अर्थ

जलविद्युतका लागि कम्पनीहरुको महत्वाकांक्षी योजना, ५ वर्षमा ३६ अर्ब लगानी गर्दै

असोज १ २०७४   .

रमेश लम्साल  काठमाडौँ,भदौ ३१  बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ।  कम्पनीले आगामी ५ वर्ष रु ३६ अर्ब आक्रामक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्...

सम्पत्ति शुद्धीकरण : निर्धक्क रकम आर्जन गर्नुहोस्

भाद्र ३१ २०७४   रासस

काठमाडौँ ,भदौ ३१- तपाईं करोडौँ सम्पत्तिका मालिक हुनुहुन्छ । कतै यी रकम तथा सम्पत्तिका कारण सम्पत्ति शुद्धीकरणको झमेलामा त फस्ने होइन भनी चिन्तित हुनुहुन्छ ? यदि तपाईंले राम्रो काम गरी रकम आर्जन गर्नुभएको छ भने चिन्ता गर्नुपर्दैन । निर्धक्क भएर आफ्नो व्यवसाय अघि बढाउँदै थप रकम आर्जन गर्न सक्नुहुनेछ । यो जानकारी नेपाल चेम्बर अफ कमर्सले शुक्रबार...

साताको सेयर : ३ अर्ब ६० करोड ६८ लाखको कारोवार

भाद्र ३० २०७४   .

काठमाडौं, भदौ ३०–नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोवार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो...

अमेरिकाले नेपाललाई ५०अर्ब दिने सम्झौतामा हस्ताक्षर,६३ करोड डलरको कोष बन्ने

भाद्र ३० २०७४   .

काठमाडौं  भदौ,३० । अमेरिकाले नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन [एमसीसी] कार्यक्रममार्फत नेपाललाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको हो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीको तर्फबाट जोनाथन नाथले सम्झौताम...

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्दै, आज सम्झौता हुने

भाद्र २९ २०७४   रासस

 वासिङ्गटन डिसी, भदौ २९ । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा बुधबार वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दैछन्। यो सम्झौताअनुसार कुल ६३ करोड डलर...

कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बजेट ६४ करोड २२ लाख

भाद्र २८ २०७४   .

कपिलवस्तु ,भदौ २८ –कपिलवस्तुको बुद्धभुमि नगरपालिको पहिलो नगर सभाले आर्थिक वर्ष २०७४/७५ का लागि करिब ६४ करोड २२ लाख बजेट विनियोजन गरेको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठले  मंगलबार भएको प्रथम नगर सभामा ६४ करोड २२ लाख ८७ हजार २ सय ३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेका हुन् । जसमध्ये पुँजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ र चालुतर्फ १५ कर...

सेयर बजार ओर्लियो, ६३ करोडको कारोवार

भाद्र २८ २०७४   .

काठमाडौं, भदौ २८। नेपालको सेयर बजार बुधबार पनि ९ अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज पनि घटेपछि १४९३.२० अंकमा बजार झरेको छ । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको आज ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको छ । आज बैंकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेका छन् भने होटल, जलविद...

नेपाल–चीन रेलमार्ग संसारकै कठिन भूबनोटमा पर्ने

भाद्र २८ २०७४   .

प्रकाश सिलवाल   काठमाडौँ, भदौ २७  नेपाल र चीनबीच जोडिने रेलमार्ग हिमालवारपारको रेलमार्गमध्ये संसारकै सबैभन्दा कठिन भूबनोट भएर जाने ठूलो उचाइको रेलमार्ग हुने भएको छ।  चीनको गन्सुबाट, ल्लासा, तिनग्री, सिगात्सेदेखि नेपालको रसुवा हुँदै काठमाडौँमा रेलमार्ग जोड्न सैद्धान्तिकरुपमा दुवै देश तयार भएपछि हाल प्राविधिक अध्ययन जारी छ । सिगात्सेबाट काठम...

परराष्ट्रमन्त्री महराले चिनियाँ लगानीकर्तालाई भने, 'नेपालमा लगानीको राम्रो अवसर छ'

भाद्र २५ २०७४   रासस

काठमाडौं ,भदौ २५  | उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्। ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्र्रियामा परराष्ट्रमन्त्रीले भने, “दुई देशबीचको कनेक्टिभि...

बुटवलमा व्यापार संगठनले कात्तिक ८ देखि १८ सम्म राष्ट्रिय औधोगिक प्रदर्शनी गर्ने

भाद्र २४ २०७४   .

बुटवल भदाै २४- नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ८ देखि १८ गतेसम्म बुटवलमा राष्ट्रिय औधोगिक कृषि तथा पर्यटन प्रवद्र्धन प्रदर्शनी २०७४ आयोजना गर्नेभएको छ । यहाँको समग्र आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । संगठनको विहीबार बुटवलमा बसेको बैठकले प्रदर्शनीको लागि विभ...

एक वर्षमा दुई खर्बको इन्टरनेट खरिद

भाद्र २२ २०७४   .

काठमाडौं, भदौ २२ । नेपालले एक वर्षको अवधिमा करिब दुई खर्ब रुपियाँ बराबरको इन्टरनेट खरिद गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको ‘इन्टरनेट ब्याण्डविथ’ खरिद गरेको हो। २०७२ मा नेपालले एक अर्ब ७४ करोड ७७ लाख रुपैयाँ बराबरको इन्टरनेट खरिद गरेको थियो। विदेशबाट ‘ब्याण...

बाणगंगा नगरपालीका प्रथम नगरसभा सम्पन्न

भाद्र २० २०७४   .

कपिलवस्तु भदौ २० । झन्डै २ दशकपछि भएको स्थानीय तह निर्वाचन पछि कपिलवस्तुका स्थानीय तहमा धमाधाम आफना निति, कार्यक्रम तथा बजेट सार्वजनिक हुन थालेका छन् । विगतमा कर्मचारीकै भरमा स्थानीय निकायको काम भएकोमा स्थानीय तहको निर्वाचन पछि सरकारको रुपमा रहेका कपिलवस्तुका स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत आफना कार्यक्रम सार्वजनिक गरेका छन् । १० बटा स्थानी...

सुनको भाउ तोलाको ५७ हजार पुग्यो

भाद्र १९ २०७४   .

काठमाडौं, भदौ १९–नेपाली बजारमा सोमबार सुनको भाउ ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलाको ५६ हजार ८ सय रुपैयाँ रहेको सुनका भाउ आज तोलामा २ सय रुपैयाँ बढेर ५७ हजार रुपैयाँ पुगेको हो । आज तेजावी सुनको भाउ प्राित तोला ५६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तेजावी सुनका भाउ तोलाको ५६ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको भाउ प्रति तोला ७...

क्षेत्रपाटीबाट अहिलेसम्मकै सबैभन्दा बढी सुन समातियो

भाद्र १९ २०७४   .

काठमाडौं,भदौ १९ । काठमाडौं प्रहरीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । केरुङबाट काठमाडौँ ल्याइएको सुन बरामद भएको हो । बरामद भएको सुन अहिलेसम्मकै सबैभन्दा बढी हो । क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट सुन बरामद भएको महानगरीय प्रहरी प्रमुख जयबहादुर चन्दले जानकारी दिए । प्रहरीले गाडीमा सुन भएको सूचना हिजो नै पाएको र रातभर रेक्की...

'उपयोग गर्न नजान्दा अहिलेसम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर:गर्भनर नेपाल

भाद्र १८ २०७४   .

पाल्पा,भदौ १८  । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले नेपाली जनताले पैँसा र बैंकलाई बुझ्न नसक्दा युवाहरु विदेशिनु परेको बताएका छन् । पैसा, वित्तीय संस्था र बैंकलाई उपयोग गर्न नजान्दा अहिले सम्म ६० प्रतिशत जनता बैंकिङ पँहुचभन्दा बाहिर रहेको उनले स्पष्ट पारे । प्रसस्त सम्भावना र अवसर हुदाँहुदैँ पनि युवाहरु विदेशिँदा हाम्रो मुलुकमा ...

बुटवल उपमहानगरपालि को बजेट, नीति तथा कार्यक्रम सार्बजनिक

भाद्र १६ २०७४   .

बुटवल उपमहानगरपालिकाले चालु आ ब ०७४÷०७५ का लागि रु.१ अरब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ को बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गत भदौ ११ सम्पन्न नगरसभाबाट पारित बजेट आज एक समारोह वीच नगर प्रमुख शिवराज सुवेदीले सार्वजनिक गरेका हुन् । सो अबसरमा बजेट,नीति तथा कार्यक्रमको पुस्तिकाको पुर्व अर्थमन्त्री बिष्णु पौडेलले बिमोचन गरेका थिए । बुटवल उ...

संयुक्त राष्ट्र संघले ६ सय ३५ मिलियन अमेरिकी डलर अनुदान दिने

भाद्र १६ २०७४   .

काठमाडौं, भदौ १६। संयुक्त राष्ट्र संघ र नेपालबीच ५ वर्षे विकास सहायता संरचनामा समझदारी भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भेरिया जुलियान्ड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ५ वर्षे विकास सहायता संरचनासम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालको समावेशी आर्थिक वृ...

इम्बोस्ड नम्बर प्लेटबाट गैरकानुनी रुपमा ७ अर्व ६२ करोड उठाउँदै प्रधानमन्त्री

भाद्र १५ २०७४   .

काठमाडौं, भदौ १५–  सवारी साधनमा इम्बोस्ड नम्बर जडान प्रक्रियाबाट प्रधानमन्त्री शेरबहादुर देउवासमेतको मिलेमतोमा ७ अर्व रुपैयाँ भन्दा बढी चुनाव खर्च असुल्न लागेको खुलेको छ । भदौ ५ गते बसेको मन्त्रिपरिषद बैठकले अचानक सवारी साधनमा इम्बोस्ड जडान गर्ने निर्णय गराईएको थियो । सवारी साधनमा इम्बोस्ड जडान गर्ने तयारी भने कांग्रेस नेता बिमलेन्द्र निधि भौ...

सुनको भाउ २ सय घट्यो

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४–मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भ...

आयल निगम जग्गा खरिद अनियमिततामा पूर्वप्रधानमन्त्री दाहाल पनि तानिंदै !

भाद्र १४ २०७४   .

काठमाडौं, भदौ १४ – नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालसम्म संलग्न रहेको संसदको अध्ययन टोलीले फेला पारेको छ । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरी फर्केको संसदीय टोलीले निगमका कार्यकारी निर्देशक खड्...

सन् २०३० सम्म मुलुकभर स्वच्छ खानेपानीः मन्त्री यादव

भाद्र १४ २०७४   .

बुटवल, भदौ १४। बुटवल उपमहानगरले निर्बाचित जनप्रतिनिधि पाएपछि आर्थिक वर्ष २०७४÷०७५ का लागि एक अर्ब ६३ करोडको बजेट पारित गरेको छ ।नगरसभाले चालु आर्थिक वर्षका लागि एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैंयाँको बजेट पारित गरेको हो । नगरसभा बैठकमा नगर प्रमुख शिवराज सुवेदीले बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत गर्दै प्रमुख सुवेदीले नगरबासीको...

तुलसीपुरको बजेट १ अर्ब १८ करोड, प्राथमिकतामा पूर्वाधार विकास

भाद्र १३ २०७४   रासस

दाङ  भदौ,१३ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल ...

आयल निगमले चितवनमा खरिद गरेको जग्गा अनुगमन

भाद्र १० २०७४   .

काठमाडौं , भदौ १०। व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका लोथर पुगी जग्गाको निरिक्षण गरेको हो । स्थलगत निरिक्षणको क्रममा टोलीले जनप्रतिन...

रुपन्देहीको सैनामैना नगरपालिकाको बजेट

भाद्र ७ २०७४   .

सैनामैना ,भदौ ७ । स्थानीय तहको चुनाव सम्पन्न भएको करिव २ महिना पछि रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख विना रानाको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा नगर प्रमुख चित्र बहादुर कार्कीले आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्नुभएको हो । आज बसेको नगरसभामा सैनामैना नगरपालिका यस आ...

निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिको अनुगमन

भाद्र ७ २०७४   .

भैरहवा ,भदौ ७ । नेपाल आयल निगमले भैरहवामा खरिद गरेको जग्गामा संसदिय समितिले अनुगमन गरेको छ । ब्यवस्थापिका सांसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित समिति अन्र्तगत आपूर्ति उपभोक्ता समितिले आयल निगमको जग्गा अनुगमन गरेको हो । अनुगमनको क्रममा उक्त जग्गा चलनचल्तीको मूल्यभन्दा धेरै मूल्य हालेर खरिद गरेको पाईएको समितिका संयोजक सांसद सुभाष चन्द्र ठकुरी...

पुँजी बजार ६.४० अंकले ओर्लियो

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५–अघिल्लो दिन दोहोरो अंकले झरेको पुँजी बजार आज पनि ६.४० अंकले ओरालो लागेको छ । आज बजार एक हजार ६ सय ११.५७ अंकमा आइपुगेको छ । एक सय ५४ कम्पनीको २६ लाख ८७ हजार एक सय २ कित्ता सेयर खरिद विक्रिवाट ५२ करोड २० लाख ४ हजार एक सय ३७ रुपैयाँको कारोवार भएको छ । आज ‘अन्य’ समूह वाहेक सवै समूहको सूचक रातो भएका छन् । आज बैकिङ समूहको सूचक ४....

साढे ३३ किलो सुनकाण्डका नाइके पक्राउ

भाद्र ५ २०७४   .

काठमाडौं, भदौ ५– गत  पुस तेस्रो साता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकैबाट  समातिएको साढे ३३ किलो अवैध सुन तस्करी काण्डका नाइके युएईबाट पक्राउ परेका छन् । नेपाल प्रहरीले युएई प्रहरीको सहयोगमा तस्करीका नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको हो ।  उनलाई काठमाडौं ल्याइएको र सीआईबीको जिम्मा लगाउने तयारी भइरहेको  एसपी मीरा चौधरीले जानकारी दिइन् ...

सिनपाको बजेट १ अर्ब ३८ करोड

भाद्र ४ २०७४   .

भैरहवा,  भदौ ४  । चालु आर्थिक वर्षकोलागी सिद्धार्थनगरपालिका भैरहवाले प्रथम नगरसभा मार्फत १ अरब ३८ करोड १५ लाख १९ हजार बराबरको बजेट पारित गरेको छ । जसमध्ये चालु खर्चतर्फ २८ करोड २४ लाख ९० हजार र पुजिंगत तर्फ १ अरब ९ करोड ९० लाख २९ हजार बराबरको रकम नगरका मेयर हरिप्रसाद अधिकारीले प्रस्तुत गर्नुभयो । चालु आर्थिक वर्ष २०७४।०७५ कोलागी बजेटको स्रोत ...

१२ प्रतिशत बहालकर नउठाए काठमाडौं महानगरलाई पौने २ अर्ब नोक्सानी हुने

भाद्र ४ २०७४   .

काठमाडौं, भदौ ४ । अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो। तर, १२ प्...

नितिगत अस्पष्टताले अबैध कृयाकलाप गर्न प्रोत्साहन मिलेको: एजेण्टहरुको भनाई

भाद्र २ २०७४   .

भैरहवा, भदौ २ । भन्सारमा हुने अवैध कृयाकलाप रोक्न भन्दै भन्सार विभागको छानबिन समितिले भन्सारका कर्मचारी, एजेण्ट संघ, उद्योगी व्यवसायीबाट सुझाव संकलन गरेको छ । सुझाव संकलनमा व्यापारीहरुको प्रलोभन र भन्सार कार्यालयको खुकुलो नितीले भष्टाचार मौलाएको एजेण्टहरुले दावी गरे । भन्सारको नियम अनुसार भारततर्फबाट चोरी गरेर ल्याएको सामानपनि जाँचपाच हुने हुँद...

रैनादेवी छहरा गाउँपालिकाको बजेट ३९ करोड ५५ लाख

भाद्र २ २०७४   .

पाल्पा,  भदौ २ - रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ‘शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनसहितको पूर्वाधार उज्यालो रैनादेवी छहरा हाम्रो आधार’ भन्ने नारासहित रैनादेवी छहरा गापाको छ दिनसम्म चलेको प्रथम गाउँ सभाबाट पारित गरिएका बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले पत्रकार...

लेखा समितिले रुपन्देहीमा सार्वजनिक सुनुवाई गर्ने

भाद्र १ २०७४   .

बुटवल, भदौ  १ । ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले गौतम वुद्ध अन्तराष्टिय विमानस्थल निर्माण आयोजनाका बारेमा रुपन्देहीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । आज बुटवलमा सार्वजनिक सुनुवाईको तयारीका क्रममा छलफल कार्यक्रम सम्पन्न भएको छ । लेखा समितिले यही भदौ महिनामा विमान स्थल र यहा निर्माणाधिन ६ लेन सडकका बारेमा सार्वजनिक सुनुर्वा गर्ने जनाएको ...

कञ्चनको नीति तथा कार्यक्रम प्रस्तुत

भाद्र १ २०७४   .

सैनामैना ,१, भदौ ।   कञ्चन गाँउपालिकाको  प्रथम गाउँसभा वैठकमा  आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम  प्रस्तुत गरिएको छ ।     गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा गाउँपालिका भित्रको सुकुम्वासी समस्या र अव्यवस्थित वसोवासलाई व्यवस्थापन गर्ने  नीतिलाई प्रमुख महत्वका साथ लिईएका छ ।  गाउँपालिकाकी...

तिलोत्तमा नगरपालिकाको बजेट एक अर्ब ६९ लाख रुपैयाँ

भाद्र १ २०७४   .

तिलोत्तमा, भदौ १। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४–७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले बुधबार एक अर्ब ६९ लाख ५५ हजार ६८९ को बजेट प्रस्तुत गरेका हुन् । मंगलबार नगरसभा बैठकले नीति, मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट बुधबार बैठकम...

भैरहवा भन्सारको बदमाशी, एउटै प्रज्ञापनबाट दुईवटा गाडी बाहिर पठाउने गरेको तथ्य फेला

साउन २८ २०७४   .

भैरहवा,साउन २८  । भैरहवाभन्सार कार्यालयले एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवाहक ट्रक बाहिर पठाउने गरेको कालो कर्तुतको पर्दाफाशभएको छ । देशलाई लाखौ राजस्व घाटा लगाउदै भन्सार कर्मचारीहरु आफ्नो खोल्टी भर्ने गरेको तथ्य फेला परेको छ । भन्सार कार्यालयलाई “सियो देखाएर हात्ती छिराउने ” गरेको आरोप यस अघि पनि लाग्दै आएको थियो । ब्यापारी, भन्सार एजेण...

रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोल अभाव

साउन २७ २०७४   रासस

लुम्बिनी, साउन २७-पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको अनुसारकै परिमाण प्राप्त हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका का...

वाणिज्य मन्त्रालयको नयाँ प्रविधि:अब प्रत्येक सवारी निगरानीमा

साउन २५ २०७४   .

काठमाडौं । भारतीय भन्सार विन्दूबाट नेपाली भन्सार विन्दूमा आउने सवारीहरु दशगजामा नै हराउने समस्याको समाधानको लागि वाणिज्य मन्त्रालयले नयाँ योजना ल्याएको छ । भारतबाट नेपाल जान भनेर हिँडेका कन्टेनरहरु नेपाल नआई हराउने गरेको समस्यालाई समाधान गर्ने एक मात्रै उपाय कन्टेनरमाथिको निगरानी रहेको ठहर गर्दै मन्त्रालयले अब भारत तथा तेस्रो मुलुकबाट सामान बोके...

गैर नेपाली व्यवसायीबाट वाणिज्य विभागमाथि ठगी, मनपरी रुपमा सामान आयात गर्दा समस्या

साउन २४ २०७४   .

काठमाडौं । राज्यका निकायहरु नै कमजोर भयो भने जस्ता सुकै व्यवसायीहरु पनि राज्यलाई ठग्न माहिर हुन्छन् भन्ने दृष्टान्त राज्यका केही अंगहरुको गतिविधिले देखाउने गरेको छ । लामो समयदेखि वाणिज्य विभागको सुस्त गतिविधिका कारण गैर नेपाली व्यवसायीहरुले वाणिज्य विभागमा दर्ता नै नगरी पनि अन्तराष्ट्रिय व्यापार गर्ने गरेको बुझिन आएको छ । नेपाल बाहिरबाट आएर न...

कतै जागिर नपाएपछि मौरीपालन

साउन २३ २०७४   रासस

निमदत्त सुवेदी पोखरा, साउन २३। पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९०...

आजको विनिमय दर ः डलर एक सय २ रुपैयाँ

साउन २३ २०७४   रासस

काठमाडौं, साउन २३–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४ पैसा रहेको छ ।

तुलसीपुरमा घुमन्ते व्यापारीलाई प्रवेश निषेध

साउन २२ २०७४   .

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ते व्यापारीहरुलाई प्रवेशमा रोक लगाईने जनाएको छ । विशेषगरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर क्षेत्रमा घुमन्ते व्यापारीहरुले गर्दै आएको कारोवारलाई पूर्ण रुपमा रोक लगाइएको संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिए । अध्यक्ष रावतका अनुसार तुलसीपुर क्षेत्रमा घ...

जग्गा खरिदमा ठूलो आर्थिक अनियमितता भएको लेखासमितको ठहर, कारवाही गर्न अख्तियारलाई निर्देशन 

साउन २० २०७४   .

काठमाडौं, साउन २०– पेट्रोलियम भण्डारणका लागि नेपाल आयल निगमले किनेको जग्गामा आर्थिक हिनामिना भएको ठहर संसदको लेखा समितिले गरेको छ । समितिको शुक्रबार बसेको बैठकले जग्गा खरिद प्रकरणमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाही गर्न निर्देशन दिएको हो ।  समितिका सभापति डोप्रसाद उपाध्यायले आर्थि...

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्ले, अमेरिकाको ५१ अर्व अनुदान स्वीकृत

साउन १९ २०७४   .

काठमाडौं,साउन १९– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका  उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिनुभएको थियो । उपाध्यक्षमा नियुक्त हुनु अघि उहाँ आयोगको सदस्य हुनुहुन्थ्यो । कां...

धितोपत्र बजार : पाँच अर्ब बढीको कारोबार

साउन १४ २०७४   रासस

काठमाडौँ साउन ,१४। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ५३ करोड १८ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७० कम्पनीको ९० लाख ५८ हजार ७० कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १६ दशमलव ७५ प्रतिशत बढी हो । गत साता १६५ कम्पनीको ८७ लाख ५३ हजार आठ सय ८० कित्ता शेयर रु चार अर्ब ७३ करोड ८२ लाख ७६...

एनएमबी बैंकको नाफा एक अर्ब ५१ करोड

साउन १४ २०७४   .

काठमाडौं साउन, १४–एनएमबी बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३५.५४ प्रतिशत बढी हो । ब्याज आम्दानीमा भएको प्रगतिका कारण बैंकको नाफा बढेको हो । बैंकको कुल सञ्चालन मुनाफा भने एक अर्ब ९८ करोड रुपैयाँ छ । बैंकले गत आवमा ७३ अर्ब २२ करोड निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण प्रव...

नवलपरासी सदरमुकाम विकासका लागि ५० करोड

साउन ११ २०७४   .

परासी साउन, ११–नवलपरासीको सदरमुकाम परासी बजारको विकासका लागि रामग्राम नगरपालिकाकाले विभिन्न सडक तथा भौतिक पुर्वाधारहरुको विकास गर्न ५० करोड रुपैयाँ खर्चिने भएको छ । सरकारले तराईका जिल्लाहरुको सदरमुकाम विकासका लागि बिनियोजन गरेको ५० करोड रुपैयाँले उक्त सदरमुकाम परासीको विकास गर्न लागिएको हो । रामग्राम नगरपालिका जिल्लाको सदरमुकाम परासीमा पर्दछ । ...

उपप्रधानमन्त्री महरासँग उद्योगी व्यवसायीको भेट

साउन १० २०७४   .

काठमाडौं साउन, १०–उद्योगी÷व्यवसायीहरुले आर्थिक कूटनीतिमा जोड दिन सरकारलाई सुझाव दिएका छन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएका हुन । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासंघको नेतृत्वले नेपालको समृद्धिका लागि ...

सेयर बजार ६.४८ अंकले घट्यो

साउन ९ २०७४   .

काठमाडौं साउन, ९–नेपालको पुँजी बजार सोमबार ६.४८ अंकले ओरालो लागेको छ । एक सय ५३ कम्पनीको १७ लाख ४० हजार ४ सय ५७ कित्ता सेयर बिनवेच भएको बजारमा एक अर्ब ६ करोड ८१ लाख ६६ हजार ७ सय ६९ रुपैयाँको कारोवार भएको छ । बैक, होटल, बिकास बैंक, जलविद्युत समूहको सूचक ओरालो लागेको आज फाइनान्स, बीमा  उत्पादनमुलक समूहका मात्र सूचक बढेको छ । आज बैकिङ समूहको स...

सुनको भाउ स्थिर

साउन ९ २०७४   .

काठमाडौं साउन ९–नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर छ । अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज पनि बजारमा सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, चाँदी पनि आज तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।    

उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै, आकर्षण जलविद्युतको शेयरमा

साउन ७ २०७४   रासस

काठमाडौं साउन, ७– विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ । ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर नि...
To Top