राजनीति

काठमाडौं १ मा प्रकाशमान सिंह अगाडि छन् भने , रवीन्द्र मिश्र पछ्याउदै

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, काठमाडौं । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् । कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ ।वाम गठबन्धनका ...

प्रतिनिधिसभामा अहिलेसम्म वाम गठवन्धनको अग्रता कायम,

मंसिर २२ २०७४   ekhabarnepal

काठमाडौं । प्रनिधिसभा निर्वाचानको पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म वाम गठवन्धनले अग्रता लिएको छ । वाम गठवन्धनले ३० स्थानमा अग्रता लिएको छ भने लोकतान्त्रिक गठवन्धले ४ स्थानमा अग्रता हासिल गरेको छ । अन्य पार्टीले भने एक स्थानमा अग्रता लिएको छ । अहिले मतगणना जारी छ ।

काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलको अग्रता

मंसिर २२ २०७४   ekhabarnepal

२२ मंसिर, काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो अपडेट अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

पश्चिम रूकुमवाट जनार्दन शर्मा विजयी

मंसिर २२ २०७४   .

  रूकुम,मंसिर २२ बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर पश्चिम रूकुमवाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । यस अघि रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भइसक्नुभएको छ । रोकाले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तील...

मुस्ताङमा तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

मंसिर २२ २०७४   .

  जोमसोम, २२ मंसिर –  हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत ल्याएका थिए। यी दुई उम्मेदवार दोश्रो संविधानसभा निर्...

वर्षमान पुनको झन्डै दोब्बर मतको अग्रता

मंसिर २२ २०७४   .

  रोल्पा, मंसिर २२ रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन भारी मतले अगाडि हुनुहुन्छ । उहाँले ५०५१ मत ल्याउनुभएको छ भने कांग्रेसका तर्फबाट अमरसिंह पुनले २४९९ मत ल्याउनुभएको छ ।

स्वतन्त्र उम्मेदवार दीपक मनाङे विजयी 

मंसिर २२ २०७४   .

 मनाङ,मंसिर २२ दिपक मनाङे नामले परिचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ मनाङको प्रदेश 'ख'बाट प्रदेशसभा सदस्यको निर्वाचनमा विजयी भएका छन्। मनाङेले १ हजार ४१० मत प्राप्त गरेर विजयी हुँदै अब प्रदेशसभाको माननिय हुने भएका हुन्। उनी विजयी भएको औपचारिक घोषणा हुन बाँकी रहेपनि आयोगले बताएको छ।  मनाङ प्रदेश 'ख' मा माथिल्लो मनाङको ७ गाविस मिलेर...

पहिलो चरणका दुई तिहाई सिटमा वामगठबन्धनको अग्रता

मंसिर २२ २०७४   .

 काठमाडौं, मंसिर २१ पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणनाको प्रारम्भिक परिणाममा एमाले–माओवादी केन्द्र सहितको वामगठबन्धनले फराकिलो अग्रता हासिल गरेको छ। कतिपय स्थानमा वामगठबन्धनकै विद्रोही उम्मेदवारहरु नै अग्रस्थान देखिएका छन्। पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभाको ७४ स्थानको मतगणना बि...

 मुस्ताङबाट एमाले प्रेम तुलाचन विजयी

मंसिर २२ २०७४   .

  काठमाडौं, मंसिर २२ प्रदेशसभासँगै प्रतिनिधिसभामा पनि एमालेले पहिले खाता खोलेको छ। एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। निर्वाचन आयोगले जनाए अनुसार एमालेका तुलाचनले ३५४४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३१८१ मत पाएका छन्। तुलाचन स‌ंघीय नेपालको पहिलो निर्...

रुकुम पूर्वबाट माओवादी केन्द्रकी कमला रोका विजयी 

मंसिर २२ २०७४   .

  काठमाडौं, मंसिर २२ । रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् । रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे । कमला रोकाको जन्म २०३२ साल पुस १५ गते रुकुमको प्वाँङमा भएको...

प्रतिनिधिसभामा मनाङबाट एमाले पाल्देन छोपाङ विजयी 

मंसिर २२ २०७४   .

   काठमाडौं,मंसिर २२ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य पदमा मनाङबाट पनि जित हात पारेको छ । मनाङबाट पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् । पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत...

६७ प्रतिशत मतदान,अर्घाखाँचीको २ वटा मतदानकेन्द्रको स्थगित

मंसिर २२ २०७४   .

काठमाडौं, मंसिर २१ दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। निर्वाचन सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमार्फत आज कुल ६७ प्रतिशत मत खसेको छ। सबैभन्दा बढी गुल्मीमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। पहिलो चरणको तुलनामा दोस्र...

मतगणना गर्दा कुन मतपत्र पहिले गनिन्छ ?

मंसिर २१ २०७४   ekhabarnepal

काठमाडौं, २१ मंसिर - दोस्रो चरणको निर्वाचन भइसक्दा पनि पहिलो चरणको निर्वाचनकै मतपेटिकाहरु अझै खोलिएको छैन ।निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन सकिएपछि पहिलो चरणका मत पेटिकाहरु खोल्ने तयारी गरेको छ । दोस्रो चरणको निर्वाचन सकिने वित्तिकै पहिलो चरणको निर्वाचनका मत पेटिकाहरु खुल्ने छन् । साँझ ५ बज्ने वित्तिकै पहिलो चरणको मतगणना शुरु हुनेछ ।  आज...

१ बजेसम्म ४० प्रतिशत मत खस्यो

मंसिर २१ २०७४   ekhabarnepal

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगका आनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवम् उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्र...

भक्तपुरको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड

मंसिर २१ २०७४   ekhabarnepal

२१ मंसिर, काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् । घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।मतदान भइरहेका बेला कांग्रेस कार्यकर्...

बुटवल उपमहानगरपालिका वडा नं. ८ बाट विष्णुप्रसाद पाैडेलले मतदान गर्नुभयो

मंसिर २१ २०७४   ekhabarnepal

मंसिर २१ -प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका सुर्यध्वजाबाहक उम्मेदवार नेकपा ( एमाले ) उपमहासचिब एवं पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले बिहान ७:१५ बजे बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित पश्चिमान्चल डिभिजन सडक कार्यालय नं. ४, सिद्धार्थ राजमार्गमा मतदान गर्नु भयो ।

मतदान गर्न शव बोकेरै मतदान केन्द्रमै पुगे मलामी

मंसिर २१ २०७४   ekhabarnepal

२१ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् ।उनीलगायत १६ ज...

अहिले सम्म २५ प्रतिशत मत खस्यो - निर्वाचन आयोग

मंसिर २१ २०७४   ekhabarnepal

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा बिहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका ल...

बिहान ७ बजेबाट मतदान शुरु

मंसिर २१ २०७४   ekhabarnepal

काठमाडौं, २१ मंसिर, अहिले ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन जारीे छ । बिहान ७ बजे शुरुभएको मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।   पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो । ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका ...

 ढुक्क भएर मतदान गर्न आयोगको अपील,चुनावको तयारी पूरा

मंसिर २१ २०७४   .

परिचय खुल्ने सरकारी प्रमाणपत्रका अाधारमा भोट हाल्न पाइने काठमाडौं , मंसिर २० । दोस्रो चरण अन्तर्गत भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी पूरा भएको छ । ४५ जिल्लाका प्रतिनिधिसभाका १२८ प्रदेशसभाका २५६ क्षेत्रमा भोलि हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मतद...

आचारसंहिता उल्लंघन गर्ने काँग्रेस कार्यकर्ता दोभानमा पक्राउ

मंसिर २१ २०७४   .

पाल्पा मंसिर २०– तिनाउ गाउँपालिका वडा नं २ डोल गाउँमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न लागेका नेपाली काँग्रेसका कार्यकर्तालाई पक्राउ गरी स्थानीय जनताले प्रहरीलाई बुझाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मौन अवधिमा तिनाउ गाउँपालिकाको दोभानबाट भोट माग्दै पैसा बाँड्न लागेका काँग्रेस कार्यकर्ताबाट १ लाख ५६ हजार नगद स्थानीय मतदा...

अछाममा मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा सदस्य पक्राउ

मंसिर २० २०७४   ekhabarnepal

अछाम । जिल्ला समन्वय समिति अछामका सदस्य तुलाराम साउद मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा समातिएका छन् । चौरपाटी गाउँपालिका वडा नं.३ को सोकटस्थित सरकान्ना टोलमा गयराति मतदातालाई पैसा बाँडदै गरेको अवस्थामा नियन्त्रणमा लिएको स्थानीय झंकर विकले जानकारी दिए ।उनले गतराती सोकटस्थित सरकान्ना टोलमा मतदातालाई प्रभावमा पार्न पैसा बाँडिएको खबर पाएपछि उन...

निर्वाचन विथोल्न खोज्नेहरु माथि गोली प्रहार हुन सक्छ -रक्षामन्त्री

मंसिर २० २०७४   ekhabarnepal

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् ।उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’ रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष स...

मतदाता परिचयपत्र बिना यसरि पनि गर्न सकिन्छ मतदान

मंसिर २० २०७४   ekhabarnepal

काठमाडौं ।मतदाता परिचयपत्र नभए  राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र हुनुपर्नेछ  प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाउने भएका छन् । आयोगका अनुसार मतदाताको नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्...

निर्वाचन तयारी पूरा,

मंसिर २० २०७४   ekhabarnepal

काठमाडौं, २० मंसिर– देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौंका  १० वटै निर्वाचन क्षेत्रको संयोजन गरिरहेका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा सबै  निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको छ ।  काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रम...

मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँतिर फर्कंदै

मंसिर २० २०७४   ekhabarnepal

 मंसिर २०  - काठमाण्डू , यही बिहीबार ४५ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न काठमाण्डौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिनेको संख्या बढेको महानगरीय ट्राफिक प्रहरीले बताएको छ।विभिन्न पेशा व्यवसाय गरी उपत्यकामा बसेका र काम विशेषले आएका कैयौं मानिस चुनावमा सहभागी हुन आआफ्ना गाउँघर फर्किन उत्साही देखिएका छन्। उत्साह मङ्गलबार देखि नै  विभिन्न उमे...

बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ - गृह मन्त्रालय

मंसिर २० २०७४   ekhabarnepal

मंसिर २०,  काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ । निर्वाचनको दिनमा सुरक्षालाई ध्यानमा राखी बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि...

काभ्रेमा सकेट बम भेटियो

मंसिर २० २०७४   ekhabarnepal

काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिकाको कुन्ताबेशी बजारमा सकेट बम भेटिएको छ ।  बुधबार बिहान शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तु सकेट बम भएको र बम निस्किृय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरी घटनास्थल पुगेको छ ।बम निस्किृय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो दिन पनि ...

मतगणना स्थल सुरक्षा को लागि सीसी क्यामेरा जडान

मंसिर १९ २०७४   ekhabarnepal

  १९ मंसिर, ताप्लेजुङ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङमा मतगणना स्थल तयार गरिएको छ । मतगणनाको क्रममा हुन सक्ने अराजक कि्रयाकलापलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।मतगणना स्थलको सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । साथै मतगणना स्थलमा काँडेतारको बार लगाइएको छ...

परिचयपत्र वितरण कार्य आजबाट सुरु

मंसिर १९ २०७४   ekhabarnepal

मंसिर २१ - काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्...

समातिए निर्वाचन विरोधीहरु

मंसिर १९ २०७४   ekhabarnepal

मंसिर १९, - निर्बाचन कार्य लाई भंग बनाउने कार्यमा संलग्न केहि बय्क्तिहरु लाई प्रहरी ले पक्राउ गरेको छ  ।अपारदर्शी रुपमा बिरोधि कार्यमा संलग्न  बय्क्तिहरुलाई पनि निर्बाचन को नियम अनुसार कारबाही गरिनेछ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि मिति तय भए देखि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा ...

"भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउ" - राष्ट्रिय मानवअधिकार आयोग

मंसिर १९ २०७४   ekhabarnepal

काठमाडौं । चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु असल नागरिकको कर्तब्य हो  । यो निर्बाचन लाई सान्तिपूर्ण वातावरणमा  सफल पारि असल नागरिकको परिचय दिलाउ ।राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण गर्ने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगकाले प्रेस विज्ञप्ति जारी गरी शान्ति...

निर्वाचन सुरक्षाका कारण वीरगन्ज नाका बन्द

मंसिर १९ २०७४   ekhabarnepal

वीरगन्ज । यही मङ्सिर २१ गते हुन् गैरहेको निर्बाचनलाइ सान्ति पूर्ण सम्पन्न गराउन को लागि  वीरगन्ज नाका बन्द छ । सधै व्यस्त रहने भारतसँग सीमा जोडिएको वीरगन्ज नाका मंगलबार बिहान ६ बजेदेखि बन्द भएको छ । निर्वाचन सुरक्षालाई मध्य नजर गर्दै स्थानीय प्रशासनले वीरगन्ज रक्सौल व्यापारीक नाका बन्द गरेको हो । बन्दका कारण नाका आसपासका क्षेत्र सुनसान छ ।

बालकृष्ण खाँण मानसिक रुपमा विक्षिप्त भएः स्वतन्त्र उम्मेदवार श्रेष्ठ

मंसिर १९ २०७४   ..

  भैरहवा, १८ मंसिर । रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार ओमकुमार श्रेष्ठले नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । हारको मानसिकता राखी आफूले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको भनेर कूप्रचार गरेको भन्दै श्रेष्ठ खाँणप्रति आक्रमक भएका हुन् । मंगलबार भैरहवामा पत्रकार ...

 ३९ थान गोली र चार पेस्तोलसहित तीन पक्राउ

मंसिर १९ २०७४   .

 गोरखा,आँबुखैरेनी मंसिर १८ निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा तनहुँको आँबुखैरेनीबाट ३९ थान गोली र चार वटा पेस्तोलसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आँबुखैरेनीमा गोलीसहित युवा रहेको सूचनाको आधारमा आँबुखैरेनीका २८ वर्षे अभियान श्रेष्ठ, २४ वर्षे विजय गुरुङ र २६ वर्षे जय गुरुङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प...

गगन थापा केही सेकेन्ड छिटो हिँडेका कारण बाँचेका हुन्

मंसिर १८ २०७४   ekhabarnepal

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा पुगेका बेला बम प्रहार भएको हो । बमको छर्राबाट थापाको ढाडमा गम्भीर चोट लागेको छ । थापासहित ११ जना घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये चारको अवस्था गम्भी...

‘पैसा दिइहाले भने समाइदिनुस् र पचाइदिनुस्’भोट हाल्दा गल्ती नगर्नुहोस - केपी ओली

मंसिर १८ २०७४   ekhabarnepal

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् । माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढ...

गगन थापा माथि बम प्रहार,

मंसिर १८ २०७४   ekhabarnepal

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।थापालाई बमको छर्रा लागेको जनाइएको छ ।  बमको छर्रा लागेर घाइते भएका थापालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

कसरि भोट हाल्ने? मतदाता अन्योलमै छन्

मंसिर १८ २०७४   ekhabarnepal

प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन आउन तीन बाँकी छ।तर काठमाण्डू उपत्यका कै कतिपय मतदाताहरुमा मतदान हाल्ने तरिकाबारे अन्योल रहेको देखिएको छ। शहरी क्षेत्रका मतदाताहरु शिक्षित वर्गका मात्र हुने भन्ने बुझाइ, कतिपय मतदाताको हेलचेक्र्याइँ र मतदाता शिक्षाको समय निकै कम हुनुलाई मतदान बारेको अन्योलको कारण रहेको बताइएको छ।काठमाण्डू हाँडीग...

एमालेका उम्मेदवार महेश बस्नेतको घरमा फेला परेको बम निष्क्रिय

मंसिर १८ २०७४   ekhabarnepal

भक्तपुर- भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा फेला परेको बम निष्क्रिय पारिएको छ। आइतबार राति ८ बजेतिर बस्नेतको घरबाहिरको मूलगेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुन्ड्याइएको भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए। घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति कर...

आज राति १२ बजेदेखि मौन अवधि सुरु,मौन अवधिको समयमा के-के गर्न मिल्दैन ?

मंसिर १८ २०७४   ekhabarnepal

  काठमाडौं-मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोश्रो चरण अन्र्त...

महामन्त्री शशांक कोइरालाको कारमा आगजनी

मंसिर १८ २०७४   ekhabarnepal

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको कारमा अज्ञात समूहले आगजनी गरेको छ । नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आइतबार राति आगजनी भएको हो । घरमा पार्किङ गरि राखिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गर...

चुनावी मैदानमा रुपन्देहीका हस्तीहरु

मंसिर १८ २०७४   .

स्पष्ट राजनीतिक एजेण्डाका साथ चुनावमा अमृत गिरी बुटवल । यसैपनि बुद्ध जन्मिएको पवित्र स्थलका रुपमा सधै चर्चामा रहने रुपन्देही राष्ट्रिय राजनीतिको पनि चर्चाकै शिखरमा रहने गर्दछ । यहाँको राजनीतिक माहौलले मुलुकको केन्द्रीय राजधानीसम्मै प्रभाव पार्छ र पार्दै आएको पनि छ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एकैदिन हुँदै छ । पहिलो चरणको चुनाव ...

"पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउछु" -केपी शर्मा ओली

मंसिर १७ २०७४   ekhabarnepal

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भलो नचिताउने पार्टीहरुले बहुराष्ट्रको नारा दिएको बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा विराटनगरको पुष्पलालचोकमा आयोजित क्षेत्रीय चुनावी सभामा ओलीले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरका पार्टीसँग राष्ट्रियस्तरका पार्टीले तालमेल गर्न पुगेको बताए । ओलीले भने, ‘एउटा शासन व्यवस्थ...

‘वाम गठबन्धनबाट आत्तिनुपर्दैन'- माधव कुमार नेपाल

मंसिर १७ २०७४   ekhabarnepal

मंसिर १७ काठमाडौं । माधव कुमार नेपालले वाम गठबन्धनबाट नआत्तिन कांग्रेसलाई सुझाव दिए । वाम गठबन्धनबाट कांग्रेसको नेतृत्वमा अरु पार्टीहरु पनि ध्रुविकृत भइरहेकाले कांग्रेसलाई पनि फाइदा पुगेको नेपालले बताए । उनले भने, ‘वाम गठबन्धनबाट आत्तिनुपर्दैन, बरु खुसी हुनुपर्छ ।’  आइतबार बिहान काठमाडौंमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना...

देशको रक्षा गरि, स्वाभिमान बचाऊर्छौ - वाम गठबन्धन

मंसिर १७ २०७४   ekhabarnepal

 विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण भएको दावी समेत गरे । विराटनगरको पुष्पलाल चोकमा आइतबार विहान आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘कांग्रेसको नेतृ...

रौतहटमा त्रीपक्षीय चुनाबी भिडन्त

मंसिर १७ २०७४   ekhabarnepal

रौतहट–रौतहटको क्षेत्र नम्बर ४मा वाम गठबन्धनबाट एमालेका डा वंशीधर मिश्र र फोरम–राजपा गठबन्धनका कन्थमणी जयसवाल उठेका छन,कांग्रेसबाट देवप्रसाद तिमल्सिना उठेका छन्। रौतहटको चार वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई सय ३५ जनाको उम्मेदवारी छ। रौतहटमा त्रीपक्षीय चुनाबी भिडन्त ,कसको हातमा बाजी हुन्छ २१ गते सम्म कुर्नुपरछ ? प्रमुख...

"शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त"

मंसिर १७ २०७४   ekhabarnepal

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त भएका छन् । प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभा मार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।  एमाले अध्यक्ष केपी ओली शनिबार झापा ,मोरङ, सुनसरी र उदयपुरका ४ वटा सभामा व्यस्त रह...

"रुपन्देहीको समग्र विकासको जिम्मा लिन्छौं, हामी एक अर्काका परिपुरक हौं"-उप–महासचिव पौडेल

मंसिर १६ २०७४   ekhabarnepal

भैरहवा, मंसिर १६ । नेकपा एमालेका उप–महासचिवद्धय विष्णु पौडेल रघनश्याम भुसालले रुपन्देहीको समग्र विकासको जिम्मा लिन आफूहरुतयार रहेको प्रष्टाएका छन् । सुरु भएका विकासका आयोजनाहरु सम्पन्न गर्दैरुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउन उनीहरुले बामगठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे ।शनिबार भैरहवामा नेकपा माओवादी केन्द्रका नेताहरु समेत सम्मिलित पत...

चुनावपछि विजय उत्सावमा भेटौंला -केपी शर्मा ओली

मंसिर १६ २०७४   ekhabarnepal

झापा । दोस्रो चरणको चुनावको मौन समयको दुई दिन अघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रको चुनावी अभियानको मैझारो गरेका छन् । आयोजित सभालाई सम्बोधन गर्दै झापा ५ का उम्मेदवार समेत रहेका ओलीले आफ्नो क्षेत्रका मतदातासँग चुनावपछि भेट्ने बताए । उदयपुर, काठमाडौं चितवन, धनुषा लगायतका क्षेत्रमा जानु पर्ने भन्दै उनले भने, ‘मसँग भोलि र पर्सिको...
To Top