विश्व

चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा १०० जनाको मृत्यु भएको आशंका, १७५ जना घाइते

साउन २५ २०७४   एजेन्सी

बेइजिङ । चीनको सिचुवान प्रान्तमा गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशंका गरिएको छ । अहिलेसम्म १३ जनाको मृत्यु भएको निश्चित भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ । भूकम्पमा परी १७५ जना घाइते भएको पनि सिन्ह्वाले बताएको छ । चिनियाँ भूकम्प मापन केन्द्र सिइएनसीले जनाए अनुसार स्थानीय समय अनुसार मङ्...

१० वर्षमा गर्भवती बनेकी बालिकाको कथा

साउन २४ २०७४   बीबीसी

साउन २४। गीता पाण्डेय १० वर्षको उमेरमा गर्भवती बनेकी बालिका उनको विषयलाई लिएर बाहिर के कस्तो हंगामा मच्चिरहेको छ भन्ने बारेमा अनजान छिन् । ती बलिकालाई यो पनि थाहा छैन कि उनलाई के समस्या छ । जब हामी चन्दीगढ पुगेर उनको कथा जान्ने प्रयास गर्यौँ, उनी निकै हँसिली बालिका रहेको पायौँ । कसैले बोलायो भने उनी तुरुन्त मुस्कुराई हाल्थिन् । साथै, उनी ...

भारतीय व्यापारी मुकेश अम्बानी यसरी भए एसियाको दोस्रो धनी

साउन २४ २०७४   .

काठमाडौं, साउन २४–भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी भएका छन् । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजले हालै सार्वजनिक गरेको फोरजी फिचर सहितको जियो फोनले नै उनलाई पुनः एसियाको दोस्रो धनीमा रुपमा स्थापित गरिदिएको छ । विदेशी सञ्चार माध्यमका अनुसार केही समय अघि मात्र सार्वजनिक भएको जियोको फोजी स्मार्ट फोनले रिलायन्स इन्डस्ट्रिजको पनि विश्...

अब धेरै कुर्दैनौं, चेतावनीलाई उपेक्षा गरिरहे भारतसँग युद्ध निश्चित छ : चीन

साउन २४ २०७४   एजेन्सी

एजेन्सी ।  पछिल्लो डेढ महिनादेखिको जारी सीमा विवाद नरोकिएपछि चीनले भारतलाई अन्तिम चेतावनी दिएको छ । अहिले चीन यो निष्कर्षमा पुगेको छ कि भारतले १९६२ को युद्धबाट केही पनि सिकेको रहेनछ । चीनको ग्लोबल टाईम्सले सम्पादकीयमा लेखेको विषयलाई लिएर भारतको टाईम्स अफ इन्डियाले लेखेको एउटा रिपोर्टमा भनिएको छ कि ‘अहिले विज्ञहरु यी दुई मुलुकबीच युद्ध हुने सम...

के दक्षिण एशियाबारे ‘ट्रम्प कार्ड’को गोटी बन्दै छ भारत ?

साउन २३ २०७४   एजेन्सी

साउन २३। नयाँदिल्ली । मनिलामा आसियान सदस्य देशका विदेश मन्त्रीहरुको बैठकका क्रममा भारतका विदेश राज्यमन्त्री वीके सिंह तथा अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनबीच भेटघाट भयो । यस भेटघाटले भारत तथा अमेरिकाको प्रगाढ हुँदै आएको सम्बन्धलाई अझ मजवूत बनाउने काम गरेको छ । उनीहरुबीचको भेट यस्तो समयमा भएको थियो कि नयाँ ट्रम्प प्रशासन अफगानिस्तानमा चलि...

उत्तर कोरियामाथि राष्ट्रसंघको थप प्रतिबन्ध, क्षेप्यास्त्र परीक्षण तत्काल बन्द गर : चीन

साउन २३ २०७४   एजेन्सी

एजेन्सी, मनिला   | उत्तर कोरियालाई आणविक परीक्षण तत्काल रोक्न र अन्तर्राष्ट्रिय समुदायलाई नउक्साउन चीनले आग्रह गरेको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ताजा प्रतिबन्ध लगाएपछि चीनका विदेशमन्त्री वाङ यीले उत्तर कोरियाका समकक्षी री योङ होलाई फिलिपिन्समा सो आग्रह गरेका हुन् । आइतबार मनिलामा भएको भेटवार्तामा विदेशमन्त्री यी...

डोकलाम विवाद : दुई छिमेकीको आँखा अब नेपालमा

साउन २२ २०७४   एजेन्सी

एजेन्सी, साउन २२। डोकलाम क्षेत्रमा भारत र चीनबीच देखिएको सीमा विवाद लम्बिँदै जाँदा दुई छिमेकी मुलुकले नेपालमा कुटनीतिक लबिङ शुरु गरेका छन् । एक अर्कालाई ‘काउन्टर’ दिनका लागि पछिल्लो समय नेपालमा दुवै देशका कुटनीतिक प्रतिनिधिहरु सक्रिय देखिएका छन् । विशेष गरेर चीनले नेपालसँग डोकलाम विवादको विषयमा छलफल गर्ने बताएपछि भारत सशंकित बनेको छ । विवादीत...

भारतलाई युद्धतर्फ धकेलिरहेको छ मोदी सरकार, नतिजा जगजाहिरः चीनियाँ पत्रिका

साउन २१ २०७४   एजेन्सी

साउन २१,  डोकलाम विवादका बिच चीनले एकपटक पुनः मोदी सरकारमाथि निशाना साँधेको छ । सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदी सरकारले भारतलाई लडाईंका लागि धकेलिरहेको बताएको छ । पत्रिकाले युद्ध हुने स्थितीको नतिजा जगजाहिर भएको पनि लेखेको छ । चीनियाँ पत्रिकाले डोकलाममा भारतीय सेना पछि नहटे युद्ध तय भएको र युद्ध हुँदाको नतिजा जगजाहिर भएको लेखेको छ । चीनिय...

दोक्लामलाई अघि सार्दै भारतले थाल्यो चीनसँग ‘बार्गेनिङ’

साउन २० २०७४   .

 साउन २० – भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले दोक्लाम विवादको समाधान युद्ध हुन नसक्ने भन्दै संयमतापुर्वक वार्ताबाट समाधान खोज्न चिनियाँ पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले दोक्लाममात्र नभएर समग्रमा चीन–भारतविचमा विवादित भएका महत्वपुर्ण मुद्दामा समग्रमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । भारतीय माथिल्लो सदन राज्यसभामा बिहिबार दोक्ला...

धर्तीलाई एलियनबाट बचाउनका लागि नासामा जागिर खुल्योः तलब लगभग २ करोड

साउन १९ २०७४   एजेन्सी

साउन १९, तपाईंले कहिले आफूलाई धर्ती बचाउने हिरोको रुपमा हेर्नुभएको छ वा महसुस गर्नुभएको छ, यदि त्यस्तो छैन भने नासाले तपाईंका लागि ‘हिरो’ बन्ने अवसर लिएर आएको छ । आजकाल नासा अर्को ग्रहमा जीवनको खोजीमा नभई यस्ता व्यक्तिको खोजीमा छ जसले धर्तीलाई एलियनबाट सुरक्षा दिन सकोस् र यसका लागि तलब हुनेछ एक करोड बढी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘...

यमनमा भएका छुट्टाछुट्टै भिडन्तमा २७ सैनिक र १६ विद्रोहीको मृत्यु

साउन १५ २०७४   एजेन्सी

यमन । यमनी सेना र यहाँ रहेका सशस्त्र विद्रोहीका बीचमा गत बिहीबार र आइतबार बिहान भएका भिडन्तमा परी सैनिक र विद्रोहीगरी ४३ जनाको मृत्यु भएको समाचार छ । इरानसँग नजिक पर्ने मोखाको रेड सि बन्दरगाह नगरमा भएको भिडन्तमा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी अर्काे एक समाचारअनुसार मोखाको पूर्बी भागमा गएराति रातभर भएको भिडन्तमा पर...

सैन्य ड्रेसमा चीनका राष्ट्रपतिले भने, ‘युद्धका लागि तयार होउ’

साउन १५ २०७४   एजेन्सी

रोयटर्स डोकलाममा जारी तनावबिच चीनियाँ सेनाले आइतबार शक्ति प्रदर्शन गरेको छ । जनमुक्ति सेनाको स्थापना भएको ९० वर्ष पूरा भएको मौकामा सुदूर उत्तरी चीनस्थित एक सैन्य बेसमा निकै ठूलो मिलिटरी परेड निकालियो । यसमा नयाँ एड्भान्स फाइटर जेट्सदेखि चीनियाँ सैन्य समूहले भाग लियो । राष्ट्रपति शी जिनपिंग पनि यो कार्यक्रममा उपस्थित थिए । उनले चीनियाँ सेनालाई...

शरीफको भाग्य : ससुराले बहाल गरे, ज्वाइँले अयोग्य बनाइदिए

साउन १५ २०७४   एजेन्सी

 साउन १५, शहजाद मलिक पाकिस्तानको सर्वोच्च अदालतको कोठा नम्बर एकको दृश्य २४ वर्षअघि सन् १९९३ भन्दा निकै फरक थियो । चौबिस सालअघि जब तत्कालिन प्रधानमन्त्री नवाज शरीफको सरकार बहाल गर्न सर्वोच्च न्यायालयको बेञ्चको बैठक बसेको थियो, त्यतिबेलाका प्रमुख न्यायाधीस नसीम हसन शाहले प्रधानमन्त्री र उनको मन्त्रिमण्डललाई बहाल गरेका थिए । प्रधानमन्त्...

श्रीमतीले हाँसो रोक्न नसकेपछि श्रीमानले गरिदिए हत्या

साउन १४ २०७४   बीबीसी

साउन १४,। अमेरिकाको अलास्कामा एक व्यक्तिले श्रीमतीको हाँसोबाट रिस उठेका कारण क्रुज शिपमा उनको हत्या गरेको बताइएको छ । केनेथ मन्जानारेस नामका एक व्यक्तिमाथि आफ्नी ३९ वर्षीया श्रीमतीको हत्याको आरोप लागेको छ । उनको शव क्याबिनमा भेटिएको थियो र टाउकोमा गहिरो चोट लागेको थियो । अदालतमा पेश गरिएको कागजपत्रका अनुसार केनेथको हात र कपडामा रगत देखिएपछ...

बिल गेट्सलाई पछि पार्दै यी व्यक्ति बने संसारकै सबैभन्दा धनी, थाहा पाउनुस् को हुन् उनी

साउन १३ २०७४   .

साउन १३ । माइक्रोसफ्टका मालिक बिल गेट्स अब संसारकै धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । उनको स्थान ओगटेका छन् इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस । फोर्ब्सको ताजा रिपोर्ट अनुसार बेजोसँग यतिबेला ९०.६ अर्ब डलरको सम्पत्ति छ जबकी गेट्सको सम्पत्ति ९० अर्ब डलर छ । उनको कम्पनीको सेयरको मूल्यमा भएको बढोत्तरीका कारण बेजोसको सम्पत्ति पनि ए...

भारतले सार्कलाई कमजोर बनाएको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

साउन १२ २०७४   एजेन्सी

काठमाडौं, साउन  १२– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतले द्विपक्षीय मुद्दाको छायाँमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयास गरेको बताउनुभएको छ  । मालदिभ्सको राजधानी मालेमा समकक्षी अब्दुल्ला यमिन अब्दुल गैयुमसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सरिफले भारतीय भूमिकाकै कारण सार्क कमजोर भएको बताउनुभएको हो...

मुम्बईमा घटनाः मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

साउन ११ २०७४   एजेन्सी

मुम्बई  साउन,११ । भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ । यस घटनाबाट यस पहिले एघार जनालाई उद्धार गरिएको छ । अग्नी नियन्त्रक कार्यायलका एक अधिकारी पि रहाङदेलका अनुसार यस घटन...

भारतीय राष्ट्रपतिको तलब, सेवा–सुविधा कति ?

साउन १० २०७४   एजेन्सी

साउन १० भारतमा आज रामनाथ कोबिन्दले देशको १४ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । यसै अवसरमा आज हामी तपाईंलाई भारतीय राष्ट्रपतिको तलब र उनले पाउने सेवा सुविधाबारे जानकारी दिँदै छौं । तलबः भारतीय राष्ट्रपतिलाई मासिक १ लाख ५० हजार भारु तलब दिइन्छ । यसलाई पाँच लाख भारुमा बढाउनु पर्ने माग गरिएता पनि प्रधानमन्त्री कार्यालयबाट स्विकृृती प...

के चीनलाई बुझ्न गल्ती गरिरहेको छ भारत ?

साउन १० २०७४   बीबीसी

साउन १०, भारत र चीनबिच डोकलाम सीमामा पछिल्लो पाँच हप्तादेखि तनाव जारी छ । संसारभरीका विश्लेषकले यो गतिरोधबाट युद्धको आशंका गहिरिएको बताउँदै चिन्ता व्यक्त गरिरहेका छन् । आइतबार द चारहार इन्स्टिच्युटका अनुसन्धानकर्ता र चाइना वेस्ट नर्मल युनिभर्सिटीमा सेन्टर फर इन्डियन स्टडिजका निर्देशक लोंग शिन्चुनको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा भारत–च...

कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीका राष्ट्रपति गल्फमा

साउन ९ २०७४   एजेन्सी

कुवेत,साउन  ९ । कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ । सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ । उनले पछिल्लो समयमा कतारमा जारी...

यहाँका राष्ट्रपतिले पनि दिए लागुऔषध कारोबारीलाई गोली हान्ने आदेश

साउन ८ २०७४   एजेन्सी

साउन ८, इन्डोनेसियाका लागुऔषध कारोबारीलाई पुलिसले सिधै गोली हान्ने सम्भावना वृद्धि भएको छ । लागुऔषधको समस्यासँग जुध्नका लागि राष्ट्रपति जोको विडोडोले कानून प्रवर्तन अधिकारीहरुलाई लागुऔषध तस्करलाई गोली हान्ने निर्देशन दिएका छन् । यो निर्णयको तुलना फिलिन्सिका राष्ट्रपति रोड्रिगो दुर्तेतेको ड्रगवारसँग भइरहेको छ । विडोडोले शनिबार अधिकारीलाई भन...

भारतीय सेनाको वास्तविकताः सुरक्षाको साधन छैन तर भन्छ, ‘स्थिती त्यति कमजोर छैन जति बताइएको छ’

साउन ८ २०७४   बीबीसी

साउन ८, भारत र चीनबिच सिक्किम नजिकैको डोकलाम क्षेत्रमा तनाव जारी छ । हिन्दी पत्रिका दैनिक भास्करको एक खबर अनुसार भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्टले बताए अनुसार यदि युद्ध सुरु भए भारतीय सेनाद्वारा प्रयोग गरिने गोली–बारुदमध्येको ४० प्रतिशत १० दिनमै समाप्त हुन्छ । भारतीय मिडियामा आइरहेको रिपोर्ट अन...

युद्ध सुरु भए भारतसँग भएको गोली–बारुद १० दिनमै समाप्त हुने

साउन ७ २०७४   एजेन्सी

साउन ७, भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्ट अनुसार यदि युद्ध सुरु भए भारतीय सेनाद्वार प्रयोग गर्ने गोली–बारुदमध्ये ४० प्रतिशत १० दिन भित्रै समाप्त हुनेछ । दैनिक भाष्करले एक रिपोर्टमार्फत सो कुराको जानकारी दिएको हो । रिपोर्ट अनुसार युद्ध सुरु भएको स्थितीमा ७० प्रतिशत ट्याङ्क र तोपको ४४ प्रतिशत गोली बारुद...

नाकाबन्दीपछि पहिलो पटक बोले कतारका अमिर

साउन ७ २०७४   एजेन्सी

कतार साउन ७।  कतारका अमीरले खाडी चार छिमेकी देशसँग विवादलाई वार्ता र संवादबाट हल गर्न आव्हान गरेका छन् । साउदी अरव, मिश्र, बहराइन र संयुक्त अरव इमिरेटका तर्फबाट आर्थिक नाकाबन्दीपछि कतारका अमीर तमीम बिन हमद अल थानीको यो पहिलो बयान हो । साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले कतारले चरमपन्थी समूहको समर्थन गरेको आरोप लगाउँदै कतारसँगको सम्बन...

भारतलाई चिनियाँ मिडियाको अर्को चेतावनी– पिएलए चीनका जनता तल झरेको देख्न चाहदैन

साउन ७ २०७४   एजेन्सी

बेइजिङ\दिल्ली साउन ७, – चीनको सरकारी मिडियाले भनेको छ कि, ‘चीन आफ्नो जमिनको एक इन्च पनि छाड्न सक्दैन ।’ यो भनाईसँगै चीनले सिक्किम सेक्टरको डोकलाम क्षेत्रबाट पीपुल्स लिवरेशन आर्मीको टुकडीको फिर्ता नबलाउने संकेत दिएको छ । पछिल्लो ३७ दिनदेखि डोकलाममा भारत र चीनका सैनिक टुकडी आमने–सामने छन् । चीनले यहाँ सडक बनाउन खोजेको छ । भारत र भुटान यसको विरोधमा...

अमेरिकाको एक निर्णयले पाकिस्तानलाई भयो ठूलो झड्का

साउन ७ २०७४   एजेन्सी

पाकिस्तान साउन ७ -अमेरिकारले एक पटक फेरि पाकिस्तानलाई अडा सन्देश दिएको छ । अमेरिकाको सरकारले शुक्रवार राती पाकिस्तानलाई दिने ३५० मिलियन डलर को सहयोग रोकेको छ । नेपाली समय अनुसार राती सवा ९ बजेति अमेरिकाले यो निणर््य लिएको हो । यसो घोषणा अमेरिकी रक्षा मन्त्रालयका प्रवत्ताले गर्छन । अमेरिकाको आरोप छ कि, पाकिस्तानले आंतकवादी कारवाहीको जरुरी कदम लिए...

रिसाएका साउदीका राजाले राजकुमार थुन्न दिए आदेश

साउन ६ २०७४   एजेन्सी

साउन ६, साउदीका राजकुमारले महिला र पुरुषलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि निकै रिसाएका राजा सलमानको आदेशमा उनलाई पक्राउ गरिएको छ । भाइरल भिडियोले राजाको ध्यान आकर्षित गरेपछि उनले राजकुमार साउद बिन अब्दुलाजिज बिन मुसाइद बिन साउद बिन अब्दुल्लाजिज एल साउदविरुद्ध पक्राउ पुर्जी जारी गर्दै मौखिक र शारिरिक आक्रमणमा सहभागी सबैलाई पक्राउ...

रामनाथ कोविन्द बने भारतको राष्ट्रपति

साउन ५ २०७४   एजेन्सी

काठमाडौं साउन  ५ । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५.३५ प्रतिशत मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी युपीएकी उम्मेदवार मिरा कुमारले ३४.३५ प्रतिशत मत पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । क...

सुगाको बयानले हत्यारा श्रीमतीलाई पुर्यायो जेल

साउन ५ २०७४   बीबीसी

साउन ५, अमेरिकाको मिशिगनमा एक महिलालाई श्रीमानको हत्याको मामलामा सुगाले बयान दिएपछि दोषी ठहराइएको छ । ग्लेन्ना दुरमले सन् २०१५ मा सुगााको अगाडि आफ्ना श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गर्ने कोसिस पनि गरेकी थिइन् । मार्टिनकी पूर्व श्रीमतीका अनुसार सुगाले उनको (मार्टिनको) आवाज निकाले...

भारतको परमाणु बमको निशानामा पाकिस्तान होइन चीन : अमेरिकी विशेषज्ञ

साउन ४ २०७४   बीबीसी

साउन ४, भारत आफ्नो परमाण हतियारको लगातार आधुनिकिरण र विकास गरिरहेको छ र उसको परमाणु तैयारीका निशानामा पाकिस्तान होइन अब चीन हो । विश्वको परमाणु कार्यक्रममाथि नजर राख्ने अमेरिकाका दुई अग्रणी परमाणु विशेषज्ञले एक रिपोर्टमा यस्तो दावी गरेका छन् । डिजिटल जर्नल आफ्टर मिडनाइटमा छापिएको यो रिपोटएमा हैन्स एम क्रिस्टेशन र रावर्ट एस नौरिसले बताएका ...

भारतलाई तर्साउने गरी चीनले तिब्बतमा गर्यो युद्धअभ्यास

साउन ३ २०७४   एजेन्सी

साउन ३-एसियन एजमा छापिएको समाचार अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ । चीनको सेनाको भनाई छ कि, उसले तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको हो । पत्रिकाका अनुसार विश्लेषकहरुको भनाई छ कि, युद्धअभ्यास चीनका जनतलाईयो आश्वस...

दक्षिण कोरियाद्वारा उत्तर कोरियालाई सैन्य छलफलका लागि प्रस्ताव

साउन २ २०७४   एजेन्सी

 साउन २, दक्षिण कोरियाले उत्तर कोरियासँग सैन्य छलफलका लागि प्रस्ताव राखेको छ । प्योंगयाङले लामो दुरीको परमाणु परिक्षण गरेको केही हप्तापछि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो । यदि यो सफल भए, सन् २०१५ पछिको पहिलो उच्च स्तरीय वार्ता हुनेछ । एक वरिष्ठ अधिकारीले उक्त वार्ताले दुई कोरियाको सिमानामा वर्षौंदेखि चल्दै आएको समस्त सैन्य तनाव कम ग...

ब्राजिलियन नेतृको बिहेमा अण्डा आक्रमण !

साउन १ २०७४   एजेन्सी

साउन, १ । ब्राजिलकी एक महिला नेतृले बामपन्थी प्रदर्शनकारीमाथि आफ्नो विवाहमा अवरोधको प्रयास गरेको आरोप लगाएकी छन् । २५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् । मारियाको यो दावी छ कि राष्ट्रपतिलाई उनको परिवारले गरेको समर्थनका कारण...

दक्षिण कोरियाको न्यूनतम तलब १६.४ प्रतिशत बढ्ने

साउन १ २०७४   एजेन्सी

 साउन,१। दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीह...

कतारमाथि प्रतिबन्ध : उल्टो पर्दै साउदीको दाउ

साउन १ २०७४   बीबीसी

साउन १, दोहा – साउदी अरबले कतारमाथि आतंकवादी संगठनलाई बढावा दिएको आरोप लगाउँदै सबै कुटनीतिक सम्बन्ध समाप्त गरेको छ । तर, कतारमाथि भने यसको खासै धेरै असर परिरहेको देखिएको छैन । साउदी अरबसँगै युएई, बहराइन र इजिप्टले पनि कतारसँग कुटनीतिक सम्बन्ध ताडेका थिए । त्यसपछि यमन, लिविया र मालदिभ्सले पनि कतारसँग दुरी बनाएको थियो । साउदी अरबले कतार...

उडिरहेको विमानको ढोका एकाएक खोलिए के होला ?

असार ३१ २०७४   बीबीसी

असार ३१,। केही समय अघि हवाई उडानको क्रममा विमानको ढोका खोलिएका दुई घटना सार्वजनिक भए । पछिल्लो मंगलबार भारतमा एयर एशियाका एक यात्रीले राँचीमा ढोका खोल्ने प्रयास गरे भने पछिल्लो शनिबार एक अमेरिकी युवकले डेल्टा एयरलाइन्सको बाथरुमबाट निस्किएलगत्तै यस्तै गर्ने कोसिस गरेका थिए । राँचीको फ्लाइटमा आफताब नामक ती युवकको प्रयासलाई विफल बनाउन फ्लाइटका च...

माइक्रोसफ्टको एउटा फन्टले पाकिस्तानमा नवाज शरिफको सरकार ढाल्ने सम्भावना

असार २९ २०७४   बीबीसी

 असार २९, पाकिस्तानमा नवाज शरिफको सरकारलाई माइक्रोसफ्टको एउटा फन्टले ढाल्ने संकेत देखिएको विभिन्न संचारमाध्यमले बताएका छन् । नवाज शरिफविरुद्ध चलिरहेको पनामागेट घोटाला काण्डमा उनकी छोरी मरयामले प्रस्तुत गरेको दस्तावेजमा प्रयोग गरिएका माइक्रोसफ्टको फन्टका कारण शरिफको सरकार नै ढल्ने सम्भावना रहेको पाकिस्तानी मिडियाले बताएका छन् । द एक्सप्र...

ट्रम्पको प्रश्न, ‘पुटिनसँग मेरो सम्बन्ध हुनुहुँदैन भन्ने को ?’

असार २९ २०७४   एजेन्सी

असार २९, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाट उत्कृष्ट भएको बताएका छन् । क्रिश्चियन ब्रोडकास्टिङ नेटवर्क (सीबीएन) लाई दिएको अन्तर्वार्ताको क्रममा उनले यसो बताएका हुन् । ट्रम्प र पुटिनको उक्त भेटघाट जी–२० को बैठकको क्रममा ह्याबर्गमा भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनले ह्वाइट हाउसमा हिला...

संसारकै शक्तिशाली महिलाका गुमनाम पति

असार २८ २०७४   बीबीसी

संसारकै सबैभन्दा शक्तिशाली महिलाको रुपमा लिइन्छ जर्मन चान्सलर एन्जेला मर्केललाई । उनलाई श्रीमतीका रुपमा पाउने भाग्यमानी पुरुष को होलान् ? धेरैलाई कौतुहल लाग्न सक्छ । एन्जेलाका पति योआखिम जाउअर एक प्रोफेसर हुन् । उनलाई निकै कम मानिसहरुले चिन्छन्, किनकि उनी कहिले पनि चर्चामा आउन चाहेनन् । मिडियाबाट सधैं टाढै रहे । सन् २००७ मा जर्मनीले जी–८ क...

विदेशी भूमिमा चीनको पहिलो सैन्य बेस, भारतलाई चिन्ता

असार २८ २०७४   .

 असार २८, बेइजिङ – अफ्रिकाको जिबुटीमा चीनले नयाँ सैन्य बेस स्थापना गर्नका लागि चीनले सैनिकहरुले पठाएको बेइजिङको सरकारी मिडियाले जनाएको छ । विदेशी भूमिमा चीनको यो पहिलो सैन्य बेस हुनेछ । चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायताका लागि यो बेसको प्रयोग गरिने बताएको छ । सिन्हवाका अनुसार यसलाई सैन्य सहकार्य, जल अभ्यास र उद...

सैनिक विमान दुर्घटना हुँदा १६ को मृत्यु, ८ किलोमिटर टाढासम्म पुग्यो भग्नावशेष

असार २७ २०७४   एजेन्सी

असार २७ अमेरिकी सेनाको एक कार्गो विमान सोमबार बेलुका मिसिसिपीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । यूएस मरिनले ट्वीट गरेर सो कुराको जानकारी दिएको हो । दुर्घटनामा मारिएका सबै मरिन भएको बताइएको छ । यसमा कोही पनि सर्वसाधारण नपरेको खबर छ । आठ किलोमिटर टाढासम्म पुग्यो भग्नावशेषः डिजास्टर म्यानेजमेन्ट अधिकारीका अनुसार केसी–१३० विमान मिसिसि...

तीर्थयात्रीमाथि चरमपन्थी हमलाः पाँच महिलासहित सातको मृत्यु, १९ घाइते

असार २७ २०७४   एजेन्सी

 असार २७, । भारत प्रशासित कश्मिरको अनन्तनाग जिल्लामा अमरनाथको यात्रामा निस्किएका तीर्थयात्रीमाथि सोमबार राती स्थानीय समयानुसार ८ः२० मा भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ । जम्मू कश्मिरकी मुख्यमन्त्री महबूबा मुफ्तीले यसको पुष्टि गरेकी हुन् । प्रशासनका अनुसार मृत्यु हुनेमा पाँच महिलाब छन् । हमलामा कम्तीमा पनि १९ जना घाइते भएका छन् ...

बर्गर खाने प्रतिस्पर्धा जिते तर पेट नै फुट्यो !

असार २६ २०७४   एजेन्सी

असार २६,। भारतको राजधानी स्थित एक रेष्टुरेन्टले चिल्ली बर्गर खाने एक प्रतिस्पर्धाको आयोजना गरेको थियो । अफर थियो जसले सबैभन्दा धेरै खान्छ, ती व्यक्तिले  एक महिनाभरी रेष्टुरेन्टमा निःशुल्का खाना पाउनेछ । दिल्ली युनिभर्सिटी (डियू) का एक विद्यार्थीले यसमा बाजी मारे तर यो चक्करको उनको पेटको भित्री भाग फुटेको छ जसका कारण उनले शल्यक्रिया गराउनुपर्यो र...

दार्जिलिङमा दुई दिनभित्र तीनको हत्याः बेनर्जीले वार्ताको ढोका खोलिन्, आन्दोलनकारीले मानेनन्

असार २५ २०७४   एजेन्सी

असार २५ नेपालीभाषी बहुल पश्चिम बंगालको दार्जिलिङमा शुक्रबारदेखि चर्किएको ताजा आन्दोलनपश्चात् मुख्यमन्त्री ममता बेनर्जीले छलफलका लागि आफू तयार भएको बताएकी छिन् । आन्दोलनको अगुवाई गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले भने वार्ताको ढोका सधैंका लागि बन्द भएको बताएको छ ।   शनिबार राती गोर्खा जनमुक्ति मोर्चाले जारी गरेको बयानमा छलफल गोर्खाल्याण्ड सँगम...

दार्जिलिङमा युवकको शव भेटेपछि पुनः हिंसा भड्कियो, पुलिस स्टेशनमा ढुङ्गा हानाहान

असार २४ २०७४   एजेन्सी

 असार २४,। दार्जिलिङबाट १५ किलोमिटर टाढा सोनाडामा एक युवकको शव फेला परेपछि त्यहाँ पुनः हिंसा भड्किएको छ । स्थानीयले आधा रातमा औषधी लिएर फर्किरहेका युवकलाई पुलिसले गोली हानेर हत्या गरेको भनी आरोप लगाएको छ । यद्यपी, मृतक ताशी भूटिया गोरखा नेशनल लिबरेशन फ्रन्टका सदस्य थिए वा गोरखा जनमुक्ति मोर्चाका भन्ने बारे आधिकारी पुष्टि हुन नसकेको बताइएको छ । ...

जकार्तामा १५ वर्षे किशोरको ७३ वर्षे दुलही

असार २४ २०७४   एजेन्सी

असार २३, द इन्डिपेन्डेन्ट भनिन्छ, प्रेम अन्धो हुन्छ । यसमा उमेरको केही सीमा हुँदैन । यो वाक्यलाई पुष्टि गर्ने एउटा घटना जकार्तामा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्ला, एक १५ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्...

दार्जिलिङमा खानाको हाहाकार, आधा रातमा सधैं चल्छ 'लूटपाट उत्सव'

असार २४ २०७४   एजेन्सी

असार २४  । दार्जिलिङमा गोरखा जनमुक्ति मोर्चाको अनिश्चितकालीन हड़तालको असर देखिन थालेको छ । दार्जिलिङबासीको बन्दकका कारण खान नमिलेपछि अहिले पसल तथा घरमा समेत लूटपाट सुरु भएको छ। यहाँ गुड्ने गाडीलार्इ रोकेर समेत स्थानीयहरुले लूट्न सुरु गरेका छन् । बिहीकार जीजेएमको नेतृत्वमा बसेको सर्वदलीय बैठकमा १३ जुन देखि चलिरहेको बैठक १८ जुलार्इदेखि बढाउने निर्...

जी-२० का नेता जर्मनीमा : सम्मेलनको मुख्य मुद्दा जलवायु परिवर्तन र व्यापार

असार २४ २०७४   एजेन्सी

 असार ,२४    |   विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकको संगठन जी–२० को सम्मेलन जर्मनकीको ह्यामबर्ग सहरमा शुक्रबारदेखि सुरु भएको छ । दुई दिने सो सम्मेलनमा भाग लिन विश्वका नेता ह्यामबर्ग पुगिसेका छन् । सम्मेलनमा अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्प, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जिला मर्केल, भारतीय...

यी हुन् साउदी शाही परिवारका पाँच ‘डर्टी सिक्रेट’, जसबारे धेरैलाई थाहा छैन

असार २४ २०७४   एजेन्सी

असार २४ कतारसँग हरेक प्रकारको सम्बन्ध समाप्त गरेको र नयाँ युवराजाधिराज नियुक्त गरेको साउद िअरबको शाही परिवारको चर्चा अहिले निकै चुलिएको छ । साउदी शाही परिवारलाई संसारको सबैभन्दा धनी शाही परिवारमा समावेश गरिन्छ । साउदी परिवारले प्रयोग गर्ने सुनको जलप लगाइएको कार, शानदार पार्टी र उनीहरुको महँगो जीवनशैली संसारभरी चर्चित छ । शाही परिवारको तर्फबा...

भारत चीनबिचको विवाद ५८ वर्ष पुरानोः यसपटक चीनले सिक्किमलाई किन रोज्यो ?

असार २३ २०७४   एजेन्सी

असार २३, भारत चीनबिचको सीमा विवाद करिब ५८ वर्ष पुरानो हो । चीनले सन् १९५९ मा भारतको ५० हजार वर्गमिटर इलाकामा आफ्नो हक जताएको थियो । भारतले यसको विरोध गर्यो । झगडा बढिरह्यो र अन्त्यमा सन् १९६२ मा चीनले भारतमाथि हमला गर्यो जसमा भारतको हार भयो । अहिले पुनः भारत र चीनबिच करिब एक महिना अघिदेखि सीमा विवाद चर्किएको छ । यसपटक चीनले सिक्किमको इलाका छाने...
To Top