राजनीति

 (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण

कार्तिक २३ २०७४   .

काठमाडौँ,कार्तिक,२३ ।  नेकपा (एमाले) र नेपाल प्रजापरिषद् पार्टीबीच एकीकरण भएको छ । आज चावहिलमा आयोजित कार्यक्रममा एमाले र परिषद्बीच पार्टी एकीकरण गरिएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर...

बाम गठबन्धन अहिलेको आवश्यकता–नेता पौडेल

कार्तिक २३ २०७४   .

बुटवल, कार्तिक २२। नेकपा एमालेका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले र माओवादी केन्द्र विचको गठबन्धन ईतिहांसको सबैभन्दा महत्वपूर्ण निर्णय सावित हुने बताएका छन् । प्रमुख दुई बामपन्थी शक्तिहरु विचको चुनावी गठबन्धन चुनाव पछि पार्टि एकतामा पुग्ने भन्दै उनले बाम शक्तिविचको एकता अहिलेको आवश्यकता रहेको बताए । रुपन्देही प्रतिनिधीसभा ...

५ वर्ष भित्र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे जोड्ने बाम गठबन्धनको प्रतिज्ञा

कार्तिक २२ २०७४   .

सबै प्रदेशका राजधानीलाई द्रूतमार्ग मार्फत काठमाडौंसँग जोडिने काठमाडौं, कात्तिक २१  एमाले र माओवादीले आगामी ५ वर्षमा गर्ने काम समेटेर गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा ५ वर्ष भित्र पूर्वपञ्चिम राजमार्गको समानान्तर विद्युतीय रेलमार्ग देखि रसुवागढी काठमाडौं, पोखरा र लुम्बिनीलाई रेलमार्गले जोड्ने प्रण गरिएको छ ।  ...

ओलीको प्रश्नः विचार मिल्नेहरुले तालमेल गर्दा कांग्रेसले किन पैताला बजार्नु?

कार्तिक २२ २०७४   .

  काठमाडौँ, कार्तिक २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार मिल्नेहरुले चुनावी तालमेल गर्दा कसैले उत्तेजक टिप्पणी गरिरहन आवश्यक नभएको बताएका छन्। वाम गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दुई दलबीच गठबन्धन हुँदा कांग्रेसले कोकोहोलो मच्चाउन आवश्यक नरहेको बताए। कार्यक्रममा नेपाली कांग्रेसप्रति कटाक्ष गर्द...

मन्त्री भेटिदैनन् सिंहदरबारमा

कार्तिक २१ २०७४   .

काठमाडौं, कात्तिक २० बीबीसी संघ र प्रदेशमा हुने चुनाव नजिकिदैं जाँदा देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान जस्तै बनेको छ। ६४ सदस्यीय मन्त्रिमण्डलका दुई तिहाइ जति सदस्य चुनावी मैदानमा होमिएका छन् र आजकाल उनीहरुको उपस्थिति मन्त्रालयमा भन्दा निर्वाचन क्षेत्रमा बाक्लिन थालेको देखिन्छ। योसँगै, काम लिएर सिंहदरबार पुग्ने सर्वसाधारण र व...

सिद्धबाबाको जाखिम अन्त्य गर्न पुर्वमन्त्री पाण्डे चुनावी मैदानमा

कार्तिक २१ २०७४   .

    पाल्पा,कात्तिक २० नेकपा एमालेका केन्द्रीय सदस्य तथा बामगठबन्धन पाल्पा प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ का साझा उम्मेदवार सोम प्रसाद पाण्डेले सिद्धबाबाको जोखिम अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको बताएका छन् । पाल्पा जिल्लाको ठुलो समस्या भनेको सिद्धबाबा सडक हो, यो सडकले धेरै जनताको ज्यान लिएको छ, यस्तो खालको जाखिम अन्त्य गर्नका लागि चुना...

नेपाली मोडलको समाजवाद ल्याउँछौँः प्रचण्ड

कार्तिक २० २०७४   .

चितवन, कार्तिक २० नेकपा माओवादी केन्द्रका अअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने दावी गरेका छन्। सोमबार चितवनमा वाम गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दुईहिाइ बहुमतको सरकार चलाउँदै ८-१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने बताए। अध्यक्ष प्रचण्डल...

महोत्तरी र सप्तरीमा  महन्थ र उपेन्द्रलाई कांग्रेसको एकतर्फी समर्थन

कार्तिक २० २०७४   .

औपचारिकरुपमा उम्मेदवारी भने फिर्ता भएन  काठमाडौं, कात्तिक । नेपाली कांग्रेसले एकतर्फीरुपमा राजपा-फोरम गठबन्धनका दुईजना शीर्षनेताहरुलाई समर्थन गर्ने घोषणा गरेको छ । आइतबार कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समर्थनको घोषणा गरेको हो । ठाकुर महोत्तरी ३ र यादव सप्तरी २ मा उम्मेदवार बनेका छन् । कांग्रेसले...

२६४ जनाको उम्मेदवारी फिर्ता ,४ हजार ४ सय ८३ उम्मेदवार मैदानमा

कार्तिक २० २०७४   .

  काठमाडौं,कात्तिक १९  । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरुलाई आज ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।  कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर...

पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिन्छः वाम गठबन्धन

कार्तिक १९ २०७४   .

हरि लामिछाने  काठमाडौँ, कार्तिक १९ दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र संयुक्त रुपमा जनतामा गएका छन्। वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, ‘पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्था...

वाम गठबन्धन होइन, नेतृत्व संकटले कांग्रेस कमजोरः प्रचण्ड

कार्तिक १९ २०७४   .

चितवन, कार्तिक १९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस वाम गठबन्धनका कारण कमजोर बनेको नभई आफ्नै आन्तरिक कारणले कमजोर बनेको बताएका छन्। चितवनकाे चनाैलीमा  आइतबार पार्टी कार्यालय उद्घाटन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेसमा हलिे नेतृत्व संकट देखिएको बताए। उनले वाम गठबन्धनका कारण अतंकित नह...

 खतिवडाले उम्मेदवारी फिर्ता लिए, प्रदेशमा बागीलाई समर्थन

कार्तिक १९ २०७४   .

    काठमाडौं ,कात्तिक १९ । प्रतिनिधिसभा सदस्यका लागि उदयपुर २ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् । उपयपुर-२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिक...

गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगद्वारा खारेज

कार्तिक १९ २०७४   .

  काठमाडौँ, कार्तिक १८ तनहुँ क्षेत्र नम्बर १ बाट गोविन्दराज जोशीले दिएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनीविरुद्ध कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिएका थिए। शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्म...

बागी उम्मेदवारी फिर्ता नगरे कारवाही गर्ने एमालेको चेतावनी

कार्तिक १९ २०७४   .

  काठमाडौं, कात्तिक १८ नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पार्टी निर्णय अस्वीकार गरे कारवाहीको चेतावनी दिएको छ । पार्टी अनुशासन आयोगका तर्फबाट आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको निर्णय र निर्देशन विपरित उम्मेदवारी कायमै राखे अन्तिम कारवाही...

चुनाव पछाडी एकता हुदैछ, अध्यक्ष ओली

कार्तिक १८ २०७४   .

गौरादह, कात्तिक १७ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक आधिकारीक उम्मेदवार विरुद्ध परेको बागी र बाम तालमेलमा देखिएको असन्तुष्टिलाई सम्वोधन गर्दै देशलाई समृद्ध बनाउने अठोट लिएर नै आफुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसग एकताको कुरा गरेको बताउनु भएको छ । झापा क्षेत्र नम्वर ५ अन्तर्गत गौरादह नगरपालिकामा आयोजित सयुक्त कार्...

समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची सार्वजनिक, ६ हजार ९४ जनाको उम्मेदवारी

कार्तिक १८ २०७४   .

काठमाडौं, कात्तिक १७ निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची आज सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतकोे कार्यालयका अनुसार समानुपा...

यी हुन्, एमालेका समानुपातिक उम्मेदवार (सबैको नामसहित)

कार्तिक १७ २०७४   .

काठमाडौँ,कार्तिक १७ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा एमालेले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ।  आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएको थियो। सूचीमा कात्तिक १३ गतेसम्म संशोधन समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३...

एमालेका कुन उम्मेदवारले कहा मनोनयन दर्ता गरे

कार्तिक १७ २०७४   .

  काठमाडौं, कात्तिक १६ दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्ने नेकपा (एमाले) का उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एमाले चुनावी तालमेल गरेको एमालेले बुधबारको स्थायी कमिटीको बैठकको निर्णयका आधारमा उक्त मनोनयन गराएको हो । प्रदेश नं १  इलाम १ झलनाथ खनाल क खिनु ...

वाम गठवन्धनको आरोपः कांग्रेस दलाल, राजपा आत्मसमर्पणवादी, राप्रपा सामन्तवादी

कार्तिक १७ २०७४   .

  काठमाडौं ,कात्तिक १७ । नेकपा एमाले र माओवादी केन्द्रले नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनताविरोधी रहेको टिप्पणी गरेका छन् । वाम गठबन्धनले कांग्रेसलाई ‘दलाल’ को हित संरक्षण गर्ने पार्टीको संज्ञा दिएको छ । नेपाली कांग्रेसको घोषणापत्रमा कम्युनिष्टहरु व्यक्ति हत्या एवं राज्यआतंकका पक्षपाती भएको आरोप लगाइएको छ । त्यसको जवाफ...

दोस्रो चरणको निर्वाचनका लागि रुपन्देहीमा उत्साहपूर्ण रुपमा मनोनय दर्ता

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । ४५ जिल्लाका १ सय २८ वटा निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन शुरु भएको थियो । प्रदेश नं. ५ का जिल्लाहरुमा पनि बिहान १० बजेदेखि शुरु गरिएको मनोनयन दर्ता कार्यक्रम सांझ ५ बजेसम्म जारी रहेको...

निर्वाचन सुरक्षासम्बन्धी प्रधानसेनापतिको यस्तो विशेष निर्देशन

कार्तिक १७ २०७४   .

  काठमाडौं, कार्तिक १७ प्रधानसेनापति राजेन्द्र क्षत्रीले आगामी शान्तिपूर्ण ढङ्गबाट सम्पन्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन्। यसअघि सम्पन्न स्थानीय निर्वाचनलाई सम्पन्न गर्ने क्रममा जङ्गी अड्डाबाट दिईएका निर्देशनहरुको साथै हालै जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ...

दोस्रो चरण - करिब ५ हजार उम्मेदवार  

कार्तिक १७ २०७४   .

काठमाडौं,कार्तिक १७ दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।  निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंग...

रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी

कार्तिक १७ २०७४   .

  बुटवल,कार्तिक १७ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ।   पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि २५० जनाभन्दा बढीेले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  क्षेत्र नं १ मा व...

 कसैलाई हराउन होइन देश जिताउन हाम्रो उम्मेदवारी, ओली

कार्तिक १७ २०७४   .

चन्द्रगढी, कात्तिक १६– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको उद्धेश्य कसैलाई चुनाव हराउनु नभई देशको सार्वभौमसत्तालाई जिताउनु रहेको वताउनु भएको छ । झापा–५बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि चन्द्रगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशको सार्वभौमिकतालाई जिताउन आग्रह गर्नुभयो ।  ‘हामी कसैलाई हराउन होइन, देशको सार्वभौमसत्ताला...

 माओवादीका ५९ प्रतिनिधि सभा र ९३ प्रदेश सभाका उम्मेदवार

कार्तिक १६ २०७४   .

काठमाडौं, कार्तिक  एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाएको छ। एमालेसँग सिट बाँडफाँटमा ३९ प्रतिशत पाएको माओवादीले प्रतिनिधिसभाका लागि ५९ र प्रदेश सभाका लागि ९३ उम्मेदवार टुंगो लगाएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३...

नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)

कार्तिक १६ २०७४   .

 कात्तिक   कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची निम्नअनुसार छ ।  प्रतिनिधिसभातर्फ सीतादेवी यादव चित्रलेखा यादव बालकृष्ण खाँण दिलेन्द्रप्रसाद बडू सुजाता कोइराला सत्यनारायण खनाल सूर्यबहादुर केसी मोहनप्रसाद पाण्डे अनन्तराम भट्ट पुष्पा भुसाल गौतम मानबहादुर विश्वकर्मा किशोरसिंह राठोर...

यसरी हुँदैछ आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता   

कार्तिक १६ २०७४   .

काठमाडौं,कार्तिक १६  । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदव...

 कांग्रेस र मधेसी दल तालमेलमा सहमति भएन 

कार्तिक १६ २०७४   .

काठमाडौं, कात्तिक   धनुषा ३ मा कांग्रेस नेता बिमलेन्द्र निधि र सर्लाही ४ मा अमरेशकुमार सिंहलाई समर्थन गर्न नमानेपछि कांग्रेस र मधेस केन्द्रित दलबीचको तालमेल भाँडिएको छ । मनोनयन दर्ता गर्नु एक दिन अघि बुधवार प्रधानमन्त्री निवास वालुवाटारमा कांग्रेस, राजपा र फोरमका नेताहरुको बैठक बसेको थियो ।  बैठकमा धनुषा ३ मा बिमलेन्द्र निधिका लागि उम्मेदव...

कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

कार्तिक १६ २०७४   .

   काठमाडौं, कात्तिक १५ । काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली कसलाई हानिएको थियो भन्ने खुलेको छैन । महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले  दिएको जानकारी अनुसार गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बर...

यसरी टुंगियो वाम गठबन्धनको सिट बाँडफाँट  

कार्तिक १५ २०७४   .

काठमाडौँ,कात्तिक १५ -एमाले र माओवादी केन्द्रले दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि क्षेत्र बाँडफाँट टुंग्याएका छन् । प्रत्यक्षतर्फ सिट टुंग्याउन सकस परेका झापा, चितवनसहितका जिल्लामा दुवै दलका शीर्ष नेतृत्वबीच सहमति जुटेको हो । सिट बाँडफाँट टुंगिएपछि उम्मेदवारका लागि दलको बैठक मंगलबार रातिसम्म बसेको थियो । झापा, चि...

दुई नम्बरमा फोरम र राजपाबीच सीटको बाँडफाँड

कार्तिक १५ २०७४   .

  काठमाडौँ,कात्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि सभाका लागि राष्ट्रिय जनता पाटी नेपाल र संघीय समाजबादी फोरमबीच टिकट बाँडफाँडबारे सहमति भएको छ । २ नम्बर प्रदेशका ८ जिल्लामा यी दुई दलबीच प्रदेश र प्रतिनिधि  सभाका लागि टिकट बाँडफाँड गरेका हुन् ।  सहमति अनुसार संघीय समाजवादी फोरमले प्रतिनिधिसभामा १७ सिट र राजपा ले १५ सिट लिएका छन् । त्यसै...

 अवहेलना मुद्दापछि बालकृष्ण ढुंगेल पक्राउ

कार्तिक १४ २०७४   .

  काठमाडौं,कार्तिक १४  प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित अन्यविरुद्ध अवहेलना मुद्दा दर्ता भएको एक हप्ता नबित्दै फरार अभियुक्त बालकृष्ण ढुंगेल पक्राउ परेका छन्।  उनलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो। ज्यान मुद्दामा सर्वस्व जन्मकैद फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर...

निर्वाचन सम्बन्धी पाँच मुद्दाको सुनुवाइ हुँदै

कार्तिक १४ २०७४   .

  कार्तिक १४ न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलाशमा निर्वाचन सम्बन्धी पाँच थान मुद्दाको सुनुवाइ आज हुँदै छ।  सर्वेन्द्रनाथ शुक्ला, सुनिलकुमार पटेल र भरतकुमार मैनालीको एकएक थान र सीताराम अग्रवालका दुई थान रिट सुनुवाइ हुने भएको हो। सर्वोच्च अदालतमा पछिल्ला दुई सातामा निर्वाचन मिति सार्नेदेखि छपाइ भइसकेको मतपत्र बदर गरी नयाँ छाप्न माग...

निर्वाचन आयोगले दियो सर्वोच्च अदालतलाई लिखित जवाफ

कार्तिक १४ २०७४   .

काठमाडौं,कात्तिक   निर्वाचन आयोगले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि अलग अलग मतपत्र छाप्नेबारेमा आफ्नो लिखित जवाफ सर्वोच्च अदालत समक्ष पेश गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले सोमवार महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा ...

कांग्रेस घोषणापत्र - वाम गठबन्धनप्रति आक्रामक

कार्तिक १४ २०७४   .

 काठमाडौं,कार्तिक १४, कांग्रेसले एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न देशभरका लोकतन्त्रवादी शक्तिलाई आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ ।  कांग्...

प्रत्यक्षतर्फ एमालेले टुंग्यायो ५०% उम्मेदवार

कार्तिक १४ २०७४   .

  काठमाडौं, कात्तिक,१४ एमालेले दोस्रो चरणको निर्वाचनका लागि करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको छ । उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा सोमबार राति अबेरसम्म बसेको स्थायी समिति बैठकले २१ मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका करिब ५० प्रतिशत उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रसँग वाम गठबन्धन कार्यदलमा टुं...

वाम गठवन्धनले प्रदेश २ मा सिट बाँडफाँड गर्यो

कार्तिक १४ २०७४   .

  काठमाडौं, कात्तिक १३ – एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् ।  त्यस अनुसार एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ भने माओवादी केन्द्रले प्रतिनिधिसभाका १५ र प्रदेशका २८ सिट पाएको छ । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । अन्यमा भने छलफल चलिरहेको छ ।  ...

सर्वोच्चको आदेश मान्दै अलग-अलग मतपत्र छाप्ने आयोगको निर्णय

कार्तिक १३ २०७४   .

काठमाडौं-कार्तिक १२ सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग मतपत्र बनाउने निर्णय गरेको छ। आइतबार बसेको आयुक्तहरुको वैठकले मंसिरमा हुने दुवै तहको चुनावको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको छ। आयोगले एउटै पानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्ल...

ओलीले माओवादी र दाहालले एमाले बैठकमा सम्बोधन गर्ने

कार्तिक १२ २०७४   .

हामीलाई कसैले लोकतन्त्रको प्रमाणपत्र दिनुपर्दैन   काठमाडौं,कार्तिक १२ । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार दुवै शीर्ष नेताहरुले एक अर्काे दलको बैठकमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनअघि संयुक्त रुपमा दुवै पार्टीको स्थानीय कमिटीलाई सर्कुलर ...

समानुपातिक तर्फको बन्द सूची संसोधन आज ५ बजेसम्म बुझाउनु पर्ने 

कार्तिक १२ २०७४   .

काठमाडौं, कात्तिक  १२– राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बुझाएको  समानुपातिकतर्फका उम्मेद्वारको सूची संसोधन गर्ने आज अन्तिम दिन हो । गत असोजमा दलहरुले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारहरुको बन्द सूची बुझाएका थिए । उक्त बन्द सूचीलाई आज सबै दलले टुँगो लगाउनु पर्छ । निर्वाचन आयोगले आ...

 बामगठबन्धनको घोषणापत्र तयार, सामाजिक न्याय र समृद्धिमा जोड

कार्तिक १२ २०७४   .

आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन काठमाडौं, कात्तिक ११ ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्र...

एमाले–माओवादीले सिट बाँडफाँट केही बेरमा टुंग्याउदै

कार्तिक १२ २०७४   .

काठमाडौं,कात्तिक ११   दोश्रो चरणको निर्वाचनको लागि एमाले–माओवादीले २० जिल्लाको सिट बाँडफाँटको टुंगो लगाएका छन्। बिहानैदेखि बसेको दुई दलका शिर्ष नेताहरुको बैठकले साँझ ६ बजेसम्म २० वटा जिल्लाको टुंगो लगाइसकेको र आज राती अबरेसम्म सबै जिल्लाको टुंगो लगाउने वताइएको छ । चितवन क्षेत्र नम्बर २ को टुंगो लगाउन बाँकी रहेको वताइएको छ। चितवन क्षेत्...

११० सिटमा वाम तालमेलः एमालेलाई ७२ र माओवादीलाई ३३ 

कार्तिक ११ २०७४   .

   काठमाडौं, कात्तिक १० । एमाले र माओवादी केन्द्रले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ मध्ये ११० क्षेत्रको बाँडफाँट टुंगो लगाएका छन् । शीर्ष तहमा छलफलपछि बाँकी सिटको शनिबारसम्म टुंगो लाग्ने नेताहरुले बताएका छन् । एमाले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदलमा ११० क्षेत्रको बाँडफाँटमा सहमति जुटेको छ । स्रोतका अनुसार...

नया शक्ति पार्टीको चुनावी घोषणापत्र जारी 

कार्तिक ११ २०७४   .

  काठमाडौँ,कात्तिक १० । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले आर्थिक समृद्धिलाई जोड दिँदै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।  पार्टीका संयोजक भट्टराईले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नु भएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको घोषणा पत्रमा आर्थिक समृद्धिलाई जोड दिइएको हो ।  ‘सबैका लागि ...

 तराई मधेसका अधिकांश जिल्लामा  कार्यदलले भागवण्डा सिध्यायो

कार्तिक ११ २०७४   .

   काठमाडौं,कात्तिक १०  । एमाले र माओवादीवीच सिट बाँडफाँटका लागि गठित कार्यदलले तराई मधेसका अधिकांश जिल्लामा आफ्नो काम सिध्याएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले-माओवादीले १२/१२ सिट बाँडेका छन् । ७ सिटमा सहमति जुट्न बाँकी छ भने एउटा सिट स्वतन्त्र उम्मदेवारलाई छाड्ने सहमति भएको छ । पूर्वी तराई र पश्चिमी तराईका ५ वटा जिल्लामा भने माओव...

चुनाव सार्ने कोसिस हामी मान्दैनौंः केपी ओली 

कार्तिक १० २०७४   .

काठमाडौं, कात्तिक ९ प्रतिनिधिसभा र प्रदेश सभाकालागि छुट्टाछुट्टै मतपत्र छाप्ने विषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगसंग प्रगति विवरण मागेपछि ‘निर्वाचन सर्ने त’ होइन भन्दै वामगठबन्धनले चिन्ता व्यक्त गरेको छ। वामगठबन्धनले विहिबार बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको आदेशले झस्काएको बताए।  नेकपा एमालेक...

‘सबैलाई हेक्का होस्, संसद ब्युँतन्छ’ 

कार्तिक १० २०७४   .

  काठमाडौं, कात्तिक ९ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले विहीबार राजधानीमा आयोजित दुईवटा कार्यक्रममा नयाँ ‘डिस्कोर्स’ अघि सारेका छन्ः तोकिएको समयमा चुनाव भएन भने सबैलाई हेक्का रहोस्, संसद ब्युँतन्छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले संसद ब्युँतिन सक्ने जिकिर गरे । त्यसपछ...

 ‘एमाले र माओवादीको   गठबन्धन बाम होइन, दाम  हो’:विप्लव

कार्तिक ९ २०७४   .

 नेपाली कांग्रेस विचारविनाको पार्टी काठमाडौं,.कात्तिक ८ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको बाम गठबन्धन नभई दाम गठबन्धन भएको आरोप लगाएका छन् ।  रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा बुधबार राजधानीको खुलामञ्चमा नेकपाले आयोजना गरेको कार्यक्रममा विप्लवले अहिले भएको माओवादी–एमाले गठब...

वाम तालमेलपछि भारत र अमेरिकाका राजदूतहरु सक्रिय  

कार्तिक ९ २०७४   .

काठमाडौं, ८ कात्तिक – वाम तालमेल र एकताको निर्णयपछिको नेपाली राजनीतिमाथि घरेलु वहस भइरहेको बेला नेपालस्थित कुटनीतिक समुदाय पनि विकसित राजनीति अवस्थावारेको परामर्शमा लागेको छ । नेपालका लागि अमेरिकी राजदुत एलाइना वी टेप्लिज् र भारतीय राजदुत मञ्जिभसिंह पुरीले एक सातामा प्रधानमन्त्री शेरबहादुर देउवासहितका मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग बेग्...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

कार्तिक ८ २०७४   .

काठमाडौंँ,कार्तिक ७ - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो।  ...
To Top