शिक्षा

मनमोहन पोलिटेक्निकका विद्यार्थीले बनाए हावाबाट चल्ने अटो रिक्सा

साउन १५ २०७४ .

मोरङ, साउन १५–मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् । विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरग...

चार शिक्षक– शून्य विद्यार्थी, तलवका लागि हाजिरी !

साउन ११ २०७४ प्रेम सुनार

गुल्मी साउन, ११– हेलो सर, त्यो विद्यालयमा त एक जना पनि विद्यार्थी छैनन रे’नि ? उताबाट जवाफ आउँछ – ‘हो  सर,  विद्यार्थी त जिरो नै छन् । शिक्षक चाँही कति हुनुहुन्छ नि  ? अर्को प्रश्नमा जबाफ आउँछ –तीन जना अस्थाई र एक जना निजी श्रोत सहित चार जना छौं । त्यसो भए त काम केहि छैन हैं ? भन्ने तेश्रो प्रश्नमा उनले भने–‘ सधै दश वजे विद्यालय पुगेर आ–आफ्...

विदेशको कमाईले स्वदेशलाई सहयोग

साउन ८ २०७४ .

गुल्मी,  साउन,८ ।  गुल्मीका एक व्यक्तिद्धारा दुई विद्यालयलाई नगद एक लाख आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मदाने गाँउपालिका वडा नं. ३ निवासी हाल कतारमा रोजगारीको शिलशिलामा कार्यरत रहनु भएका समाजसेवी लोकबहादुर के.सीले मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गेमा रहेको  भगवति निम्न माध्यमिक विद्यालयको कम्प्युटर खरिद लागिका नगद रु. पचास हजार  र सोही नग...

अब फेसबुकमा समाचार पढ्न पैसा तिर्नुपर्ने !

साउन ७ २०७४ एजेन्सी

अमेरिकी मिडियाहरुका अनुसार फेसबुकले सित्तैमा पढ्न पाइने आलेखहरुको सीमा तय गर्ने तयारी गरिरहेको छ । यसका लागि फेसबुकले छिटै नै परीक्षण सुरुवात गर्नेछ । यो सँगै एक निश्चित सीमा भन्दा धेरै समाचार तथा आलेख फेसबुकमा पढ्नका लागि पैसा तिर्नुपर्नेछ । अहिले समाचारको सबैभन्दा ठूलो माध्यम बनिसकेको फेसबुकप्रति समाचार प्रकाशक तथा मिडिया समूहहरुको गुनास...

भोजभतेरमा खर्चिने रकम विद्यालयलाई सहयोग

साउन २ २०७४ .

गुल्मी, साउन २ । गुल्मीको रेसुंगा नगरपालीकाका एक जन प्रतिनिधिले चुनाव जितेपछि भोज भतेरमा गर्ने अनावश्यक खर्च रकमलाई विद्यालयमा हस्तान्तरण गर्नु भएको छ । रेसुंगा नगरपालीका ७ वाट नवनिर्वाचित वडा अध्यक्ष मोहन प्रसाद पाण्डेले आफ्ना वावुआमाको नाममा अक्षयकोष स्थापनागरी वडामा रहेका तीनवटा प्राथमिक विद्यालयहरुलाई १५÷१५ हजारका दरले  रकम हस्तान्तरण गर्नु ...

युनिभर्सल कलेजको सम्बन्धन खारेज गर्न भन्दै डिनलाई पत्र

साउन १ २०७४ .

काठमाडौं । चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न १० संगठनले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको सम्बन्धन खारेज गर्न डिन कार्यालयलाई पत्र बुझाएका छन् । संगठनहरुले चिकित्सा शास्त्र तर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी त्रिविका विभिन्न सम्बन्धन प्राप्त निजी कलेजहरुमा मेरिटका आधारमा विद्यार्थी भर्नाको सिफारिश गरिएकामा युनिभर्सल कलेज ...

विद्यालय क्षेत्र विकासको लागि फिनल्याण्डले २ अर्ब ३६ करोड सहयोग गर्ने

असार ३० २०७४ .

काठमाडौं असार,३० । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तरगत नेपाल सरकारलाई २ अर्ब ३६ करोड रुपैयाँ (२० करोड यूरो) अनुदान दिने भएको छ । नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव बैकुष्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदुत जोर्मा सुभान्टोकाबीच शुक्रवार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र बि...

विद्यार्थी भएकै अवस्थामा विद्यालयमा आगलागी

असार २९ २०७४ .

कपिलवस्तु, असार २९- जिल्ला सदरमुकाम तौलिहवाको धनौराटोलस्थित एचडी मेमोरियल विद्यालयमा आज दिउँसो आगलागी भएको छ । विद्यार्थी परीक्षा दिन विद्यालयमा उपस्थित भएका बेला अचानक भएको आगलागीका कारण विद्यार्थीमा भने कुनै क्षति भएको छैन । विद्यालय भवनसँगै रहेको बिजुलीको पोलमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । विद्यालय...

के तपाईं पनि कम्प्युटर रिफ्रेश गर्नुहुन्छ ? यो खबर अवश्य पढ्नुहोस्

असार २९ २०७४ बीबीसी

असार २९,। के तपाईं पनि डेस्कटप वा ल्यापटप खोल्ने बित्तिकै रिफ्रेश गर्न सुरु गर्नुहुन्छ ? यस्तो बानी धेरैको हुन्छ जो माउसलाई राइट क्लिक र रिफ्रेश गर्न सुरु गर्छन् । थुप्रै मानिसहरु लगातार यसो गर्छन् । तर के तपाईंले कहिले सोच्नुभएको छ, रिफ्रेश गर्दा केही असर हुन्छ कि हुँदैन । १० मध्ये ९ विन्डो प्रयोगकर्ता अत्यधिक रिफ्रेश गर्ने गर्दछन् । थुप्...

डोल्पामा प्रश्नपत्र विना नै स्नातक तहको परीक्षा सञ्चालन

असार २८ २०७४ .

 डोल्पा, असार २८ ।    डोल्पामा स्नातक दोस्रो वर्षको  परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ । गत २३ असार देखि सुरु भएको बिएड दोस्रो वर्षको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाइ परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनन्ञ्जय सुवेदीले जानकारी दिए । गत २३ असारमा पुग्नुपर्ने प्रश्नपत्र तथा प्र...
To Top