राजनीति

 राजपा नेपाल फुट्यो, उपाध्यक्ष यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा

बैशाख ८ २०७५   ekhabarnepal

  काठमाडौं,बैशाख ७  राष्ट्रिय जनता नेपाल फुटेको छ। राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको...

 नेपाल–चीन सीमा रेलवे प्राथमिकतामा छ - परराष्ट्रमन्त्री ज्ञवाली

बैशाख ७ २०७५   ekhabarnepal

काठमाडौं चैत ७, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच दिर्घकालिन दृष्टिकोणसहित हिमालय पार वहुआयामिक यातायात नेटवर्क संचालनमा सहमति भएको बताउनु भएको छ । सिचुवान विश्वविद्यालयद्वारा ‘नेपाल–चीन सम्वन्ध : विकासको सम्भावना’ शिर्षकमा शुक्रवार आयोजित प्रवचनमा उहाँले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँगको भेटवार्तामा रेललगायत सवै खाले हिमालयपा...

काँग्रेसको केन्द्रीय कार्यसमितिको समिक्ष्यात्मक बैठक पुनः बस्दै

बैशाख ७ २०७५   ekhabarnepal

काठमाडौँ  बैशाख ७, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत...

ओली–प्रचण्ड भेटवार्ता - वार्ता सकारात्मक छ तर छलफल निष्कर्षमा पुग्न सकेन 

बैशाख ६ २०७५   ekhabarnepal

  काठमाडौं  बैशाख ६, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ । अनौपचारिक भनिएको भेटवार्तामा पार्टी एकताकै उल्झन हटाउने प्रयत्न गरिएको प्रधानमन्त्रीको सञ्चार सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । उनकाअनुसार भेट एकता प्रक्रियामा देखा परेका समस्या समाधानमा केन...

भ्रष्टाचार र एकाधिकारविरुद्ध कठोर कदम चाल्दैछ सरकार   - गृहमन्त्री थापा

बैशाख ६ २०७५   ekhabarnepal

 चितवन बैशाख ६ , रासस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताउनुभएको छ ।बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भन्नुभयो, “भ्रष्टाचारलाई निर्मूल पार्...

नेपाल-चीन जोड्ने रेलमार्गको अध्ययन तथा डिपिआरको  अध्ययन गर्ने सहमति

बैशाख ६ २०७५   ekhabarnepal

  बेइजिङ,वैशाख ५ । नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र ज्ञवालीका चियिना समकक्षी वाङ यी बीच केरुङ–काठमाडौंसम्मको नेपाल–चीन सीमापार रेलमार्...

पार्टी एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ- माधवकुमार नेपाल 

बैशाख ५ २०७५   ekhabarnepal

बर्दिवास वैशाख ५,  रासस।  नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताउनुभएको छ ।  महोत्तरीको बर्दिवासमा आज नेकपा (एमाले) बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले ...

बैशाख महिनामै हुन्छ पार्टी एकता -प्रचण्ड 

बैशाख ५ २०७५   ekhabarnepal

  चितवन बैशाख ५,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको एकता बैशाख महिनामै हुने बताएका छन् ।  चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले भने, “अब कोशिष गर्दै छौं, आज हामी सबै देशभरी पुगे...

भ्रमणमा रहेका ज्ञवालीले आज चिनियाँ उपराष्ट्रपति र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने 

बैशाख ५ २०७५   ekhabarnepal

काठमाडौं बैशाख ५, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज बुधवार समकक्षी वाङ वीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । सोमवार बेइजिङ प्रस्थान गरेका ज्ञवालीले आज उपराष्ट्रपति वाङ क्वीसान र समकक्षी वाङ वीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । पाँचदिने चीन भ्रमणमा रहेका ज्ञवाली र चिनियाँ समकक्षबीच विगतमा भएका सहमति र समझदारी अघि बढाउने वारेमा छलफल हुने भ...

प्रचण्डको अभिभावकत्वमा मुसहरका दुई बालकहरुले कक्षा १२ सम्म निःशुल्क पढन पाउने

बैशाख ५ २०७५   ekhabarnepal

  काठमाडौं बैशाख ५,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको बालबालिका भर्ना अभियान अन्तर्गत आज पश्चिम चितवनको मेघौलीमा अल्पसंख्य समुदायका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने भएका छन् । उनले बिहान ११ बजे चितवन जिल्लाको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा माझी र मुसहर समुदायका दुई बालकहरुको विद्यालयमा ...

एमाले र माओवादी केन्द्र एकता प्रकरण ः   केन्द्रीय कमिटीको संख्या बढ्ने

बैशाख ५ २०७५   ekhabarnepal

काठमाडौं, बैशाख ५ नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको आकार बढ्ने भएको छ । माओवादी केन्द्रले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्दा विगतमा भएको सहमतिको आधारमा आफ्ना कतिपय छुट्नै नहुने नेता छुट्ने अवस्था रहेको बताएपछि संख्या बढ्ने भएको हो । एकतापछि आफूहरू नपर्ने महसुस गरेका युवा...

एमाले-माओवादी बीच निर्वाचन चिह्न ‘सूर्य’मा समझदारी: नजिकिदैछ पार्टी एकता 

बैशाख ४ २०७५   ekhabarnepal

काठमाडौँ बैशाख ४, पार्टी एकताको तयारी रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसि...

पार्टी एकता संयोजन समितिको बैठक सकियो ,यसकारण हुन् सकेन वैशाख ९ गते पार्टी एकता 

बैशाख ४ २०७५   ekhabarnepal

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता नहुने भएको छ । आज (मंगलबार) बिहान पार्टी एकताका विवादित विषय टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले ९ गते एकता नहुने भएको हो । बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध...

हेटौँडाबाट राजधानी नसार्न देउवाको आग्रह  

बैशाख ४ २०७५   ekhabarnepal

  हेटौँडा बैशाख ४,  रासस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग आज बिहान भेटी हेटौँडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौँडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प...

गृहमन्त्रीको ५० दिन का ५० काम(सूचीसहित)

बैशाख ३ २०७५   ekhabarnepal

  काठमाडौं बैशाख ३,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यभार सम्हालेको ५० दिनमा गरेका ५० कामको विवरण गृहमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ । विवरणमा गृहमन्त्री थापाले गत फागुन १४ गते कार्यभार सम्हालेयता गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा गरिएका सुधारहरु उल्लेख गरिएका छन् ।  हेर्नुस् गृहमन्त्रीले गरेका काम...

वैशाख ७ गते बस्दैछ कांग्रेस केन्द्रीय समितिको बैठक 

बैशाख ३ २०७५   ekhabarnepal

  काठमाडौँ  बैशाख ३ ,  रासस । २०७४ चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक केही दिनका लागि स्थगन भएको थियो ।  वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर ...

साढे २ घण्टाको वार्ता सकियो ,भोलि बिहान संयोजन समितिको बैठक बस्नेछ 

बैशाख ३ २०७५   ekhabarnepal

 काठमाडौं वैशाख ३,  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार करिब साढे २ घण्टा वान टु वान वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहान १० बजे दाहाललाई बालुवाटार बोलाएका थिए । परिवारसहित सिन्धुपाल्चोकको सुकुटेमा पुगेका दाहाल साढे १० बजे बालुवाटार पुगेका थिए । त्यसपछि दुई नेता वार्तामा बसेका ...

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणमा 

बैशाख ३ २०७५   ekhabarnepal

  काठमाडौं वैशाख ३, आज सोमवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ दिने भ्रमणका चीन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायत विषयमा छलफलका लागि उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको हो । चिनियाँ विदेशमन्त्री वाङ हीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले बेइजिङमा रहँदा चीनका नेताहरु तथा चिनीया विद...

दाँयाबाँया केही फरक परेको छैन वैशाख ९ गते नै पार्टी एकता हुन्छ - सुवास नेम्वाङ

बैशाख २ २०७५   ekhabarnepal

  काठमाडौं बैशाख २, नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गर्नुभएको छ ।९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता आग्रह गर्नुभएको छ । उहाँले बजारमा आउने अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । ९ गते त पार्टी एकता हुन्न भनेर केही ...

प्रदेश सभा बैठक बस्दै, आ.ब.को बाकि अवधिको बजेटमा छलफल  

बैशाख २ २०७५   ekhabarnepal

  बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभा बैठक आज बस्दै छ ।  आज दिउसो १ बजे प्रदेश सभा भवनमा बस्ने बैठकमा अस्ति पेश भएको चालु आर्थिक बर्षको बाकि अवधिको बजेटमा छलफल हुदैछ  । अस्ति अपरान्ह बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रिको समेत कार्यभार सम्हालेका मुख्यमन्त्रि शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश ग...

 यस्ता तीनवटा विषयको बिबादका कारण पार्टी एकता वैशाख ९ मा नभए २२ मा गर्ने 

बैशाख २ २०७५   ekhabarnepal

  काठमाडौं बैशाख २,  नेकपा एमाले र माओवादी केन्द्रले बनाएका दुईवटा कार्यदलले आ आफ्नो प्रतिवेदन केही विवादित विषयसहित शीर्ष नेतालाई बुझाइसकेपछि एकता प्रक्रिया भने तीव्र गतिमा अघि बढ्न सकेको छैन । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आ आफ्नै कार्यक्रममा व्यस्त छन् । तर एकताका लाग...

दुई वर्षभित्र निरक्षरता हटाउने अभियानमा अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री

बैशाख २ २०७५   ekhabarnepal

  काठमाडौं वैशाख २,  प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुकि ६ वर्षीया थिल्ने साङ् तामाङको अभिभावक बन्नुभएको छ ।प्रधानमन्त्री ओलीले थिल्ने साङ् तामाङ विद्यालय भर्ना गरिदिनुभएको छ । मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने...

समृद्ध प्रदेश, सुखी जनता’को नारा सहित प्रदेश नम्बर ५ को बजेट सार्वजनिक (बजेटको पुर्ण पाठ सहित) 

बैशाख १ २०७५   ekhabarnepal

           बुटवल, चैत्र ३० । ५ नम्बर प्रदेश सरकारले ‘समृद्ध प्रदेश, सुखी जनता’को नारासहित १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको छ । शुक्रबार प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हानुभएका  मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्नुभयो ।  बजेटको ३६ करोड ६३ लाख ८२ हजार चालु खर्च र ३४ करोड ६ लाख ७५ हजार रुपैयाँ पूँजीगत...

काठमाडौं ट्रेड युनियन कांग्रेसमा भुसाल निर्वाचित

चैत्र ३० २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ३०,  रासस । नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित भएको निर्वाचन अधिकृत जयराम श्रेष्...

प्रधानमन्त्री ओली आज ढोरपाटन जादै ; भोली रारा पर्यटन बर्षको उद्घाटनमा सम्बोधन गर्ने

चैत्र ३० २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ३०,   प्रधानमन्त्री केपी शर्मा ओली आज बाग्लुङको ढोरपाटन जानुभएको छ । प्रधानमन्त्री ओलीले ढोरपाटन राष्ट्रिय निकुन्जको अवलोकनपछि दिउँसो डोल्पाको दुनै, से–फोक्सुन्डो लगायतको हवाई निरीक्षण गर्नुहुनेछ । आजै प्रधानमन्त्री ओली कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकमा समेत उपस्थित हुनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिन...

आजको प्रदेश सभा बैठकमा आर्थिक विकासको स्थितिपत्र पेश 

चैत्र २९ २०७४   ekhabarnepal

  बुटवल चैत्र २९, प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेशको समग्र बिकास र समृद्धिका प्रदेश सरकारले बिकासको आवधिक योजना बनाउन लागेकाले योजना निर्माणमा सघाउन सबै प्रदेश बासीहरुमा अपिल गर्नु भएको छ ।आज बसेको प्रदेश सभा बैठकमा ५ नम्वर प्रदेशको सामाजिक, आर्थिक विकासको स्थितिपत्र पेश गर्दै उहाले योजना निर्माण र कार्यान्वयनमा एक भएर अघि...

वैशाख ९ गते पार्टी एकताको टुंगो लाग्छ - प्रचण्ड 

चैत्र २९ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र २९, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ ।भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले शुक्रवार वाम एकता संयोजन समितिको बैठक बस्ने र त्यसले एकता घोषणालाई अन्तिम रुप दिने बताउनु भएको हो । ‘शुक्रबार काठमाडौँ फर्किए...

 मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७५ वैशाख २ गतेबाट शुरु

चैत्र २९ २०७४   ekhabarnepal

  काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम...

आज वाम एकता संयोजन समितिको बैठक बस्दै :एकिकृत पार्टीमा सदस्यको अनुपातवारे छलफल

चैत्र २८ २०७४   ekhabarnepal

   काठमाडौं चैत्र २८, वाम एकता संयोजन समितिको बैठक आज अपरान्ह बस्दैछ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस (बैशाख ९) का दिन पार्टी एकता गर्ने प्रयास अनुसार गृहकार्य हुन लागेको हो  । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै पार्टी एकताको विषय टुङयाउने भनिएकोमा थप गृहकार्य आवश्यक भएपछि आज बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको भ्रम...

विप्लव समूहबाट नगर र गाउँ प्रमुखलाई राजीनामाको धम्की

चैत्र २८ २०७४   ekhabarnepal

  पाल्पा,चैत्र २८   नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह मगँरात स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद्ले पाल्पाका नगरपालिका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की दिएको छ । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा र बगनासकाली गाउँपालिका प्रमुख ...

आइजिपी नियुक्तिका लागि वस्दैछ मन्त्रिपरिषदको बैठक 

चैत्र २७ २०७४   ekhabarnepal

    काठमाडौं चैत २७, नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै केहीवेरमै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आइजिपी नियुक्तिबारे छलफलनै नभएकोले पुन वैठक वस्नलागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने केही महत्वपूर्ण एजे...

यातायात व्यवसायीमा ब्याप्त सिन्डिकेटको अन्त्य गर्न यातायात समिति नविकरण नगर्ने 

चैत्र २७ २०७४   ekhabarnepal

  काठमाडौं चैत २७, यातायात व्यवसायी संघ/समितिहरुको नविकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको प्रस्...

  प्रदेश सभाको बैठक :सरकारको नीति कार्यक्रममाथि टीप्पणी शुरु 

चैत्र २६ २०७४   ekhabarnepal

  बुटवल चैत्र २६, प्रदेश नम्वर पाचको प्रदेश सभाको बैठक आज बस्दैछ। हिजो प्रदेश सभामा पेश भएको प्रदेश सरकारको नीति कार्यक्रममाथि टीप्पणी शुरु भएको छ । सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टिप्पणी गरेका छन् । रिर्पाेटस् क्लव प्रदेश ५ ले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घ...

भारतसँगको विद्युतीय रेलमार्ग र कृषिसम्बन्धि भएको सम्झौता अव कार्यान्वयन हुन्छ -परराष्ट्र मन्त्री ज्ञवाली 

चैत्र २६ २०७४   ekhabarnepal

 काठमाडौं चैत्र २६, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतसँग भएका तीन महत्वपूर्ण समझदारीले नेपालको समृद्धितर्फको यात्रामा दुरगामी महत्व राख्ने बताउनुभएको छ । जलमार्गसहित समुद्रसम्मको पहुँच भूपरिवेष्टित राष्ट्रका लागि महत्त्वपूर्ण रहेको भन्दै उहाँले रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग चलाउने विषय र कृषिप्रधान मुलुक नेपालका लागि कृषिमा साझे...

प्रदेश न ५ को प्रदेश सभाको बैठक दिउसो १ बजे बस्दै 

चैत्र २६ २०७४   ekhabarnepal

  बुटवल चैत्र २६, प्रदेश नम्वर पाचको प्रदेश सभाको बैठक आज बस्दैछ । आज दिउसो १ बजे प्रदेशसभा भवन बुटवलमा बस्ने बैठकमा हिजो सरकारले प्रस्तुत गरेको नीति कार्यक्रममा छलफल हुने संसद सचिवालयले जनाएको छ । यस अघि हिजो  प्रदेश नम्बर ५ को सरकारले कृषि, पर्यटन र उद्योगको विकासबाट सम्वृद्ध प्रदेश बनाउने लक्ष्य सहित चालु आर्थिक वर्षको नीति कार्यक्र...

प्रदेश ५ को सरकारको नीति  हेर्नुहोस पुर्ण पाठसहित

चैत्र २६ २०७४   ekhabarnepal

  माननीय सभामुख महोदय, ऐतिहासिक संविधान सभाबाट बनेको नेपालको संविधानमा व्यवस्था भए बमोजिम स्थानीय, प्रादेशिक र संघीय ३ वटै तहको निर्वाचन सम्पन्न भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको व्यवहारिक अभ्यासतर्फ अगाडि बढिरहेको छ । संघीयताको आधारभूत अंगको रुपमा रहेका प्रदेश सभा र प्रदेश सरकार गठन भई कार्य आरम्भ गरिसकेका छन् ।...

प्रदेश ५ को सरकारले सार्वजनिक गर्यो विकासको नीति,  ‘प्रदेश सम्बृद्धिको मुख्य आधार कृषि,उद्योग र पर्यटन ’

चैत्र २६ २०७४   ekhabarnepal

  बुटवल,चैत्र २५ । प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्पित रहेको समेत प्रतिबद्धता जनाइएको छ । प्रदेश सरकारका तर्फबाट आज प्रदेशसभामा प्रदे...

विद्यावारिधि सम्मानबाट विभुषित प्रधानमन्त्री ओली

चैत्र २५ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र २५, तीन दिने राजकीय भ्रमणको सिलसिलामा भारतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ विद्यावारिधिबाट विभुषित गरिएको छ ।  भारतको उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई विद्यावारिधि सम्मानबाट विभुषित गरिएको हो ।  विभुषित हुनुअघि विश्वविद्य...

प्रदेश ५ मा प्रदेश सभाको बैठक बस्दै :सरकारको नीति कार्यक्रम प्रस्तुत गरिने 

चैत्र २५ २०७४   ekhabarnepal

बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत हुने छ । आज दिउसो १ बजे बुटवल उद्योग बाणिज्य संघमा बस्ने बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुहुने छ । सरकारको नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेश सरकारले अस्ति प्रदेश प्रमुख झा समक्ष अनुरोध गरीसकेक...

राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

चैत्र २५ २०७४   ekhabarnepal

काठमाडौं चैत्र २५, तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै हुनुहुन्छ ।पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज बेलुकी ८ बजे नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भारतको उत्तराखण्ड राज्यस्थित गोविन्द बल्लभ पन्त कृषि एवं प्रौद्योग...

काठमाडौंदेखि रक्सौलसम्म एक वर्षभित्र रेल मार्ग विस्तार

चैत्र २५ २०७४   ekhabarnepal

ओली र मोदीबीच भएका १५ सहमति नयाँ दिल्ली,चैत्र २४  नेपालको विभिन्न क्षेत्रको विकासका लागि पूर्व सम्झौता तथा प्रतिवद्धता तीव्र रुपमा कार्यान्वयन गर्न भारत सहमत भएको छ। प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीको हैदराबाद हाउसमा भएको भेटमा उक्त सहमति भएको हो। त्यसपछि भारतीय विदेश मन्त्रालयले ओली र मोदीबीच भएको ...

स्थायी राजधानी बुटवलमै हुन्छ  – उप–महासचिव पौडेल 

चैत्र २५ २०७४   ekhabarnepal

बुटवल, चैत्र २४ । नेकपा एमालेका उप–महासचिव तथा रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले बुटवल आसपासमा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरु यथाशीघ्र सम्पन्न गरी बुटवलमै सिंहदरवार बनाउने बताउनु भएको छ । बुटवलमा राजधानी हुन्न भन्नेहरुलाई सुन्नेगरि म भन्दछु—स्थायी राजधानी बुटवलमै हुन्छ । यसै प्रसंगमा श्री पौडेलले नाम र स्थाय...

नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन

चैत्र २४ २०७४   ekhabarnepal

नयाँ दिल्ली  चैत २४,  नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि दुई देशबीच भएको समझदारी र महत्वपूर्ण सरकारी घोषणाका लागि संयुक्त पत्रकार सम्मेलन गरिएको हो । संयुक्त पत्रकार सम्मेलनअघि दुई देशका प्रतिनिधिमण्डलबी...

दुवै देशका जनताले समृद्धि र शान्ति चाहान्छन त्यसैले सम्झौता भन्दा मित्रता ठुलो कुरा

चैत्र २४ २०७४   ekhabarnepal

नयाँदिल्ली चैत्र २४ , तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपाल विच विभिन्न सम्झौता भन्दा मित्रता नै ठुलो भएको बताएका छन् । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ले भारतसँगको प्रगाढ मित्रता आफूहरुको प्राथमिकता भएको बताएका छन् । शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि...

भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्ने प्रतिवद्धता

चैत्र २४ २०७४   ekhabarnepal

नयाँ दिल्ली,चैत्र २३   बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीेले विभिन्न कारणले भारतमा रहेका नेपालीलाई स्वदेश फर्कने आकर्षक वातावरण निर्माण गरेर देखाउने प्रतिवद्धता जनाएका छन्। तीनदिने राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीे ओलीले भारतमा नेपालीले गरिरहेको मेहनत फर्काउन आफ्नै मुलुकमा वातावर...

ओली र मोदीबीच वन-इन-वन भेट, भोलि मुख्य भेटवार्ता

चैत्र २४ २०७४   ekhabarnepal

  नयाँ दिल्ली चैत २३ भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएकाे छ।  मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता भएकाे दिल्लीस्थित नेपाली दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले बताए। दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदील...

सचिवहरुको सरुवा गर्दैछ सकार: हेरौं को -को कहाँ ?(सूचिसहित)

चैत्र २३ २०७४   ekhabarnepal

   काठमाडौँ चैत २३, सकारले सचिवहरुको सरुवा गरेको छ । नयाँ सरकार बनेपछि पहिलो पटक सचिवहरुको सरुवा गरेको हो । कार्यक्षमता, अनुभव तथा योग्यताको आधारमा सचिवहरुको सरुवा गरेको हो ।  हेरौं को को कहाँ ? यस्तो छ सूचि ।  १ प्रेम कुमार राई प्रधानममन्त्री कार्यालय वाट गृह मन्त्रालय  २ राजन खनाल अख्तियार वाट अर्थ मन्त्रालय  ३. खगराज वराल प्रधानमन्त्र...

प्रदेश नंं ५ को आ.व २०७४/७५को नीति तथा कार्यक्रम स्वीकृत 

चैत्र २३ २०७४   ekhabarnepal

बुटवल चैत्र २३, प्रदेश सरकार प्रदेश नंं ५ को आर्थिक वर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिष्दको बैठकले नीति कार्यक्रम स्वीकृत गरेको हो । नीति तथा कार्यक्रम आउँदो २५ गते संसदमा पेश हुने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । नीति तथा कार्यक्रम स्वीकृत गरी संसद...

भारतको व्यापारिक समुदायसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओली

चैत्र २३ २०७४   ekhabarnepal

  काठमाडौं । भारतको तीन दिने राजकीय भ्रमणका लागि आज शुक्रबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको व्यापारिक समुदायसँग अन्तरक्रिया गरेका छन् । भारतीय विदेश मन्त्रालय, एफआइसीसीआई, सीआईआई तथा चेम्बरले आयोजना गरेको कार्यक्रमा ओलीले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज मध्यान्ह नयाँ द...

भारतीय गृहमन्त्रीद्धारा प्रधानमन्त्री ओलीको भब्य स्वागत 

चैत्र २३ २०७४   ekhabarnepal

  दिल्ली चैत २३,  प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । तीन दिने भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री ओलीले ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै ९ बजे भारत भ्रमणको लागि दिल्ली प्रस्थान गरेका हुन । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली सीधै राष्ट्रपति भवन पुग्नुभएको ...
To Top