राजनीति

एक हप्तापछि संसद बैठक बस्दै :१ बजे शुरु

साउन ११ २०७५   ekhabarnepal

काठमाडौँ साउन ११,   साउन ३ गते स्थगित भएको संसद बैठक बल्ल आज बस्न लागेको छ । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ । विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ । बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ । सरकारले बिहिबार राति ९ ...

चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति

साउन ११ २०७५   ekhabarnepal

सरकारी मेडिकल कलेजमा एमबिबिएस पढ्ने ७५ प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने काठमाडौं, साउन ११ सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ वटा बुँदामा सहमति भएको छ। यो सहमतिसँगै बिहीबार राति डा. केसीले २७ दिन लामो अनसन तोडेका छन्। नौ बुँदे सहमतिलाई मन्त्रिपरिषदबाट अनुमोदन गर्न सरकार राजी भएको छ। यसका लागि शिक्षा, ...

दुवै पक्षबीच सहमति भएपछि सिंहदरबारमा वार्ता सुरु: हेर्नुहोस् के सी का मागहरु  

साउन १० २०७५   ekhabarnepal

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै पक्षबीच सहमति भएपछि अहिले सरकारी वार्ता टोली र डा. केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । “डा. केसीका मागमा सहमति भएको छ,” वार्तामा सहभागी उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “सिँहदरबारम...

सबै मन्त्रीको मूल मन्त्र बनोस- 'हाम्रो नेपाल ,हामी नेपाली, हामी जनताका सेवक' 

साउन १० २०७५   ekhabarnepal

काठमाडौं श्रावण १०,  प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल :हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ ।  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन...

प्रधानमन्त्री र के सी बिच आज पनि वार्ता हुदै:'राजनीतिकरणबाट डा.केसी जोगिनुपर्छ '

साउन १० २०७५   ekhabarnepal

काठमाडौं श्रावण १०,  प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको जीवनरक्षालाई प्राथमिकतामा राखेर केसी पक्षधरसँग बुधबार राती र बिहीवारसमेत वार्ता गर्नुभएको छ ।नेपाली कांग्रेसका नेता गगन थापा र उनको उक्साहटमा लागेका विवेकशील साझाका ओमप्रकाश अर्यालले वार्ता भाँडेपनि राती प्रधानमन्त्रीकै पहलमा पुनः वार्ता भएको हो । उक्त वार्ताले बिहीवार विहान...

छवटै संसदीय समितिका सभापति निर्विरोध चयन 

साउन १० २०७५   ekhabarnepal

बुटवल शार्वन १०, रासस ।  प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् ।  सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दध...

प्रदेश नं ५- प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु 

साउन ९ २०७५   ekhabarnepal

बुटवल साउन ९ ,रासस ।   प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा ...

डा.गोविन्द केसी र सरकार बीच भएको वार्ता सकारात्मक: सहमतिका लागि आज पनि वार्ता हुदै

साउन ९ २०७५   ekhabarnepal

काठमाडौं  साउन ९,   चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनको लागि सरकारले पहल थालेको छ ।मंगलबार दुई पक्षबीच भएको वार्ता सकारात्मक भएको र बुधबार फेरि वार्ता गरेर टुंगो लगाउने तयारी भैरहेको सरकारी वार्ता टोलीले जनाएको छ । सरकारको तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रियाको थालनी गर्नुभएको ...

'अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण हुन्छ' -प्रधानमन्त्री ओली 

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८,  प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताउनुभएको छ ।प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झिकेक...

'तामाङ'ले दिए राजिनामा: अब को बन्ला कानुनमन्त्री ?

साउन ८ २०७५   ekhabarnepal

काठमाडौं साउन ८,  विवास्पद अभिब्यक्ति दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको सरकारबाट फिर्ता सगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ । पार्टीले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको एक...

'सरकारबिरुद्ध भइरहेका षड्यन्त्रलाई असफल बनाउनुछ' - प्रचण्ड

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । पे्रस चौतारी र प्रेस सेन्टरले पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारबिरुद्ध भइरहेका योजनावद्ध ष...

कानुनमन्त्री तामाङले राजिनामा दिदै 

साउन ८ २०७५   ekhabarnepal

काठमाडौ  साउन ८,  कानुन मन्त्री शेरवहादुर तामाङ्गले राजिनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढन गएका छात्राहरुका बारेमा जथाभावि अभिव्यक्ति दिएको बिषय सर्वत्र आलोचना भएपछि सत्तारुढ पार्टीबाटै उनको राजिनामा हुनुपर्ने दबाब बढेको थियो । कानुन मन्त्री राईले आज दिउसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजिनामाको घोषणा गर्ने भएका...

सरकार र डाक्टर गोविन्द केसी बिचको वार्ता भाडने तत्वहरु सक्रिय छन् - नेकपा अध्यक्ष दाहाल 

साउन ७ २०७५   ekhabarnepal

काठमाडौं साउन ७,   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहालले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता हुन नदिने तत्वहरु लागिपरेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले डाक्टर केसीको जीवनरक्षाको लागि तीन जना डाक्टरको सल्लाहअनुसार जुम्...

गोविन्द केसीलाई सरकारको आग्रह- अनसन तोडेर वार्तामा आउनुहोस

साउन ७ २०७५   ekhabarnepal

काठमाडौं साउन ७,   चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ अनसन थालेको २४ दिन बितिसकेको छ । सरकारले उनलाई काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेपछि वार्ता अझै अनिश्चित छ । यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा. केसीलाई सन्दे...

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन प्रति शोकसभा गरि रुपन्देहीका स्थानीय तह बन्द 

साउन ६ २०७५   ekhabarnepal

बुटवल, रासस ।  रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएको छ ।  सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । “स्व सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको हो”, सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले भने ।   

"समाजवादको गोरेटो वीपी कोइरालाले कोरेका थिए " उनको स्मृतिमा

साउन ६ २०७५   ekhabarnepal

बुटवल साउन ६ , नेपाली काग्रेसका नेताहरुले मुलुक वीपी कोइरालाले देखाएको समाजवादको दिशामा अघि बढन खोजेपनि कम्युनिष्ट पार्र्टी र अहिलेको सरकारले साम्यवाद तर्फ लैजाने दुष्प्रयासमा लागिरहेको बताएका छन । ३७ औ बीपी स्मृति दिवशका अवसरमा बुटवलको वीपीचोकमा आज बिहान आयोजित कार्यक्रमका बक्ताहरुले नेपालको मुल राजनीति स्वर्गिय बीपीले परिकल्पना गरेको दृष्टिल...

'सबैको भलो तब हुन्छ कि जब दुबै पार्टी एक हुन्छ'- महामन्त्री कोइराला 

साउन ६ २०७५   ekhabarnepal

काठमाडौं  साउन ६,  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी एक हुनैपर्ने बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महामन्त्री डा. कोइरालाले यस्तो बताएका हुन् ।  कार्यक्रममा उनले पार्टी ए...

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल  

साउन ५ २०७५   ekhabarnepal

  विराटनगर,साउन ५ :  रासस   उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् ।विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवनरक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे।  रक्षामन्त...

मोदी विरुद्धको अविश्वास प्रस्ताव असफल

साउन ५ २०७५   ekhabarnepal

विपक्षीको आरोप, संसदमा उत्कृष्ट अभिनेता साउन ५, भारतको संसदमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध विपक्षीले ल्याएको अविस्वाश प्रस्ताव फेल भएको छ । शुक्रबार संसदमा ११ घण्टासम्म चलेको बहसपछि मोदी सरकारले आफ्नो बहुमत साबित गरेको छ । यसको अर्थ मोदी सरकार जोगिएको छ । सदनमा भएको मतदानमा विपक्षीले ल्याएको अविस्वाश प्रस्तावको पक्षमा १२६ तथा विप...

प्रदेश नम्वर ५ मा 'चार' रंगशाला र 'एक सय एघार' खेल मैदान बन्नेछन् - मुख्यमन्त्री पोखरेल               

साउन ३ २०७५   ekhabarnepal

 बुटवल साउन ३,  प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको आज बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल...

गण्डकीको प्रदेशसभा पोखरामा आज प्रधानमन्त्रीको विशेष सम्बोधन 

साउन ३ २०७५   ekhabarnepal

पोखरा ३, साउन    प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ ।गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सम्बोधनका ला...

केसीले सातौं पटक अनसन बस्दा पनि माग पूरा भएन किन? (अनसन तालिका सहित )

साउन २ २०७५   ekhabarnepal

काठमाडौँ , २ साउन – अहिले नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसीका माग पुरा गर्न सडक आन्दोलको घोषणा गरेको छ।  केसीको अहिलेको १५ औँ  अनसन हो । त्यस मध्ये ७ पटकको अनसनमा नेपाली कांग्रेसका नेतृत्वको सरकार थियो ।  त्यसबेला प्रधानमन्त्री शुशिल कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । केसीको अनसन इतिहासमा कोइराला नेतृत्वको सरकारमा तीन पटक...

कसैको दबाबमा परेर निर्णय हुँदैन 

साउन २ २०७५   ekhabarnepal

सरकारविरुद्ध अफवाह फैलाउनेको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन काठमाडौं,श्रावण १  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको बताएका छन् । मंगलबार नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बता...

 कांग्रेसले सदन र सडक संघर्ष गर्ने : ७७ ओटै जिल्लामा प्रदर्शन

साउन २ २०७५   ekhabarnepal

काठमाडौं, साउन १ बहुुमतका नाममा सरकारले अधिनायकबादी रबैया देखाएको भन्दै मुख्य बिपक्षी दल नेपाली कांग्रेसले संसद र सडक संघर्षका कार्यक्रम अघि सारेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोबिन्द केसीको मागप्रति ऐक्यबद्धता तथा सरकारको अधिनायकबादी शैली बिरुद्ध कांग्रेसले असार ३ गतेदेखि आन्दोलन गर्ने जनाएको छ । त्यसक्रममा साउन १५...

नेकपाको महाधिवेशनमा भाग लिन  स्वतः प्रतिनिधि चुनिनै  ब्यवस्था हट्यो 

साउन २ २०७५   ekhabarnepal

  प्रकाश सिलवाल/(रासस) काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । आज बसेको सचिवालय बैठकले पारित गरेको बिधानमा यस्तो बैधानिक ब्यवस्था गरिएको हो । एकतापछि गठित नेकपाको विधानमा गरिएको यस्तो व्य...

नेकपाको सचिवालय बैठक, विधान अनुमोदन

साउन १ २०७५   ekhabarnepal

  काठमाडौँ साउन १ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक सकिएको छ।  मंगलबार  बिहान बसेको बैठकले पार्टीको विधान अनुमोदन गरेको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए। महासचिव पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा मन्त्रालयका सहसचिवको...

डा.गोविन्द केसीको माग शतप्रतिशत पूरा गर्नुपर्छ:कुनै हालतमा माफी दिँईदैन् 

साउन १ २०७५   ekhabarnepal

काठमाडौं  श्रावण १ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु सरकारले शतप्रतिशत पूरा गर्नुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसीले उठाएका सबै मागहरु सरकारले पूरा नगरे सरकारलाइ जनताले कुनै हालतमापनि माफी दिँदैन्, हाम्रो पार्टीले अहिले संसदमा संघर्ष गरिरहेको छ, आवश्यक पर्य...

दोस्रो बैठक पनि अवरुद्ध भएपछि संसद् बैठक तीन दिनलाई स्थगित 

असार ३२ २०७५   ekhabarnepal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।  बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । भुसालले डाक्टर गोविन्द केसीका मागमा सरकार संवेदनशील नभएको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्ने बताएपछि कांग्रेसका सबै सांसद उठेका थिए । स...

कांग्रेसद्वारा चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै आधाघन्टाका लागि संसद्को बैठक स्थगित 

असार ३२ २०७५   ekhabarnepal

काठमाडौं असार ३२ , प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले   सरकारले संसद्मा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद्को बैठक अवरुद्ध गरेको छ । सोमबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसद मीन विश्वकर्माले चिकित्सा शिक्षा विधेयकमा उल्लेख गरिएका विषयलाई लिएर डा. गोविन्द केसी १७ दिनदेखि अनशनमा ...

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पायो 

असार ३२ २०७५   ekhabarnepal

बुटवल।  प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उहाँले आइतबार प्रदेशसभा सदस्यको शपथ लिनुभएको छ ।प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाक...

मर्चवारी पालिकामा काम ठप्प

असार ३२ २०७५   ekhabarnepal

भैरहवा, असार ३० असार मसान्तको चटारोमा प्रायः सवै कार्यालयहरुमा भुक्तानीका लागि चटारो भएपनि मर्चवारी गाउँपालिका सुनसान भयो । आइतवारका दिन जनप्रतिनिधि र कर्मचारीका वीच भएको अन्तरविरोधका कारण सेवाग्राहीनै मर्कामा पर्ने गरि कामकाज ठप्प भयो । असार मसान्तको अघिल्लो दिन कामकाज छोडेर वसेका छौं, लेखा अधिकृत शेखरनाथ अर्यालले भने । कर्मचारीहरु विनियोजि...

शोक प्रस्ताव पारित गरि बैठक स्थगित :संसद बैठक भोलि १ बजे बस्नेछ  

असार ३१ २०७५   ekhabarnepal

काठमाडौं असार ३१,  प्रतिनिधिसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  आलम २०७० सालमा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित भएका थिए । आलमको ५३ वर्षको उमेरमा बाँसवासी स्थित गंगालाल अस्पतालमा हृदयरोगको उपचारको क्रममा असार २९...

'चन्द्रागिरि सिर्जना यात्रा'मा प्रधानमन्त्री ओली सहित विदेशी साहित्यकारहरु 

असार ३१ २०७५   ekhabarnepal

काठमाडौँ ३१, असार   आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुट्नुभएको छ ।  प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यि...

'देशभक्तिको स्रोत हो उत्तर कोरिया '-गृहमन्त्री थापा

असार ३० २०७५   ekhabarnepal

काठमाडौं असार ३०,   गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणाको स्रोत भएको बताएका छन् । उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए । ‘देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्...

“इतिहासकै अन्त्य भयो भन्दै प्रचार गर्दा जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु आश्चर्यजनक"-प्रचण्ड

असार २९ २०७५   ekhabarnepal

चितवन, रासस   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् । शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूल...

भानुजयन्तीको अलि फरक शैली- प्रधानमन्त्रीलाई 'बृखे टोपी सहित रामायाण उपहार' 

असार २९ २०७५   ekhabarnepal

काठमाडौं २९, असार   प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार बिहानको कार्यक्रम अलि फरक थियो । आयोजक पनि अलि फरक । आदिकवि भानुभक्तआचार्य २०५ औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री पुग्नु भएको थियो प्रज्ञा भवन कामलादी ।  सो अवसरमा भानुभक्त प्रतिष्ठानका सदस्यहरुले  भानुभक्तको सम्झनाका  लागि  प्रतिष्ठान निर्माण गर्न जग्गा जमिन नभएको गुृनासो गर्नुभए...

सरकारको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै चीन संगको सम्बन्ध अझ व्यापक बताउनुपर्छ  -  प्रधानमन्त्री 

असार २८ २०७५   ekhabarnepal

काठमाडौं २८, असार   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताउनुभएको छ । चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहिबार सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको बताउनुभएको छ । भृकुटी र अरनिकोबाट सुरु भ...

 गुन्डा नाइके दावाको सहयोगी 'सत्यमान लामा'बालुवाटारबाट पक्राउ 

असार २८ २०७५   ekhabarnepal

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दावालाई बालुवाटारबाट पक्राउ गरेको हो । काभ्रे स्थायी घर भएका सत्यमान दावाका सहयोगी भएर काम गर्दै आएका थिए । उनी नेकपा एमालेका कार्यकर्तासमेत भएको प्रहरीले जनाएको छ ।सत्यमान लामालाई लुटपाट, ग...

'विकास र समृद्धिका लागि  प्रादेशिक योजना आयोग बाटै योजना निर्माण हुन्छ '- मुख्यमन्त्री  पोखरेल 

असार २७ २०७५   ekhabarnepal

बुटवल २७, असार  मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताउनुभएको छ । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उहाँले भन्नुभयो, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।”  मुख्यमन्त्री पोखरे...

नेकपाको बैठक जारी, नियमावलीको टुंगो आजै लाग्ने

असार २७ २०७५   ekhabarnepal

   काठमाडाै‌ असार २७ नेकपाको केन्द्रीय सचिवालय वैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा पार्टीको नियमावली परिमार्जनका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) का प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। बैठकमा पार्टी जनवर्गीय संगठनको एकीकरण प्रक्रियाको बारेमा ...

‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्’ : प्रधानमन्त्री ओली

असार २५ २०७५   ekhabarnepal

  काठमाडौं,असार २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी र प्रतिपक्षी नेपाली कांग्रेसप्रति सरकार कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । सोमबार बसेको नेकपाको संसदीय दलको बैठकमा ओलीले केसी र कांग्रसप्रति कटाक्ष गरेका हुन् । उनले प्रतिपक्षी कांग्रेसले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको भन्दै आपत्ति जनाए । दलको बैठकमा ...

 प्रदेश सभाको बैठक शुरु: दुइवटा विद्येयक टेवल गर्दै मन्त्री के.सी

असार २५ २०७५   ekhabarnepal

बुटवल असार २५ , पाच नम्वर प्रदेशको प्रदेश सभा बैठक  बस्दैछ । संसद सचिवालय बुटवलमा आज दिउसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा जरुरी सार्वजनिक महत्वका विषयमा यस अघिको संसद बैठकमा भोज प्रसाद श्रेष्ठ, तिलकराम शर्मा र डिल्ली वहादुर चौधरीले उठाएका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।आजको बैठकको शुन्य समयमा प्रदेश सभा...

सांसदहरुको प्रश्नमा मन्त्रीहरुको जवाफ 

असार २५ २०७५   ekhabarnepal

काठमाडौं २५, असार   राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, सहरी विकास, ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका सम्बन्धमा उठाइएका प...

यसकारण टुंगो लागेको छैन संसदीय समिति

असार २४ २०७५    रासस 

काठमाडौँ  असार २४, संघीय संसद गठन भएको यति लामो समय बितिसक्दा पनि नेपाली कांग्रेसका कारण संसदीय समिति गठन हुन सकेको छैन । सभामुख कृष्णबहादुर महराले सो पार्टीलाई पटक पटक समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन सो पार्टीलाई आग्रह गरेपनि आफ्नो  दलले चारवटा सभापति पाउनु पर्ने अडानमा कांग्रेसले नाम उपलब्ध नगराएको स्रोतले बतायो ।  समितिमा दलगत संख...

"लोकतन्त्र बलियो बनाए मात्र सरकार बलियो हुन्छ"- भीमसेनदास प्रधान 

असार २३ २०७५   ekhabarnepal

काठमाडौं २३, असार काठमाडौं निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन् ।  शनिबार क्षेत्र नं ६ वडा तोर्केश्वर नगरपालिका–९ का जनतासँग भेटघाट गर्दै पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रधानले अहिलेको सरकार मिलेर भन्दा दमन गरेर अघि बढिरहेको आरोप लगाए ।   ...

पार्टीको विधान र नियमावलीको टुंगो लगाउदैछ नेकपा 

असार २३ २०७५   ekhabarnepal

काठमाडौं २३, असार  नेकपाको सचिवालयको बैठकले पार्टीको विधान र  नियमावलीको टुंगो लगाउने भएको छ । शनिबार बिहान देखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले यसको टुंगो लगाउन लागेको हो  । गत बिहीबार बसेको सो  पार्टीको स्थायी समितिको बैठकमा  आएका सुझावहरुलाई  समेटेर विधान तथा नियमालीलाई अन्तिम रुप दिन  लागिएको हो। सो र्बैठ...

राष्ट्रियसभामा 'विनियोजन विधेयक' माथि छलफल जारी  

असार २२ २०७५   ekhabarnepal

काठमाडौं २२, असार  विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि शुक्रबार राष्ट्रियसभामा छलफल भइरहेको छ ।  बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रमुख प्...

कांग्रेसको १३ बुदें आक्रोपत्र सूचीसहित

असार २१ २०७५   ekhabarnepal

 काठमाण्डौं २१,असार  तात्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गरी गरेका सबै नियुक्ति ओली सरकारले बदर गर्ने निर्णय गरेपछि कांग्रेस आक्रोशित भएको छ । निर्वाचनमा नराम्रो हार व्योहरेको कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै १३ बुंदै आक्रोपत्र सार्वजनिक गरेको छ । कांगे्रस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के...

डा.गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रतिपक्षी दल जुम्ला तर्फ जाँदै 

असार २१ २०७५   ekhabarnepal

 काठमाण्डौं २१,असार  जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक प्रतिनिधिमण्डल आज जुम्ला जाँदै छ । काँग्रेस संसदीय दलको हिजोको बैठकको निर्णय अनुसार कांग्रेसका सांसदहरु सहितको टोली आज त्यस तर्फ जान लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा सांसद प्रकाश...

नेपालको संबिधानमा व्यवस्था छ: 'एउटैैै दलको सभामुख उपसभामुख हुनु हुदैन' 

असार २० २०७५   ekhabarnepal

बुटवल असार २०,  प्रदेश नम्वर ५ को आज बसेको प्रदेश सभा बैठकमा नेपाली काग्रेसले सभामुख र उपसभामुख एउटै दलको नहुने व्यवस्था रहेको उल्लेख गर्दै सोको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो । बैठकको बिशेष समयमा बोल्दै काग्रेसका प्रदेश सभा सदस्य डिल्लि बहादुर चौधरीले नेपालको संबिधानमा एउटैैै दलको सभामुख उपसभामुख हुनु हुदैन भन्ने व्यवस्था छ म त्यस...
To Top