राजनीति

देशबासीलाई मिलाएर लैजाने राप्रपाको एजेण्डा

असार ९ २०७४   .

  भैरहवा, असार ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष कमल थापाले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर भैरहवाबाट हुने जित ऐतिहासिक जित हुने बताउनु भएको छ ।संविधान सभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर र इतिहास रच्ने बताउनु भयो ।...

दोस्रो चरणको निर्वाचनमा काग्रेसको वहुमत : प्रधानमन्त्री

असार ९ २०७४   .

कैलाली असार ९,–प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसले बहुमत सहित जित हासिल गर्ने बताएका छन । धनगढी बिमान स्थलमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधान मन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा देशमा नेपाली कांग्रेस प्रती जनलहर बढदै गएको बताएका हुन । प्रधानमन्त्री देउवाले  स्थानिय तह ...

सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दैगर्दा प्रहरी पुगेपछि।।

असार ९ २०७४   .

काठमाडौं, ९ असार– स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग...

परासी, रुपन्देही र कपिलवस्तुमा चुनाव रोक्नु पर्दैन:सर्वोच्च अदालत

असार ९ २०७४   .

काठमाडौं असार,९  । सर्वोच्च अदालतले प्रदेश नम्बर २ र ५ का ११ जिल्लाको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि नै सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारिसकेको छ । प्रदेश नम्बर ५ का तीन जिल्ला नवलपरासी, कपिलबस्तु र रुपन्देहीमा निर्वाचन रोक्नुपर्ने कारण नदेखिएको सर्बोच्चको आदेशमा उल्लेख छ । ...

सबै वडालाई सडक सञ्जालले जोड्ने

असार ९ २०७४   .

दाङ,असार,९  । प्रदेश नम्बर ५ को सम्भावना बोकेको घोराही उपमहानगर विकासको दृष्टिले ‘भर्जिन’ ठाउँ हो । उपमहानगर बनाउने क्रममा पछिल्लो समय गाभिएका कतिपय ग्रामीण भेगमा सडक सुविधा र बिजुली समेत छैन । ७८ हजार ४ सय २७ मतदाता रहेको यो उपमहानगरमा विभिन्न दलका मेयरका उम्मेदवारहरुले सामान्यदेखि महत्वाकांक्षी झल्किने योजना ल्याएका छन् । नरुलाल चौधरी, ...

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल

असार ९ २०७४   रासस

 इलाम,  असार ९-  नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । नेता खनालले स्थान...

यस कारण सिद्धार्थ नगरमा एमालेको जित आवश्यक

असार ८ २०७४   .

भैरहवा, असार ८  । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगरलाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् । विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए । एमाले सि...

‘नीति बनाइदिनुस् देश विकासमा योगदान गर्न तयार छौं’:उद्योगी–व्यवसायीहरु

असार ८ २०७४   .

बुटवल, असार ८ । यहाँका उद्योगी, व्यवसायी तथा अगुवाहरुले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र विकासको खाका बनाउन एमाले नेतृत्वलाई आग्रह गरेका छन् । बुटवललाई प्रदेशको आर्थिक र पर्यटकीय केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको भन्दै एमाले निकटका ती उद्योगी–व्यवसायीहरुले आफुहरु सहकार्य गर्न तयार रहेको बताए ।एमालेले ...

कांग्रेसबाट विकास र समृद्धि संभव छैन : नेतृ रामकुमारी

असार ८ २०७४   .

बुटवल, असार ८ । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले नेपाली कांग्रेसबाट विकास र समृद्धि संभव नरहेको बताएकी छिन् । विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै उनले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरिन् । चुनावी प्रचारप्रसारका क्रममा बिहीबार तिलोत्तमा–८ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेत...

गुल्मीको मालिकामा एमाले चाहना, गरिवको घरमा टिनको छाना

असार ८ २०७४   .

गुल्मी असार ८ ।मतदानको दिनगन्ती शुरु भएसँगै गुल्मीको मालिका गाउँपालिकामा एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रमलाई तीव्र वनाएको छ । एमालेले यहाँ इमान्दार तथा कुशल राजनीतिज्ञ रितबहादुर थापालाई अध्यक्षको उम्मेदवार वनाएको छ भने देवा अर्याललाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । घरदैलोसंगै उम्मेदवारहरुले आफ्ना योजना पनि सार्वजनिक गर्नुभएको छ । एक घ...

प्रदेश विभाजनको नारा लगाउनेहरु यो चुनावमा बढारिन्छनः बस्नेत

असार ८ २०७४   .

एमाले अगुवा कार्यकर्ता भेला बुटवल । युवा संघ नेपाल निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर ४ रुपन्देहीको आयोजना अगुवा युवा भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष महेश बस्नेतले निर्वाचनमा युवाहरुको भुमिका महत्वूर्ण हुने भन्दै युवाहरुको सहभागीता विना निर्वाचन सफल नहुने र यसको लागि जहिले पनि य...

अख्तियारको आग्रह : महत र ढकाललार्इ पक्राउ गर्न सहयोग गरिदिनूस्

असार ८ २०७४   रासस

काठमाडौँ ,असार ८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जा...

गुल्मीका ९ वटा मतदान केन्द्र संवेदनशील

असार ८ २०७४   .

गुल्मी  असार,८ गुल्मीका नौ वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका छन् । गाउँपालिकाको केन्द्रबाट टाढा र सडक सञ्जालले नछोएका स्थानका मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका हुन् । जिल्लामा रहेका कुल मतदान केन्द्र २ सय ४० मध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाँदा २ घन्टादेखि ४ घन्टासम्म लाग्ने जिल्ला निर्वाचन अधिकृत गणेशबहा...

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

असार ८ २०७४   राष्ट्रिय समाचार समिति

दाङ ,असार ८, - यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवा...

एमाले विना विकास सम्भव छैन : भट्टराई

असार ७ २०७४   .

बुटवल ७ असार । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता खिमलाल भट्टराइले एमालेको विजय विना मुलुकको विकास सम्भव नभएको बताउनुुभएको छ । इतिहासमा एमालेकै नेतृत्वमा गठन भएका सरकारहरुले मात्रेै अनुभूति हुने गरि विकासको जग वसालेको चर्चा गर्दै उहांले विकासको स्पष्ट दृष्टिकोण एमालेसंग मात्रै रहेको बताउनुभयो । नेकपा एमाले निकट अनेरास्ववियुको भेलालाई बु...

५ नम्बर प्रदेशमा ५० प्रतिशत स्थानीय तह जित्ने एमाले नेताको दावी

असार ७ २०७४   .

७ असार,बुटवल । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले ५ नम्बर प्रदेशमा ५० प्रतिशत भन्दा बढि स्थानीय तह जित्ने गरी चुनावी अभियान चलाइएको दावी गरेका छन् । प्रदेश संयोजकसमेत रहेका पौडेलले स्थानीय चुनावलाई ५ नम्बर प्रदेश बिभाजन विरुद्धको जनमत संग्रहका रुपमा लिइएको बताए । बुधवार बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण पोख...

सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको छः उपाध्यक्ष गौतम

असार ७ २०७४   .

बर्दिया असार ७ नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले वर्तमान सरकारले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल बर्दिया शाखाले आज बर्दियाको गुलरियामा आयोजना गरेको पत्रकार भेटभाट कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष गौतमले उक्त आरोप लगाउनुभएको हो । स्थानीय तह निर्वाचन बहिष्कार गरे...

बुटवलको मेयर र उपमेयरमा स्वतन्त्र उम्मेदवारलाई संयुक्त लोकतान्त्रिक मोर्चाको समर्थन

असार ७ २०७४   .

बुटवल – नयाँ शक्ति पार्टीको नेतृत्वमा संघीय समाजवादी फोरम, नेकपा माले, नेकपा माक्र्सवादी संयुक्त, अखण्ड पार्टी, जनमोर्चा नेपाल, नागरिक परिचालन अभियानसहित ७ दलको संयुक्त लोकतान्त्रिक मोर्चाले बुटवल उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।  मोर्चाले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी वैकल्पिक राजनीतिक धारको ...

रुपन्देहीका उम्मेदवारी दर्ता उत्साहजनक, राजपाका नेता स्वतन्त्रबाट

असार ४ २०७४   .

बुटवल , स्थानीय तहको यही असार १४ गते हुने निर्वाचनका लागि रुपन्देहीका अधिकांश स्थानीय तहमा आज बिहानैदेखि उम्मेदवारी मनोनयन सुरु भएको छ । जिल्लाको एक मात्रै बुटवल उपमहानगरपालिकामा अपराह्नसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित नौ जनाले नगर प्रमुखमा र पाँच जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उपमहान...

कांग्रेस र माओबादी केन्द्रको तालमेल अस्तित्व रक्षाका लागिःः पौडेल

असार ३ २०७४   .

बुटवल, नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओबादी केन्द्र बीच भएको चुनावी तालमेल जित्नका लागि भन्दा अस्तित्व रक्षाका लागि भएको बताएका छन् ।नेपाल बुद्दिजिवि परिषद रुपन्देहीको आयोजनामा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसले जसरि एमाले लाई हराउनका लागि माओबादी केन्द्र संग तालमेल गरेको छ ।...

एमाले तिलोत्तमाको योजना-राजमार्ग आसपासका घरमा एउटै रंग

असार ३ २०७४   .

तिलोत्तमा, फराकिलो चिल्लो सडक । दायाँबायाँ हरियाली । बीचमा सौर्यबत्ती । ठाउँ–ठाउँमा आकाशे पुल ।’ अबको केही वर्षपछि निर्माण सम्पन्न हुने बुटवल–बेलहिया ६ लेन सडकका मुख्य विशेषता हुन् यिनी । यो सडक अहिले निर्माणको क्रममा छ । सडक निर्माणको झण्डै आधा काम सकिसकेको छ । यस्तो विशेषताको मुलुककैं नमूना बुटवल–बेलहिया ६ लेन सडकको परिवेशलाई अझैं थप आकर्षित ...

प्रधानमन्त्री देउवासँग भारत र चीनका राजदूतको भेट

असार ३ २०७४   .

काठमाडौँ,  असार २ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ । प्रधानम...

चुनाव सार्ने हाम्रो माग होईन : मोर्चा

असार ३ २०७४   .

नवलपरासी: नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले आरोप लगाउदै हिजो प्रेस विज्ञप्ती निकाली आन्दोलन जारी रहेको जानकारी दिएको हो । केन्द्रको घोषित आन्दोलनमा कार्यक्रम अन्तर्गत राजपा नवलपरासीले गत २९ गतेदेखि आज...
1 2 43 44 45 46 47 48 49 51 Next →
To Top