विश्व

श्रीलङ्का: राष्ट्रभर कफ्र्युको घोषणा

बैशाख ३१ २०७६   ekhabarnepal

काठमाडौं बैशाख ३१,  श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुणशेखरका अनुसार प्रशासनले उत्तर पश्चिमी शहरहरू कुलियापिटिया, विङ्गीरिया, धुम्मलासुरिया, हेट्टिपोला, रसनायकापुर र कोवैगानेक...

'पुन:प्रधानमन्त्री' बन्नका लागि प्रत्युतलाई समर्थन

बैशाख ३० २०७६   ekhabarnepal

बैङ्कक वैशाख ३०, थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् । थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उहाँलाई सोमबार समर्थन गरेका हुन् । प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ । प्रथा रथले नै सर...

चिलीमा 'बस दुर्घटना',छ जनाको मृत्यु

बैशाख २९ २०७६   ekhabarnepal

सान्टियागो बैशाख २९,  दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भा...

आइएस आतङ्ककारी हमलामा,दुई जनाको हत्या

बैशाख २७ २०७६   ekhabarnepal

त्रिपोली बैशाख २७,  इस्लामिक स्टेट्स (आइएस) समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् । साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताउनुभयो । प्रहरीले स्थानीयबासीका धेरैवटा निज...

अफगानिस्तान: गैर सहकारी संस्था माथि आक्रमण

बैशाख २६ २०७६   ekhabarnepal

काबुल बैशाख २६,  अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएक...

मस्जिदमा शक्तिशाली बिस्फोट: चार जनाको मृत्यु,१५ घाइते

बैशाख २५ २०७६   ekhabarnepal

एजेन्सी बैशाख २५,  पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थिय...

अफगानिस्तानमा 'मारिए एक अमेरिकी सैनिक '

बैशाख २५ २०७६   ekhabarnepal

वासिङ्टन बैशाख २५ ,  अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले ...

यात्रुबाहक बिमान दुर्घटना,४० जनाको मृत्यु

बैशाख २३ २०७६   ekhabarnepal

मस्को बैशाख २३,  रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो । रुसी ...

रुसी विमानमा आगो लाग्दा ४१ को मृत्यु, ३७ को उद्धार

बैशाख २३ २०७६   ekhabarnepal

 काठमाडौं बैशाख २३   एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो। रुसको सरकारी मिडियाको अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालकदलका पाँच सदस्यसहित ७८ जनामध्ये ४१ जनाको मृत्यु भएको हो।  ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ। ...

बङ्गलादेश: फानी आँधीका कारण १२ जनाको मृत्यु

बैशाख २२ २०७६   ekhabarnepal

एजेन्सी,२२ बैशाख । बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस अाँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ । छ व्यक्तिको...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई 'सम्बोधन गर्दागर्दै थप्पड हानेपछि..'

बैशाख २२ २०७६   ekhabarnepal

एजेन्सी वैशाख २२,  दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक र्यालीमा अज्ञात व्यक्तिले थप्पड हानेका छन् । शनिबार केजरीवालले सम्बोधन गरिरहेको समयमा ती व्यक्तिले थप्पड हानेका हुन् । केजरीवाल पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिर सिंह जाखडसँग चुनाव प्रचारमा थिए । रोड शोका लागि केजरीवाल र जाखड...

आफ्नै सुरक्षामा खटिएकी महिलासँग राजाले गरे विवाह

बैशाख २० २०७६   ekhabarnepal

एजेन्सी।  थाइल्यान्डका राजा महा वजिरालंगकर्नले विवाह गरेका छन् । राजा वजिरालंगकर्णले आफ्नै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ ।शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएको विवाह समारोहबाट सबै आश्चर्यमा परेका छन् । व...

यूके:'तनाव नियन्त्रण गर्न' विश्वविद्यालयको कर्मचारीमा 'पाँच कुकुर नियुक्त'

बैशाख १७ २०७६   ekhabarnepal

बीबीसी न्यूज । यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई "शिक्षणसहायक" का रूपमा कर्मचारी नियुक्त गरेको छ। ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखिमबाट जोगिन सहयोग गर्नेछन्।ल्याब्रडोर जातका ती कुकुरहरूलाई कर्मचारी परिचयपत्र पनि दिइएको छ।विश्वविद्यालयमा कुकुरको व्यवस्थित प्रयोग गर...

अमेरिकी प्रतिबन्धको प्रभावले 'उत्तरी अफ्रिकामा बढदैछ अराजकता'

बैशाख १६ २०७६   ekhabarnepal

दुबई बैशाख १६, इरानमाथिको अमेरिकी प्रतिबन्ध, मध्यपूर्व र उत्तरी अफ्रिकामा बढ्दो अराजकता तथा तेलको मूल्यमा भएको अस्थिरताले यस क्षेत्रको आर्थिक वृद्धिमा असर पर्न सक्ने अन्तर्राष्ट्रिय मुद्राकोषले जनाएको छ । कोषको अर्धवार्षिक आर्थिक परिदृश्यमा अस्थिरताले आर्थिक वृद्धिमा कालो बादल मडारिएको उल्लेख छ । “यस्तो अस्थिरताले लगानीकर्ताको विश्वास गुम्ने...

भारतमा 'चौथो चरणको मतदान'

बैशाख १६ २०७६   ekhabarnepal

नयाँदिल्ली बैशाख १६,  भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।    निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।   प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई...

अमेरिका:प्रार्थनागृहभित्र जथाभावी गोली चल्यो

बैशाख १५ २०७६   ekhabarnepal

क्यालिफोर्निया बैशाख १५, अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । अमेरिकी...

श्रीलङ्कामा संकटकालिन अवस्था: उच्च अधिकारीद्वारा राजीनामा

बैशाख १३ २०७६   ekhabarnepal

काठमाडौं बैशाख १३,   श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान गएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।बर्खास्त गर्ने न...

श्रीलङ्कामा पुनः बम बिस्फोट,३६० जनाको मृत्यु

बैशाख १२ २०७६   ekhabarnepal

कोलम्बो बैशाख १२,    श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।   स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर ९चर्च०मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु ह...

श्रीलंकामा संकटकाल घोषणा: राष्ट्रिय शोक मनाइँदै

बैशाख १० २०७६   ekhabarnepal

श्रीलंकामा अस्ति आइतबार चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेहरुको संख्या बढेर ३१० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन् । यसबीच गएरातिबाट श्रीलंकामा संकटकाल घोषणा गरिएको छ र आज राष्ट्रिय शोक मनाइँदैछ । कोलम्बोको उत्तरी क्षेत्रमा पर्ने नेगोमबोको सेन्ट सेबेस्टिएन चर्चमा मृतकहरुको सामुहिक अन्तिम संस्कार गरिएको छ, ज...

आमाको आशीर्वाद लिएर 'प्रधानमन्त्री मोदी मतदान केन्द्रमा'

बैशाख १० २०७६   ekhabarnepal

काठमाडौं वैशाख १०, भारतमा लोकसभाको तेस्रो चरणको मतदान केन्द्रमा भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् । भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्य...

श्रीलंकामा विष्फोट हुदा २९० जनाको मृत्यु

बैशाख ९ २०७६   ekhabarnepal

काठमाडौं वैशाख ९, श्रीलंकामा भएको श्रृंखलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या २९० पुगेको छ । करिब ५ सय जना घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला आइतबार चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएका थिए । यो घटनामा विदेशी नागरिकसहित २९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणलगत्तै श्रीलंकाभर लगाइएको कर्फ्यू सोमबार...

तालिबान र अफगान सरकारबीचको 'वार्ता अनिश्चित'

बैशाख ६ २०७६   ekhabarnepal

दोहा बैशाख ६, अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो ।    अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अ...

भ्रष्टाचारको आरोप लागेपछि'पूर्व राष्ट्रपति गार्सियाद्धारा आत्महत्या'

बैशाख ५ २०७६   ekhabarnepal

एजेन्सी   काठमाण्डौ बैसाख ५,  भ्रष्टाचारको आरोप लागेका पेरूका पूर्व राष्ट्रपति अलान गार्सियाले आत्महत्या गरेका छन् । उनलाई प्रहरीले पक्राउ गर्न घर पुगेपछि गार्सियाले गोली हानी आत्महत्या गरेको बिबिसीले जनाएको छ ।टाउकोमा गोली लागी घाईते अवस्थामा भेटीएका गार्सियालाई तुरून्तै राजधानी लिमास्थित अस्पताल लगिएको थियो।पेरूका राष्ट्रपति मार्टिन भिजकार्...

हवाई जहाज दुर्घटना हुँदा छ जनाको मृत्यु

बैशाख ४ २०७६   ekhabarnepal

एजेन्सी बैशाख ४,  चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत छ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले आइल्यान्डर बीएन–२बी–२७ सङ्केत रहेको उक्त बिमानमा अरु पनि यात्रु रहेको हुनसक्ने जनाएको छ । पुर्टोमोन्ट शहरका प्रमुख ह्यारी जुर्गेन्सेनले उक्त बिमान उड्ना...

पुटिन-किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी

बैशाख २ २०७६   ekhabarnepal

सियोल बैशाख २,  उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । स्रोतले यो...

पाकिस्तानमा बम विस्फोट : १६ जनाको मृत्यु

चैत्र २९ २०७५   ekhabarnepal

एजेन्सी चैत २९, पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुर...

इतिहासमै पहिलो पटक 'ब्ल्याक होलको तस्बिर सार्वजनिक'

चैत्र २८ २०७५   ekhabarnepal

काठमाडौं चैत्र २८,  हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सो बार...

इजरायल संसदीय निर्वाचन: पाँचौं पटक पनि 'बेन्जामिन नेतान्याहु प्रधानमन्त्री हुने सम्भावना'

चैत्र २७ २०७५   ekhabarnepal

एजेन्सी चैत २७,  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ । तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्न...

भारत निर्वाचन: भाजपाको र्‍यालीमा विधायक सहित पाँचको मृत्यु

चैत्र २६ २०७५   ekhabarnepal

बीबीसी  भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्। छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्। एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुना...

अफगानिस्तानमा बम आक्रमण: एक प्रहरीको मृत्यु ,सात घाइते

चैत्र २५ २०७५   ekhabarnepal

एजेन्सी चैत २५, अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फ...

मलेसियामा बस दुर्घटना:'२ नेपाली सहित'१३ जनाको मृत्यु

चैत्र २५ २०७५   ekhabarnepal

मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलभित्र काम गर्ने श्रमिक बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राति दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ नेपाली पनि छन् । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा बर्दियाका रामु...

उत्तरपूर्वी कोरियाको पाँच शहरमा डढेलो: ४०० घर र ९०० पशुगोठ डढेर क्षतिग्रस्त

चैत्र २४ २०७५   ekhabarnepal

एजेन्सी चैत २४,  दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् । राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबा...

प्रतिष्ठानको सहयोगद्धारा'तीन करोड नागरिक गरिबीबाट माथि'

चैत्र २४ २०७५   ekhabarnepal

चीन । चैत २४,   करिब ३० बर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ ।     प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रममार्फत सहयोग पु¥याएको सं...

यमन युद्धमा सैनिक सहयोग रोक्न कङ्ग्रेमा सहमति, 'ट्रम्प विपक्षमा'

चैत्र २२ २०७५   ekhabarnepal

वासिङ्टन चैत २२, रासस । अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा ...

अल्जेरियाली नागरिकको माग 'व्यापक परिवर्तन होस'

चैत्र २१ २०७५   ekhabarnepal

अल्जियर्स् चैत २१, अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक मात्रामा परिवर्तन हुनुपर्ने माग गरेका बताइएको छ । उत्तर अफ्रिकी यस देशमा केही हप्तायता राष्ट्रपतिको रा...

अल्जेरियाका 'राष्ट्रपति बूतेफ्लीकाको राजीनामा'

चैत्र २० २०७५   ekhabarnepal

काठमाडौँ चैत २०,  अल्जेरियाका राष्ट्रपति अब्दुलअजीज बूतेफ्लीकाले आफ्नो पदबाट राजिनामा दिएका छन् । अल्जेरियामा हप्तौं चलेका ठूला प्रदर्शनहरूपछि त्यहाँका राष्ट्रपति  बतेफ्लिकाले राजीनामा दिएको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ। २० वर्षदेखि  सत्तामा आसिन ८२ वर्षे राष्ट्रपति बतेफ्लिका गत महिना पाँचौं कार्यकालका लागि चुनाव लड्ने बताएसँगै प...

'अन्तरीक्षको महाशक्ति बन्ने भारतको घोषणा खतरनाक' : नासा

चैत्र २० २०७५   ekhabarnepal

काठमाडौं चैत २०, अमेरिकाको अन्तरिक्ष प्रोग्राम एजेन्सी नासा (द नेशनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेशन) को प्रमुख जिम ब्राइडेन्स्टाइनले भारतले उसकै भू उपग्रह खसालेको कार्यलाई ‘खतरनाक’ भएको बताएका छन् । भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको थियो । जसले अन्तरीक्षमा ४०० टुक्रा फोहोर फैलिएको छ ।जिमले ...

विश्व अर्थतन्त्रमा 'मन्दीको त्रास': आपूर्तिमा कटौती भएपछि 'तेलको मूल्यवृद्धि'

चैत्र १८ २०७५   ekhabarnepal

टोकियो चैत १८,   विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा...

चीनको इलेक्ट्रोनिक्स कारखानामा विस्फोट: सातको मृत्यु

चैत्र १७ २०७५   ekhabarnepal

बेइजिङ चैत १७,  पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टे...

मेक्सिकोको नाका हुदै 'आप्रवासीहरू अमेरिका आएपछि'...

चैत्र १७ २०७५   ekhabarnepal

एजेन्सी चैत १७,  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्नेछ । मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको ...

बंगलादेशको एक 'गगनचुम्बी भवनमा आगलागी'

चैत्र १५ २०७५   ekhabarnepal

एजेन्सी चैत १५,   बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं ...

अन्तरिक्षको महाशक्ति बन्नेछ भारत : भारतीय प्रधानमन्त्री

चैत्र १३ २०७५   ekhabarnepal

काठमाडौं चैत १३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नाममा सम्बोधन गर्दै भारत अन्तरिक्षको महाशक्ति बन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले भने, ‘केही समयअघि मात्र भारतले अभूतपूर्व सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । विश्वका तीन देश अमेरिका, रुस, चीनले यो उपलब्धि हासिल गरेका थिए, अब यो...

चीनले ३०० जेट विमान किन्न तीन खर्ब ४० अर्ब डलर खर्च गर्ने 

चैत्र १२ २०७५   ekhabarnepal

  बीबीसी चीनले विमान निर्माण गर्ने कम्पनी एअरबससँग तीन सयवटा जेट किन्ने सहमति गरेको छ। तीन विमानको मूल्य अर्बौँ अमेरिकी डलर पर्नेछ। चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्यारिस भ्रमणका बेला दुई पक्षबीच ए३२० र ए३५० एक्सडब्ल्यूबी विमान खरिदबारे एउटा सम्झौतामा हस्ताक्षर भएको हो। सीले आफ्नो युरोप भ्रमणमा अरू सहमति पनि गरेका छन्। इन्डोनेशिया ...

'नेपाल-जापान सरकारबीच श्रमिक आपूर्ति' बारे आज हस्ताक्षर हुँदै

चैत्र ११ २०७५   ekhabarnepal

काठमाडौं चैत ११, नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी'मा आज हस्ताक्षर हुने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तथा जापान सरकारका प्रतिनिधिबीच सम्झौता हुन लागको हो। केही दिनअघि बसको मन्त्रिपरिषद् बैठकले श्रम सचिवलाई हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो। जापान सरकारले पहिलो पटक आप्रवासी कामद...

अमेरिकी घोषणा: दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध

चैत्र ८ २०७५   ekhabarnepal

सियोल चैत ८,   संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्र...

रसायन बिस्फोट हुदा ४४ जनाको मृत्यु,९०भन्दा धेरै घाइते

चैत्र ८ २०७५   ekhabarnepal

काठमाडौँ चैत ८,   चीनमा एक रसायन बिस्फोटमा ४४ जनाको ज्यान गएको छ । ९० जना भन्दा धेरै घाइते भएका छन्। चिनिया सञ्चार माध्यमका अनुसार यो बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो। बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । चीनको भूकम्प प्रशासनले बिस्फोटका समयमा २।२ रेक्टर स्केलको भूकम्प पनि गएको जनाएको छ ।

अमेरिका'उत्तर कोरियासँग पुनःवार्ता'

चैत्र ५ २०७५   ekhabarnepal

वासिङ्टन चैत ५, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ ।उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले...

अमेरिका–चीनको तयारी:मिसाइल मुठभेड

चैत्र ४ २०७५   ekhabarnepal

वासिङटन चैत्र ४, अमेरिकाले बिहीबार पहिले प्रतिबन्धित नयाँ वर्गको मिसाइल अगस्टमा पुन परिक्षण गर्ने घोषणा गरेको छ । तर अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन यो मामिलामा धेरै अगाडि पुगिसकेको छ । अमेरिकाको नयाँ मिसाइल मध्यम दुरीमा अर्थात ३०० देखि ३ हजार माइलको निशानामा मार हान्न सक्ने किसिमको छ । १९८७ मा रुससँग गरिएको सन्धीले मध्यम दुरीको मिसाइ...

अफगानिस्तानमा दुइ आक्रमण:वरिष्ठ अधिकारहरुसहित सात जनाको मृत्यु

चैत्र ३ २०७५   ekhabarnepal

एजेन्सी,३ चैत । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।  कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो ।  त्यसैग...

इन्डोनेसियामा बाढी पहिरोमा परी '६३ जनाको मृत्यु'

चैत्र ३ २०७५   ekhabarnepal

जाकार्ता चैत ३, इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भए...
← Previous 1 3 4 5 6 7 8 9 10 11 12
To Top