भाद्र ५ २०७५ ekhabarnepal
एजेन्सी भदौ ५, अमेरिकाको कोलोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरी आफैले टेलिभिजनमा सूचना दिएका उनलाई प्रहरीले पक्राउ गरेको विविसीले जनाएको छ । क्रिसले श्रीमती ३४ वर्षीया शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी थिचेर हत्या गरेको जनाइएको छ । प्रहरीले गत बिहीबार श्रीमती ...भाद्र ५ २०७५ ekhabarnepal
एजेन्सी भाद्र ५, सोमबार टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ ।टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । घटनामा कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास...भाद्र ४ २०७५ ekhabarnepal
काबुल, अफगानिस्तान। भाद्र ४, अफगानिस्तानका राष्ट्रपतिले युद्धविराम को घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ । मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा ग...भाद्र ३ २०७५ ekhabarnepal
एजेन्सी भाद्र ३, फिजी टोङ्गा टापुमा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले जनाए अनुसार आइतबार बिहान फिजी मा भूकम्प गएको हो । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भूगर्भ विभागले जनाएको छ ।फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन ।जमिनको सतहभन्दा ५५९...भाद्र २ २०७५ ekhabarnepal
काठमाडौँ भदौ २, पाकिस्तानको संसदले आफ्नो मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भन्नुभयो, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बा...भाद्र १ २०७५ ekhabarnepal
काठमाडौं भदौ १, अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रीले बताएका छन्। सो घटनामा अरू ६७ जना घाइते भएका छन्। प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए। मारिएका अधिकांश व्यक्तिहरू सो केन्द्रमा विश्व...साउन ३१ २०७५ ekhabarnepal
एजेन्सी साउन ३१, एकजना धर्मगुरुले सात वर्षीया बालिकालाई बलात्कार गरेका छन, भने, अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सा...साउन ३१ २०७५ ekhabarnepal
काठमाडौँ साउन ३१, बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।भदौ १४ र १५ गते हुने बिमस्टेक सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । तर, पछिल्लो समयमा लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ । पटक पटक लुम्बिनी र पोखराको भ्रमण गर...साउन ३० २०७५ ekhabarnepal
काठमाडौ साउन ३०, भारतको ७२औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपालस्थित भारतीय दूतावासले विभिन्न सामाजिक संघसंस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको हो। बुधबार लैनचौरस्थित दूतावासमा आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह...साउन २९ २०७५ ekhabarnepal
पुत्रजया। मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सिंगापुरलाई बेच्दै आएको पानीको मूल्य बढाउन चाहेका छन्। हाल दिँदै आएको भन्दा दश गुना बढी मूल्यमा मात्रै सिंगापुरलाई पानी दिनुपर्ने उनले बताएका छन्। दुई देशबीच भएको पानी सम्झौता आगामी सन् २०६१ मा मात्रै सकिन्छ। सम्झौता अनुसार हाल सिंगापुरले दैनिक २५ करोड ग्यालन अप्रशोधित पानी जोहोर नदीबाट ला...साउन २८ २०७५ ekhabarnepal
भारत साउन २८, भारतीय लोकसभाका पूर्व सभामुख एवं बामपन्थी नेता सोमनाथ चटर्जीको कोलकातामा सोमबार बिहान निधन भएको छ । उहाँ ८९ वर्षका हुनुहुन्थ्यो ।श्री चटर्जी अगष्ट १० मा यहाँस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार उहाँमा मुटुको समस्या थियो । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता श्री चटर्जी मृगौला ...साउन २७ २०७५ ekhabarnepal
जकार्ता साउन २७, इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह...साउन २७ २०७५ ekhabarnepal
एजेन्सी, साउन २७, साहित्यतर्फको नोबेल पुरस्कार विजेता भिएस नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ। लण्डनस्थित आफ्नै निवासमा उनको निधन भएको हो।सन् १९३२ मा जन्मिएका उनी भारतीय मूलका हुन्। १९५० मा सरकारी छात्रवृत्ति पाएपछि उनको अध्ययन बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सुरु भएको थियो। त्यहाँ उनले कुनै बेला डिप्रेसनका कारण आत्महत्याको प्रयास पनि गरेका...साउन २५ २०७५ ekhabarnepal
काठमाडौं साउन २५, यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको मृत्यु भएकाे छ भने ३० जना घाइते भएका छन् । पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जनाएको छ । हुथी विद्रोहीले ४३ को ज्यान गएको र ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन...साउन २४ २०७५ ekhabarnepal
काठमाडौं श्रावण २४, अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने जनाएको छ । रुसी पूर्व गुप्तचर सर्गेई स्क्रिपाल र उनकी छोरी माथि स्नायुमा असर पर्ने नर्भ एजेन्ट हमलाका विषयमा मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने अमेरिकाले निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ । रुसले रसायनिक तथा जैविक हतियारको आफ्नै नागरिक माथि प्रयोग गरि अन्तर्राष्ट्रिय कानुन उल्लंघन...साउन २२ २०७५ ekhabarnepal
रुपन्देही साउन २२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि नयाँ प्रतिबन्ध लगाएका छन् । ईरानसँग यो प्रतिबन्ध सन् २०१५ को परमाणु सम्झौतापछि हटाइएको थियो । यद्यपी ट्रम्पले यो पनि भनेका छन् कि ईरानसँग नयाँ परमाणु सम्झौताबारे पनि विचार गरिएको छ । यसै वर्ष मेमा ट्रम्पले ईरानसँग भएको परमाणु सम्झौताबाट बाहिर निस्कने घोषणा गरेका थिए । ईरानमाथि पर...साउन २१ २०७५ ekhabarnepal
इन्डोनेसिया साउन २१, इन्डोनेसियाको लोम्बक टापूमा आइतबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व विभाग (यूएसजीएस)ले जनाएको छ । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।एक हप्ता पहिले पनि भूकम्पका कारण उक्त क्षेत्रमा रहेको पर्यटकीय टापू लोम्बकमा १७ जनाको मृत्यु भएको थियो । आइतबारको...साउन २० २०७५ ekhabarnepal
-रासस /दिलीप शर्मा बेइजिङ,श्रावण २० चीनको सम्वृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सरकार र सरकार मातहतका प्रशासनिक एकाइमा देखिने अनुशासनलाई प्रमुख रूपमा लिन सकिन्छ । यहाँका जनताले आफूले चुनेका जनप्रतिनिधिप्रति देखाउने अटल विश्वास र जनप्रतिनिधिको जनताको समस्या समाधानका लागि देखिने कर्तव्यनिष्ठता सम्वृद्ध चीनको विकासको मार्...साउन २० २०७५ ekhabarnepal
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन् । उनले दक्षिणपन्थीहरुका आक्रमणको डटेर सामना गर्ने बताएका छन् । उनले आफूमाथिको आक्रमणमा कोलम्बिया र अमेरिकाको हात रहेको समेत बताएका छन् । मादुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा ड्रोन आक्रमण भएको ...साउन १९ २०७५ ekhabarnepal
साउन १९, रुसमा एम अाई-८ हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । क्रास्नोयार्स्क क्षेत्रमा भएको दुर्घटनामा चालक दलका तीन जना सदस्यसहित १५ यात्रुको ज्यान गएको रुसी समाचार संस्था तासले जनाएको छ । दुर्घटनाग्रस्त हेलिकप्टर उतेएर एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गर्दै आएको थियो । विमानस्थलबाट उड्नेिबत्तिकै हेलि...साउन १७ २०७५ ekhabarnepal
एजेन्सी साउन १७, जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ । सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर...साउन १४ २०७५ ekhabarnepal
इश्लामावाद, पाकिस्तान, १४ साउन। पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित बनेको छ । त्यस्तै पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बन्नुभएको छ । पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुस...साउन १३ २०७५ ekhabarnepal
जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ।'टाइफून जोङ्डारी' नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो। मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन्।बाढीले दुई सयभन्दा बढी र तातो हावा...साउन १३ २०७५ ekhabarnepal
काठमाडौं साउन १३, इण्डोनेशियामा भूकम्पमा परी १० जनाको ज्यान गएको छ । लोकप्रिय पर्यटकीय क्षेत्र लोमबोकमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा भूकम्प गएको थियो । भूकम्पका कारण कयौँ भवम...साउन १२ २०७५ ekhabarnepal
काठमाडौं साउन १२, एजेन्सी। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १।९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो । स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेल...साउन १० २०७५ ekhabarnepal
बेईजिङ १०, साउन बेईजिङमा रहेको अमेरिकी दूतावासको नजिकै विष्फोट भएको छ । विष्फोट भएको सीएनएनले पुष्टि गरेको हो ।सीएनएनका अनुसार स्थानियहरुले विस्फोटको आवाज सुनेका थिए । दूतावासको वरिपरिको क्षेत्रबाट सेतो धुवाँको ठूलो बादल उडेको समेत देखिएको छ। बेइजिङमा रहेको अमेरिकी दूतावास संसारकै सबैभन्दा सुरक्षित स्थल मध्ये एक मानिन्छ । विष्फोटबारे थप जानक...साउन ९ २०७५ ekhabarnepal
मस्को साउन ९, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच निरन्तर “उपयोगी सम्पर्क” भइरहेको छ । यसअघि भएको दुई नेताको शिखर वार्ताका क्रममा निरन्तर सम्पर्कमा रहने सहमति भएबमोजिम उहाँहरू सम्पर्कमा रहिरहनु भएको फ्रान्सको प्रमुख प्रशासनीक केन्द्रका अधिकारीहरूले बताएका छन् । रुस र अमेरिकाका बीचमा रहेको कूटनीतिक च...साउन ८ २०७५ ekhabarnepal
वासिङटन साउन ८, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताउनुभएको छ ।अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताउनुभयो । “नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्...साउन ७ २०७५ ekhabarnepal
सोल, ७ साउन उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ । रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ । यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा ...साउन ६ २०७५ ekhabarnepal
टोक्यो साउन ६, जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ । अत्याधिक गर्मीको कारण उत्पन्न रोग र संक्रमणको उपचार गराउन हजारौँ व्यक्ति अस्पताल पुगेका छन् । गत हप्ताको शुरुदेखि बढेको...साउन ५ २०७५ ekhabarnepal
काठमाडौं साउन ५, भारतीय प्रधानमन्त्री नरेन्द मोदीले चार वर्षमा विभिन्न विदेशयात्राका क्रममा एक हजार चार सय ८४ करोड रुपैयाँ खर्च भएको छ । यसमा चार्टड विमान, विमान पार्किङ तथा अन्य सुविधाहरु रहेका छन् । बिहीबार भारतीय राज्यसभामा जनरल (सेवानिवृत्त) बीके सिंहले यसबारेमा जानकारी दिएका हुन् । बिजनेस टुडेका अनुसार प्रधानमन्त्री मोदीको विदेश भ्रमणक...साउन ४ २०७५ ekhabarnepal
वासिङटन साउन ४, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूmआतुर रहेको बताउनुभएको हो । उहाँले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनल...साउन २ २०७५ ekhabarnepal
बैंकक २, साउन गुफाबाट उद्धार गरेर अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार नै घर फर्किने भएका छन् । करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुलाई बिहीबार घर फर्काइने भनिएको थियो । ती बालकको स्वास्थ्य परीक्षणका लागि अस्पताल राखिएको थियो । उनीहरुको स्वास्थ्य राम्रो भएकोले बुधबारै घर ...असार ३२ २०७५ ekhabarnepal
नैरोबी ३२, असार अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा निजी भ्रमणका लागि केन्या आइपुग्नु भएको छ । दुईदिने भ्रमणका लागि उहाँ आइतबार केन्याको राजधानी नैरोबी आइपुग्नु भएको अधिकारीहरुले जनाएका छन् ।नैरोबी आएपछि ओबामाले आफ्नी बहिनी औमा ओबामालाई लिएर केन्याका राष्ट्रपति उहुरु केन्याटालाई भेट्न जानु भएको थियो । केन्यामा रहेका बेला अमेरिकी पूर्वरा...असार ३१ २०७५ ekhabarnepal
बीबीसी, इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ ।प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।यो हमला सन् २०१४ हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला हो । थुप्रै इलाकामा हवाई हमलाः इजराइलको रक्षा...असार २८ २०७५ ekhabarnepal
दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्।अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ। कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन्।उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्...असार २७ २०७५ ekhabarnepal
एजेन्सी २७, असार पाकिस्तानको पेशावर सहरमा मंगलबार राति एक चुनावी बैठकमा आत्मघाती विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवामी नेसनल पार्टी (एएनपी) का नेता हारून बिलौर समेत रहेका छन्। प्रारम्भिक खबर अनुसार याकातुत इलाकामा भएको उक्त विस्फोटमा १२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई नजिकैको लेडी रिडिङ अस्पतालमा लगिएको छ। बि...असार २५ २०७५ ekhabarnepal
असार २५, थाइल्याण्डको एक गुफामा फसेको दुई हप्तापछि उद्धार गरिएका चार बालकलाई परिवारका सदस्यले सोमबार बेलुका भेट्न पाउने भएका छन् ।गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारका लागि ९० जनाको टोलीले आइतबारदेखि अभियान सुरु गरेको छ । पहिलो दिन चार बालकलाई उद्धार टोलीले गुफाबाट बाहिर निकालेको छ । उद्धार गरिएका बालकको अवस्था राम्रो र...असार २२ २०७५ ekhabarnepal
प्योङयाङ २२, असार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुग्नुभएको समाचार छ । उहाँ शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उहाँ प्योङयाङ पुग्नुभएको...असार २१ २०७५ ekhabarnepal
सोल २१, असार दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको छ । उहाँले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भन्नुभयो । सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भन्नुभयो, “शान्ति सम्झौता...असार २० २०७५ ekhabarnepal
जकार्ता २०, असार इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ । उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ । सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सरकारी अधिकारीले जनाएका छन् । उक्त सामुद्रिक किनारा इ...असार १९ २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा पछि नहट्ने बताएका छन् । उनले ५ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच व्यापारमा डिल नहुँदासम्म यस्तो स्थिति कायमै रहने पनि बताएका छन् । यसअघि अमेरिकाले ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा २५ प्र...असार १४ २०७५ ekhabarnepal
मस्को असार १४, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । “तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्...असार १३ २०७५ ekhabarnepal
वासिङ्टन असार १३, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी ...असार ११ २०७५ ekhabarnepal
काठमाडौं असार ११, रजेप तैयप एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान शक्तिशाली राष्ट्रपति बनेका हुन् । निर्वाचनको अन्तिम र औपचारिक परिणाम नआउँदै जित सुनिश्चित भएका उनले टर्र्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । त्यहाँको संविधानले राष्ट्रपतिलाई धेरै अधिक...जेठ २९ २०७५ ekhabarnepal
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनविचको आजको सहमतिले दुई देशविच विग्रेको कुटनीतिक सम्बन्ध स्थापित गरेको छ। दुई नेताविच विगतका कुरा नकोट्याउने र नसम्झने सहमतिले विगतका तिक्तता विर्सेर अमेरिका र उत्तर कोरिया नयाँ सम्बन्ध स्थापित गर्न अग्रसर भएका हुन्। तर आज भएको सहमतिमा के के छन् भन्ने कुरा सार्वजनिक ग...जेठ २८ २०७५ ekhabarnepal
सिङ्गापुर जेठ २८, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विश्वको सर्वाधिक चासो रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार सिङ्गापुर पुग्नुभएको छ । उहाँहरु दुवैजना आइतबार सिङ्गापुर पुगेको समाचार विश्वका सञ्चारमाध्यमहरुको प्रमुख समाचार बनेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । शिखर...जेठ २७ २०७५ ekhabarnepal
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् । किमको आगमनको तयारीमा सिंगापुरका प्रमुख सडकमा सुरक्षाकर्मी तैनाथ गर...जेठ २४ २०७५ ekhabarnepal
एजेन्सी । यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लागेका छन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आमन्त्रणमा जापानी प्रधानमन्त्री आबे अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ । उक्त शिखर वार्ताको ६ दिनमात्र अघि यसरी उत्तर कोरियाको छि...जेठ २२ २०७५ ekhabarnepal
बीबीसी | जेठ २२ , ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्। तीव्र वेगमा बगेका तातो खरानी र लाभ...