समाज

तानसेनमा बस दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

असार १३ २०७४   .

तानसेन, असार १३ । पाल्पाको तानसेन नगरपालिका १२ बौबा पोखरा थोकमा सोमबार राति सवा १० बजे लु १ ख ६११८ नम्बरको बस दुर्घटना हुंदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने एक युवती घाइते भएकी छिन् । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागी मिसन अस्पताल पाल्पामा पठाइएकोमा गोरखा नेवारका १८ वर्षिय पदम कुमार श्रेष्ठको मृत्यु भएको छ भने घाइते भएकी गुल्मी ...

बिहे गरेको दुर्इवर्षसम्म पनि बच्चा नभएपछि पत्नीको हत्या

असार १२ २०७४   रासस

गौशाला, असार १२ । महोत्तरीमा पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी गाउँपालिका–३ सिरसियाका २५ वर्षीय प्रदीप सहनी रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। मटिहानी गाउँपालिका–६ सिमरदहीका जुगेश्वर सहनीकी २० वर्षीया छोरी टिङ्की कुमारीसँग दुई वर्षअघि उन...

नारायणगढ - मुग्लिन सडकखण्ड आजबाट नरोकिने : मतदान गर्न जाने यात्रुलाई सहज

असार १२ २०७४   रासस

चितवन असार १२ - सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ - मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ। विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँ...

नारायणगढ–मुग्लिन सडक रातको समयमा आवागमन रोकिने

असार ११ २०७४   रासस

चितवन, असार ११ - रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी भएको छ । शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी भएको हो । रातको समयमा खस्दै गरेको पहिरो नदेखिने, अगाडिको भाग सफा भए नभएको थाहा नहुने र पहिरो खसेमा पन्छाउन कठिन हुने हुँदा रा...

नवलपरासीका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने

असार ११ २०७४   .

परासी असार ११ – नवलपरासीको महेसपुर लगायतका विभिन्न नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । असार १२ गते सोमबार साँझ ५ बजेदेखि १४ गते साँझ ७ बजेसम्म २ दिनका लागि सिमा बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।   जिल्लाको परासी क्षेत्रका ३ नगरपालिका र ४ गाउँपालिका गरि ७ वटा स्थानीय तहको निर्वाचनलाई व्यस्थित, मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर...

भैरहवाका मतादाताको चेतावनी : विकास विरोधीलाई मत दिइन्न

असार ११ २०७४   .

      भैरहवा, असार १० । सिद्धार्थनगर भैरहवामा अहिले चुनाबी गतिविधीले तिब्रता पाएको छ । दलहरुले उमेदवार सहित घरदैलो र बिभिन्न कार्यक्रम आज अन्तिम चरणमा पगेका छन् । १३ वटा वडा रहेको नगरको ८ नम्बर वार्ड सबैभन्दा धेरै मतदाता रहेको वार्ड हो । मतादाता संख्याको दृष्टिले निर्णायक मानिने उक्त वडाबासीले आसन्न नगरको निर्वाचनमा विकास विरोधीको खुलैरै विरो...

बालअधिकारको सुनिश्चितताका लागि राजनैतिक दलको प्रतिबद्धता

असार १० २०७४   .

कपिलवस्त असार १० ।आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनका कुनैपनि कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्ने यहाँका राजनैतिक दलहरुले उद्घोष गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिकाका राजनीतिक दलहरुले ५ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै चुनावी गतिविधिमा बालबालिकाहरुको प्रयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् । नेकपा एमालेका निर्वाचन परि...

मुग्लिन–नारायणगढ सडक खुल्न अझै ५ घण्टा लाग्ने, हजारौ सावरीसाधन रोकिदा यात्रुहरु सास्तीमा

असार ९ २०७४   .

चितवन असार ९– चितवनको कालिखोला ४ मा भिषण पहिरो जाँदा अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खुल्न अझै कम्तिमा ५ घण्टा लाग्ने भएको छ । पहिरो हटाउन लगातार काम गर्दा कम्तिमा ५ घण्टा लाग्ने जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । सडक अवरुद्ध बनेपछि हजारौ सवारी साधन हिजो बेलुका ८ बजेदेखि विचबाटोमै रोकिएका छन् । यसैक्रममा गएराति चितवनको कालीखोलामा झर...

प्रधानमन्त्रीसमक्ष कर्मचारी सङ्गठनको माग प्रस्तुत

असार ८ २०७४   रासस

काठमाडौँ ,असार ८, -प्रधानमन्त्री शेरबहादुर देउवासँग विभिन्न कर्मचारी सङ्घ÷सङ्गठनले आज भेट गरी आफ्ना माग प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा ती सङ्घ÷सङ्गठनले राष्ट्रिय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा टे«ड युनियनसम्बन्धी व्यवस्था हालको निजामती सेवा ऐनको दफा ५३ लाई निरन्तरता दिनुपर्न...

काठमाडौं–निजगढ दु्रतमार्ग निर्माण कार्यविधि अनुमोदन

असार ८ २०७४   .

काठमाडौं असार ८– सरकारले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणका लागि कार्यविधि बनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा विहिबार बसेको मन्त्रीपरिषद बैठकले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणका लागि तयार पारिएको कार्यविधि अनुमोदन गरेको हो ।दू्रतमार्ग निर्माण कार्य छिटो सम्पन्न हुनेगरी कार्यविधि तयार पारिएको सरकारका प्रवक्ता एवम् अर...

रात्रिकालीन गुल्जार बुटवलको अवधारणा

असार ४ २०७४   .

बुटवल, रुरु गाउँपालिका–५, गुल्मी टाहाटिमका गणेश पुरी भारतको हरियाणाबाट घर फर्किँदा पारी सुनौलीमै झमक्क साँझ परेको थियो । डिटिसीको गाडीबाट झरेर रिक्सा चढेर नेपाल आइपुग्दा राति परिसक्यो । उनी अरु केही साथीहरुसहित ट्याक्सी रिजर्भ गरेर बुटवलमा आइपुगे । बसपार्कमा सुनसान थियो, विजुली बत्ती पनि बलेका थिएनन उनी घरमा जानका लागि रात्री गाडी पनि थिएन् । उन...

शनिबारदेखि पेट्रोल, डिजल, मट्टितेलमा १ रुपैयाँ ५० पैसा घट्ने

असार ३ २०७४   .

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १ रुपैया ५० पैसा घटाएको हो ।निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी गराए अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेको कारणले निगमले पनि घटाएको हो । “नेपाली बजारमा अटोप्राइज अनुसा...
1 2 36 37 38 39 40 41 42 44 Next →
To Top