टुङ्गयाउन प्रस्ताव गरेको माओवादी नेता विश्वनाथ साहले जानकारी दिनुभयो ।  प्रधानमन्त्री ओलीले चैत २३ देखि भारत भ्रमण गर्ने तयारी गर्नुभएक...

परराष्ट्रको स्वीकृतिबिना भेटघाट नगर्न राजदूतहरुलाई  निर्देशन 

चैत्र १० २०७४   ekhabarnepal

  बामगठबन्धनको सरकारले सन्तुलित कुटनीतिमा जोड काठमाडौं चैत १० परराष्ट्र मन्त्रालयले  स्वीकृतबिना आफूखुसी भेटघाट गर्ने राजदूतहरुमाथि ‘लगाम’ लगाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोगहरूलाई पत्र लेखेर सचेत गराएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार पत्रमा मन्त्री, प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका ...

प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर नाकाबन्दी भनेनौं  : प्रकाशमान सिंह

चैत्र १० २०७४   ekhabarnepal

  काठमाडौं, फागुन ९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वमाथि भोलि प्रधानमन्त्री पद जोखिममा पर्ला भनेर कांग्रेसले भारतीय नाकाबन्दीको विरोध गर्न नसकेको आरोप लगाएका छन् । साथै प्रधानमन्त्री पदको हतारो गरेर प्रचण्डसँग मिलेर केपी ओली सरकार ढाल्दा कांग्रेसले चुनाव हार्नु परेको उनले बताएका छन् । शुक्रबारदेखि सुरु भएको केन...

सिंह, सिटौलाको देउवामाथि आक्रोश

चैत्र १० २०७४   ekhabarnepal

‘पार्टी त कब्जा गर्नुहोला तर वाम गठबन्धनको कब्जा?’ काठमाडौँ,चैत्र ९  शुक्रबार सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु सभापति शेरबहादुर देउवामाथि खनिएका छन्। तीनै तहको चुनावमा पराजय हुनुमा पार्टी नेतृत्वको कमजोरी रहेको भन्दै शुक्रबार बोलेका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाले नेतृत्वप्रति आक्रोश पोखेका छन्। उनी...

स्वतन्त्र र समृद्धिको नारालाई सफल पार्न सरकारको गृहकार्य 

चैत्र ९ २०७४   ekhabarnepal

बीबीसी।  सरकारले स्थायित्व र समृद्धिको नारालाई सफल पार्न विभिन्न क्षेत्रका विज्ञहरू समेटिएको 'थिङ्क ट्याङ्क' अर्थात् स्वतन्त्र विज्ञ समूह निर्माण गर्ने गृहकार्य अघि बढाएको छ। नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै निर्माण हुने भनिएको उक्त समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिने बताइएको छ। बिह...

कांग्रेस केन्द्रिय समितिको बैठक सुरु : प्रदेशसभा निर्वाचनको समीक्षा हुदै

चैत्र ९ २०७४   ekhabarnepal

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा  गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समीक्षा हुदैछ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पश्चात पार्टी केन्द्रिय सदस्यहरुले बिस्तृत छलफलको माग गरीरहेका भएपनि तत्काल गर्नुपर्ने कामहरुले गर्दा सभापति शेर बहादुर देउ...

३७ वर्ष छ महिना कैद सजाय भोग्दैछन वडाध्यक्ष तामाङ : यस्तो छ मुद्दा 

चैत्र ९ २०७४   ekhabarnepal

  काठमाडौं चैत  ९ , दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोग...

ईयु प्रतिवेदनप्रति निर्वाचन आयोगको कडा आपत्ति 

चैत्र ९ २०७४   ekhabarnepal

  काठमाडौं चैत ८ निर्वाचन आयोगले युरोपियन युनियन (ईयु) को निर्वाचन पर्यवेक्षण मिसनले दिएको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ। आयोगले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै ईयु प्रतिवेदन निर्वाचनका अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको उल्लेख गरेको हो।  मतदाता, राजनीतिक दल एवं सरोकारवालाबाट सर्वस्वीकृत भएको सबै तहको निर्वाचनका सन्दर्भ...

प्रदेश सभाद्धारा सर्बसम्मतीले आर्थिक बिधियक पारित  

चैत्र ८ २०७४   ekhabarnepal

  बुटवल चैत्र ८, प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले आर्थिक कार्यबिधि आर्थिक बिधियक  पारित गरेको छ । बुटवल स्थित प्रदेश सभा भवनमा बसेको बैठकले प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधियक अर्थात आर्थिक बिधियक सर्बसम्मतीले पारित गरेको हो । यस अघिको बैठकमा ने मुख्यमन्त्रि शंकर पाखे्रेलले पेश गर्नु भएको बिध...

प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक सुरु हुदै 

चैत्र ८ २०७४   ekhabarnepal

बुटवल चैत्र ८,  प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक  सुरु हुदै छ ।बैठकमा सहभागि हुन प्रदेश सभाका अधिकांश सदस्यहरु प्रदेश सभा स्थल (बुटवल उद्योग वाणिज्य संघको सचिवालय)मा आई पुगेका छन । आजको बैठकबाट आर्थिक बिधियक पारित हुने छ । आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्नबनेका बिधियकमा कुनै संशोधनको सुचना नपरेकाले आजै बिधियक पारित हुने संसद सचिवाल...

पहिलो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओलीको तयारी  

चैत्र ८ २०७४   ekhabarnepal

 काठमाडौं  चैत्र ८, प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ।  ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्।  चैत २३ गतेदेखि २५ गतेसम्मको भ्रमणका लाग...

अब प्रधानमन्त्रीको सचिवालयमा २८ जना मात्रै रहने

चैत्र ८ २०७४   ekhabarnepal

  काठमाडौं  चैत्र ८,  प्रधानमन्त्रीको सचिवालयमा अब २८ जना मात्रै रहने भएका छन् । यसअघि ४७ जनासम्म रहने गरेको भए पनि अब बढीमा २८ जना मात्रै रहने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बैठकपछि पत्रकारहरुलाई जानकारी गराउँदै अब २८ भन्दा बढी नरहने र यसअघि स...

आगामी असोजभित्र काठमाडौँमा मेलम्चीको पानी आउछ - खानेपानी मन्त्री बीना मगर

चैत्र ७ २०७४   ekhabarnepal

  खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।  “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर त...

प्रधानमन्त्रीद्धारा प्रदेश मुख्यमन्त्रीलाई यस्तो निर्देशन : चुनौती सम्हाल्नुहोस,असफल हुने छुट छैन 

चैत्र ७ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ७,. प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई अब प्रदेशका बीचमै प्रतिष्पर्धा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले बुधबार सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएका थिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, “प्रदेश...

 आजबाट विदुरमा शुरु हुदैछ कांग्रेस कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन 

चैत्र ७ २०७४   ekhabarnepal

नुवाकोट चैत्र ७ ,  रासस । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु भएको छ । कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने व...

आज सातै प्रदेशका प्रदेश प्रमुखसंग छलफल गर्दै प्रधानमन्त्री केपी ओली

चैत्र ७ २०७४   ekhabarnepal

काठमाडौं चैत्र ७ ,  प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसंग आज छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले केहिबेरमा सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेश समस्याबारे छलफलसंग सिंहदरबार बोलाउनुभएको छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसच...

 कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाँड

चैत्र ७ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र ६  कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद बालकृष्ण खाँड मनोनीत भएका छन् ।  संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार खाँडलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका निकट सहयोगी नेता खाँड समानुपातिक सांसद हुन् । कांग्रेस प्रमुख सचेतकमा नेताहरु मिनेन्द्र रिजाल र मीन विश्वकर्माको पनि दाबी थियो । ...

पर्दा पछाडि हुने विकृतिको अन्त्य गर्छु, श्रममन्त्री बिष्ट 

चैत्र ७ २०७४   ekhabarnepal

  काठमाडौं,चैत ६ । श्रम तथा रोजवगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै किसिमका सिन्डिकेटको अन्त्य गर्ने उद्घोष गरेका छन् । मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति ल्याउनेलाई होतोत्साही बनाउने बताए । ‘युवालाई मार पर्ने गरी पर्दा पछाडि हुने सबै खालका विकृतिको अन्त्य...

प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न : मुख्यमन्त्रिको प्रेस सल्लाहकारमा केसी नियुक्त

चैत्र ६ २०७४   ekhabarnepal

  बुटवल । प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको आज बसेको बैठकले प्रादेशिक योजना आयोग गठन गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षमा नेपाल राष्ट बैकका निर्देशक डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गर्ने निणर्य गरेको प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्रि बैजनाथ चौधरीले जानकारी दिनुभयो । योजना आयोगको सदस्यमा एक महिला सह...

नेपाल प्रशिक्षण प्रतिष्ठानको उद्‍घाटन समारोहबाट प्रधानमन्त्रीको  यस्तो सन्देश 

चैत्र ६ २०७४   ekhabarnepal

चैत्र ६ ,  सबभन्दा पहिला म खुसी ब्यक्त गर्न चाहन्छु अत्यन्तै राम्रो काम भएको छ । एउटा सपना जस्तै साकार भएको छ । लामो समयदेखि हामीलाई उपयुक्त यस्तो एकेडेमी चाहित्यो जसले दक्ष¸ सक्षम जनशक्ति तयार गर्न सकोस¸  आज हामीले त्यसका निम्ति स्थान तयार गरेका छौ¸ आधार तयार गरेका छौं¸ र चौतर्फी शारिरीक¸ मानसिक¸ भौतिक सबै हिसाबले क्षमताबृद्धि तालिमहरु लिन सक्न...

खुकुरीको धारमा सरकारका दिन गन्ती 

चैत्र ६ २०७४   ekhabarnepal

डी.आर. घिमिरे ढिलै भएपनि सरकारले करिव करिव पूर्णता पाएको छ । संघीय समाजवादी फोरमका मन्त्रीवाहेक अन्यको हकमा सरकारको गठन प्रक्रिया सकिएको छ । प्रधानमन्त्रीको रुपमा केपी ओलीले छानी छानी ब्यक्तिको चयन गरेका छन् । झण्डै दुइतिहाईको स्थायी सरकार वनाइरहंदा ओलीलाई विभिन्नखाले सन्तुलन त मिलाउनै परेको थियो त्यसमाथि स्वच्छ छवि भएका र अवसर नपाएकालाई पनि यथ...

जापानद्धारा राष्ट्रपति भण्डारीलाई बधाई 

चैत्र ६ २०७४   ekhabarnepal

काठमाडौँ  चैत्र ६ , रासस । विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् ।  राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपाल...

निवर्तमान प्रधानन्यायाधीशविरुद्धको उजुरी प्रहरीले अस्विकार गरेपछि 

चैत्र ६ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ६ ,  निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको उजुरी काठमाडौं प्रहरीले दरपीठ गरेको छ । पत्रकारसमेत रहेका गुल्मीका मदनबाबु भण्डारीले सोमबार काठमाडौं प्रहरी परिसरमा पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता फरक–फरक जन्ममिति राखेर कीर्ते गरेको आरोप लगाउँदै निवदेन दिएका थिए ।  निवेदनमा पराजुलीलाई कारबाहीक...

मन्त्री लिलाको पहिलो निर्णय, वन र वातावरणको संरक्षण गर्दै उत्पादकत्व बृद्धि गरिने

चैत्र ६ २०७४   ekhabarnepal

बुटवल । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री लिला गिरीले औद्योगिकरण र पर्यटन प्रवद्र्धनसंगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व बृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ ।  सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व बृद्धी एवम् स्वच्छ वातावरणका...

 प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा बलदेव 

चैत्र ६ २०७४   ekhabarnepal

   बुटवल,चैत ५  । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध चयन भएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य (७९) समेत रहेका बलदेव शर्मा र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दिएका थिए । सोमबार दिउँसो २ बजे हुने भनिएको मतदान अघि नै बलदेव सर्बसम्मत भएका हुन् । लामो छलफलपछि रुपन्देहीका बल...

प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार , ३ मन्त्री थपिए

चैत्र ६ २०७४   ekhabarnepal

  बुटवल,चैत ५ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पुर्‍याएका छन् । यसअघि ३ सदस्यीमात्रै रहेकोमा सोमबार ३ जना मन्त्री थपिएका हुन् । आइतबार लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण,सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय र आरती पौडेलले भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् । ...

कानुनमा संशोधन हुदैछन यस्ता ४१ वटा नियम (सूचीसहित)

चैत्र ५ २०७४   ekhabarnepal

  काठमाडौं चैत ५ , कानुनमन्त्री शेरबहादुर तामाङले ४१ नयाँ कानुन निर्माण या भइरहेका कानुनमा संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै समयमीमा राखेर कानुन निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए ।  एक वर्षभित्र बाझिएका कानुन स्वतः निस्कृय हुने भन्दै उनले कानुन मन्त्रालबाहेकका मन्त्रालयले बनाउन...

तिलोत्तमाले गर्यो वडा १७ लाई स्वायत्त क्षेत्र घोषणा गर्नका लागि सिफारिस 

चैत्र ५ २०७४   ekhabarnepal

तिलोत्तमा, चैत ५ । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को  दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।   स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको स...

प्रदेश ५ को प्रदेश सरकारमा एमालेबाट दुई र माओबादी बाट एक मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार  गरिदै 

चैत्र ५ २०७४   ekhabarnepal

  बुटवल चैत्र ५, प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिने भएकाछन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको छ ।प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिनेछ । गपिने मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओब...

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

चैत्र ४ २०७४   ekhabarnepal

काठमाडौं  चैत्र ४ ,   राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत...

प्रदेश सभा नियमावली पारित 

चैत्र ४ २०७४   ekhabarnepal

  बुटवल  चैत्र ४ ,  प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेश सभा नियमावली पारित गरेको छ ।आज दिउसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेश सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरी प्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभुजा पाठक, भोज प्रसाद श्रेष्ठ, तुला...

कर्मचारी खटाएको ठाउँमा जानैपर्छः प्रधानमन्त्री

चैत्र ४ २०७४   ekhabarnepal

रासस काठमाडौं ,चैत ३  । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् । ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’ –प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

चैत्र ३ २०७४   ekhabarnepal

  कांग्रेसले उम्मेदवारी दिएन  काठमाडौं, चैत ३ । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको ...

शक्तिशाली सी जिनपिङ दोस्रो पटक एकमतले बने चीनको राष्ट्रपति

चैत्र ३ २०७४   ekhabarnepal

   वेइजिङ्ग,  चैत ३   चिनियाँ संसदले राष्ट्रपति पदमा सी जिन पिङलाई एकमतले चयन गरेको छ। नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्...

 २२ सदस्यीय मन्त्रीमण्डलले शपथ खाए,मन्त्रीमण्डलमा कोको ?

चैत्र ३ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र २   प्रधानमन्त्री केपी ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ७ मन्त्री थपिएर यसको आकार २२ सदस्यीय बनेको छ। एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक...

 मन्त्रालय बाँडफाँडमा एमाले माओवादी र फोरम बीच सहमति : शपथग्रहण कार्यक्रम ५ः३० बजे हुने

चैत्र २ २०७४   ekhabarnepal

      काठमाडौं चैत्र २ , सरकार विस्तारको क्रममा सरकारको नेतृत्व गरिरहेको एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका बीचमा मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । मन्त्रालय बाँडफाँड र मन्त्री चयनका लाथि थप समय आवश्यक परेकाले शपथग्रहण कार्यक्रम केही समयका लागि पर सारिएको छ । स्रोतका अनुसार शपथग्रहण कार्यक्रम ५ः३० बजेका लागि तोकिएको छ । यद्य...
To Top