अर्थ

कपिलवस्तुमा १ अर्ब ८ करोड बढि बजेट फ्रिज

साउन ३ २०७४ .

कपिलवस्तु साउन ३– कपिलवस्तुमा आर्थिक बर्ष २०७३/०७४ मा १ अर्व ८ करोड बढि रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न कार्यालयहरुले खर्च नै गर्न नसकेपछि एक अर्व भन्दा बढी रकम फ्रिज भएको हो । जिल्लामा गत आर्थिक बर्ष २०७३/०७४ मा चालु खर्च तर्फको ८५ करोड ९५ लाख ९५ हजार ४ सय ३ तथा पुंजीगत ...

गुल्मीमा पुँजीगत ८८ र चालुतर्फ ९४ प्रतिशत बजेट खर्च

साउन २ २०७४ .

गुल्मी, साउन २ । गुल्मी जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ मा पूँजीगत खर्च ८८ प्रतिशत भएको छ । जिल्लाका ६३  वटा सरकारी कार्यालयको कुल बजेट दुई अर्व ५२ करोड चार लाख ४० हजार सात सय ८१ रहेको थियो । जसमा दुई अर्ब ४४ करोड ११ लाख २१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ । गत बर्ष एक अर्व १५ करोड ९३ लाख ८३ हजार पाँच सय पुजीगत बज...

महानगरको आर्थिक ऐनले यसरी रोक्दैछ काठमाडौंमा राजश्व चुहावट

साउन २ २०७४ .

काठमाडौं । नयाँ जनप्रतिनिधिहरु आएपछि काठमाडौं महानगरपालिकाको राजश्व स‌ंकलन तर्फ देखिएका सानातिना समस्याहरु समेत सुल्झाउन सक्नेगरी आर्थिक ऐनमा केही व्यवस्थाहरु परिवर्तन गरिएको छ । महानगरपालिकाको गत ३१ असारमा पारित आर्थिक ऐनमा केही यस्ता व्यवस्थाहरु गरिएका छन् जसले महानगरपालिकाको राजश्व संकलनमा देखिएका केही समस्याहरुलाई समेत सम्बोधन गर्ने विश्वास ...

कालिका नगरपालिकाले चेपाङ गाँउमा घुम्ती बैंक स्थापना गर्ने

साउन २ २०७४ रासस

चितवन साउन,२ । चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ । आगामी वर्षका लागि रु ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । ज्येष्ठ...

डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला

साउन २ २०७४ नागरिक दैनिक

काठमाडौं साउन, २ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ। जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो। निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो। निगमले सातै...

रुपन्देहीमा करिब साढे ४ अर्ब बजेट फ्रिज

साउन १ २०७४ .

भैरहवा  साउन, १ । रुपन्देहीमा गत आर्थिक वर्ष ०७३/०७४ मा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैया बजेट फ्रिज भएको छ । आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले भैरहवामा एक कार्यक्रमको आयोजना गरी जिल्लाबाट संकलित राजश्व तथा खर्च सार्वजनिक गरेको छ । जसमा करिब ४ अर्ब रुपैयाँ बजेट फ्रिज भएको देखिएको छ । पुँजिगत तर्फ ठूलाठूला विकासे...

सेयर बजार : चार अर्ब बढीको कारोबार

असार ३१ २०७४ रासस

काठमाडौँ असार ३१ - धितोपत्र बजारमा यस साता रु चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता १६२ कम्पनी रु दुई अर्ब ६३ करोड ६५ लाख ४१ हजार बराबरका ७० लाख २३ ह...

ललितपुर नगरसभा : सवा ३ अर्बको बजेट प्रस्ताव

असार ३१ २०७४ .

काठमाडौं असार, ३१  । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा ३ अर्बको वार्षिक वजेट प्रस्ताव गरेको छ । शनिबार महानगरपालिका कार्यालयमा सम्पन्न पहिलो नगरसभाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको लागि...

१६ वर्षपछि पहिलो पटक असारमै बजेट पास, साउन १ देखि नै खर्च

असार ३० २०७४ कान्तिपुर दैनिक

काठमाडौं ,असार ३०। १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक अ...

यसबर्ष कुल खर्च ७ सय ६१ अर्ब, ४९ लाख : पुँजीगत खर्च ५४ दशमलव ३३ प्रतिशत

असार २९ २०७४ .

काठमाडौं असार २९,– अर्थमन्त्रालयको बुधबारसम्मको आंकडा अनुसार यसबर्षको बजेट खर्च अन्र्तगत पूँजीगत खर्च १ सय ६९ अर्व, ४६ करोड ९९ लाख ८९ हजार भएको छ भने ५ सय ४ अर्ब, २ करोड, ९१ लाख ५८ हजार चालु खर्च  भएको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ८७ अरब ५० करोड ५८ लाख ५२ हजार गरेर कुल ७ सय ६१ अर्ब, ४९ लाख ८९ हजार खर्च भएको अर्थ मन्त्रालयका राजस्व सचिव...
To Top