राजनीति

स्वतन्त्र र समृद्धिको नारालाई सफल पार्न सरकारको गृहकार्य 

चैत्र ९ २०७४   ekhabarnepal

बीबीसी।  सरकारले स्थायित्व र समृद्धिको नारालाई सफल पार्न विभिन्न क्षेत्रका विज्ञहरू समेटिएको 'थिङ्क ट्याङ्क' अर्थात् स्वतन्त्र विज्ञ समूह निर्माण गर्ने गृहकार्य अघि बढाएको छ। नेपालको भूराजनीतिलाई समेत ध्यानमा राख्दै निर्माण हुने भनिएको उक्त समूह प्रधानमन्त्री कार्यालय मातहत हुने र त्यसले प्रधानमन्त्रीलाई नीतिगत विषयमा सुझाव दिने बताइएको छ। बिह...

कांग्रेस केन्द्रिय समितिको बैठक सुरु : प्रदेशसभा निर्वाचनको समीक्षा हुदै

चैत्र ९ २०७४   ekhabarnepal

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा  गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समीक्षा हुदैछ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पश्चात पार्टी केन्द्रिय सदस्यहरुले बिस्तृत छलफलको माग गरीरहेका भएपनि तत्काल गर्नुपर्ने कामहरुले गर्दा सभापति शेर बहादुर देउ...

३७ वर्ष छ महिना कैद सजाय भोग्दैछन वडाध्यक्ष तामाङ : यस्तो छ मुद्दा 

चैत्र ९ २०७४   ekhabarnepal

  काठमाडौं चैत  ९ , दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र रु दुई लाख ५० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो । तामाङसहित उनका सहयोग...

ईयु प्रतिवेदनप्रति निर्वाचन आयोगको कडा आपत्ति 

चैत्र ८ २०७४   ekhabarnepal

  काठमाडौं चैत ८ निर्वाचन आयोगले युरोपियन युनियन (ईयु) को निर्वाचन पर्यवेक्षण मिसनले दिएको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ। आयोगले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै ईयु प्रतिवेदन निर्वाचनका अन्तर्राष्ट्रिय मान्यता विपरित रहेको उल्लेख गरेको हो।  मतदाता, राजनीतिक दल एवं सरोकारवालाबाट सर्वस्वीकृत भएको सबै तहको निर्वाचनका सन्दर्भ...

प्रदेश सभाद्धारा सर्बसम्मतीले आर्थिक बिधियक पारित  

चैत्र ८ २०७४   ekhabarnepal

  बुटवल चैत्र ८, प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले आर्थिक कार्यबिधि आर्थिक बिधियक  पारित गरेको छ । बुटवल स्थित प्रदेश सभा भवनमा बसेको बैठकले प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधियक अर्थात आर्थिक बिधियक सर्बसम्मतीले पारित गरेको हो । यस अघिको बैठकमा ने मुख्यमन्त्रि शंकर पाखे्रेलले पेश गर्नु भएको बिध...

प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक सुरु हुदै 

चैत्र ८ २०७४   ekhabarnepal

बुटवल चैत्र ८,  प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक  सुरु हुदै छ ।बैठकमा सहभागि हुन प्रदेश सभाका अधिकांश सदस्यहरु प्रदेश सभा स्थल (बुटवल उद्योग वाणिज्य संघको सचिवालय)मा आई पुगेका छन । आजको बैठकबाट आर्थिक बिधियक पारित हुने छ । आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्नबनेका बिधियकमा कुनै संशोधनको सुचना नपरेकाले आजै बिधियक पारित हुने संसद सचिवाल...

पहिलो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओलीको तयारी  

चैत्र ८ २०७४   ekhabarnepal

 काठमाडौं  चैत्र ८, प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ।  ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्।  चैत २३ गतेदेखि २५ गतेसम्मको भ्रमणका लाग...

अब प्रधानमन्त्रीको सचिवालयमा २८ जना मात्रै रहने

चैत्र ८ २०७४   ekhabarnepal

  काठमाडौं  चैत्र ८,  प्रधानमन्त्रीको सचिवालयमा अब २८ जना मात्रै रहने भएका छन् । यसअघि ४७ जनासम्म रहने गरेको भए पनि अब बढीमा २८ जना मात्रै रहने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बैठकपछि पत्रकारहरुलाई जानकारी गराउँदै अब २८ भन्दा बढी नरहने र यसअघि स...

आगामी असोजभित्र काठमाडौँमा मेलम्चीको पानी आउछ - खानेपानी मन्त्री बीना मगर

चैत्र ७ २०७४   ekhabarnepal

  खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।  “केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर त...

प्रधानमन्त्रीद्धारा प्रदेश मुख्यमन्त्रीलाई यस्तो निर्देशन : चुनौती सम्हाल्नुहोस,असफल हुने छुट छैन 

चैत्र ७ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ७,. प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई अब प्रदेशका बीचमै प्रतिष्पर्धा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले बुधबार सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएका थिए । उनले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, “प्रदेश...

 आजबाट विदुरमा शुरु हुदैछ कांग्रेस कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन 

चैत्र ७ २०७४   ekhabarnepal

नुवाकोट चैत्र ७ ,  रासस । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु भएको छ । कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने व...

आज सातै प्रदेशका प्रदेश प्रमुखसंग छलफल गर्दै प्रधानमन्त्री केपी ओली

चैत्र ७ २०७४   ekhabarnepal

काठमाडौं चैत्र ७ ,  प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसंग आज छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले केहिबेरमा सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेश समस्याबारे छलफलसंग सिंहदरबार बोलाउनुभएको छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसच...

 कांग्रेस प्रमुख सचेतकमा बालकृष्ण खाँड

चैत्र ७ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र ६  कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद बालकृष्ण खाँड मनोनीत भएका छन् ।  संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार खाँडलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका निकट सहयोगी नेता खाँड समानुपातिक सांसद हुन् । कांग्रेस प्रमुख सचेतकमा नेताहरु मिनेन्द्र रिजाल र मीन विश्वकर्माको पनि दाबी थियो । ...

पर्दा पछाडि हुने विकृतिको अन्त्य गर्छु, श्रममन्त्री बिष्ट 

चैत्र ६ २०७४   ekhabarnepal

  काठमाडौं,चैत ६ । श्रम तथा रोजवगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै किसिमका सिन्डिकेटको अन्त्य गर्ने उद्घोष गरेका छन् । मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति ल्याउनेलाई होतोत्साही बनाउने बताए । ‘युवालाई मार पर्ने गरी पर्दा पछाडि हुने सबै खालका विकृतिको अन्त्य...

प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न : मुख्यमन्त्रिको प्रेस सल्लाहकारमा केसी नियुक्त

चैत्र ६ २०७४   ekhabarnepal

  बुटवल । प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको आज बसेको बैठकले प्रादेशिक योजना आयोग गठन गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षमा नेपाल राष्ट बैकका निर्देशक डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गर्ने निणर्य गरेको प्रवक्ता तथा भौतिक पुर्वाधार मन्त्रि बैजनाथ चौधरीले जानकारी दिनुभयो । योजना आयोगको सदस्यमा एक महिला सह...

नेपाल प्रशिक्षण प्रतिष्ठानको उद्‍घाटन समारोहबाट प्रधानमन्त्रीको  यस्तो सन्देश 

चैत्र ६ २०७४   ekhabarnepal

चैत्र ६ ,  सबभन्दा पहिला म खुसी ब्यक्त गर्न चाहन्छु अत्यन्तै राम्रो काम भएको छ । एउटा सपना जस्तै साकार भएको छ । लामो समयदेखि हामीलाई उपयुक्त यस्तो एकेडेमी चाहित्यो जसले दक्ष¸ सक्षम जनशक्ति तयार गर्न सकोस¸  आज हामीले त्यसका निम्ति स्थान तयार गरेका छौ¸ आधार तयार गरेका छौं¸ र चौतर्फी शारिरीक¸ मानसिक¸ भौतिक सबै हिसाबले क्षमताबृद्धि तालिमहरु लिन सक्न...

खुकुरीको धारमा सरकारका दिन गन्ती 

चैत्र ६ २०७४   ekhabarnepal

डी.आर. घिमिरे ढिलै भएपनि सरकारले करिव करिव पूर्णता पाएको छ । संघीय समाजवादी फोरमका मन्त्रीवाहेक अन्यको हकमा सरकारको गठन प्रक्रिया सकिएको छ । प्रधानमन्त्रीको रुपमा केपी ओलीले छानी छानी ब्यक्तिको चयन गरेका छन् । झण्डै दुइतिहाईको स्थायी सरकार वनाइरहंदा ओलीलाई विभिन्नखाले सन्तुलन त मिलाउनै परेको थियो त्यसमाथि स्वच्छ छवि भएका र अवसर नपाएकालाई पनि यथ...

जापानद्धारा राष्ट्रपति भण्डारीलाई बधाई 

चैत्र ६ २०७४   ekhabarnepal

काठमाडौँ  चैत्र ६ , रासस । विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गरेका छन् ।  राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणका निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा नेपाल...

निवर्तमान प्रधानन्यायाधीशविरुद्धको उजुरी प्रहरीले अस्विकार गरेपछि 

चैत्र ६ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र ६ ,  निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको उजुरी काठमाडौं प्रहरीले दरपीठ गरेको छ । पत्रकारसमेत रहेका गुल्मीका मदनबाबु भण्डारीले सोमबार काठमाडौं प्रहरी परिसरमा पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता फरक–फरक जन्ममिति राखेर कीर्ते गरेको आरोप लगाउँदै निवदेन दिएका थिए ।  निवेदनमा पराजुलीलाई कारबाहीक...

मन्त्री लिलाको पहिलो निर्णय, वन र वातावरणको संरक्षण गर्दै उत्पादकत्व बृद्धि गरिने

चैत्र ५ २०७४   ekhabarnepal

बुटवल । उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री लिला गिरीले औद्योगिकरण र पर्यटन प्रवद्र्धनसंगै वातावरण तथा वनको संरक्षण गरी उत्पादकत्व बृद्धि गर्ने पहिलो निर्णय गर्नुभएको छ ।  सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गिरीले तत्कालका लागि प्रदेशको औद्योगिकीकरण, पर्यटन प्रवद्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व बृद्धी एवम् स्वच्छ वातावरणका...

 प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा बलदेव 

चैत्र ५ २०७४   ekhabarnepal

   बुटवल,चैत ५  । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा निर्बिरोध चयन भएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य (७९) समेत रहेका बलदेव शर्मा र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदवारी दिएका थिए । सोमबार दिउँसो २ बजे हुने भनिएको मतदान अघि नै बलदेव सर्बसम्मत भएका हुन् । लामो छलफलपछि रुपन्देहीका बल...

प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार , ३ मन्त्री थपिए

चैत्र ५ २०७४   ekhabarnepal

  बुटवल,चैत ५ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद विस्तार गरी ६ सदस्यीय पुर्‍याएका छन् । यसअघि ३ सदस्यीमात्रै रहेकोमा सोमबार ३ जना मन्त्री थपिएका हुन् । आइतबार लिला गिरीले उद्योग, पर्यटन, वन तथा वातावरण,सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय र आरती पौडेलले भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रीको रुपमा सपथ लिएका छन् । ...

कानुनमा संशोधन हुदैछन यस्ता ४१ वटा नियम (सूचीसहित)

चैत्र ५ २०७४   ekhabarnepal

  काठमाडौं चैत ५ , कानुनमन्त्री शेरबहादुर तामाङले ४१ नयाँ कानुन निर्माण या भइरहेका कानुनमा संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै समयमीमा राखेर कानुन निर्माण कार्यलाई तीव्रता दिइने उनले बताए ।  एक वर्षभित्र बाझिएका कानुन स्वतः निस्कृय हुने भन्दै उनले कानुन मन्त्रालबाहेकका मन्त्रालयले बनाउन...

तिलोत्तमाले गर्यो वडा १७ लाई स्वायत्त क्षेत्र घोषणा गर्नका लागि सिफारिस 

चैत्र ५ २०७४   ekhabarnepal

तिलोत्तमा, चैत ५ । रुपन्देहीको तिलोत्तमा नगरपालिले वडा नं. १७ लाई स्वायत्त क्षेत्रको रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । नगरपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को  दफा ९९ को उपदफा २ को (ग) बमोजिम वडालाई स्वायत्त क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरेको हो ।   स्थानीय सरकार सञ्चालन ऐनमा एकै भाषा वा संस्कृति भएका समुदायको स...

प्रदेश ५ को प्रदेश सरकारमा एमालेबाट दुई र माओबादी बाट एक मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार  गरिदै 

चैत्र ५ २०७४   ekhabarnepal

  बुटवल चैत्र ५, प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिने भएकाछन् । प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको छ ।प्रदेश ५ को मुख्य मन्त्रीको कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरिनेछ । गपिने मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओब...

राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

चैत्र ४ २०७४   ekhabarnepal

काठमाडौं  चैत्र ४ ,   राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत...

प्रदेश सभा नियमावली पारित 

चैत्र ४ २०७४   ekhabarnepal

  बुटवल  चैत्र ४ ,  प्रदेश नम्वर ५ को प्रदेश सभाको आज बसेको बैठकले प्रदेश सभा नियमावली पारित गरेको छ ।आज दिउसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो । प्रदेश सभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरी प्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो । नियमावलीमाथि प्रदेशसभा सदस्य अष्टभुजा पाठक, भोज प्रसाद श्रेष्ठ, तुला...

कर्मचारी खटाएको ठाउँमा जानैपर्छः प्रधानमन्त्री

चैत्र ३ २०७४   ekhabarnepal

रासस काठमाडौं ,चैत ३  । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानै पर्ने बताएका छन् । ‘खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ’ –प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्...

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

चैत्र ३ २०७४   ekhabarnepal

  कांग्रेसले उम्मेदवारी दिएन  काठमाडौं, चैत ३ । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् । उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको ...

शक्तिशाली सी जिनपिङ दोस्रो पटक एकमतले बने चीनको राष्ट्रपति

चैत्र ३ २०७४   ekhabarnepal

   वेइजिङ्ग,  चैत ३   चिनियाँ संसदले राष्ट्रपति पदमा सी जिन पिङलाई एकमतले चयन गरेको छ। नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्...

 २२ सदस्यीय मन्त्रीमण्डलले शपथ खाए,मन्त्रीमण्डलमा कोको ?

चैत्र २ २०७४   ekhabarnepal

  काठमाडौँ,चैत्र २   प्रधानमन्त्री केपी ओली सरकारको सात सदस्यीय मन्त्रीमण्डलमा एमालेका ८, माओवादी केन्द्रका ७ मन्त्री थपिएर यसको आकार २२ सदस्यीय बनेको छ। एमालेबाट ६ मन्त्री, २ राज्यमन्त्री, माओवादीबाट ५ मन्त्री र २ राज्यमन्त्रीसहित १५ जनाले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ कार्यममा प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक...

 मन्त्रालय बाँडफाँडमा एमाले माओवादी र फोरम बीच सहमति : शपथग्रहण कार्यक्रम ५ः३० बजे हुने

चैत्र २ २०७४   ekhabarnepal

      काठमाडौं चैत्र २ , सरकार विस्तारको क्रममा सरकारको नेतृत्व गरिरहेको एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका बीचमा मन्त्रालय बाँडफाँडमा सहमति भएको छ । मन्त्रालय बाँडफाँड र मन्त्री चयनका लाथि थप समय आवश्यक परेकाले शपथग्रहण कार्यक्रम केही समयका लागि पर सारिएको छ । स्रोतका अनुसार शपथग्रहण कार्यक्रम ५ः३० बजेका लागि तोकिएको छ । यद्य...

गठबन्धनले मन्त्रीहरुको टुंगो लगायो : ज्ञवाली बन्नेछन परराष्ट्रमन्त्री

चैत्र २ २०७४   ekhabarnepal

 काठमाडौं चैत्र २, बाम गठबन्धनले मन्त्रीको टुंगो लगाएको छ । नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् । अर्का सचिव गोकर्ण विष्टलाई श्रम तथा रोजगार र नेता...

सुवासचन्द्र नेम्बाङ बन्दैछन कानुनमन्त्री 

चैत्र २ २०७४   ekhabarnepal

  काठमाडौं चैत्र २ , प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई कानुनमन्त्री बनाउने तयारी गर्नुभएको छ ।  आज हुने मन्त्रिपरिषद् बिस्तारमा नेम्बाङ कानुनमन्त्री बन्न लाग्नु भएको हो । नेम्बाङ यसअघि २०५६ को निर्वाचनपछि पनि कानुनमन्त्री बन्नु भएको थियो । दुईपटक राष्ट्रियसभाका अध्यक्ष भइसकेका ने...

ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने

चैत्र २ २०७४   ekhabarnepal

४ बजे मन्त्रिपरिषद् विस्तार हुने काठमाडौं, चैत २ प्रधानमन्त्री केपी शर्मा ओलीले आज ४ बजे मन्त्रिपरिषद् विस्तार गर्दै छन्। एमालेका ७, माओवादी केन्द्रका  ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्। आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ। फोरमसँगको भागबन्डापछि सरकारले यसअघि कायम गरिएका १७ मध...

उपसभामुखमा भुसाल र तुम्बाहाम्फेको उम्मेदवारी : १ बजेदेखि निर्वाचन सुरु

चैत्र २ २०७४   ekhabarnepal

   काठमाडौं ,चैत्र २  प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । उपसभामुखमा वाम गठबन्धनबाट एमाले नेता डा. शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट पुष्पा भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ । सभामुखमा उम्म...

उपसभामुखमा शिवमाया तुम्बाहाम्फेको उम्मेदवारी दर्ता 

चैत्र १ २०७४   ekhabarnepal

काठमाडौं चैत्र १, उपसभामुखमा वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फेले  र नेपाली कांग्रेसका पुष्पा भुसाल गौतमले उम्मदेवारी दिएका छन् ।  तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ । माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । नेपाली कांग्रेसले पुष्पा भुसाललाई अघि सारेको छ ।  संघीय संसद् सचिवालयले भ...

दीपकराज जोशीले प्रधानन्यायाधीशको पदभार ग्रहण : काम शुरु

चैत्र १ २०७४   ekhabarnepal

  काठमाडौं, रासस । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा पदभार ग्रहण गरेका छन् ।  कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी कामसमेत शुरु गरे । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत...

प्रधानन्यायाधीश पराजुली पदमुक्त

फागुन ३० २०७४   ekhabarnepal

  काठमाडौं, फागुन ३०  न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको जानकारी गराएको छ। न्याय परिषद् सचिवालयले उमेरका आधारमा उनी पदमा नरहेको जानकारी पराजुलीलाई नै पत्रमार्फत गराएको हो। सचिवालयले बुधबार नै परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त पत्रका अाधारमा पराजुली गत साउन २१ गतेदेखि नै ६५ वर्ष पुगिसकेकाले बुधबारदेखि नै प...

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुनेछ - निर्वाचन आयोग

फागुन ३० २०७४   ekhabarnepal

  काठमाडौं फागुन ३०, उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने भएको छ । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले बुधबार उपराष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । उम्मेदवारी दर्ताको समय ३ गतेलाई तोकिएको छ । भोलि चैत १ गते मतदाता नामावली प्रकाशन गरिनेछ । ३ गते उम्मेदवारी दर्ता तथा ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्...

संविधान गतिशिल दस्तावेज हो त्यसैले आवश्यकता अनुसार संसोधन गर्न सकिन्छ -प्रधानमन्त्री ओली

फागुन ३० २०७४   ekhabarnepal

  काठमाडौं फागुन ३० , प्रधानमन्त्री केपी शर्मा ओलीले  संविधान गतिशिल दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने स्पष्ट पार्नु भएको छ ।  आफूलाई विश्वासको मत दिएका प्रतिनिधिसभा सांसद, राष्टिकयसभा तथा प्रदेश सभाका सांसदहरुलाई  प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले संविधान संसोधनवारे प्रष...

विद्यादेवी भण्डारी दुई तिहाई मतका साथ राष्ट्रपतिमा निर्वार्चित

फागुन २९ २०७४   ekhabarnepal

काठमाडौं, फागुन २९ राष्ट्रपति विद्यादेवी भण्डारी नै दोस्रो कार्यकालका लागी अत्याधिक मत ल्याएर निर्वाचित भएकी छन् । दुई तिहाई मतका साथ दोस्रो कार्यकालका लागी निर्वाचित भण्डारीले अबको ५ वर्ष पुनः राष्ट्रप्रमुखको भूमिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् । बाम गठबन्धन सहित राष्ट्रिय जनता पार्टी र संघिय समाजवादी फोरमको मत भण्डारीले पाएकी थिइन् ।...

गृहमन्त्री थापाको निजी सचिवमा डा. भट्टराई  नियुक्त

फागुन २९ २०७४   ekhabarnepal

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’को निजी सचिवको जिम्मेवारी उपसचिव डा. डिजन भट्टराईलाई दिइएको छ । डा. भट्टराई पहिले रोल्पाका प्रमुख जिल्ला अधिकारी थिए । उनको त्यहाँबाट सरुवा गरिएको हो । गृहमन्त्री थापाको सचिवालय, सल्लाहकारलगायत अन्य पदहरुको औपचारिक टुङ्गो लाग्न बाँकी छ । हरेक मन्त्रीहरुले आफ्नो निजी सचिवमा आफूअनुकूल निजामती कर्म...

 राष्ट्रपति चयनका लागि मतदान सम्पन्न : कुल ५३६ मत खस्यो

फागुन २९ २०७४   ekhabarnepal

  काठमाडौं । राष्ट्रपति चयनका लागि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सम्पन्न भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरमा कायम गरिएको मतदान केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो ।  मुलुकमा तेस्रो पटक हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर...

प्रधानन्यायाधीश पराजुलीको इजलास न्यायाधीशले बहिष्कार गरेपछि 

फागुन २९ २०७४   ekhabarnepal

काठमाडौँ फागुन २९ , प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिको विवादका कारण सर्वोच्च अदालतका इजलास पनि प्रभावित हुन थालेका छन् । प्रधानन्यायाधीश पराजुलीले फरक–फरक जन्म मितिको कागजात पेश गरेको विषयमा सञ्चारमाध्यममा प्रकाशित खबर र त्यसले अदालतको अवहेलना भएको विषय लम्बिदै जाँदा मंगलबार प्रधानन्यायाधीश पराजुलीले तोकेकामध्ये तीनवटा इजलासका न्यायाध...

राष्ट्रपति पदका लागि भण्डारी र राईबीच प्रतिस्पर्धा : मतदान हुदै

फागुन २९ २०७४   ekhabarnepal

काठमाडौँ फागुन २९ , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान शुरु भएको छ ।  पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गर्नुभयो । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान...

राष्ट्रियसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भए गणेश तिमिल्सिना

फागुन २८ २०७४   ekhabarnepal

  काठमाडौं फागुन २८ , राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभाको अध्यक्ष पदमा उनको मात्रै उमेदवारी परेको छ ।  अपराह्न साढे १२ बजे संसद भवनमा पुगेर तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका थिए । तिमिल्सिनाको प्रस्तावकमा खिमलाल भट्टराई र सम...

प्रदेशको राजधानीमै भौतिक पूर्वाधारको  अभाव छ - मुख्यमन्त्री पोखरेल

फागुन २८ २०७४   ekhabarnepal

  बुटवल फाल्गुन २५,   रासस, भौतिक पूर्वाधार अभावका कारण प्रदेश नं ५ मा सरकारका दैनिक काम प्रभावित भएका छन् । केन्द्रीय सरकारअन्र्तगत सञ्चालित सरकारी निकायहरु अझैसम्म प्रदेश र स्थानीय सरकार मातहत आइनसकेको र कर्मचारी समायोजनमा पनि ढिलाइले प्रदेश सरकारको काम प्रभावित भएको छ ।  प्रदेशसभाबाट विश्वासको मत लिएको भोलिपल्ट आज मुख्यमन्त्री शंकर प...

कृषि, उद्योग र पर्यटन प्राथमिकतामा, गुरुयोजना बनाई काम गर्ने  योजना

फागुन २८ २०७४   ekhabarnepal

बुटवल, २८ फागुन । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश नम्वर ५ मा कृषि, उद्योग र पर्यटनलाई प्राथमिकतामा राखेर व्यवस्थित बिकास गर्ने बताउनुभएको छ । आज बिहान बुटवलमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्रि पोख्रेलले प्रदेशको समृद्धि र बिकासका आधार तय गरी प्रदेश सरकारले सबै स्थानिय तहलाई गुरुयोजना बनाई काम गर्न आग्रह गर्ने बताउनुभयो । ...

राष्ट्रियसभाको अध्यक्षमा तिमिल्सिनालाईनै उमेदवार बनाउने एमालेको निर्णय

फागुन २८ २०७४   ekhabarnepal

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिनालाई उमेदवार बनाउने निर्णय गरेको छ । एमालेका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । तिमिल्सिना प्रदेश ४ बाट प्रतिनिधित्व गर्छन् । छैटौं महाधिवेशनबाट पार्टीको केन्द्र...
To Top