समाज

सरकारी स्वामित्वमा फिर्ता आयो ७६८ रोपनी जग्गा 

चैत्र १५ २०७४   ekhabarnepal

  रासस ,पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं. ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८ रोपनी १३ आना तीन पैसा एक दाम जग्गा सरकारी स्वामित्वमा आएको हो ।  पोखरा...

तिलोत्तमाको बनवाटिकामा १३ करोड ५८ लाख लागतमा बन्दैछ  'भ्यु टावर '

चैत्र १५ २०७४   ekhabarnepal

  बुटवल चैत १५,  तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा निर्माण हुन लागेको तिलोत्तमा भ्यु टावरको आज बिहान शिलान्यास गरीएको छ ।१३ करोड ५८ लाख रुपैयाको लागतमा ४ बर्षमा निर्माण सम्पन्न गरीने भ्यु टावरको नेपाली काग्रेस प्रदेश नम्वर ५ संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलले शिलान्यास गर्नु भएको हो । तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत ...

पुर्वमन्त्रि बालकृष्ण खाणद्धारा ट्रेड युनियन उदघाटन हुदै

चैत्र १४ २०७४   ekhabarnepal

  बुटवल चैत्र १४, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठौ जिल्ला अधिवेशन आज बुटवलमा हुदै छ ।आज बिहान ८ बजे बुटवलको देबिनगरस्थित भुपु सैनिक क्लवमा सुरु हुने अधिबेशनको काग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि बालकृष्ण खाणले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।  अधिवेशन उदघाटनका अवसरमा युनियनका पूर्व अध्यक्षहरु, आवद्ध संघका संस्थापक अध्यक्षहर...

लुम्विनी हेल्थ वाटर किगंडम को उदघाटन गर्दै मुख्यमन्त्रि पोख्रेल

चैत्र १३ २०७४   ekhabarnepal

बुटबल चैत १३,    प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले ठुला घर र अनुत्पादक क्षेत्रमा नभई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उद्योगि व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।रुपन्देहीको तिलोत्तमामा नवनिर्मित अत्याधुनिक वाटर पार्क  -लुम्विनी हेल्थ वाटर किगंडम _को आज बिहान उदघाटन गर्दै उहाले ठुला घर बनाउने पुरानो मानसिकता त्यागी उद्यमसिल बन्न र स...

ईयुले संविधान संशोधन गर्न सुझाव दिएपछि कडा प्रतिवाद गरे प्रधानमन्त्री ओलीले - हेपेको हो नेपाललाई ?

चैत्र १३ २०७४   ekhabarnepal

  काठमाडौं चैत १३,  युरोपियन युनियन (ईयु)ले निर्वाचन पर्यवेक्षणको कार्यादेश र आचार संहिताबाहिर गएर संविधान संशोधन गर्न सुझाव दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कडा प्रतिवाद गरेका छन् । परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगले सुझाव अमान्य र आपत्तिजनक भन्दै सच्याउन आग्रह गरेपछि पनि ईयुले उल्टै नसच्याउने अड्डी कसेपछि प्रधानमन्त्री ओली कडा रुपम...

कालिका मावि र मानवज्ञान ‘मर्ज’भए

चैत्र १३ २०७४   ekhabarnepal

 भरत अधिकारी बुटवल,चैत १२ ।  बुटवलको कालिका मावि र अति न्यून विद्यार्थी संख्या र औसत शैक्षिक गुणस्तर भएको बुटवलकै रामनगरको मानवज्ञान मावि अब एक आपसमा गाभिएर एउटै विद्यालय बनेका छन् । एउटै वडाका दुई विद्यालय मर्ज भएर कालिका मानवज्ञान मावि भएका हुन् । अब कालिका मानवज्ञान मावि सम्भवतः सामुदायिक विद्यालयतर्फ नेपालकै सबैभन्दा धेरै विद्यार्थी स...

डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुले प्रस्तुत गरे नृत्य 

चैत्र १३ २०७४   ekhabarnepal

शर्मिला विश्वकर्मा काठमाण्डौं,चैत १२   १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा जाउलाखेल ग्रुप अफ इण्डस्ट्रिजको सहयोगमा काठमाण्डौंमा समावेशी साँस्कृतिक कार्यक्रमको आयोजना गरियो ।  सो कार्यक्रमको उद्घाटन शैनिक श्रीमतीसँघकी अध्यक्ष रिता क्षेत्रीले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो । सो समावेशी स...

कुन्दन अर्याल र अच्युत मैनाली प्रधानमन्त्रीका सल्लाहकार

चैत्र १३ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत १२  पत्रकार कुन्दन अर्याल र अच्युत मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारमा नियुक्त गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रेस सल्लाकार मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा अामसञ्चार केन्द्रीय विभागका...

नर्भिक अस्पतालमा छापा

चैत्र १२ २०७४   ekhabarnepal

काठमाडौं  चैत  १२, राजधानी काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा आपूति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेको छ । विभागको नेतृत्वमा सम्बन्धित सरकारी एजेन्सीसहितले सो अस्पतालमा छापा मारेको हो ।  सो अस्पतालमा केही दिन पहिले बायाँ खुट्टाको अप्रेशन गर्नुपर्नेमा दायाँ खुट्टाको अप्रेशन गरिएको थियो । सो काण्डपछि चौधरी ग्रु...

तिलोत्तमा नगरमा सार्वजनिक जग्गाको लगत संकलन कार्य सुरु 

चैत्र १२ २०७४   ekhabarnepal

तिलोत्तमा फागुन १२,   रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक जग्गाको लगत संकलन कार्य सुरु गरेको छ । सार्वजनिक जग्गा मिच्ने प्रवृत्ति बढिरहँदा नगरपालिकाले वडा नं. ३ बाट त्यसतो जग्गाको लगत संकलन तथा संरक्षण कार्य सुरु गरेको हो ।  सार्वजनिक जग्गाको लगत संकलन कार्य क्रमशः सबै वडामा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । स्...

प्रतिबन्धित सवारी साधन नियन्त्रण गर्न अनुगमन टोली गठन

चैत्र १२ २०७४   ekhabarnepal

  भीमदत्तनगर ।  चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ।  यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए। उनले २०...

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान सख्त मनाहि  

चैत्र १२ २०७४   ekhabarnepal

  रसुवा चैत  १२,  रासस।  रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताउनुभयो ।  उक्त क...

भण्डारी दम्पत्ती गोली काण्डका सुटर अर्जुन गौतम ७ बर्षपछि पक्राउ 

चैत्र १२ २०७४   ekhabarnepal

बुटवल, चैत्र ११    वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले मुख्य सुटरलाइ सार्बजनिक गरेको हो । भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् । गौतमलाई बेलहिया नाका [सुनौली]बाट पक्राउ गरिएको...

चैते दसैँ र रामनवमी आज एकै दिन

चैत्र ११ २०७४   ekhabarnepal

काठमाडौँ, चैत ११ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व शनिबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।  आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने...

 सेनाकाे परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

चैत्र ११ २०७४   ekhabarnepal

  रासस काठमाडौँ  नेपाली सेनाको सैन्य पदको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिन पुगेका चार महिलासहित १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।  लोकसेवा आयोगद्वारा लिइएको सैन्य पदको लिखित परीक्षामा अर्काको नामबाट परीक्षा दिने रत्नराज्य माध्यमिक केन्द्रबाट एक र सिआइटिई कलेज तीनकुनेबाट ११ गरी कुल १२ जना नक्कली परीक्षार्थीलाई १० चैतमा...

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत ४३ करोड बढ्ने

चैत्र १० २०७४   ekhabarnepal

रासस  चितवन,चैत १० नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु. ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । विसं २०७२ वैशाखमा दुई वर्षमा सम्पन्न गर्ने गरी करीव रु. दुई अर्ब ८९ करोडमा तीन ...

पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गरिँदै 

चैत्र ८ २०७४   ekhabarnepal

काठमाडौँं चैत्र ८,  रासस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ पुनर्गठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालेको छ ।  पुराना मन्त्रालयबाट पुनर्गठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार गर्न थालिएको मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले बताए । सांगठनिक स्वरुप तयार गर्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद क...

 एसइई परीक्षा आजबाट सुरु : चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी

चैत्र ८ २०७४   ekhabarnepal

यस वर्षको एसइई परीक्षा आजबाट सुरु भएको छ । यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन आ...

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार

चैत्र ८ २०७४   ekhabarnepal

चैत्र ८, बीबीसी फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन्। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ। केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट...

युरोपेली संघको टिप्पणी खतरनाक दुराशयबाट प्रेरित: नेपाल सरकार

चैत्र ८ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र ७,  नेपाल सरकारले युरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसनलाई आफ्नो अधिकारक्षेत्रबाहिर गई सार्वभौम नेपाली जनताका तर्फबाट लिएका केही निर्णयमा अवाञ्छित टिप्पणी गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा बुधबार जारी विज्ञप्तिमा मिसनले मंगलबार जारी गरेको वक्तव्यले निष्पक्ष, शान्तिपूर्ण र नि...

दुलहीले फिर्ता गरिन सिन्दूर पोते, दुई साता टिकेन विहे

चैत्र ७ २०७४   ekhabarnepal

 रासस  झापा,चैत ०६   दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन्।  जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै बेहुलीको सिउँदो भरेर सिन्दूर दान गरेका बुद्धशान्ति गाउँपालिका–१ निवासी २९ वर्षीय राकेश रेग्मीले बेहुलीलाई दान गरेको सिन्दूर पोते आफैँले फिर्ता ...

कर्मचारी संगठनद्धारा रक्तदान

चैत्र ७ २०७४   ekhabarnepal

  बुटवल, चैत ६ ।  ६ वर्ष अगाडी टिप्परको ठक्करबाट बुटवलको मिलनचोकमा दुइजना कर्मचारीको मृत्यु भएको स्मृतिमा नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ ।  छैठौं नमराज दिलिप स्मृति दिवसको अवसरमा  गरेको रक्तदान कार्यक्रममा सहभागि कर्मचारीहरुले ६ वर्ष अगाडी टिप्पर आंतकका कारण दुइजना कर्मचारी गुमाउनु परेको चर्चा गर्दै सो आं...

यसकारण  हुन्छ  आजको दिन र रात बराबर

चैत्र ६ २०७४   ekhabarnepal

  काठमाण्डौं चैत्र ६ ,  आज दिन र रात बराबर हुने भएको छ । सूर्य भु–मध्यरेखाको ठिक माथि पर्ने भएकाले दिन र रातको समय बराबर हुने भएको हो । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा। सुनिल सिटौलाले बताउनुभयो । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्...

गत हप्ता विमान दुर्घटनामा ज्यान गुमाएका बांग्लादेशी यात्रुको शव आज ढाका पठाइदै 

चैत्र ५ २०७४   ekhabarnepal

  युएस-बांग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको अधिकारीहरूले बताएका छन्।नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी आइतवार साँझ काठमाण्डूस्थित बांग्लादेशी दूतावासका अधिकारीहरूलाई बुझाएका थिए। दूतावासका कन्सुलर अल अलेमुल इमामले भने, "पहिचान गरिएका २३ जना बांग्ला...

सीमा नाकाबाट ६ चेलीको उद्धार : बिचौलिया नियन्त्रणमा

चैत्र ५ २०७४   ekhabarnepal

  जितपुर  चैत्र ५,    कपिलवस्तु, राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले भारत हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थामा यहाँको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमा नाकाबाट आइतबार ६ युवतीको उद्धार गरिएको छ । विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो । ...

प्रधानमन्त्रीले सचिवहरुलार्इ भने: घिसिपिटी तरिकाले  चल्दैन, जिम्मेवारी असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ

चैत्र ५ २०७४   ekhabarnepal

  काठमाडौं, चैत ४ रासस प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाल...

भैरहवामा बिमान दुर्घटना ः क्षतिबाटबाट जोगियो,बिमानस्थल ठप्प

चैत्र ५ २०७४   ekhabarnepal

  भैरहवा, चैत्र ४ रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा एति एयरको विमान दुर्घटनामा परेको छ । ५ बजेर ११ मिनेटमा विमान रनवेमा दुर्घटनामा परेको हो । काठमाडौंबाट २६ जना यात्रु र चालक दलका सदस्य बोकेर उडेको जुलेट चार्ली विमान नामक विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । यद्यपी विमानमा रहेका सबै शकुसल रहेका छन् । काठमाडौंबाट भैरह...

आइजीपीका लागि प्रमुख चार दावेदारहरु बिच आन्तरिक होडबाजी : को बन्ला ?

चैत्र ४ २०७४   ekhabarnepal

काठमाडौं चैत्र ४ ,  नेपाल प्रहरीमा नयाँ आइजीपी बन्नका लागि लिगलिगे दौड सुरु भएको छ । आइजीपी प्रकाश अर्याले आगामी चैत २९ गतेबाट अवकास पाउने भएपछि नयाँ आइजीपीका लागि डिआइजीहरुबीच रस्साकस्सी सुरु भएको छ । आइजीपी अर्यालसँगै सबै एआईजीहरु उमेर हदका कारण विदा हुँदैछन् । त्यसो हुँदा अबका डीआइजीहरुमध्येबाट आइजीपी बनाउनु पर्ने स्थिति छ । यो अवस्थामा...

तिलोत्तमा नगरपालिकामा जथाभावी जग्गा प्लटिङमा रोक 

चैत्र ४ २०७४   ekhabarnepal

तिलोत्तमा, चैत ४ । तिलोत्तमा नगरपालिकाले जथाभावी जग्गा प्लटिङमा रोक लगाएको छ । नगर कार्यपालिकाको १७ औं बैठकले जग्गा विकास तथा प्लटिङ सम्बन्धी मापदण्ड–२०७४ पारित गर्दै नगरपालिकाको पूर्व–स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाएको हो ।  मापदण्ड ‘तिलोत्तमा राजपत्र’ मा प्रकाशित भएपछि कार्यान्वयमा आउनेछ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा २७ को उपदफ...

पर्वत र कास्कीका २१ विद्यालयमा स्मार्ट पाठ्यक्रम सञ्चालन भएपछि : यस्तो रहस्यात्मक प्रतिक्रया

चैत्र ३ २०७४   ekhabarnepal

विद्यार्थीलाई श्रव्यदृश्य पाठ्यक्रममार्फत अध्ययन–अध्यापन गराउन कास्की र पर्वतका २१ विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ । गएकाे ४ वर्षदेखि बालबालिका तथा शिक्षाको क्षेत्रमा कास्की र पर्वतमा काम गर्दै आइरहेको गुडनेवर्स इन्टरनेशनलले दुई जिल्लाका २१ विद्यालयमा स्मार्ट कक्षा सञ्चालन गरेको हो ।  गुड नेवर्स इन्टरनेशनल नेपालको स्मार्टकक्षा परियो...

धरहरा पुनःनिर्माण गर्न सरोकारवाला सँग छलफल शुरु

चैत्र २ २०७४   ekhabarnepal

काठमाडौं चैत्र २ , राष्ट्रिय पुनः निर्माण प्राधिकरणले २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन सरोकारवाला निकायसँग छलफल शुरु गरेको छ । नेपाल टेलिकमले आफ्नो प्रतिबद्धताबाट पछि हटेर धरहरा पुनःनिर्माण गर्न नसक्ने बताएपछि प्राधिकरणले नै गर्नेबारे छलफल अघि बढाएको हो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युव...

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको निधन

चैत्र १ २०७४   ekhabarnepal

  काठमाडौँ, रासस । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।  कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।  विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जान...

 गृहमन्त्री थापा र अमेरिकाका राजदूत अलाइन बिच शिष्टाचार भेटवार्ता 

चैत्र १ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र १, रासस,  गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले शिष्टाचार भेटवार्ता गरेकी छन् ।  गृह मन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।  भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रह...

मणिग्रामदेखि योगिकुटीसम्म बिशेष सरसफाई कार्यक्रम 

चैत्र १ २०७४   ekhabarnepal

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आब्हानमा आज तिलोत्तमा नगरपालिकाको मणिग्रामदेखि योगिकुटीसम्म बिशेष सरसफाई गरीएको छ ।नगरपालिकाको नियमित सरसफा्रइ कार्यक्रम अन्तर्गत आज मानव सांलो नाम दिएर मणिग्रामदेखि योगिकुटीसम्म सरसफाइृ गरीएको हो । नगरका सबै वडाका खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था, टोल बिकास सस्था, बिभिन्न बिद्यालय, सहकारी सस्था सहित जनप्रति...

नुवाकोट बिकास समितिमा नयां नेतृत्व,यस्ता छन् अधिबेशनबाट पारित प्रस्ताव

चैत्र १ २०७४   ekhabarnepal

  बुटवल । नुवाकोट बिकास समितिको नवौं अधिबेशनबाट अध्यक्षमा पुन ः माधब नेपाल चयन हुनुभएको छ । १७ सदस्यीय नयां कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पीएल श्रेष्ठ उपाध्यक्षमा अनुपमान सैजू,सचिबमा केहरसिंह खड्का,सहसचिब अणप्रसाद बस्याल,कोषाध्यक्षमा अभिशेषलाल श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पदमलाल शाक्य,दीपक ज्ञवाली,चन्द्र बहादुर क्षेत्री,दिल ...

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

चैत्र १ २०७४   ekhabarnepal

  अर्घाखाँची,फागुन ३०  डालेघाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँचीको खिल्जीमा आज एक जनाको  ज्यान गएको छ ।  जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर–६ खिल्जी हटिया निवासी ६५ बर्षिय कविराम श्रेष्ठले आफ्नो घर नजिकै  बारिको छेउमा रहेको कुटमेराको रूखमा चढेर घाँस काट्ने क्रममा रुख देखि माथि बाट गएको हाइटेन्सन बिजुलीको तारले रुखलाइ छुदा ...

गृहमन्त्री थापा र बंगलादेशका पर्यटनमन्त्री  शाजहान कमल बिच भेटवार्ता : विमान दुर्घटनाबारे पूर्ण विश्लेषण

फागुन ३० २०७४   ekhabarnepal

    काठमाडौं फागुन ३० ,  गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुः...

राष्ट्रिय परीक्षा बोर्डद्धारा कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण : प्रश्नपत्र छपाइ कार्य शुरु

फागुन ३० २०७४   ekhabarnepal

भक्तपुर (रासस) । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ ।  आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न...

विमान दुर्घटनामा परेका घाइतेलाई अस्पताल पुगेर भेटे सभापति देउवाले

फागुन २९ २०७४   ekhabarnepal

  काठमाडौँ फागुन २९ ,  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् । सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए । देउवाले सिनामंगलको काठमाडौं म...

विमान दुर्घटनाको बारेमा जानकारी लिन बंगलादेशी टोली नेपाल आउँदै

फागुन २९ २०७४   ekhabarnepal

काठमाडौँ फागुन २९ ,  सोमबार (हिजो) भएको बंगलादेशी विमान दुर्घटनाको अवस्थाबारे जानकारी लिन उच्चस्तरीय टोली नेपाल आउने भएको छ । टोली आज दिउँसो काठमाडौं आउन लागेको हो ।  स्रोतका अनुसार बंगलादेशी टोलीको नेतृत्व त्यहाँका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहाजहान कमालले गर्नेछन् । टोलीमा त्यहाँका सुरक्षा अधिकारी पनि रहनेछन् ।  विमान दुर्घट...

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी,३० यात्रुको शव निकालियो 

फागुन २८ २०७४   ekhabarnepal

काठमाडौँ,फाल्गुन २८ त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा आगलागी भएको छ। केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे । बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो। युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका ...

बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

फागुन २७ २०७४   ekhabarnepal

  काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।  “घटना घटेको जानकारी आउनासाथ प्रधानमन...

पहिलो पटक तिलोत्तमाले बुझायो स्थानीय कानुन संघीय सरकारलाई 

फागुन २७ २०७४   .

तिलोत्तमा, फागुन २६ । तिलोत्तमा नगरपालिकाले शनिबार स्थानीय कानुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी संघीय सरकारलाई गराएको हो ।   फागुन ६ गते राजपत्रमा प्रकाशित स्थानीय कानुन नगरपालिकाले फागुन ९ गते प्रदेश न...

यसरी भयो राधामाथि निर्मम कुटपिट 

फागुन २६ २०७४   ekhabarnepal

  धनगढी फागुन २६,   घोडाघोडी–५, स्थित आफ्नै घरमा भोलेबाबा भनिने रामबहादुर चौधरीले आफुलाई देवता आएको भन्दै आफ्नै घरमा ४५ दिनको यज्ञ लगाएका थिए । राधाको परिवार चार दिनदेखि यज्ञमा नगएपछि, गाउँमा बोक्सी लगाउने त्यही हो भन्दै बिहीबार स्थानीय पार्वती चौधरी र किस्मती चौधरीलगायतका महिलाहरुलाई बोलाउन पठाए । बिहान घरमा सरसफाई गरिरहेकी राधालाई किस्मती...

बुटवल-नारायणगढसडकमा एडीबीले भन्यो-अर्कै टेन्डर गराऊ

फागुन २६ २०७४   .

  काठमाडौं, फागुन २५ । नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि एशियाली बिकास बैंक (एडीबी) ले भारतीय कम्पनी जेपी इन्फ्रालाई अयोग्य ठहर्‍याएको छ । अहिले भइरहेको प्रक्रिया नै रद्द गरेर नयाँ टेण्डर प्रक्रियाअघि बढाउन एडीबीले सडक विभागलाई स्वीकृति दिएको छ । प्राविधिक मूल्यांकनमा पास भएर आर्थिक मूल्यांकनका क्रममा रहेका बेलामा जेपी इन्फ्राको भागि...

प्रधानमन्त्री ओलीद्धारा सर्जिकल भवनको शिलान्यास 

फागुन २५ २०७४   ekhabarnepal

  काठमाडौं फागुन २५, प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा बन्न लागेकोे सर्जिकल भवनको शिलान्यास गरेका छन् । देशकै जेठो वीर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउँने योजना अनुसार निर्माण हुन लागेको नयाँ भवनको शुक्रबार शिलान्यास भएको हो ।  २ अर्ब ३४ लाख ७२ हजार ९ सय ९५ रुपैयाँ लागतमा निर्माण शुरुभएको अस्पताल भवनको तीन वर्षभित्रमा निर्...

एमाले शाखा कमिटी बुटवल– १३मा नयाँ नेतृत्व

फागुन २५ २०७४   .

  उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह बुटवल, फागुन २४ । नेकपा एमाले बुटवल– १३ नं. वडा शाखा कमिटीको चौंधौं अधिवेशन बिहीबार बेलबासमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै एमाले नेताहरुले अबको समय समृद्धिका लागि भएकाले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरेका थिए । नेताहरु जिल्ला अध्यक्ष शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसा...

  समाजमा महिलामाथि हुने अपराधका घटना बढन थाल्यो किन ?

फागुन २४ २०७४   ekhabarnepal

     चितवन फागुन २४,  रासस , महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ ।  महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ । गत आर्थिक वर्षमा २३ वटा घटना प्रहरीम...

चुडामणि विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

फागुन २३ २०७४   ekhabarnepal

काठमाडौं फागुन २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाई‌ विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।  चापागाइलाई नगरकोटमा जग्गामा मोही छु्टयाउने क्रममा सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । उनलाई हदैसम्मको जरिवाना र कैद...

आस्थाकै आधारमा मीडियामा दमन हुने कुरा दुखद ः चलाउने

फागुन २२ २०७४   ekhabarnepal

गर्जन पोष्ट चोथौं बर्षमा प्रवेश फाल्गुण २२, बुटवल । बुटवलबाट प्रकाशित गर्जन पोष्ट साप्ताहिकले आफ्नो प्रकाशनको तेस्रो बर्ष पूरा गरी चोथौं बर्ष प्रवेश गरेको अवसरमा ‘संविधानमा मौलिक अधिकार, विचार, आस्था तथा अभिव्यक्ती स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा आयोजित अन्तरक्रियाम...
1 2 6 7 8 10 12 13 14 19 20
To Top