राजनीति

मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई

फागुन १३ २०७४   ekhabarnepal

काठमाडौं फागुन १३,  एमाले र माओवादी भित्र मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाई  हुने भएको छ । माओवादीको समर्थनमा फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिन वितिसक्दा पनि तीन सदस्यीय मन्त्रिपरिषद्लाई विस्तार गर्न सकेका छैनन् । मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्रीसहित १८ मन्त्रालय बनाउन...

प्रदेश ६ को स्थायी नाम ‘कर्णाली’,विपक्षमा परेन  मत

फागुन १२ २०७४   .

  सुर्खेत,फागुन १२  प्रदेश ६ को नामाकरण गरिएको छ। आज बसेको चौथो संसद् बैठकले यो प्रदेशको नामाकरण गरेको हो। नेकपा एमलेका संसदीय दलका नेता यामलाल कँडेलले संसदमा प्रदेशको नाम ‘कर्णाली’ राखियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ। प्रदेश ६ कर्णालीको विस्तारित क्षेत्रकै रुपमा रहेकाले यसको नाम पनि कर...

नेपाल भारत सम्बन्ध प्रतिवेदन लेखन  सुरु 

फागुन १२ २०७४   .

  काठमाडौँ,फाल्गुन १२  शनिबारदेखि काठमाडौंमा सुरु हुने नेपाल भारत सम्बन्धनलाई पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (इपिजी) प्रतिवेदन लेखन कार्यलाई अघि बढाउने भएको छ। आउँदो जुलाई महिनासम्म म्याद रहेको इपिजीको शनिबार र आइतबार काठमाडौंमा चल्ने बैठकमा प्रतिवेदन लेखनबारे छलफल हुनेछ। यसअघि भएका लिखित तथा मौखिक छलफलका आधारमा प्रतिवेदन ...

गुणस्तरीय शिक्षाको खाँचो छ - प्रधानमन्त्री ओली

फागुन ११ २०७४   ekhabarnepal

 काठमाडौं फागुन ११, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर...

प्रधानमन्त्री ओली द्धारा मन्त्रीको नाम टुंगो लगाउने

फागुन ११ २०७४   ekhabarnepal

 काठमाडौं फागुन ११,  नेकपा एमालेको स्थायी समिति बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री  केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भूगोल, योग्यता र क्षमताको आधारमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष ओलीलाई दिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिए । ...

माओवादी केन्द्रले भोलिसम्ममा मन्त्रीको नाम टुंगो लगाउने

फागुन ११ २०७४   ekhabarnepal

काठमाडौं फागुन ११, माओवादी केन्द्रले शनिबारसम्ममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पठाउने भएको छ । आकांक्षी धेरै भएपछि बिहीबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी हेडक्वाटर बैठकले दाहाल, रामबहादुर थापा बादल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्रीको नाम फाइनल गर्ने जिम्मा दिएको थियो...

आज प्रधानमन्त्री ओलीको ६६ औं जन्मदिन

फागुन ११ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ११, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन परेको छ । केही दिन अघिमात्र  प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । शुक्रबार बिहान बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् । ओलीको जन्मदिनमा खुशीयाली मनाएपछि एमाले...

राष्ट्रपति निर्वाचन २९ गते 

फागुन १० २०७४   .

काठमाडौं,फागुन १० । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदा...

 एमाले–माओवादी बिच यसरी भयो मन्त्रालयको भागबण्डा

फागुन १० २०७४   ekhabarnepal

  काठमाडौ फागुन १०,  विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकेले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छ ख। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतले बतायो । एमालेले पाएका मत्रालयहरु १.अर्थ तथा योजना मन्त्रालय २.रक्षा मन्त्रालय ३.भौतिक पुर्वाधार...

दुवै कार्यदलले प्रतिवेदन बुझाएलगत्तै पार्टी एकता हुनेछ 

फागुन १० २०७४   ekhabarnepal

  नेकपा एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्र सबै प्रक्रिया पूरा गरेर पार्टी एकताको घोषणा गर्ने अनौपचारिक सहमति भएको छ ।दुवै कार्यदललाई १५ दिनभित्रै प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै कार्यदलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो । राजनीतिक प्रतिवेदनका लागि बनाइएको समितिले विगतका सहमति,...

अब छिट्टै सरकार बिस्तार हुन्छ -प्रधानमन्त्री ओली

फागुन १० २०७४   ekhabarnepal

काठमाडौ फागुन १० , प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदिनभित्रमा सरकार बिस्तार भइसक्ने बताएका छन् । काठमाडौंको दहचोकमा भएको कार्यक्रममा उनले दुईदिनभित्रमा सरकार बिस्तार हुने बताएका हुन् । “भोलि र पर्सीमा सरकार विस्तार हुन्छ,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो ह...

महान्यायाधिवक्तामा नियुक्त भएलगत्तै एमालेको पोलिटब्यूरो सदस्यबाट खरेलले दिए राजीनामा

फागुन ९ २०७४   ekhabarnepal

फागुन , महान्यायाधिवक्तामा नियुक्त भएपछि अग्नि खरेलले एमालेको पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् ।पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार भेटर खरेलले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीले उनलाई मंगलबार महान्यायाधिवक्ता सिफारिस गर्नुभएको थियो । सिफारिसलगत्तै राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । महान्यायाध...

मन्त्रालय बाँडफाँड गर्न ओली र दाहालबीच आज बालुवाटारमा छलफल हुदै

फागुन ९ २०७४   ekhabarnepal

काठमाडौ फागुन ९ ,  मन्त्रालय बाँडफाँडका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बुधबार बालुवाटारमा छलफल चलिरहेको छ।आज नै मन्त्रीपरिषदलाई पुर्णता दिन दुई शिर्ष नेताहरु अन्तिम तयारीका लागि जुटेका हुन्। बैठकबाट कुन पार्टीले कुन मन्त्रालय सम्हाल्ने भन्ने निष्कर्ष निकाल्ने र आजै मन्त्रीपरिषद विस्तार गर्ने...

राष्ट्रियसभामा खतिवडा, विडारी र पौडेल मनोनित

फागुन ८ २०७४   .

  काठमाडौं, फागुन ८ । राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनित गरेकी छन् । यससँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राष्ट्रियसभा सदस्य मनोनित भएका हुन् । सरकारले मंगलबार विहान मात्र शेरबहादुर देउवा सरकारले गरेको सिफा...

अबको पाचँ वर्षसम्म ओली नै प्रधानमन्त्री हुने कुरामा मेरो सहमति छ -प्रचण्ड

फागुन ८ २०७४   ekhabarnepal

काठमाडौं फागुन ८, नव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली नै पाँच वर्षसम्म प्रधानमन्त्री हुने सहमति भएको स्पष्ट पार्नु भएको छ । आज भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आउदो महाधिवेशनसम्मको चियर पद्धतीमा पार्टीको नेतृत्व रहने स्पष्ट पार्नुभएको छ । ...

मन्त्रिपरिषद् विस्तार हुदै ; को–को बन्दैछन् मन्त्री ?

फागुन ८ २०७४   ekhabarnepal

काठमाडौं फागुन ८, एमाले र माओवादी एकताको सात बुँदे सहमति भएसँगै सरकार विस्तार हुने भएको छ । सोमबार मध्यराति दुई पार्टीबीच सहमतिमा हस्ताक्षर भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सोमबार पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक भइसकेकोले सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । त्यस्तै, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बुधबारसम्मम...

वाम एकताबारे दुई कार्यदल गठन 

फागुन ८ २०७४   .

  काठमाडौं फागुन ८   नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकरणका लागि दुई कार्यदल गठन गरेका छन् ।   प्रधानमन्त्री खड्ग प्रसाद ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको शीर्ष नेतासहितको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल  र प्रतिवेदन कार्यदल गठन गरेको हो ।  संगठनात्मक र विधान मस्यौदा कार्यदलमा ...

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता, बालुवाटारमा भयो सातबुँदे सहमति

फागुन ८ २०७४   .

  काठमाडौं, फागुन ७ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामद...

दुई पार्टीको एकतामा हस्ताक्षर गर्ने तयारी

फागुन ७ २०७४   .

काठमाडौं, फागुन ७ नेकपा एमाले र माओवादी केन्द्रले आज साँझ दुई पार्टीको एकतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्। शनिबार र आइतबार एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएपछि आज साँझ हस्ताक्षर गर्ने तयारी गरिएको हो। दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बै...

  चुनावमात्र प्रजातन्त्र होइन: पूर्वराजा ज्ञानेन्द्र शाह

फागुन ६ २०७४   ekhabarnepal

   काठमाडौं, फागुन ६ २०६३ यता भएका राजनीतिक दलहरुबीचको सहमतिमा आफूलाई संलग्न नगराएकोप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले रोष प्रकट गरेका छन्। उनले चुनावलाई मात्र प्रजातन्त्रको रुपमा व्याख्या नगर्न राजनीतिक दलहरुलाई चेतावनी समेत दिएका छन्। दुई हप्ता लामो भारत भ्रमण सकेर नेपाल फर्केको भोलिपल्ट ६८ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको...

 प्रदेश ५ को उपसभामुखमा कृष्णी थारु निर्वाचित

फागुन ६ २०७४   ekhabarnepal

बुटवल फागुन ६,  प्रदेश ५ को उपसभामुखमा पूर्वकमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । २ जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन्। संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ।संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे।फोरमका ५ र जनमोर्चाका १ जना सांस...

प्याकेजमै सहमति गरेर ओली नेतृत्वको सरकारमा सहभागी हुने  माओवादीको भनाइ

फागुन ६ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भक्तपुरको सानोठिमीमा वार्ता भएको छ । पार्टी एकता मन्त्रीपरिषद्को सहमति जुटाउन दुई पार्टीका अध्यक्षबीच व्यवसायी दुर्गा प्रसाईंको घरमा वार्ता भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । आजको वार्ता निर्णायक हुने दाबी उनले गरे । माओवादी ...

प्रधानमन्त्री ओली आज साँझ ४ बजे सरकारी निवास बलुवाटार सर्ने

फागुन ६ २०७४   ekhabarnepal

काठमाडौं फागुन ६, प्रधानमन्त्री केपी शर्मा ओली आज अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।  प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् । प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको छ ।  उनलाई भवन विभागले बालुवाटारमा कार्यक्रमग...

षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं– अध्यक्ष प्रचण्ड

फागुन ५ २०७४   .

  वाम एकता रोक्न देशी विदेशी प्रतिक्रियावादी सक्रिय बर्दिबास, फागुन ५ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताउनु भएको छ । महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबनधनको प्रक्रिया शुरु भएदेखि ...

प्रदेश नं ५ को उपसभामुखमा कृष्णी थारुको उम्मेदवारी दर्ता

फागुन ५ २०७४   ekhabarnepal

बुटवल फागुन  ५, प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारका रुपमा उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । थारु एमालेबाट प्रदेशसभा सदस्य छिन् ।   उनको प्रस्तावकमा नेकपा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकम...

बिहान ओली र प्रचण्डबीच भएकाे वार्तामा के-के भयो सहमति ?

फागुन ५ २०७४   ekhabarnepal

काठमाडौं फागुन  ५, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको छ । बालकाेटमा भएकाे वार्तामा आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाएर थप छलफल गर्ने सहमति भएको छ । करिब ४५ मिनेट भएकोे वान टु वान वार्तामा पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल भएको बताइएकाे छ । यसअघि स...

 राष्ट्रपतिको सुरक्षाका लागि उच्च तहको सैनिक (मेजर जनरल)

फागुन ५ २०७४   ekhabarnepal

  काठमाडौं फागुन  ५, सैनिक मुख्यालयले अव राष्ट्रपतिको प्रमुख सुरक्षा अधिकृतका रुपमा नेपाली सेनाको उपरथी (मेजर जनरल) तहका अधिकारीलाई खटाउने तयारी गरेको छ । हाल राष्ट्रपतिको सुरक्षाका लागि नेपाली सेनाका सहायकरथी (ब्रिगेडियर जनरल) तहका सैनिक अधिकारी रहने गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल व्यवस्था गरिए भन्दा उच्च तहको सैनिक अ...

भारत बिहारका मतदाता, नेपालका सांसद्

फागुन ५ २०७४   .

 काठमाडौं,फागुन ५ : माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन आवश्यक छ। प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकामा दासको नाम छ। उनको नाम अहिले...

’कामचलाउ सरकारका निर्णय कार्यान्वयन नगरिने’

फागुन ५ २०७४   .

काठमाण्डा,ै फाल्गुण ५  शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि गरेका महत्वपूर्ण निर्णयहरू तत्काल कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । त्यस्ता विषयमा छलफल गरेर कतिपय निर्णयहरू संशोधन गर्ने र केही खारेज गर्ने मनस्थितिमा सरकार रहेको छ। यद्यपि नेपाली कांग्रेसले भने विगतका सरकारले गर...

 फागुन २१ मा राष्ट्रपतिको लागि निर्वाचन हुने

फागुन ४ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ४,    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलसंग छलफल गरेको छ। छलफलमा आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २१ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ का लागि प्रस्ताव गरेको छ ।छलफलमा सहभागी राजपाका महासचिव केशव झाले सो कुरा बताउँदै भने, ‘आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २१...

दिउँसो ४ बजेपछि ओली र प्रचण्डबीच 'वान टु वान' वार्ता हुदै

फागुन ४ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ४,    पार्टी एकता र सरकार सञ्चालनबारे देखिएका जटिलता फुकाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज 'वान टु वान' वार्ता हुने भएको छ । पार्टी एकताका लागि अन्तिम तयारीमा रहेका दुई दलका शीर्ष नेताहरुबीच गत बुधबार भएको सैद्धान्तिक विषयमा विवाद सिर्जना भएको छ । यो...

निवर्तमान प्रधानमन्त्री देउवाले छाडे प्रधानमन्त्री निवास बालुवाटार

फागुन ४ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ४ ,    निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा शुक्रबार दिउँसो निजी निवास सरेका हुन् । निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो साढे १२ वजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागे...

ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास आज छाडने

फागुन ४ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ४ ,   निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् । हिजो विहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् । देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले...

ओली सरकारको पहिलो बैठक,स्थानीय तहमा कम्तिमा एउटा उद्योग ग्राम 

फागुन ४ २०७४   .

काठमाडौँ, फागुन ३ नवनियुक्त प्रधानमन्त्री केपी ओलीले डाकेको पहिलो मन्त्रीपरिषद बैठकले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा उद्योग ग्राम स्थापना गर्ने, प्रत्येक प्रदेश सदरमुकाममा आधुनिक र सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ। त्यस्तै प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यवसायिक महाविद्यालय बनाउने पनि मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।  नि...

प्रदेश ५ का मुख्यमन्त्रीका सपना 

फागुन ३ २०७४   .

बुटवल ,फागुन ३   प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका छन्।  मुख्यमन्त्री पोख्रेलले पदभार ग्रहणलगत्तै पत्रकार सम्मेलन गरी प्रदेश ५ समृद्ध बनाउने खाका सार्वजनिक गरेका हुन्।   उनले प्रदेश ५ का जिल्लाहरूको विकासलाई समान हिसाबले विकास गर्दै अघि बढ्ने सपना देखेको बताए। ‘परिवर्तन संभव छ हाम्रै पालामा,...

ओलीको मन्त्रिमण्डलमा लालबाबु पण्डित र थममायाँ थापा  मन्त्री

फागुन ३ २०७४   .

 काठमाडौं, फागुन ३  प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। प्रारम्भिक मन्त्रिपरिषदमा लालबाबु पण्डित, जनसंख्या तथा वातावरण र थममायाँ थापा, महिला वालवालिका तथा समाजकल्याणमन्त्रीको रुपमा सपथ लिए। विस्तारित मन्त्रिपरिषदमा एमालेबाट मात्र प्रतिनिधित्व भएको छ। पण्डित यसअघि सामान्य प्रशासनमन्त्री भएका थिए। माओवा...

ओलीले लिए प्रधानमन्त्रीको सपथ (फोटो फिचर)

फागुन ३ २०७४   .

काठमाडौं, फागुन ३  केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्। ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधा...

प्रदेश ५ को मन्त्रिपरिषद्ः कुलप्रसाद गृहमन्त्री र बैजनाथ पूर्वाधारमन्त्री

फागुन ३ २०७४   .

  बुटवल,फाल्गुन ३  । प्रदेश ५ मा तिन सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख प्रमुख उमाकान्त झाले माओबादी संसदीय दलका नेता कुल प्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन । आज नै दुबै मन्त्रीले प्रदेश प्रमुख झा समक्ष पद तथा ...

फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव

फागुन ३ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ३,  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति दलहरुसमक्ष प्रस्तुत गरेको छ । आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन बारे छलफल गरेको हो ।  छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरे...

नव नियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण आजै चार बजे

फागुन ३ २०७४   ekhabarnepal

  काठमाडौं फागुन ३, ओलीको शपथ ग्रहण आजै चार बजे गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहीवार विहान राष्ट्रपति समक्ष पत्र बुझाएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री...

 केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

फागुन ३ २०७४   ekhabarnepal

  काठमाडौं फागनु ३,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयां प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यस अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओली प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्ने पत्र लिएर राष्टपति कार्यालय शितल निवास पुगेका थिए । केही बेर अघि निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाल...

 बाम गठबन्धनका शिर्ष नेता शितल निवासमा, प्रधानमन्त्री नियुक्तिको दावी

फागुन ३ २०७४   .

  काठमाडौं, फागुन ३ नया प्रधानमन्त्री नियुक्तिको दावी लिएर बाम गठबन्धनका नेताहरु राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मत परिणाम बुझाएको भोलिपल्टै बाम गठबन्धनका शिर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका ...

पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त 

फागुन २ २०७४   .

  बुटवल, फागुन २ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता पोखरेल चुनाव अघि नै यस प्रदेशको मुख्यमन्त्रीमा एक्ला दाबेदार थिए । उनलाई प्रदेश प्रमुख उमाकान्त झाले बुधबार अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ...

पार्टी एकताको निर्णय गर्न ओलीले बोलाए स्थायी समितिको आकस्मिक बैठक

फागुन २ २०७४   ekhabarnepal

काठमाडौं फागुन २ , एमाले र माओवादी बीचको पार्टी एकताको निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएका छन् । ओलीले प्रचण्डसंगको छलफल लगत्तै आफ्नो स्थायी समितिको बैठक मानभवनमा नै बोलाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक अघि स्थायी कमिटीमा एकताका सहमति सम्वन्धी अन्तिम निर्णय गर्ने बताइएको छ । । म...

प्रधानमन्त्री देउवाले आज दिउँसो राजीनामा दिने

फागुन २ २०७४   .

  काठमाडौं,फाल्गुन २  प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । दिउँसो तीन बजे मन्त्रीपरिषदको बैठक बस्ने र त्यसपछि प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् । कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार मन्त्रीपरिषद बैठकमा यसबारेमा छलफल हुने र निर्णय लिइने सम्भावना रहेको देश सञ्चारलाई जनाकारी दिए । उनले ...

प्रदेश नं. ५ सहित तीन प्रदेशमा आजै मुख्यमन्त्री नियुक्त हुने  

फागुन २ २०७४   .

  बुटवल,फाल्गुन २ प्रदेश नं. १, २ र ५ मा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ ।  प्रदेश १ मा आज प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले एमाले संसदीय दलका नेता शेरधन राईलाई मुख्य मन्त्री पदमा नियुक्त गर्ने तयारी भएको छ ।   मुख्यमन्त्री नियुक्ति भए भोलि शपथग्रहण गराइने प्रदेश कार्यालय स्रोतले जनाएको छ । यस्तै सभामुखमा एमालेका प्रदीप भण्...

प्रदेश नं.५ को सभामुखमा पूर्णबहादुर घर्ती  निर्विरोध 

फागुन २ २०७४   .

  बुटवल, फागुन २  प्रदेश नं.५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध सभामुख भएका छन् ।  प्रदेशसभा संसद् सचिवालयमा मंगलबार बिहान साढे १० बजे वाम गठबन्धनका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता भएको थियो। घर्तीका विरुद्ध अन्य दलबाट कसैले पनि उम्मेदवारी दर्ता गराएनन्। रुकुम...

प्रदेश न.२ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

फागुन १ २०७४   ekhabarnepal

   काठमाडौं फागुन १,     २ नम्बर प्रदेशको सभामुखमा राष्ट्रिय जनता पार्टी, नेपालका सरोजकुमार यादव निर्विरोध भएका छन् ।  सभामुखको मंगलबार भएको निर्वाचनमा सर्लाही– १ ख बाट निर्वाचित सांसद्को एकल उमेदवारी परेपछि यादव निर्विरोध भएका हुन् । मधेसवादी दलको गठबन्धनको भागवण्डामा सभामुख राजपाको भागमा परेको थियो । सभामुख निर्वाचित भएको घोषणा बुधबा...

 पार्टी एकीकरणको मोडल टुंगो लाग्यो : घोषणा हुन बाँकी

फागुन १ २०७४   ekhabarnepal

  काठमाडौं फागुन १,     एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणको मोडल टुंगो लगाएका छन् । सोमबार बिहान भएको वान टु वान वार्तामा ओली र दाहालले दुवै पार्टीका नेता–कार्यकर्ताले अपमान महसुस नगर्ने गरी नेतृत्व व्यवस्थापनदेखि संगठनको व्यवस्थापनको मोडालिटीलाई अन्तिम रूप दिएका हुन् । नेतृत्वको विष...

केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने

माघ २९ २०७४   .

 एमाले–माओवादीबीच पद बाँडफाँडमा सहमति ललितपुर,माघ २९ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा सोमबार सहमति भएको छ ।  ललितपुरको मानभवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ताबाट पार्टी एकीकरण र पद बाँडफाँडको विषयमा सहमति भएको ओ...
To Top