चैत्र १७ २०७४ ekhabarnepal
चैत्र १७, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न उत्तर कोरियालाई सघाएको आरोपमा २७ वटा पानीजहाज, २१ वटा पानीजहाज कम्पनी र एक व्यक्तिलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा उत्तर कोरियामा रहेका १६ वटा कम्पनी, हंगकंगमा दर्ता गरिएका पाँचवटा, चीन र ताइवानका दुई–दुईवटा र पनामा तथा सिंगापुरका एक–एकवटा कम्पनी परेको बीबीस...चैत्र १६ २०७४ ekhabarnepal
चैत १६ , चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो । उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो । सञ्चारमाध्यमसँगको नियमित कुराकानीका अवसरमा विदेश मन्त्रालयका प्रवक्ता लुलाई पछिल्लो समय दलाई लामाको भ्रमण रद्द गर्ने लगायतका...चैत्र १५ २०७४ ekhabarnepal
भेनेजुएलाको भ्यालेन्सिया शहरस्थित एउटा प्रहरी चौकीमा भएको दङ्गा र आगलागीको घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।राज्यका प्रमुख अभियोजनकर्ता तारेक साबले घटनाबारे तत्काल छानबिन शुरू गरिने बताए। बुधवार थुनुवाहरूले भाग्ने प्रयासमा म्याट्रेसहरूमा आगो लगाएपछि आगलागी शुरू भएको विवरणमा जनाइएको छ।आगलागीको खबरपछि प्रहरी चौकीक...चैत्र १४ २०७४ ekhabarnepal
काठमाडौं चैत्र १४, उत्तर कोरियाका नेता किम जोङ उनले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चिनियाँ संचारमाध्यमले नेता किमको चीन भ्रमण पुष्टी गर्दै ऐतिहासिक भएको जनाएका हुन् । यसअघि भ्रमणवारे अनुमानमात्र गरिएको थियो । चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा नेता उन बेइजिङ पुगेका हुन् । उनको आइतबारबाट शुरु चार दि...चैत्र १३ २०७४ ekhabarnepal
अप्रत्यासित रूपमा बेइजिङ पुगेका उत्तर कोरियाली उच्च अधिकारी अरू कोही नभइ सर्वोच्च नेता किम जङ-अन नै भएको अड्कलबाजी भइरहेको छ।सबैभन्दा पहिला जापानी सञ्चारमाध्यमले एउटा उत्तर कोरियाली कूटनीतिक रेलबाट एक उच्च अधिकारी बेइजिङ पुगेको र कडा सुरक्षाबीच भेटवार्ता भएको जनाएको थियो।दक्षिण कोरियाले ती अधिकारीको पहिचान थाहा हुन नसकेको बताएको छ। तर 'सावधानीपू...चैत्र ११ २०७४ ekhabarnepal
सि चिनफिङ विचारधाराको उच्चतम् कार्यदिशा काठमाडौं, चैत १० गते । हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यसपटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रुपमा अथ्र्याएका छन् भने आलोचकले प्रजातान्त्रिक मूल्य र मान्यता विपरितको कदम भनेका छन् । यही मार्च ५ मा सम...चैत्र ९ २०७४ ekhabarnepal
काठमाडौं चैत ९ , सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । उनीहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अनलाइनखबरलाई बताए । सारडाको पसलमा सुन किन्न आउने एक युवकले ल्याएर राखेको सामान...चैत्र ८ २०७४ ekhabarnepal
रुवाण्डा चैत ८, अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् । अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताउनुभयो । अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम...चैत्र ७ २०७४ ekhabarnepal
बीबीसी , म्यानमारका राष्ट्रपति टिन च्वले पदबाट राजीनामा दिएको उनको कार्यालयले घोषणा गरेको छ।उनले राजीनामा दिनुको कारणबारे केही खुलाइएको छैन।तर एउटा औपचारिक कार्यक्रममा एकदमै कमजोर देखिएका ७१ वर्षीय च्वको स्वास्थ्य अवस्थाबारे पछिल्ला महिनाहरूमा चासो व्यक्त गरिँदै आएको थियो।दशकौंदेखिको सैनिक शासन अन्त्य गराएको महत्त्वपूर्ण चुनावपछि सन् २०१६ मा उ...चैत्र ७ २०७४ ekhabarnepal
बेइजिङ,चैत्र ६ चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ। मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिए। उनले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए। प्रधानमन्त्री खछ्याङ्ले...चैत्र ६ २०७४ ekhabarnepal
चैत्र ६, चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्न आउने भएका छन्। चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका नेताहरुको सम्मेलनमा भाग लिन उनि जापान जाने विचार गरेको बताइएको छ । ‘जापानी प्रधानमन्त्री सिन्जो आबेले मलाई केही विशेष अवसरमा सहभागिताका लागि आमन्त्रण गरेका थिए त्यसैले यसै...चैत्र ४ २०७४ ekhabarnepal
हेलसिन्की । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा ...चैत्र १ २०७४ ekhabarnepal
चैत्र १ , बेलायतले २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले यो निर्णय गरेसँगै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइएको छ । बेलायतले रुसकाथि रासायनिक हतियारमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ । बेलायतले एक हप्ताभित्र निष्कासित रुसी कुटनीतिज्ञहरुले ब...फागुन ३० २०७४ ekhabarnepal
फागुन ३०, भौतिक विज्ञान शास्त्रका प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा लण्डनमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको उनको परिवारले जानकारी दिएको छ । हकिङले ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। उनका तीन छोरा...फागुन २८ २०७४ ekhabarnepal
फागुन २८, बिबिसी। भारतको मुम्बईमा किसानले प्रदर्शन गरेका छन् । ३० हजार भन्दा बढी किसान नासिकबाट हिँडेर मुम्बई पुगेका हुन् ।६ दिन हिँडेर नासिकबाट मुम्बई पुगेका हुन् ।मुआब्जा तथा कर माफीको माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा प्रदर्शन भएको हो । किसानले सोमबार मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गर्ने तयारी छ । सरकारले व्यवसायीको हितम...फागुन २३ २०७४ ekhabarnepal
कोलोम्बो फागुन २३, श्रीलङ्कामा मुसलमानविरुद्ध शुरु भएको दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरिएको छ । पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो । बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा...फागुन २२ २०७४ ekhabarnepal
काठमाडौं फागुन २२ , संयुक्त राष्ट्रसंघको बालबालिका हेर्ने निकाय युनिसेफले विश्वभर नै बालविवाहको संख्यामा उल्लेख्य कमी आएको जनाएको छ। गएको दशकमा २ करोड २५ लाख बालबालिकाहरू कम उमेरमै हुने विवाहबाट जोगिएको युनिसेफको अनुमान छ। अहिले पाँच बालिकामध्ये करिब १ जनाको १८ वर्ष भन्दा कम उमेरमै विवाह हुन्छ। एक दशक अघि भने चार बालिकामध्ये १ को ...फागुन २१ २०७४ ekhabarnepal
अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।बुर्किना फासोको राजधानी औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ । घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले ...फागुन १७ २०७४ ekhabarnepal
एजेन्सी , इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठाेकिएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ताले घाइतेको नजिकैकाे अस्पतालमा उपचार भइरहेको जानकारी दिए।फागुन १७ २०७४ ekhabarnepal
वाशिङ्टन फागुन १७ , अमेरिकाको वाशिङ्टनस्थित एक सैन्य अड्डामा बुधबार एक शंकास्पद पदार्थले भरिएको चिठिको खाम खोल्दा ११ जना बिरामी परेका छन् ।एफबीआईले यस मामलाको जाँच शुरु गरेको र यो खाम भर्जिनियाको आलिङ्गटनस्थित ज्वाइन्ट बेस फोर्ट मायर हेन्डरसन हलमा प्राप्त भएको बताइएको छ । उक्त खाम एक गनरी सर्जेन्ट (सातौं बरियताका सैनिक अधिकारी)ले खोलेका थि...फागुन १५ २०७४ ekhabarnepal
काठमाडौं फागुन १५, सिरियाली गृहयुद्धको बिभत्स रुप सार्वजनिक भइरहेका बेला राष्ट्रसंघीय उद्दारकर्ताले सहयोग उपलब्ध गराउने क्रममा त्यहाँका महिलाहरुको शारिरिक शोषण गरेको खुलाशा बीबीसीले गरेको छ । राष्ट्रसंघ र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुका तर्फबाट राहत र उद्दार वितरण गर्न गएका पुरुष कामदारले महिलाहरुलाई सहयोग दिएको बदलामा यौन दुब्र्यवहार...फागुन १४ २०७४ ekhabarnepal
फागुन १४, एजेन्सी, गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको छ ।उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै एक प्रस्ताव पारित गरेको जनाइएको छ । सिरियाली राजधानी दमास्कसक...फागुन १३ २०७४ ekhabarnepal
उत्तर कोरिया फागुन १३, अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ ।उत्तर कोरियाको केन्द्रिय समाचार संस्था (केसिएनए) तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित भएको समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा ...फागुन ११ २०७४ ekhabarnepal
अर्जेन्टिनाको सुरक्षा मन्त्रालयले कोकेन युरोपमा तस्करी गर्ने रूसी राजदूतावासको कुरियर सेवाको योजना विफल बनाइदिएको जनाएको छ।प्रहरीले रूसी राजदूतबाट प्राप्त जानकारी अनुसार राजदूतावाससँग जोडिएको परिसरबाट ४ सय केजी कोकेन जफत गरेको थियो। त्यसपछि उनीहरूले एउटा गोप्य कारबाही अघि बढाएका थिए जसमा लागू पदार्थको सट्टा पिठो र निगरानी गर्ने उपकरण राखिए...फागुन १० २०७४ ekhabarnepal
लिमा , पेरुको दक्षिणी क्षेत्रमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । गुडिरहेको बस लिमाको एरेक्विपा नजिकै सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस खस्दा ४३ जनाको घटनास्थल र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सिन्ह्वाफागुन १० २०७४ ekhabarnepal
पाकिस्तानको सर्वोच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पार्टी प्रमुख पदका लागि अयोग्य ठहर गरेको छ।गत वर्ष भ्रष्टाचारका अभियोग माझ शरिफलाई देशको प्रधानमन्त्रीबाट हट्न आदेश दिइएको थियो। शरिफले भने आफूमाथि लागेको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका छन्।अदालतले यसअघि कार्यालय छोड्नुले नै उनलाई पार्टीको नेतृत्व गर्न अयोग्य बनाएको...फागुन ८ २०७४ ekhabarnepal
थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जना धनी जापानी पुरूषलाई १३ सन्तानको पूर्ण स्वामित्व दिने फैसला सुनाएको छ।ती बालबालिकालाई साढे तीन वर्षयता थाइ सरकारले हेर्दै आएको थियो।थाइ महिलाहरूलाई कोख भाडामा लगाए बापत विदेशीहरूले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापक रूपमा विस्तार भएको ख...फागुन ६ २०७४ ekhabarnepal
मेक्सिको फागुन ६ , उच्च अधिकारीहरु बोेकेको एक हेलिकप्टर मेक्सिकोमा दूर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा १४ जनाको ज्यान गएको छ । हेलिकप्टरमा सवार अधिकारीहरु शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका थिए ।फागुन ५ २०७४ .
मेक्सिको मेक्सिकोमा ७.१ म्याग्नीच्यूडको भूकम्पले राजधानी मेक्सिको सिटीका दर्जनौं घरहरु ध्वस्त बनाएको छ। उद्धारकर्ता र स्वयंसेवीहरुले भत्किएका भवनमा च्यापिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन् मध्य मेक्सिकोमा उद्धारकर्ताहरुले विनाशकारी भूकम्पबाट भत्केका भौतिक संरचनाबाट जीवितहरुको खोजी जारी राखेका छन्। भूकम्पबाट कम्तीमा २२० जना मार...फागुन ४ २०७४ ekhabarnepal
मेक्सीकोको दक्षिणी सहरमा भ्यालेन्टाइन डेको अवसरमा आयोजित समारोहमा एकजना बन्दुकधारीले गोली चलाउदा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीबार अपरान्ह् साढे एक बजेतिर सो हत्याकाण्ड भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका समाचारमा जनाइएको छ । दक्षिणी ओक्साका राज्यमा स्थानीय नगरप्रमुख राफैल मेल्चोर रुइजको पारिवारिक सदस्यहरुसहित सान जुआ...फागुन २ २०७४ ekhabarnepal
फाल्गुन २ , अमेरिकाका न्यूयोर्क र न्यूजर्सीमा प्रेसर कुकर बम विस्फोट गराएका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ।अहमद खान रहिमीले म्यानह्याटनमा एउटा विस्फोट गराउँदा ३० जना घाइते भएका थिए। अफगानिस्तानमा जन्मिएका अमेरिकी नागरिक रहिमीलाई प्रहरीसँगको गोली हानाहानपछि पक्राउ गरिएको थियो।रहिमीले 'कसैका लागि पनि आफूले घृणा नपालेको' अदालतलाई बता...माघ २९ २०७४ ekhabarnepal
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियासँग विना कुनै शर्त वार्ता गर्न वाशिङटन तयार रहेको बताएका छन् ।अमेरिकाले आफ्नो अडान स्पष्ट रूपमा परिवर्तन गरेको जस्तो देखिने गरी पेन्सले वाशिङटन पोस्टलाई भनेका छन्- यदि उत्तर कोरिया वार्ता गर्न चाहन्छ भने ट्रम्प प्रशासनले पनि वार्ता गर्नेछ। तर प्योङयाङ्ले आफ्नो पारमाणविक कार्यक्रम नत्यागेसम्म उत...माघ २८ २०७४ ekhabarnepal
हङकङ माघ २८, चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ । उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते...माघ २४ २०७४ ekhabarnepal
अमेरिकाले विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ ।अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो । अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्...माघ २३ २०७४ ekhabarnepal
माल्दिभ्समा संकटकाल लागु गरिएको छ । गएराति माल्दिभ्सको राष्ट्रपति कार्यालयले १५ दिनको लागि संकटकाल घोषणा गरेको जनाईएको छ ।यससंगै भारत, अमेरिका तथा बेलायतले माल्दिभ्स सरकारको कदमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। माल्दिभ्समा केही दिनयता उत्पन्न राजनीतिक गतिरोध भारतका लागि पनि चासोको विषय भएको भारतीय विदेश मन्त्रालयले बताएको छ। विज्ञप्ती...माघ २३ २०७४ ekhabarnepal
माघ २३ , देशमा राजनीतिक संकट चुलिँदै गएका बेला माल्दिभ्सको प्रहरीले देशका प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको छ।सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अलि हामिद पक्राउमा परेका हुन्।उनीहरूमाथि लगाइएको अभियोगबारे कुनै विवरणहरू दिइएको छैन।अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आद...माघ २२ २०७४ ekhabarnepal
सोल माघ २२, उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार छ ।यस शीतकालीन ओलिम्पिक खेलकूदका क्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई...माघ २१ २०७४ ekhabarnepal
माघ २१ , पाकिस्तानमा भएको आत्मघाती बम विस्पाेटमा ११ जनाको ज्यान गएको छ । खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आत्मघाती बम आक्रमण भएको त्यहाँको सेनाले जनाएको छ । आक्रमणकारीले भलिबल हेर्न भेला भएका मानिसको समूहमा विस्पाेटमा गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी तालिवानले आक्रमण आफूले गराएको दाबी गरेको छ ।माघ १९ २०७४ ekhabarnepal
काठमाडौं माघ १९, अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताए। ल्याटिन अमेरिकाको पहिलो भ्रमणमा निस्कनुअघि टेक्ससमा बोल्दै टिलर्सनले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको बताएका हुन्। उनले ल्याटिन अमेरिकालाई नयाँ ...माघ १८ २०७४ ekhabarnepal
याङ्गुन माघ १८, म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको जनाइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।राज्...माघ १७ २०७४ ekhabarnepal
क्यालिफाेर्निया- हेलिकप्टर दुर्घटनामा परि अमेरिकामा ३ जनाको मृत्यु भएको छ। अमेरिकाको क्यालिफाेर्नियामा आज बिहान भएको सो दुर्घटनामा परि हेलिकप्टरमा सवार २ जना घाइते भएका छन्। हेलिकप्टर क्यालिफेर्नियाको न्युपोर्ट बिचस्थित एक घरमाथि खसेको न्युपोर्ट अग्नी नियन्त्रक दलका प्रमुख चिप डंकनले बताए। दुर्घटनाका समयमा घरभित्र कोहि पनि नरहेकोले अन्य मा...माघ १६ २०७४ ekhabarnepal
माघ १६, एउटा रूसी लडाकु विमान 'ब्ल्याक सी'माथि अमेरिकी जासुसी विमानदेखि अति नजिकबाट उडेको छ। एसयु-२७ लडाकु विमान र इपी-३ जासुसी विमान मात्र डेढ मिटरको दूरीमा उडेका हुन्।अमेरिकी नौसेनाका अनुसार रूसी विमानले अमेरिकी विमानलाई दुई घण्टासम्म पछ्याएको थियो।अन्तर्राष्ट्रिय आकाशमा उक्त घटना भएको बताइएको छ। रूसी रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आ...माघ १५ २०७४ ekhabarnepal
माघ १५, अफगानिस्तानका सुरक्षा अधिकारीहरूले राजधानी काबुलस्थित सैन्य विश्वविद्यालयमा भएको हमलामा कम्तीमा ९ जना मारिएको बताएका छन्।मार्सल फहिम विश्वविद्यालयमा भएको उक्त हमलामा परी पाँचजना अफगानी सेनाहरू र चारजना लडाकुहरू मारिएको बताइएको छ।उक्त हमलामा एकजना लडाकु पक्राउ परेका छन्।विद्रोही समूह इश्लामिक स्टेटले उक्त हमलाको पछाडि आफ्नो हात रहेको जन...माघ १४ २०७४ ekhabarnepal
माघ १४, सामाजिक सञ्जाल फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जसले गर्दा झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुनेछ । जसले गर्दा विश्वसनीय समाचारमात्र...माघ १३ २०७४ ekhabarnepal
भारतको हैदरावादमा गुडिरहेको रेल सामु एकजना पुरुषले खिचेको 'सेल्फी' भिडियो हजारौँ मानिसहरूले अनलाइनमा हेरेका छन्।व्यायाम प्रशिक्षक टि सिभाले छेउमै रहेका व्यक्ति र रेलका चालकले दिएको चेतावनी उल्लंघन गर्दै बोराबन्द रेल स्टेशन छेउमा ज्यानुअरी २१ मा उक्त भिडियो खिचेका थिए। उक्त दुर्घटनामा सिभा बाँच्न त सफल भए तर उनको टाउकोमा चोटपटक लागेको भारतको र...माघ १२ २०७४ ekhabarnepal
माघ १२, दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने इमरजेन्सी कक्षबाट आगो सल्किएको अ...माघ ११ २०७४ ekhabarnepal
माघ ११, जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेक...माघ १० २०७४ ekhabarnepal
अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भइरहेको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्। त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको छन्। बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए। स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज उक्त क्षेत्रमा सुनिएपछि न...माघ ९ २०७४ ekhabarnepal
काठमाडौं माघ ९, जापानको राजधानी टोकियोमा भारी हिमपात हुँदा हिउँको बाक्लो पत्र जमेपछि हजारौं यात्रीहरू बाटैमा फसेका छन् । सार्वजनिक यातायात पनि यसैले गर्दा अस्तव्यस्त हुन पुग्यो । जापानको मौसम विभागले टोकियोका केही भागमा २३ सेन्टिमिटर हिमपात भएको बताएको छ । यो सन् २०१४ को फेब्रुअरीमा भएको हिमपातपछिको ठूलो हो । सोमवार बेलुका यातायातलाई हिमप...माघ ८ २०७४ ekhabarnepal
वाशिङटन डिसी माघ ८, अमेरिकामा काम गर्दै आएका मनिष पाण्डेको हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०१...