राजनीति

प्रदेश प्रमुखको तलब कति ?अनि सुविधा के -के बुझनुहोस्

माघ ४ २०७४   ekhabarnepal

काठमाडौँ माघ ४,  नेपाल संघीय संरचनामा जाँदैछ र चाँडै नै प्रदेश प्रमुखको नियुक्त हुने तयारी हुदैछ  ।मन्त्रिपरिषले प्रदेश प्रमुखको तलब तथा भत्ता एबं अन्य सुबीधा तोके अनुसार प्रदेश प्रमुखले मासिक १ लाख २२ हजार रुपैयाँ पाउने छन् । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दलले भागवण्डा गरेका हुन् । कांग्रेसको सिफारिसका आधारमा प्रदेश १ मा गोविन्द सुब...

प्रदेश प्रमुख: पूर्वमन्त्रीदेखि प्राध्यापकसम्म

माघ ३ २०७४   .

   काठमाडौं माघ ३   लामो प्रतीक्षापछि मन्त्री परिषदको बुधबार अपरान्ह बसेको बैठकले ७ वटै प्रदेशका प्रदेश प्रमुखहरु चयन गरेको छ। नियुक्त गरिएका प्रदेश प्रमुखहरुमा प्रदेश- १ मा प्राध्यापक गोबिन्द सुब्बा, प्रदेश- २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश-३ मा अनुराधा कोइराला, प्रदेश-४ मा बाबुराम कुँवर, प्रदेश-५ मा उमाकान्त झा, प्रदेश-६ मा दुर्गाकेशर खना...

एमाले- माओवादी बिच यसरी गरियो ४३ सिटको भागवण्डा

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ ,   1.एमालेले २९ सिट  2. माओवादीले १४ सिट एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कु...

मन्त्रिपरिषद्को विवादस्पद बैठक पुनः दिउँसो ३ बजे बस्नेछ

माघ ३ २०७४   ekhabarnepal

काठमाडौँ माघ ३ , प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन ।  बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछ...

आज लाग्यो टुङगो, कुन प्रदेशको प्रमुख को ? हेर्नुहोस्

माघ ३ २०७४   ekhabarnepal

 काठमाडौं माघ  ३, नयां जनादेश अनुसार सत्ता हस्तान्तरणमा ढिलाई गरिरहेको सत्तारुढ दल नेपाली कांग्रेसभित्रै असन्तुष्टी बढेपछि सरकार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न तयार भएको छ ।आज बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेश अस्थायी केन्द्र तोक्ने भएको छ। सरकारका रहेका दल र तिनैका मन्त्रीहरुबीच प्रदेश प्रमुख र अस्थायी केन्द्रबारे सह...

किन गरियो आजको मन्त्रिपरिषद्को बैठक स्थगित ? यस्तो रहेछ विवाद

माघ २ २०७४   ekhabarnepal

काठमाडौं माघ २ ,  प्रदेश नम्बर ५ र ७ को मुकामको विषयमा विवाद देखिएपछि आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख नियुक्तिका विषयमा सत्तारुढ दलकै नेताबीच नै कुरा नमिलेका कारण बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ । यसअघि अपरान्ह साढे ४ बजेका लागि बैठक बोलाइएको अहिले स्थगित गरिएको भौतिक ...

अध्यक्ष केपी ओली बिहीबार स्वदेश फर्किँदै

माघ २ २०७४   ekhabarnepal

काठमाडौँ माघ २ , नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ ।  गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङ...

आजनै प्रदेश प्रमुख तोक्नको लागि शीर्ष नेताहरुबिच छलफल हुदै

माघ २ २०७४   ekhabarnepal

काठमाडौं माघ २ , सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विहान एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेको उनको निजी सचिवालयले जनाएको छ । एमाले–माओवादीसँग छलफलपछि मंगलबार दिउँसो चार...

सरकारले ढिलो गरे पनि राष्ट्रियसभाको निर्वाचन प्रभावित नहुने : प्रमुख आयुक्त

माघ २ २०७४   .

  बुटवल, माघ २ सरकारले प्रदेश प्रमुखहरुको नियुक्तिमा ढिलाई गरेको भन्दै आक्रोशित निर्वाचन आयोगका प्रमुख आयुक्तले माघ ७ गतेसम्म ती नियुक्ति नभए आयोगले माघ २४ गतेको राष्ट्रियसभाको निर्वाचन प्रभावित नहुने गरी आफ्नै कार्यक्रम थाल्ने चेतावनी दिएका छन्। तर उनले ती कार्यक्रम कस्तो हुनेछन् भन्ने खुलाएका छैनन्। प्रदेशसभाका सदस्यहरुसमेत सम्मिलित ...

प्रदेश प्रमुख नियुक्तिमा ढिलाई भएकोले चुनावी कार्य अन्योलमै

माघ १ २०७४   ekhabarnepal

काठमाडौं माघ १, निर्वाचन आयोगले ढिलोमा माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त नभए माघ २४ मा निर्धारित राष्ट्रियसभा निर्वाचन गर्न नसकिने चेतावनी बताएको छ । यदि राष्ट्रियसभा निर्वाचन प्रभावित भएमा नया सरकार गठन अझ पछि धकेलिनेछ । पटकपटक आग्रह गर्दा पनि सरकारले प्रदेश प्रमुख नियुक्त नगरेपछि आयोगले माघ ५ को अन्तिम डेडलाइन दिएको हो । ‘प्रदेश प्रमुख नि...

राष्ट्रिय सभामा  कम्तिमा ३८ सिट जित्ने वाम कार्यदलको निष्कर्ष

पौष ३० २०७४   .

 काठमाडौं पुस ३०   राष्ट्रिय सभा र प्रदेश सरकार निर्माणका सम्बन्धमा गठित एमाले–माओवादी केन्द्रबीचको कार्यदलको आजको बैठकमा ७ वटै प्रदेशमा जित्न सकिने सिट संख्याबारे विश्लेषण भएको छ। साथै, कार्यदलको आजको बैठकले ३ माघमा बैठक बसेर राष्ट्रिय सभामा सिट बाँडफाँड र अन्य तयारी सकेर प्रदेश सरकार निर्माणका सन्दर्भमा छलफल थाल्ने निर्णय पनि गरेको छ। ...

तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोकिनेछ - प्रधानमन्त्री देउवा

पौष ३० २०७४   ekhabarnepal

धनगढी पुस ३०,  प्रधानमन्त्री शेरबहादुर देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् । कैलालीको गोदावरीमा वाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए । प्रधानमन्त्रीले भने, ‘अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजध...

स्थानीय सरकारको प्रमुख चुनौती के होला त?

पौष ३० २०७४   ekhabarnepal

पोखरा पुस ३०, प्रदेश नं ४ अन्तर्गत गाउँपालिका एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुखबिच पुस २८ र २९ गते सम्पन्न बैठकले स्थानीय सरकारका विद्यमान समस्या तथा तत्कालीन कार्यभार सम्बन्धमा बृहत छलफल गरिएको शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ४, समन्वय समितिको पोखरामा सम्पन्न बैठकले विषयगत कर्मचारी...

 एमाले र माओवादीका उम्मेदवार छान्न चारबुँदे मापदण्ड

पौष २९ २०७४   .

काठमाडौं, पुस २९  |  एमाले र माओवादीले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन् । त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले बताएका छन् । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा शुक्रबार बसेको दुई दलको कार्यदलको अनौपचारिक बैठकले चार मापदण्ड तय गर्दै त्यसकै आधारमा सि...

नयाँ सरकार गठन अघि नै पार्टी एकता गरिन्छ -वाम गठबन्धन

पौष २८ २०७४   ekhabarnepal

काठमाडौं पुस २८, वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक शुक्रबार बसेको छ ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।  कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र ...

आजको बैठकले पनि तोक्न सकेन प्रदेश प्रमुख अनी राजधानी

पौष २८ २०७४   ekhabarnepal

काठमाडौं पौष २८  , आज बसेको मन्त्रिपरिषद् बैठकले पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न सकेन। बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो। यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। सिंहदरबारमा बसेको बैठक...

माओवादी केन्द्रका बिनाविभागिय मन्त्रीको राजिनामा बुझाउने तयारी

पौष २७ २०७४   .

काठमाडौं, पुष २७ नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुले भोली दिउसोसम्म सामुहिक राजिनामा बुझाउने तयारी गरेका छन् । झण्डै चार महिनादेखि बिनाविभागीय भूमिकामा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले  भोली दिउसोसम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी भइरहेको मन्त्रीहरुले जनाएका छन् । सत्ता साझेदार रहेक...

  नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त पार्न हामी राजीनामा दिन्छौं – उपप्रधानमन्त्री महरा

पौष २७ २०७४   ekhabarnepal

  दाङ पुस २७,  उपप्रधानमन्त्री कृष्णबहादुर महराले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । देशमा नयाँ संबिधान बनेर संबिधानले कल्पना गरे अनुसार स्थानिय तह , प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि नयाँ जनादेश अनुसार नयाँ सरकार निर्माण गरेर जनअपेक्षा अनुसार काम गर्नुपर्ने भएपनि बर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा सरक...

'कानुनबारे केही अलमल भए डा केसीसँग बुझे हुन्छ' - केपी ओली

पौष २६ २०७४   ekhabarnepal

काठमाडौं पुस २६, नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोग ब्ल्याकमेलिङको सिकार भएको बताएका छन्। कानुनी जटिलता देखाएर प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेकोमा उनले आयोगप्रति आक्रोश व्यक्त गरे। 'निर्वाचन आयोगले कानुनी जटिलता देखाएर सरकार गठनको बाटो अवरुद्ध पारेको छ,' उनले भने, 'कानुनबारे केही अलमल भए डा गोविन...

   संयुक्त कार्यदललाई दिशानिर्देश

पौष २६ २०७४   ekhabarnepal

  काठमाडौं पुस २६,  एमाले–माओवादी केन्द्रका अध्यक्ष सहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बालकोटमा बसेको थियो। कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमाबैठकमा ओली र प्रचण्डले दिशानिर्देश गरेका हुन ।राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न  गठित एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदललाई...

 अदालतको मानहानी गर्ने प्रधानन्यायाधीशलाई कारबाही होस्,  डा.केसी 

पौष २५ २०७४   .

 काठमाडौँ पुस २५ डा. गाविन्द केसीले आफूले नभइ प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको मानहानी गरेको आरोप लगाएका छन्। मंगलबार आदलतको मानहानी गरेको मुद्दामा बयान दिन सर्वोच्च अदातलमा उपस्थित गराइएका डा. केसीले आफूले गलत कुराको विरोधमात्रै गरेको भन्दै त्यसले अदालतको मानहानी नहुने बयान दिएका हुन्। उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले दुईवटा ना...

माघ २४ गते हुने चुनावका लागि १० राजनीतिक दलहरु दर्ता

पौष २५ २०७४   ekhabarnepal

काठमाडौं पुस २५, निर्वाचन आयोगमा राष्ट्रियसभाको चुनावका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको चुनावका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।  ठूला पार्टी नेकपा (एमाले) र नेकपा (मा...

आज बाम एकताको बैठक बस्दै : मुख्य तीन एजेन्डा बारे छलफल

पौष २५ २०७४   ekhabarnepal

काठमाडौँ  पुस २५, नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक मंगलबार दिउँसो बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि थाइल्यान्ड जानुअघि पार्टी एकतालाई मूर्तरुप दिने निचोडमा पुगेका दुई दलबीचको आजको बैठकमा पार्टी एकताका लागि संयुक्त कार्यदल निर्माण, एकीकृत पार्टीको वैचारिक नीतिको स्वरुप निर्माण र सांगठ...

एमाले स्थायी कमिटी बैठकको निर्णय : सार्वजनिक बहशमा रोक (बिज्ञप्तीसहित)

पौष २४ २०७४   .

काठमाडौं, पुस २४ नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकताको बिषयमा सार्वजनिक बहशमा रोक लगाएको छ । हरेक नेता–कार्यकर्ताले एकताको बिषयमा बहश गर्न थालेपछि एकताको बिषयलाई लिएर नीजि धारणा राख्न रोक लगाएको हो । यस्तै एमालेले सरकार र निर्वाचन आयोगको काम संबिधानबिपरित र लोकतान्त्रिक मुल्...

पहिले प्रदेशको राजधानी तोकी प्रदेश प्रमुखहरु नियुक्त गर्ने सरकारको तयारी

पौष २४ २०७४   ekhabarnepal

काठमाडौं पुस २४, राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् ।वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो ।त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थ...

एमाले र माओवादी केन्द्र एकताको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति 

पौष २४ २०७४   .

काठमाडौं, पुष २३ नेकपा एमाले र माओवादी केन्द्रविच पार्टी एकताको मोडालिटी बनाउन कार्यदल बनाउने सहमति भएको छ । आइतबार साँझ बालकोटमा झण्डै पौने दुई घण्टासम्म भएको दुई नेताबीच भेटमा पार्टी एकताको मोडालिटीबारे छलफल भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकीकृत पार्टीको वैचारिक र सांगठनिक स्व...

भोली प्रदेश प्रमुख नियुक्त गरिनेछ ;

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३, सरकारले प्रदेश प्रमुख भोली सोमवार तोक्ने तयारी गरेको छ । सोमवार बस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको हो । तर, सरकारले प्रदेशको अस्थाई राजधानी भने तत्काल नतोक्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए । प्रदेशप्रमुखको नियुक्ति गरेपनि प्रदेशको अस्थायी राजधानी भने नतोकिने उनले प्रष्ट पारे ...

आज ओली–प्रचण्ड बिच भेटवार्ता हुदैछ

पौष २३ २०७४   ekhabarnepal

काठमाडौं पुस २३ ,  आज आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुने भएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि ओली बुधबार बैंकक जानुअघि नै एकताका विषयमा ठोस सहमति गर्ने दुई नेताको तयारी छ । सम्भवतः आज दुई नेताबीच एकताको विषयमा कुनै सहमति हुन सके भोलि एकता संयोजन समितिको बैठकसमेत बस्नेछ । चुनाव लगत्तै पार्टी एकता ...

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

पौष २१ २०७४   .

काठमाडौं, पुस २१। राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए । ५९ सदस्यीय राष्ट्रियसभाका ५६ जना (प्रत्येक प्रदेशबाट...

आयो ओलीको सुखद खबर !

पौष २१ २०७४   ekhabarnepal

  काठमाडौं पुस २१ ,   एमाले अध्यक्ष केपी ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका छन् ।अाेलीकाे सचिवालयका अनुसार उनी पुस २६ गतेदेखि ३० गतेसम्म बैँकक रहने भएका छन् ।  स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन यतादेखि एमाले अध्यक्ष ओली कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागि भएका...

वाम गठबन्धको सरकार : प्रधानमन्त्री ओली कि प्रचण्ड ?

पौष २१ २०७४   ekhabarnepal

  काठमाडौं पुस २१ ,   एमाले माओवादीले चुनावका लागि जुन लयमा तालमेल गरेका थिए त्यसअनुसार पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेपछि भावी प्रधानमन्त्री को होला भन्ने प्रश्न उब्जिन थालेको छ । वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने घोषणा गरे पनि पार्टी एकतामा आएको समस्याका कारण प्रचण्ड आफै प्रधानमन्त्र...

प्रमुख पाँच दलको निश्कर्ष : प्रदेशको राजधानी तोकि नयाँ सरकार गठनको बाटो खोलौँ

पौष २० २०७४   ekhabarnepal

काठमाडौं पुस २०,  नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अगाडी बढाउन सरकारलाई सहमति दिएका छन् । उनीहरुले ताजा जनादेश अनुसार नयाँ सरकार गठनको बाटो खेलिदिन र राष्ट्रिय सभाको चुनाव तत्काल गर्न पनि सरकारसंग आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान बसेको प्रमुख प...

प्रदेश नम्बर ५ को राजधानी बुटवल नै हुनुपर्छ

पौष २० २०७४   ekhabarnepal

बुटवल पौष २०, प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गरेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन सुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको सुरु गरेका छन् ।आन्दोलनको पहिलो चरणअन्तर्गत बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो ।...

किन लम्बियो पार्टी एकता प्रक्रिया ?

पौष १९ २०७४   ekhabarnepal

काठमाडौं पुस १९, पार्टी एकताको बिषयमा छलफलका लागि नेकपा एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार हुने भनिएको भेट टरेको छ । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण बुधवार भेटको कार्यक्रम नरहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।  ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्...

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग्दै डोटीमा यातायात अबरोध

पौष १९ २०७४   ekhabarnepal

डोटी पुस १९ , दिपायलमा बाटोमै टायर जलाएर यातायात अबरोध भइरहेको छ।प्रदेश नम्बर ७ को राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीमा बुधबार बिहानैदेखि चक्का जाम भएको छ ।आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा बिहानैदेखि टायर बालेका छन् । राजधानी माग गर्दै संघर्ष समितिले एकहप्तादेखि शान्तिपूर्ण र्‍याली आयोजना...

न्यायोचित शक्ति बाँडफाँड हुने गरी एकता गर्ने माओवादी केन्द्रको निर्णय

पौष १८ २०७४   .

 काठमाडौं पुस १८ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता ‘फिप्टी फिप्टी’ का आधारमा हुनुपर्ने भनी आफूले राखेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओली असहमत नभएको दावी गरेका छन्। खुमलटारस्थित निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यालयको बिस्तारित बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो ...

सात प्रदेशका सात राजधानीको खाका तयार

पौष १८ २०७४   ekhabarnepal

काठमाडौँ  पुस १८, सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा ती अस्थायी मुकामको खाका तयार गरिएको बताउनुभयो ।  उहाँका अनुसा...

चुनावी खर्च कुन दलको कति?

पौष १८ २०७४   ekhabarnepal

बनियानी, झापा पुस १८,  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापाबाट उम्मेदवारी दिएका ४ नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन्।  गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तिनमा ...

प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरु बिच छलफल

पौष १८ २०७४   ekhabarnepal

काठमाडौं पुस १८,  राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिदिै छिटो सरकार छाड्न आग्रह गरेका छन् । देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छि...

प्रदेशसभा समानुपातिकतर्फका उम्मेदवारहरुको सूची सच्याउन दलहरुलाई पत्राचार

पौष १८ २०७४   ekhabarnepal

 काठमाडौँ पुस १८ , निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन । आयोग प्रवक्ता दिनेश ...

 जनादेश रोकेर नराख्नन वाम गठबन्धनको आयोगलाई  दबाब

पौष १८ २०७४   .

  काठमाडौँ,पुस १८    एमाले र माओवादी केन्द्रको गठबन्धनले प्रतिनिधिसभाको समानुपातिकतर्फको निर्वाचन परिणाम छिटो घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिएको छ । आयोगले गठबन्धनलाई संविधानअनुरूप प्रक्रिया अघि बढिरहेको र राष्ट्रिय सभाको निर्वाचनपछि मात्र महिलाको प्रतिनिधित्वको टुंगो लाग्ने संवैधानिक प्रावधान ख्याल गर्न सम्झाएको छ । एमाले उपाध्यक्ष...

 राजनीतिक दलहरुले सिफारिस गरेको नाम सच्याउन आयोग पदाधिकारीको बैठक आज बस्दै

पौष १७ २०७४   ekhabarnepal

काठमाडौं- राजनीतिक दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभातर्फको समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाएको खुलेको छ। समूह छुट्याएर क्रम अनुसार निश्चित संख्या राख्न कानुनमै व्यवस्था गरिए पनि दलहरुले प्राथमिकताको क्रम उल्लंघन गर्दै प्रदेशसभा समानुपातिकको नामावली निर्वाचन आयोगमा पेश गरेको पाइएको हो। आयोगका प्रवक्ता दिनेश घिमिरेले दल...

वाम गठबन्धन बिच राष्ट्रपति, उपराष्ट्रति र सभामुख पदको भागवण्डा

पौष १७ २०७४   ekhabarnepal

काठमाडौं पुस १७,  चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गर्ने बताएका नेकपा एमाले र माओवादी केन्द्रलाई नेताहरुको व्यबस्थापन मिलाउन सकस परेको छ । नेताहरुको व्यवस्थापनकै कारण पार्टी एकता प्रक्रिया लम्बिदै गएको छ । १७ असोजमा चुनावी तालमेलको घोषणा गर्दा दुबै दलका शीर्ष नेताले चुनाव लगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । पार्टी एकतालाई बल पुराउन...

राजनीतिक दललाई निर्वाचन खर्चको विवरण बुझाउन निर्देशन

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ । आयोगले विवरण नबुझाउने उम्मेदवार तथा दललाई संघीय कानुन अनुसार कारबाही हुने जनाइएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारले सम्बन्ध...

 समानुपातिकतर्फको नतिजा किन रोक्यो आयोगले - नेम्वाङ

पौष १६ २०७४   ekhabarnepal

काठमाडौं  पुस १६,  नेकपा एमालेले निर्वाचन आयोगको नियतमाथि आशंका उब्जिएको बताएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा लुकाएर राखेको एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवा...

आज निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको नामावली छानबिन गर्दै

पौष १५ २०७४   ekhabarnepal

काठमाडौं, १५ पुस– राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ बुझाएको सांसदहरुको नामावलीमाथि निर्वाचन आयोगले शनिबार छानबिन गर्दै छ । शुक्रबार सबै दलले बुझाएको नाममा आयोगले  छानबिन गर्न लागेको हो ।  आयोगले दलले पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए–नभएको छानबिन गरी केही नमिलेको भए आइतबारदेखि आउँदो मंगलबारसम्मको समय दिएर सच्याउन...

नयाँ सरकार पहिले कि राष्ट्रियसभा गठन ?

पौष १५ २०७४   ekhabarnepal

काठमाडौं पुस १५, राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राष्ट्रियसभा चुनाव सम्बन्धी अध्यादेश स्वीकृत गरेसँगै बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली भन्ने विवाद अन्त्य भएको छ ।  ठूला दलहरुबिच राष्ट्रियसभाको निर्वाचन प्रणालीबारेको विवादको अन्त्य भएसँगै नयाँ सरकार गठन कहिले भन्ने विषयमा अर्को विवाद सुरु भएको छ । झण्डै तीन हप्तादेखि जारी विवाद...

अध्यादेश प्रमाणिकरण भइसकेपछि सरकार निर्माणको प्रक्रिया रोक्न मिल्दैन - नेम्वाङ

पौष १४ २०७४   ekhabarnepal

काठमाण्डौ १४ पुस, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको कतिपय संविधानविद्हरुले दाबी गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउनु पर्ने र राष्ट्रपतिले सरकार निर्माणको प्रक्रिया थाल्नु पर्ने संवैधानिक व्यवस्था रहेक...

राष्ट्रियसभासम्बन्धी अध्यादेश प्रमाणिकरण,एकल संक्रमणीय प्रणाली अनुसार गठन हुने 

पौष १४ २०७४   ekhabarnepal

काठमाडौं पुस १४ , राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गर्नुभएको छ । सरकारले कात्तिक १ गते पठाएको अध्यादेश राष्ट्रपति भण्डारीले शुक्रबार प्रमाणिकरण गर्नुभएको हो ।यससँगै अब राष्ट्रियसभा गठनको बाटो खुलेको छ भने दलहरुबिच लामो समयदेखि चलिरहेको राष्ट्रियसभा कि प्रतिनिधिसभाको गठन पहिले भन्ने विवाद पनि टुंगिए...

एमालेले प्रदेशका समानुपातिक सांसदको नाम टुंगो लगायो (नाम सहित)

पौष १३ २०७४   .

 काठमाडौं,पुस १३  । नेकपा एमालेले प्रदेशसभाका समानुपातिक सांसदहरुको नाम टुंगो लगाएको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको पार्टीको स्थायी कमिटि बैठकले प्रदेशसभाका सात वटै प्रदेशका समानुपातिक सांसद चयन गरेको हो। सात वटै प्रदेशमा गरेर एमालेले ७५ जनाको नाम छनौट गरेको हो । छनौट गरिएको नाम भोली निर्वाचन आयोगमा बुझाउने एमाल...
To Top