खेल

नेपाल डिभिजन–२ मा झर्‍यो, चार महिनापछि नामिबियामा प्रतिस्पर्धा गर्ने 

असोज ३० २०७४ .

  काठमाडौं, असोज ३०– आइसिसी विश्वकप क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको महत्वपूर्ण खेल वर्षाले प्रभावित बनेपछि नेपाल डब्लुसिएल डिभिजन–२ मा झरेको छ। डब्लुसिएल च्याम्पियनसिपको छैटौं चरणको दोस्रो खेल नेपाल र हङकङबीच सोमबार हुने तय थियो। हङकङमा आइतबार आएको समुद्री आँधीले खेल सोमबारका लागि सारिएको थियो। सोमबार पनि वर्षाले खेल हुन सकेन। ख...

समुद्री आँधीका कारण नेपाल र हङकङबीचको दोस्रो खेल स्थगित

असोज २९ २०७४ .

काठमाडौं,असोज २९ – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने दोस्रो खेल स्थगित भएको छ।  हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहेकाले खेल स्थगित गरिएको हङकङ क्रिकेट एसोसिएसनले जनाएको छ।  हङकङ क्रिकेटले सामाजिक सन्जालमार्फत खेल स्थगित भएको जानकारी दिएको हो। स्थगित खेल सोमबार...

विश्वलाई सर्वाधिक चासो भएको खेलमा मेसीको ह्याट्रिक, अर्जेन्टिना विश्वकपमा छनोट

असोज २५ २०७४ .

काठमाडौं,असोज २५  विश्वलाई सर्वाधिक चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ।  गत वर्षको फाइनलिस्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि हुँदैन र विश्व चर्चित खेलाडी लिओनल मेसी विश्वकपमा देखा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासोका बीच अर्जेन्ट...

हङकङलाई ५ विकेटले हराउँदै नेपाल एसीसी यू- १९ च्याम्पियन

असोज १ २०७४ .

काठमाडौँ ,असोज १। एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ । जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो । मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुना...

एसिसी यू–१९ : हङकङले नेपाललाई दियो ७७ रनको लक्ष्य, सन्दीप र सहाबले लिए ३–३ विकेट 

असोज १ २०७४ D.R. Ghimire

  काठमाडाैं,असोज १ एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको फाइनलमा हङकङले नेपाललाई ७७ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमा अलआउट भयो।  हङकङको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछाने र सहाब अलामले ३/३ विकेट लिए। सुमित महर्जन र आसिफ शेखले...

समूह विजेता बन्दै नेपाल एसीसी यू-१९ क्रिकेटको सेमिफाइनलमा

भाद्र २९ २०७४ .

काठमाडौं  भदौ,२९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बना...

एसीसी यू-१९ : भुटानविरुद्ध नेपाल ९ विकेटले विजयी

भाद्र २८ २०७४ .

काठमाडौं, भदौ २८ ।  एसीसी यू-१९ पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा १ विकेट पूरा गर्‍यो। नेपालको जितमा आशिफ शेखले अविजित २३ तथा सन्दीप सुनारले २१ रन जोडे। अनिल साह ४ रनमा अविजित रहे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भु...

थाइल्याण्डबिरुद्ध नेपालद्वारा २ सय ८२ रनको लक्ष्य प्रस्तुत

भाद्र २६ २०७४ .

काठमाडौँ, भदौं २६।  एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको हो । थाइल्याण्डको यू–१९ टोलीले टस जितेर नेपालको यू–१९ टोलीलाई पहिलो ब्याटटिङ...

नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान

भाद्र २३ २०७४ .

काठमाडौं  भदौ,२३  । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ । आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । ...

शक्ति गौचनले हङकङविरुद्ध नखेल्ने,१८ सदस्यीय नेपाली टोलीको घोषणा

भाद्र २१ २०७४ .

काठमाडौं  भदौ,२१ । नेपाली टोलीका भेट्रान स्पिनर शक्ति गौचनले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङविरुद्ध नखेल्ने भएका छन् । बुधबार पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोलीको घोषणा गर्दा शक्ति अटाएनन् । उनी पछिल्लो समय पायल्सबाट पीडित छन् । ‘झण्डै डेढ महिनादेखि समस्या भएको हो,’ शक्तिले  भने, ‘ठीक हुन अझै डेढ दुई हप्ता लाग्ने भएकाल...
← Previous 1 3 4 5
To Top