राजनीति

नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साह नगर प्रमुख

असोज ५ २०७४ .

काठमाडौं, असोज ५ |  रौतहटको मौलापुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी रिनाकुमारी साहले विजय हासिल गरेकी छन्। साह माओवादी केन्द्रबाट मन्त्री बनेका सहरी विकासमन्त्री प्रभु साहकी धर्मपत्नी हुन्। नगरपालिका प्रमुखमा विजय हासिल गरेकी रिनाकुमारी साहले ३ हजार ९१३ मत प्राप्त गरेकी छन्। उनले संघीय समाजवादी फोरमका रामएकवाल राय यादवलाई पराजित गरेकी...

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता यसरी गुम्यो

असोज ५ २०७४ .

काठमाडौं, असोज ५ – प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘आफ्नै कमजोरी’ का कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न नपाएको खुलेको छ । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागिता जनाउने क्रममा राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने प्रचार गरिएपनि त्यसको आवश्यक तयारी नहुँदा भेट नभएको हो । प्रधानमन्त्र...

सिरहाको ५ स्थानीय तहको नतिजा आयो, कहाँ को विजयी ?

असोज ५ २०७४ रासस

लहान, असोज ५– सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई–दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फो...

३ उपमहानगर मध्ये दूईमा एमाले र एकमा राजपाको अग्रता

असोज ५ २०७४ .

बारा, असोज ५ – तेस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर २ का तीन उपमहानगरपालिका मध्ये एमालेले दुई र राजपाले एकमा अग्रता लिएका छन् । बाराको जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् भने धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । जीतपुर सिमरा उपमहानगरमा एमाले उम्मेदवार कृष्ण पौडेलले ५०६४ मत...

चुनावमा भोट नदिएको विषयमा झडप हुँदा रौतहटमा एकको ज्यान गयो

असोज ५ २०७४ .

काठमाडौं, असोज ५ । स्थानीय तहको निर्वाचनमा रौतहटको कटहरीया नगरपालिकामा भोटको विषयमा विवाद बढ्दै जाँदा एक जनाको ज्यान गएको छ । सोमबार भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूलार्इ भोट नदिएको भन्ने विषयमा विवाद चुलिएको थियो । आफुहरुलाई भोट नदिएको भन्दै कटहरियाबाट उत्पन गरेको विवादले कटहरिया नगरपालिकाको वडा नं. ८ मा बुधबार करिव ९ वजे राति झ...

१८ स्थानीय तहको परिणाम (सूचीसहित)

असोज ५ २०७४ .

काठमाडौं, असोज ५– प्रदेश २ मा भएको स्थानीय तहको निर्वाचन परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३५ मध्ये १८ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ । कांग्रेसले ६ र एमालेले चार स्थानीय तह हात पारेका छन् । माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुईरदुई स्थानीय तह जितेका छ...

माओवादीलाई प्रधानमन्त्री नबनाउनु पहिलो गल्तीः माधव नेपाल

असोज ४ २०७४ .

काठमाडौं, असोज ४– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नबनाउनु एमालेको गल्ती भएको बताएका छन् ।  बुधबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाती माहासंघको ३ नं प्रदेशको राजधानीमा भएको कार्यक्रममा नेता नेपालले प्रचण्डलाई प्रम नबनाउनु पहिलो गल्ती र तत्काल सरकार छोड्नु दोस्रो गल्ती भएको बताएका हुन् ...

प्रदेश नम्बर २ को पहिलो मतपरिणाम, हंशपुरमा राजपा विजयी

असोज ४ २०७४ .

धनुषा, असोज ४ : हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्। प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डलले ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवा...

सुशीला कार्की विरुद्ध महाभियोगपछि न्यायालय नियन्त्रण गर्ने अर्काे योजना यसरी विफल भयो

असोज ४ २०७४ .

काठमाडौं,  असोज ४– तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाई न्यायपालिकालाई वशिभूत गर्ने प्रयास सँगै कांग्रेस माओवादी गठबन्धन सरकारले न्यायाधीश तर्साउन एकपछि अर्काे अस्त्र प्रयोग गर्न थालेको छ । सर्वाेच्च अदालतमा सेटिङ मिलाउने पात्रका रुपमा परिचित पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई संविधानले परिभाषित गरेभन्दा विपरित मानार्थ महान...

बीरगञ्ज महागरमा राजपाको अग्रता, पर्सामा एमाले फोरम र माओवादीको टक्कर

असोज ४ २०७४ .

बीरगञ्ज, असोज ४ – पर्साका १४ स्थानीय तह मध्ये सबैमा मतगणना जारी छ । जस अनुसार  तेस्रो चरणमा चुनाव भएको एकमात्र महानगरपालिका बीरगञ्जमा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । अन्य स्थानीय तहमा संघीय समाजवादी फोरम ४, एमाले ३, माओवादी ३, कांग्रेस २ र जनता दलले एक स्थानीय तहमा अग्रता लिएका छन् । कहाँ कसको अग्रता ? नेकपा एमाले १ पर्सागढी नगरपालिक...
← Previous 1 3 4 5 6 7 8 9 41 42
To Top