अर्थ

नेप्सेको वेभसाईट अझै खुलेन , यस्तो छ बैकल्पिक वेभसाइट

चैत्र २२ २०७४   ekhabarnepal

   काठमाडौं चैत्र २२ , नेपालको पुँजि बजारमा कारबार गर्ने संस्था नेपाल स्टक एक्सचेन्जको वेभसाईट अझै सुचारु हुन सकेको छैन । यद्यपि नेप्सेको कारोबार भने जारी छ । बुधवारदेखि नै वेभसाइटमा समस्या आएको नेप्सेमा मूल्य बढेर कारोबार भइरहेको छ । नेप्सेमा समस्या आएपनि समस्या समाधानको लागि आधिकारिक होस्टिङ कम्पनीले लापरवाही गरिरहेको देखिएको छ ।  ने...

व्यवसायीलाई करको दायरमा ल्याउन वडा–वडामा शिविर 

चैत्र २२ २०७४   ekhabarnepal

तिलोत्तमा, चैत २१ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरेको छ । नगरपालिकाले जनप्रतिनिधिहरुसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गरिरहेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।  नगरपालिकाको अधिकारक्षेत्र भित्र संचालनमा रहेका सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्...

नेप्से को वेबसाइटमा समस्या 

चैत्र २१ २०७४   ekhabarnepal

 काठमाडौं चैत २०, नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन । तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । ...

 पेट्रोलियम पदार्थको मूल्यवृद्धि 

चैत्र २० २०७४   ekhabarnepal

   काठमाडौं चैत्र २०,  नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।  निगमले पेट्रोल...

देशको सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब

चैत्र १६ २०७४   ekhabarnepal

खर्च अनियन्त्रित भयो, सरकारी ढुकटी रित्तियो: अर्थमन्त्री  काठमाडौं चैत १६  अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै अनियन्त्रित रुपमा बढेको खर्चले सरकारी ढुकुटी रित्तो अवस्था पुगेको बताएका छन्। प्रतिनिधि सभामा मार्फत श्वेतपत्र सार्वजनिक गर्दै खतिवडाले पुर्ववर्ति सरकारले गरेको बजेट अनुशासान गुमाउँदा र गैर बजेटरी खर्च...

नेपाल टेलिकमको सापटी सेवा सुरु 

चैत्र १६ २०७४   ekhabarnepal

काठमाडौं चैत्र १६,  नेपाल टेलिकमको नमस्ते क्रेडिट सेवाको व्यावसायिक सुरूवात भएको छ । सेवाको सुरूवात शुक्रबार सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले गरे ।सेवा सुरु भएसँगै सेवाग्राहीले ब्यालेन्स सकिएपनि बिना अवरोध सेवा जारी राख्न सक्नेछन् । सेवा जारी हुँदा प्रयोग रकम सापटीको रूपमा टेलिकमबाट उपलब्ध हुनेछ । सो सापटी रकममा कुनै ब्...

नेप्से परिसूचक २.९ अंकले घटयो : ५१ करोड ४१ लाख रुपैयाँको कारोबार 

चैत्र १४ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र १४,  बुधबार नेप्से परिसूचक २.९ अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन ५२ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा ४० अंकले बढेर सुधारिने संकेत देखिए पनि त्यसले निरन्तरता भने पाउन सकेन । बुधबार कारोबार सुरु भएको ८ मिनेटमै १५ अंकले गति लिएको बजारले त्यसलाई निरन्तरता दिन सकेन । त्यसलगत्तै बजारले दिनकै न्यून बिन्दु छुँदा...

शेयर बजारमा मच्चियो हलचल लगानीकर्ताहरु तनावमा 

चैत्र १२ २०७४   ekhabarnepal

काठमाडौं । सोमबार शेयर बजारमा खुलेदेखि नै आएका गिरावटका कारण हलचल मच्चिएको छ । मुलुकको आर्थिक गतिविधि तलमाथि भएर नभई अर्थमन्त्री डा. युवराज खतिवडाले बोलेकै कारण सोमवारको शेयर बजारमा हलचल मच्चिएको हो । शेयर बजारमा हलचल मच्चिएसँगै शेयर लगानीकर्ताहरु भने तनावमा परेका छन् ।  सोमबार विहानैदेखि घट्न सुरु गरेको शेयर बजार तीन प्रतिशतभन्दा बढिले घट्द...

 यहि २१ र २२गते हुदैछ दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन

चैत्र ९ २०७४   ekhabarnepal

काठमाडौं  चैत्र ९,  ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।  सम्मेलनले कृषि तथा गैर कृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता र उद्यमशीलताको विकासका साथै गरीबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको छ ।  एक ...

   युरोपभर चर्चित नेपाली युवकको रेष्टुराँमा सुनको चुल्हो

चैत्र ७ २०७४   ekhabarnepal

 प्रधानमन्त्रीदेखि राजकुमारीसम्म ग्राहक (भरत प्रधान/रासस) लिस्बन, १५ फागुन  कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन्।  घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोख...

रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटाँैंडामा परीक्षण गरिदै

चैत्र ४ २०७४   ekhabarnepal

  पहिलो पटक हेटाँैंडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्नसक्ने क्षमता भएको उद्योगमा सिमेन्ट उत्पादनका लागि उपकरण सञ्चालनमा...

एनसीसी बैंकको दुई अर्ब घोटाला : सञ्चालक धितालसहित १३ कर्मचारी पक्राउ  (विस्र्तत विवरण हेर्नुस्)

चैत्र २ २०७४   ekhabarnepal

    काठमाडौं चैत्र २ , नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च ...

सिद्धार्थ उवासंघमा न्यौपाने प्यानल सहित निर्वाचित

फागुन २८ २०७४   ekhabarnepal

  भैरहवा, फाल्गुण २७ । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने निर्वाचित हुनु  भएको छ । न्यौपाने  आफना प्रतिद्धन्दि डा शान्त कुमार शर्मालाई पराजित गर्दै निर्वाचित हुनु भएको हो । हिजो भएको मतदानको आज दिउसो मात्रै मतगणना सम्पन्न भएको हो । अन्य पदाधिकारीमा पनि न्यौपाने समुहकै निर्वाचित भएका छन ।   वरिष्ठ उपाध्यक्षमा ...

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक

फागुन २८ २०७४   ekhabarnepal

रासस   काठमाडौँ,फाल्गुन २५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल सुरु भएको छ। प्रधानमन्त्री ओलीको निर्देशनपछि मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेक...

चामत्कारिक गुण भएको औषधी सीबकथोर्न मार्फत आय वृद्धि गर्न नेपालले पनि हात मिलायो 

फागुन २७ २०७४   ekhabarnepal

  काठमाडौं फागुन २७,     नेपाल, भारत, चीन र पाकिस्तानले चामत्कारिक गुण भएको औषधीय वनस्पति सीबकथोर्नमार्फत हिमालय क्षेत्रको आय वृद्धिका लाति हात मिलाएको छ ।  अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका यी सदस्यहरूले हिन्दूकुश हिमालय क्षेत्रको ग्रामीण जनसंख्याको जीविका सहज बनाउन र जलवायु परिवर्तनका असरलाई ...

अर्बपति सूचीमा विनोद चौधरी १५६१औँ स्थानमा:वर्षको करिब २० अर्ब आम्दानी 

फागुन २३ २०७४   ekhabarnepal

फागुन २३ , विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गरेको छ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको सो तथ्याङकमा उल्लेख छ । फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।अघिल्लो वर्ष १ दशमलब ५ बिलियन...

२ अर्बले घट्यो रेमिट्यान्स

फागुन २२ २०७४   ekhabarnepal

   काठमाडौं फागुन २२ ,    अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिना (पुस) मा रेमिट्यान्स आप्रवाहमा करिब २ अर्ब रुपैयाँले कमी आएको छ । उक्त अवधिमा रोजगारीका लागि विदेसिने कामदारको संख्या घट्नुका साथै पैसा ओसारपसार गर्ने हुन्डीलगायत गैरकानुनी माध्यमहरू सक्रिय बन्दै गएकाले रेमिटयान्समा कमी आएको विज्ञहरू बताउँछन् ।  राष्ट्र बैंकको तथ्...

चीन सरकार द्धारा रसुवागढी नाकामा सुख्खा बन्दरगाह निर्माण

फागुन २० २०७४   ekhabarnepal

    काठमाडौं फागुन  २०, उत्तरी छिमेकी चीनसँगको ब्यापारिक नाका रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।सुक्खा बन्दरदगाह बनाउन पहिलो चरणको गृहकार्य तीव्र गतिमा अगाडि बढेको छ ।  सुख्खा बन्दरगाह बनाउन टिमुरे गाविस इलाकाको जग्गा अधिकरण गर्ने कार्य सम्पन्न भई मुआब्जा वितरणको तयारी भइरहेको छ । करिब ५९ रोपनी जमिनको मुआब्जा स्थानी...

१० अर्ब ८१ करोड बोनस शेयर बाँड्दै , कसले कति दिँदैछन्?

फागुन १८ २०७४   .

रासस   रमेश लम्साल  काठमाडौं,फागुन १७ : विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड ३ लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो। चालू आर्थिक वर्षको सुरुदेखि हालसम्...

हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको नचाहिने

फागुन १८ २०७४   .

  काठमाडौँ , फाल्गुन १७,  सरकारले हेभी इक्युपमेन्ट चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया सरल बनाएको छ । नयाँ व्यवस्थाअनुसार हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको लाइसेन्स नचाहिने भएको छ ।  यसअघि हेभी इक्युपमेन्टको लाइसेन्स लिनका लागि यसअघि चारपाङ्ग्रे हलुका सवारीको लाइसेन्स लिएको दुई वर्ष पूरा भएपछि मात्र ट्रायल प्रक्रियामा ...

नेपाल टेलिकमले ल्यायो यस्तो ‘होली अफर’

फागुन १६ २०७४   ekhabarnepal

फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ ल्याएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर आगामी फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने छ । अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस न...

नेप्से परिसूचक एकोहोरो घट्यो : अत्तालिए लगानीकर्ताहरु 

फागुन १४ २०७४   ekhabarnepal

 काठमाडौं फागुन १४, नेप्से परिसूचक एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवा परिक्षण गर्न सक्ने सम्भावना रेखाचित्रले देखाउँछ । यद्यपी यसअघि बजा...

महायज्ञबाट लगभग तीन करोड संकलन

फागुन १३ २०७४   ekhabarnepal

लमजुङ फागुन १३,  लमजुङको एक विद्यालयमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट झण्डै रु. तीन करोड संकलन भएको छ । बेसीशहर–१, उदिपुरस्थित जनकल्याण माविको प्रांगणमा सञ्चालित महायज्ञबाट जिन्सीसहित सो रकम संकलन भएको हो ।  फागुन ६ देखि १२ गते सम्म भएको सप्ताह महायज्ञमा नगद तथा भूमिदानबाट सो रकम बराबरको आम्दानी भएको विद्यालयले जनाएको छ । महाय...

भ्रष्टाचार सूचीको १२२ औं स्थानमा छ नेपाल! 

फागुन १० २०७४   ekhabarnepal

   ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ । १८० देशमध्य नेपाल गत वर्ष १३१ औं स्थानमा रहेको थियो जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्...

अर्थतन्त्रको चित्र बाहिर ल्याउन श्वेतपत्र सार्वजनिक गरिने

फागुन ८ २०७४   .

      काठमाडौं। नयाँ सरकारले आर्थिक श्वेतपत्र सार्वजनिक गरेपछि मात्रै बजेटको तयारी थाल्ने भएको छ। विगत सरकारले गरेका केही निर्णयका कारण व्ययभार थपिएको र त्यसले अर्थतन्त्रको गति समेत रोकेको भन्दै सरकारले श्वेतपत्र सार्वजनिक गरेर अघि बढ्ने तयारी गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले दीर्घकालिन प्रभाव पर्ने निर्णयसहित आर्थिक सहायताको नाम...

सरकारले बजेट खर्च गर्न नसकेपछि ,३०३ अर्ब १७ करोड रुपैयाँ  सरकारी ढुकुटीमा जम्मा

फागुन ४ २०७४   ekhabarnepal

काठमाडौ फागुन ४,    सरकारले बजेट खर्च गर्न नसकेपछि ढुकुटीमा जम्मा हुने क्रम बढेको छ । चालू आर्थिक वर्षको पुससम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।सरकारी खर्च न्यून भएकाले ०७४ पुस मसान्तसम्ममा सरकारी ढुकुटीमा ३०३ अर्ब १७ करोड नगद मौज्दात रहेको हो । यो रकम सरकारका स्थानीय तहको खातामा जम्मा भएक...

नयाँ सरकारसँगै आज धितोपत्र बजार ३६.०१ अंकले बढयो

फागुन ३ २०७४   ekhabarnepal

काठमाडौं फागुन ३, नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार बजार ३६.०१ बिन्दुले उकालो लागेर एक हजार ४२४.९५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ७.७२ बिन्दुले उकालो लागेर ३०...

एक महिनाका लागि रसुवागढी नाका बन्द ,रावश्व संकलनमा प्रभाव

फागुन १ २०७४   ekhabarnepal

  काठमाडौं फागुन १ ,   चीनसँगको व्यापारिक नाका रसुवागढी आज देखी एक महिनाका लागि बन्द हुने भएको छ । ल्होसार पर्वका कारण आज देखी एक महिनाका लागि बन्द हुने भएको हो ।चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले त्यहाँबाट हुने कारोबार पनि बन्द हुनेछ । ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा शिल लगाएको थियो । शिल लगाएका गाडी मंगलबार साँझसम्ममा...

एशियाली विकास बैंक द्धारा नेपाल सरकारलाई १० अर्ब ऋण सहयोग

माघ २९ २०७४   ekhabarnepal

  काठमाडौँ माघ २९,     एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न  १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति र १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयो...

२ अर्ब ३४ करोड रुपैयाँमा वीर अस्पतालको भवन

माघ २६ २०७४   ekhabarnepal

काठमाडौं । साढे २ वर्षमा वीर अस्पतालको दुई तला अन्डरग्राउण्ड पार्किङसहितको ७ तले नयाँ सर्जिकल भवन बन्ने भएको छ । भवन २ अर्ब ३४ करोड रुपैयाँमा सरकारले बनाउन लागेको हो ।  उक्त भवन १७ रोपनी जमिनमा अस्पतालको उत्तरपट्टिको पहिले नर्सिङ कलेज भएको स्थानमा बन्न लागेको अस्पतालले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्...

 विपन्न परिवारलाई लक्ष्ति गर्दै श्रममा आधारित शेयर दिने प्राधिकरणको नयाँ ब्यवस्था

माघ २५ २०७४   ekhabarnepal

काठमाडौँ माघ २५, नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न नसक्ने अति विपन्न परिवारलाई श्रममा आधारित शेयर दिने भएको छ ।प्राधिकरणले निर्माण गर्न लागेका माथिल्लो अरुण, दूधकोशी, उत्तरगंगा, सुनकोशीजस्ता आयोजनामा श्रममा आधारित शेयर दिने तयारी गरेको हो । प्राधिकरणको प्रस्तावअनुसार अति विपन्न परिवारलाई न्यूनतम दुई प्रतिशदेखि अधिकतम पाँच प्रतिशतसम्म श...

काठमाडौँ विश्वविद्यालयलाई कोरियाबाट आउने भयो एक अर्ब दुई करोड अनुदान

माघ २३ २०७४   ekhabarnepal

काठमाडौं माघ २३,  कोरिया सरकारले एकीकृत ग्रामीण विकासका लागि रु. एक अर्ब दुई करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । विज्ञान प्रविधिको क्षेत्रमा नवीनतम खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा सघाउन कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई उक्त रकम प्रदान गर्न लागेको हो ।  अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि कोर...

पचास किलोवाट क्षमताको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल

माघ २१ २०७४   ekhabarnepal

म्याग्दी माघ २१ ,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ । पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समि...

दोस्रो नेपाल-भारत व्यापार तथा पर्यटन महोत्सव  देहरादूनमा शुरु

माघ २० २०७४   ekhabarnepal

  भीमदत्तनगर  माघ २० , भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।  कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रह...

बीपीसीको एफपिओमा लगानीकर्ताको ब्यापक विरोध

माघ १८ २०७४   ekhabarnepal

  बुटवल माघ १८,  बुटवल पावर कम्पनी (बीपीसी)ले सोमबारदेखि फर्दर पब्लिक अफरिङ(एफपिओ) बिक्री शुरू गरेको छ। सरकारकोसमेत सेयर स्वामित्व भएको बीपीसीको एफपिओमा लगानीकर्ताको भने चौतर्फी विरोध आएको छ।  यसैक्रममा सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर फोरमले विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डले नियम विपरित एफपिओ निष्कासन अनुमति दिएकोमा आ...

२१ औँ शताब्दीलाई दक्षिण एशियाली युग बनाउनुपर्छ - उपराष्ट्रपति पुन

माघ १७ २०७४   ekhabarnepal

  काठमाडौं माघ १७, उपराष्ट्रपति नन्दबहादुर पुनले २१ औँ शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।”  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्व...

सवारी कारवाहीबाट १६ लाख ८० हजार राजस्व संकलन

माघ १६ २०७४   ekhabarnepal

 गुल्मी माघ १६,  गुल्मीमा सवारी कारवाहीबाट कुल १६ लाख ८० हजार राजस्व संकलन गरिएको छ । साउनदेखि माघ महिनासम्म कारवाहिमा परेका कुल दुई हजार सात सय ७७ सवारी साधनबाट सो रकम संकलन भएको हो । पछिल्लो सात महिनामा सबैभन्दा धेरै सवारी कारवाहि र राजस्व संकलन असोजमा भएको छ । असोजमा मात्र कुल छ सय ४८ सवारी कारवाहिबाट चार लाख तिन हजार पाचँ सय राजस्व संक...

राष्ट्रिय बाणिज्य बैंकको नाफामा ४७ प्रतिशतले वृद्धि

माघ १५ २०७४   ekhabarnepal

  काठमाडौं माघ १५ , राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा आफ्नो नाफा एक अर्ब ७८ करोड बढाएको छ ।सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्तकाृ यो अवधिमा बैंकले आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पु¥याएक...

जुम्लामा छ महिनामै चार करोड राजश्व संकलन

माघ १४ २०७४   ekhabarnepal

 जुम्ला माघ १४ , करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३/०७४ को छ महिनामा रु. चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।जसमा आयकरबाट रु. दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु. १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु. एक लाख २४ हजार ३८, मूल्...

 सिन्धुलीमा हावाबाट ३५ किलोवाट विद्युत् उत्पादन

माघ १४ २०७४   ekhabarnepal

  सिन्धुली माघ १४,  सिन्धुलीमा हावाबाट बिजुली उत्पादन भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो । त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाँउलाई उज्यालो बनाइरहेका छन् । यसलाई चिसापानी वायु तथा सौर्य मिश्रित मिनि ग्रिण्ड परियोजना नाम दिइएको छ । यसबाट ३५ किलोवाट विद्युत्...

 भन्सारको समस्यालाई कसरि समाधान गर्ने? 

माघ १२ २०७४   ekhabarnepal

   काठमाडौं माघ १२, भन्सार प्रशासनमा देखिएको समस्यालाई सुधार गरी अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउनुपर्नेमा जोड दिइएको छ । छैसट्ठीयौँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमका वक्ताले भन्सार विन्दुलाई प्राविधिक एवं प्रशासनिक रुपमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...

७७ करोड बोनस बाडदैछ नेपाल आयल निगम 

माघ ११ २०७४   ekhabarnepal

  काठमाडौं माघ ११,   इन्धन कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले गत वर्षको नाफाबाट कर्मचारीलाई बोनस बाँड्न ७७ करोड रुपैयाँ छुट्याएको छ। बोनस ऐन–२०३० मा भएको प्रावधानमा टेकेर गत वर्ष ०७३\७४ को नाफाबाट उक्त रकम विनियोजन गरेको निगमले जनाएको छ।  ऋणमा डुबेको निगम उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा उठाएको रकम असुलेर ऋणमुक्त भएको होे । ...

तीन दिनमै ३३.७९ अंकले ओरालो लाग्यो नेप्से

माघ ६ २०७४   ekhabarnepal

  काठमाडौं । गत साता नेप्से परिसूचक ३३.७९ अंकले घटेर १४०६ विन्दुमा आइपुगेको छ । अघिल्लो साताको बिहीबार नेप्से १४४०.२९ विन्दुमा थियो । ‘पुस मसान्तको प्रभाव, सरकार निर्माणमा ढिलाइ, बैंकहरुमा देखिएको कर्जायोग्य लगानी अभावलगायत कारण बजार केही सुधार भएर पनि अपेक्षित रुपमा बढ्न सकेको छैन,’ एक ब्रोकरले भने । बजारमा तल्लो मूल्यमा सेयर पाउँदा किन्न...

नेपाल राष्ट्र बैंकले सय र हजार रुपैयाँको सिक्का छाप्दैछ तर चलनचल्तिका लागि होइन, बुझनुहोस किन?

माघ ३ २०७४   ekhabarnepal

काठमाडौं माघ ३,  नेपाल राष्ट्र बैंकले एक सय र एक हजार रुपैयाँको सिक्का निकाल्ने भएको छ । त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा एक सय र एक हजार रुपैयाँको विशेष सिक्का बजारमा ल्याउने भएको हो । मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो। केन्द्रीय बैंकको...

पोखराको राष्ट्रिय औद्योगिक व्यापार मेलामा एकैदिनमा चार करोडको कारोबार

माघ २ २०७४   ekhabarnepal

पोखरा माघ २, पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।  संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहा...

अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह कम गर्न राष्ट्र ब्यांकको निर्देशन

माघ २ २०७४   .

बुटवल, माघ २ बजारमा तरलता अर्थात् लगानीयोग्य रकममा उतारचढाव देखिन थालेपछि राष्ट्र ब्यांकले कर्जा प्रवाह कम गर्न ब्यांक तथा वित्तीय संस्थालाई भनेको छ। घर, जग्गा, गाडी खरिद लगायतका अनुत्पादक क्षेत्रको सट्टा राष्ट्रको प्राथमिकतामा पर्ने कृषि लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न पनि केन्द्रीय ब्यांकले सुझाएको अधिकारीहरूले बताएका छन्। तर ब्य...

अर्थोडक्स चियाको व्यापारिक चिह्न दिइँदै

माघ १ २०७४   .

वार्षिक करिब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन बुटवल,माघ २ नेपाली अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बनाउने उद्देश्यका साथ तीन वर्षअघि उद्योग विभागमा दर्ता गरिएको व्यापारिक चिह्न कार्यान्वयनमा आएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उक्त चिह्न चिया उद्योगीहरूलाई वितरण गर्ने तयारी थालेको छ। नेपाली अर्थोडक्स चिया सर्टि...

आज नेप्सेको कारोबार शून्य दशमलव ६२ प्रतिशतले घटयोे

पौष ३० २०७४   ekhabarnepal

काठमाडौं पुस ३०,  साताको पहिलो दिन नेप्से परिसूचक कारोबार शून्य दशमलव ६२ प्रतिशतले घटेको छ ।कारोबार शुरु भएदेखि घटेको बजार ८ दशमलव ८८ अङ्क घटेर १ हजार ४ सय ३१ दशमलव ४१ विन्दुमा पुगेको छ ।   एक सय २० कम्पनीको १ हजार ५ सय ११ पटकको व्यापारमा ११ करोड ८ लाख रुपैया बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका होटल र ‘अन्य’ समूहको परिसूचकबाहेक बाँ...

समृद्धिका लागि उद्योग राजनीति : भुसाल

पौष ३० २०७४   .

  रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदा सम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने वताएका छन ।  रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका का...

५ अर्ब डलरको पतन्जलीलाई ‘ग्लोबल ब्राण्ड’ बन्ने प्रस्ताव 

पौष २७ २०७४   .

-एजेन्सीको सहयोगमा      भारतका योग गुरु बाबा रामदेवको आयूर्वेदिक उत्पादन कम्पनी पतन्जलीलाई फ्रान्सेली लग्जरी ग्रुप एलवीएमएचले सहकार्यको अफर गरेको छ। एलवीएमएचको साझेदार कम्पनी एल कैटटर्न प्राइभेट इक्विटी फन्डले आफ्नो एशिया फन्डको ५० करोड डलर पतन्जलीमा लगानी गर्ने अफर गरेको हो। एलवीएमएच कम्पनीले पतन्जलीको मोडलमा मल्टीनेशनल तथा फरेन इन्भे...
To Top