राजनीति

निर्वाचन विथोल्न खोज्नेहरु माथि गोली प्रहार हुन सक्छ -रक्षामन्त्री

मंसिर २० २०७४   ekhabarnepal

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्न खोज्नेहरुमाथि गोली हान्ने अधिकार नेपाली सेनालाई दिइएको स्पष्ट पारेका छन् ।उनले भने, ‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिइएको छ ।’ रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष स...

मतदाता परिचयपत्र बिना यसरि पनि गर्न सकिन्छ मतदान

मंसिर २० २०७४   ekhabarnepal

काठमाडौं ।मतदाता परिचयपत्र नभए  राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र हुनुपर्नेछ  प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाउने भएका छन् । आयोगका अनुसार मतदाताको नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्...

निर्वाचन तयारी पूरा,

मंसिर २० २०७४   ekhabarnepal

काठमाडौं, २० मंसिर– देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौंका  १० वटै निर्वाचन क्षेत्रको संयोजन गरिरहेका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा सबै  निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको छ ।  काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रम...

मतदाताहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँतिर फर्कंदै

मंसिर २० २०७४   ekhabarnepal

 मंसिर २०  - काठमाण्डू , यही बिहीबार ४५ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न काठमाण्डौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिनेको संख्या बढेको महानगरीय ट्राफिक प्रहरीले बताएको छ।विभिन्न पेशा व्यवसाय गरी उपत्यकामा बसेका र काम विशेषले आएका कैयौं मानिस चुनावमा सहभागी हुन आआफ्ना गाउँघर फर्किन उत्साही देखिएका छन्। उत्साह मङ्गलबार देखि नै  विभिन्न उमे...

बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ - गृह मन्त्रालय

मंसिर २० २०७४   ekhabarnepal

मंसिर २०,  काठमाडौं । बिहीबार हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन ४५ जिल्लामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन नचलाउन गृह मन्त्रालयले सूचना जारी गरेको छ । निर्वाचनको दिनमा सुरक्षालाई ध्यानमा राखी बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । गृह मन्त्रालयले सूचना जारी गरी मतदानका लागि...

काभ्रेमा सकेट बम भेटियो

मंसिर २० २०७४   ekhabarnepal

काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिकाको कुन्ताबेशी बजारमा सकेट बम भेटिएको छ ।  बुधबार बिहान शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तु सकेट बम भएको र बम निस्किृय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरी घटनास्थल पुगेको छ ।बम निस्किृय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो दिन पनि ...

मतगणना स्थल सुरक्षा को लागि सीसी क्यामेरा जडान

मंसिर १९ २०७४   ekhabarnepal

  १९ मंसिर, ताप्लेजुङ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएको ताप्लेजुङमा मतगणना स्थल तयार गरिएको छ । मतगणनाको क्रममा हुन सक्ने अराजक कि्रयाकलापलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाएको छ ।मतगणना स्थलको सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ । साथै मतगणना स्थलमा काँडेतारको बार लगाइएको छ...

परिचयपत्र वितरण कार्य आजबाट सुरु

मंसिर १९ २०७४   ekhabarnepal

मंसिर २१ - काठमाडौं । दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता परिचय पत्र वितरण आजबाट सुरु भएको छ ।मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको छ ।निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार मतदाता परिचय पत्र वितरणको कार्यक्रम छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्...

समातिए निर्वाचन विरोधीहरु

मंसिर १९ २०७४   ekhabarnepal

मंसिर १९, - निर्बाचन कार्य लाई भंग बनाउने कार्यमा संलग्न केहि बय्क्तिहरु लाई प्रहरी ले पक्राउ गरेको छ  ।अपारदर्शी रुपमा बिरोधि कार्यमा संलग्न  बय्क्तिहरुलाई पनि निर्बाचन को नियम अनुसार कारबाही गरिनेछ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि मिति तय भए देखि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंबाट ५ सय ५० जनाभन्दा ...

"भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउ" - राष्ट्रिय मानवअधिकार आयोग

मंसिर १९ २०७४   ekhabarnepal

काठमाडौं । चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनु असल नागरिकको कर्तब्य हो  । यो निर्बाचन लाई सान्तिपूर्ण वातावरणमा  सफल पारि असल नागरिकको परिचय दिलाउ ।राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण गर्ने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ । आयोगकाले प्रेस विज्ञप्ति जारी गरी शान्ति...

निर्वाचन सुरक्षाका कारण वीरगन्ज नाका बन्द

मंसिर १९ २०७४   ekhabarnepal

वीरगन्ज । यही मङ्सिर २१ गते हुन् गैरहेको निर्बाचनलाइ सान्ति पूर्ण सम्पन्न गराउन को लागि  वीरगन्ज नाका बन्द छ । सधै व्यस्त रहने भारतसँग सीमा जोडिएको वीरगन्ज नाका मंगलबार बिहान ६ बजेदेखि बन्द भएको छ । निर्वाचन सुरक्षालाई मध्य नजर गर्दै स्थानीय प्रशासनले वीरगन्ज रक्सौल व्यापारीक नाका बन्द गरेको हो । बन्दका कारण नाका आसपासका क्षेत्र सुनसान छ ।

बालकृष्ण खाँण मानसिक रुपमा विक्षिप्त भएः स्वतन्त्र उम्मेदवार श्रेष्ठ

मंसिर १९ २०७४   ..

  भैरहवा, १८ मंसिर । रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा १ का स्वतन्त्र उम्मेदवार ओमकुमार श्रेष्ठले नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँण मानसिक रुपमा विक्षिप्त भएको बताएका छन् । हारको मानसिकता राखी आफूले लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको भनेर कूप्रचार गरेको भन्दै श्रेष्ठ खाँणप्रति आक्रमक भएका हुन् । मंगलबार भैरहवामा पत्रकार ...

 ३९ थान गोली र चार पेस्तोलसहित तीन पक्राउ

मंसिर १९ २०७४   .

 गोरखा,आँबुखैरेनी मंसिर १८ निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा तनहुँको आँबुखैरेनीबाट ३९ थान गोली र चार वटा पेस्तोलसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। आँबुखैरेनीमा गोलीसहित युवा रहेको सूचनाको आधारमा आँबुखैरेनीका २८ वर्षे अभियान श्रेष्ठ, २४ वर्षे विजय गुरुङ र २६ वर्षे जय गुरुङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प...

गगन थापा केही सेकेन्ड छिटो हिँडेका कारण बाँचेका हुन्

मंसिर १८ २०७४   ekhabarnepal

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काडमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापालाई लक्षित गरी बम प्रहार भएको छ ।चुनाव प्रचारका क्रममा भङगल चपलीहाइटमा पुगेका बेला बम प्रहार भएको हो । बमको छर्राबाट थापाको ढाडमा गम्भीर चोट लागेको छ । थापासहित ११ जना घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये चारको अवस्था गम्भी...

‘पैसा दिइहाले भने समाइदिनुस् र पचाइदिनुस्’भोट हाल्दा गल्ती नगर्नुहोस - केपी ओली

मंसिर १८ २०७४   ekhabarnepal

१८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपन पुगेर माओवादी नेता कार्यकर्तालाई अन्य उम्मेदवारलाई भोट नदिन खबरदारी गरेका छन् । काठमाडौं ४ मा वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजन भट्टराई उम्मेदवार छन् । प्रदेशतर्फ पनि दुबै उम्मेदवार एमालेबाटै छन् । माओवादीको भोट कांग्रेस उम्मेदवार गगन थापातिर जाने सक्ने आशंका बढ...

गगन थापा माथि बम प्रहार,

मंसिर १८ २०७४   ekhabarnepal

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।थापालाई बमको छर्रा लागेको जनाइएको छ ।  बमको छर्रा लागेर घाइते भएका थापालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । 

कसरि भोट हाल्ने? मतदाता अन्योलमै छन्

मंसिर १८ २०७४   ekhabarnepal

प्रदेश तथा प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचन आउन तीन बाँकी छ।तर काठमाण्डू उपत्यका कै कतिपय मतदाताहरुमा मतदान हाल्ने तरिकाबारे अन्योल रहेको देखिएको छ। शहरी क्षेत्रका मतदाताहरु शिक्षित वर्गका मात्र हुने भन्ने बुझाइ, कतिपय मतदाताको हेलचेक्र्याइँ र मतदाता शिक्षाको समय निकै कम हुनुलाई मतदान बारेको अन्योलको कारण रहेको बताइएको छ।काठमाण्डू हाँडीग...

एमालेका उम्मेदवार महेश बस्नेतको घरमा फेला परेको बम निष्क्रिय

मंसिर १८ २०७४   ekhabarnepal

भक्तपुर- भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा फेला परेको बम निष्क्रिय पारिएको छ। आइतबार राति ८ बजेतिर बस्नेतको घरबाहिरको मूलगेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुन्ड्याइएको भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए। घटनास्थल पुगेको नेपाली सेना र प्रहरीको टोलीले राति कर...

आज राति १२ बजेदेखि मौन अवधि सुरु,मौन अवधिको समयमा के-के गर्न मिल्दैन ?

मंसिर १८ २०७४   ekhabarnepal

  काठमाडौं-मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलकातर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोश्रो चरण अन्र्त...

महामन्त्री शशांक कोइरालाको कारमा आगजनी

मंसिर १८ २०७४   ekhabarnepal

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको चुनाव प्रचार प्रसारमा प्रयोग गरिएको कारमा अज्ञात समूहले आगजनी गरेको छ । नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार रहेका कोइरालाको प्रचारमा प्रयोग गरिएको कारमा आइतबार राति आगजनी भएको हो । घरमा पार्किङ गरि राखिएको कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । आगजनी गर...

चुनावी मैदानमा रुपन्देहीका हस्तीहरु

मंसिर १८ २०७४   .

स्पष्ट राजनीतिक एजेण्डाका साथ चुनावमा अमृत गिरी बुटवल । यसैपनि बुद्ध जन्मिएको पवित्र स्थलका रुपमा सधै चर्चामा रहने रुपन्देही राष्ट्रिय राजनीतिको पनि चर्चाकै शिखरमा रहने गर्दछ । यहाँको राजनीतिक माहौलले मुलुकको केन्द्रीय राजधानीसम्मै प्रभाव पार्छ र पार्दै आएको पनि छ । अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एकैदिन हुँदै छ । पहिलो चरणको चुनाव ...

"पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई छ लेनको बनाउछु" -केपी शर्मा ओली

मंसिर १७ २०७४   ekhabarnepal

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको भलो नचिताउने पार्टीहरुले बहुराष्ट्रको नारा दिएको बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा विराटनगरको पुष्पलालचोकमा आयोजित क्षेत्रीय चुनावी सभामा ओलीले जनतामा भ्रम फैलाउने क्षेत्रीयस्तरका पार्टीसँग राष्ट्रियस्तरका पार्टीले तालमेल गर्न पुगेको बताए । ओलीले भने, ‘एउटा शासन व्यवस्थ...

‘वाम गठबन्धनबाट आत्तिनुपर्दैन'- माधव कुमार नेपाल

मंसिर १७ २०७४   ekhabarnepal

मंसिर १७ काठमाडौं । माधव कुमार नेपालले वाम गठबन्धनबाट नआत्तिन कांग्रेसलाई सुझाव दिए । वाम गठबन्धनबाट कांग्रेसको नेतृत्वमा अरु पार्टीहरु पनि ध्रुविकृत भइरहेकाले कांग्रेसलाई पनि फाइदा पुगेको नेपालले बताए । उनले भने, ‘वाम गठबन्धनबाट आत्तिनुपर्दैन, बरु खुसी हुनुपर्छ ।’  आइतबार बिहान काठमाडौंमा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना...

देशको रक्षा गरि, स्वाभिमान बचाऊर्छौ - वाम गठबन्धन

मंसिर १७ २०७४   ekhabarnepal

 विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले हाटहुट, लुटलाट गर्ने उद्देश्य राखेर लोकतान्त्रिक गठबन्धन निर्माण भएको दावी समेत गरे । विराटनगरको पुष्पलाल चोकमा आइतबार विहान आयोजित क्षेत्रीय चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने, ‘कांग्रेसको नेतृ...

रौतहटमा त्रीपक्षीय चुनाबी भिडन्त

मंसिर १७ २०७४   ekhabarnepal

रौतहट–रौतहटको क्षेत्र नम्बर ४मा वाम गठबन्धनबाट एमालेका डा वंशीधर मिश्र र फोरम–राजपा गठबन्धनका कन्थमणी जयसवाल उठेका छन,कांग्रेसबाट देवप्रसाद तिमल्सिना उठेका छन्। रौतहटको चार वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई सय ३५ जनाको उम्मेदवारी छ। रौतहटमा त्रीपक्षीय चुनाबी भिडन्त ,कसको हातमा बाजी हुन्छ २१ गते सम्म कुर्नुपरछ ? प्रमुख...

"शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त"

मंसिर १७ २०७४   ekhabarnepal

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति नजिकिँदै गएका बेला शीर्ष नेताहरू चुनावी अभियानमा व्यस्त भएका छन् । प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभा मार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे ।  एमाले अध्यक्ष केपी ओली शनिबार झापा ,मोरङ, सुनसरी र उदयपुरका ४ वटा सभामा व्यस्त रह...

"रुपन्देहीको समग्र विकासको जिम्मा लिन्छौं, हामी एक अर्काका परिपुरक हौं"-उप–महासचिव पौडेल

मंसिर १६ २०७४   ekhabarnepal

भैरहवा, मंसिर १६ । नेकपा एमालेका उप–महासचिवद्धय विष्णु पौडेल रघनश्याम भुसालले रुपन्देहीको समग्र विकासको जिम्मा लिन आफूहरुतयार रहेको प्रष्टाएका छन् । सुरु भएका विकासका आयोजनाहरु सम्पन्न गर्दैरुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउन उनीहरुले बामगठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे ।शनिबार भैरहवामा नेकपा माओवादी केन्द्रका नेताहरु समेत सम्मिलित पत...

चुनावपछि विजय उत्सावमा भेटौंला -केपी शर्मा ओली

मंसिर १६ २०७४   ekhabarnepal

झापा । दोस्रो चरणको चुनावको मौन समयको दुई दिन अघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रको चुनावी अभियानको मैझारो गरेका छन् । आयोजित सभालाई सम्बोधन गर्दै झापा ५ का उम्मेदवार समेत रहेका ओलीले आफ्नो क्षेत्रका मतदातासँग चुनावपछि भेट्ने बताए । उदयपुर, काठमाडौं चितवन, धनुषा लगायतका क्षेत्रमा जानु पर्ने भन्दै उनले भने, ‘मसँग भोलि र पर्सिको...

आचारसंहिता विपरित निःशुल्क औषधि वितरण गरि मतदाताबीच भोट माग्दै उम्मेदवारहरु

मंसिर १६ २०७४   ekhabarnepal

नवलपरासी । नवलपरासीको नवलपुर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शशांक कोईरालालाई भोट दिनुस् भन्दै आचारसंहिता विपरित औषधि वितरण भएको छ । शशांकको चुनावी क्षेत्र १ को गैँडाकोट वडा नम्बर–५, मा डा.शंशाकका मामा भनिने डा.विजय नाम गरेका एक ब्यक्तीले शशांकका लागि भोट माग्दै निःशुल्क औषधि वितरण गरेका हुन् । स्वास्थ्य शिविरका नाममा निःशुल्क औषधि बा...

बुटवल क्षेत्रबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

मंसिर १६ २०७४   ekhabarnepal

रुपन्देही प्रहरीले बुटवल क्षेत्रबाट ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । विष्फोटक पदार्थ चार्जसहितको अत्याधुनिक रहेको भन्दै प्रहरीले थप संवेदनशिल बनाएको निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यस्तो विष्फोटक पदार्थ नयाँ रहेको अनुमान गरेको छ । ‘प्रहरीले डेटोनेटर बरामत गरेको भनेता पनि यो डेटोनेटर मात्र हैन यसका बारेमा अनु...

कैलालीको टिकापुरमा बम विस्फोट

मंसिर १६ २०७४   ekhabarnepal

कैलाली । कैलालीको टिकापुरमा अज्ञात समूहले सिलण्डर बम विस्फोट गराएका छन् । टिकापुरस्थित शसस्त्र प्रहरीको गण नजिकै सिलिण्डर बम विस्फोट भएको कैलाली प्रहरीले जनाएको छ । बम विस्फोटबाट मानवीय क्षति नभए पनि स्थानीय त्रसित भएकाछन्। बम कसले विस्फोट गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीमा रहेक...

झलनाथ खनाल चढेको गाडीलाई लक्षित गरि बम प्रहार

मंसिर १६ २०७४   ekhabarnepal

१६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार गाडी नजिकै शुक्रबार बम विस्फोट भएको छ । खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । विस्फोट...

गठबन्धनको मत निखार्ने ठूलो अस्त्र यही बन्न सक्छ ;

मंसिर १६ २०७४   ekhabarnepal

  स्थानीय निर्वाचन र २०७० सालको आम निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई अधार बनाउँदा वाम–प्रगतिशील गठबन्धनको दावी सत्यताको नजिक छ । तर जनमत स्थिर हुँदैन । त्यसैले हरेक चुनाबमा फेरिन सक्ने मतदाताको मनोविज्ञानको भरोसामा कांग्रेस नेतृत्वको गठबन्धन छ । कांग्रेसका लागि समस्या के हो भने यसबीच वाम मतदाताले पनि कांग्रेसलाई भोट नै दिनुपर्ने त्यस्तो ...

विष्फोटक पदार्थ भारतबाटै नेपाल भित्रिएको पाइए पछि "सीमा नाकामा कडाइ"

मंसिर १५ २०७४   ekhabarnepal

दोस्रो चरणको चुनाव नजिकिंदै जाँदा भएका हिंसाका घटनालाई मध्यनजर गर्दै भारतसँगको सीमा नाकामा सुरक्षा प्रबन्ध थप कडा तुल्याइएको अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार हिंसाका घटनामा प्रयोग भएका विस्फोटक पदार्थ भारतबाटै नेपाल भित्रिएको पाइए पछि सीमानाकामा कडाइ गरिएको हो।निर्वाचन आयोगले चुनावी सुरक्षाबारे सुरक्षा निकायहरुसँग शुक्रवार छलफल गर्दैछ...

रुकुममा पुनः आज मतदान हुँदै

मंसिर १५ २०७४   ekhabarnepal

रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । गत मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो । बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसक...

कार्यकर्ताले प्रहरी माथि ढुुंगामुुढा प्रहार गर्दा १४ प्रहरी घाइते

मंसिर १५ २०७४   ekhabarnepal

रौतहट, १५ मंसिर- रौतहटको मध्यभाग गरुडा नगरपालिकामा एक्कासि प्रहरीमाथि ढुुंगामुुढा प्रहार भएको छ।  गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको छ ।  बिहीबार राति ८ बजे गरुडा नगरपालिका–५ महमदपुुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको बिभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रण लिन खोजेपछि झड...

एमालेका दुई उपमहासचिवको अपिल, वाम गठवन्धनलाई विजयी गराऔं

मंसिर १५ २०७४   .

मोतिपुरलाई नमूना शहर बनाउँछौं ः पौडेल जेल पर्नुपर्ने भ्रष्टाचारीहरु निर्वाचनमा उम्मेदवार ःभूषाल बुटवल, मंसिर १४ । नेकपा एमालेका दुई उपमहासचिवले रुपन्देही जिल्लालाई नमूना वनाउने उद्घोष गरेका छन् । क्षेत्र नं. ३ को मोतिपुरमा संयुक्त रुपमा सम्वोधन गर्दै उनीहरुले वाम गठवन्धनका उम्मेदवारलाई विजयी गराउन विशेष अपिल पनि गरे ।  नेकपा एमालेका उपमहासच...

मध्य बुटवलका ब्यवसायी भन्छन् — प्रदेशको राजधानी बनाउने  अडान बाम उम्मेदवारमा पायौं

मंसिर १५ २०७४   .

    बुटवल १४ मंसिर । बुटवलका ब्यवसायीले पूर्वाधार विकासंगै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउन बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धता जनाएका छन् । अरु दलका उम्मेदवारका तुलनामा बाम गठबन्धनका उम्मेदवारहरुसंग विकास र समृद्धिका साथै रुपन्देहीलाई प्रदेशको राजधानी बनाउने विषयमा स्पष्ट अडान र दृष्टिकोण रहेकालो यसपटक बाम उम्मेदवारलाई...

वाम गठबन्धनको १०५ सिट सुनिश्चित छ - ईश्वर पोख्रेल

मंसिर १४ २०७४   ekhabarnepal

मंसिर १४ - मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय पाँच सिट जित्ने दावी गरेको छ ।एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरे । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बो...

राज्यकोषबाट रकम दुरुपयोग नगरियोस -नेकपा एमाले

मंसिर १४ २०७४   ekhabarnepal

काठमाडौँ- नेकपा (एमाले), केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजाम...

चुनावीसभामा बम विस्फोट हुदा बालकसहित चार जना घाइते

मंसिर १४ २०७४   ekhabarnepal

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर नौ स्थित भलाद्मी टोलमा बम विस्फोट भएको छ । नेपाली कांग्रेस महिला संगठनको चुनावी सभास्थलमा बम विस्फोट हुँदा एक बालकसहित चार जना घाइते भएका छन् ।  एक बर्षका बालक यौवन न्यौपाने, सुम्रिन अधिकारी, गिता आचार्य धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस...

निर्वाचन बिथोल्ने गतिविधि गरेको छैनौ -नेपाल राष्ट्रवादी संयुक्त मोर्चा

मंसिर १४ २०७४   ekhabarnepal

भद्रपुर- नेपाल राष्ट्रवादी संयुक्त मोर्चाले निर्वाचनको समयमा आफ्ना सबै गतिविधिलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएको छ।  झापाका अग्रज अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसँग संवाद समूहमा बुधबार भएको छलफलमा मोर्चाका केन्द्रीय पदाधिकारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन्। उनीहरुले आफ्ना विचार र कार्यक्रमलाई शान्तिपूर्ण बाटोबाट जनतासमक्ष पु...

संशोधित आचारसंहिता नै विकास निर्माण कार्यको बाधक बनेको त छैन ?

मंसिर १४ २०७४   ekhabarnepal

गत बैशाख देखिनै निर्वाचनको कार्यक्रम परेकोले कैयौं विकास आयोजनाहरु लामो समयसम्म प्रभावित भएको उनीहरुको भनाई छ।तर अर्थ मन्त्रालयले ठूलो स्तरमा प्रभाव नदेखिएको बताएको छ। निर्वाचन आचारसंहिताले रोकेका कारण विकास निर्माणसँग जोडिएका कतिपय नयाँ र संशोधित कार्यक्रमहरुमा असर पर्न गएको सरकारी अधिकारीहरुले बताएका छन्।निर्वाचन आयोगका अधिकारीहरुले भने प्र...

कपिलवस्तुमा ‘नमूना मतदान’ कार्य को अभ्यास

मंसिर १४ २०७४   ekhabarnepal

मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँ...

‘मैले आचार संहिता उल्लंघन गरेको छैन'- केपी शर्मा ओली

मंसिर १३ २०७४   ekhabarnepal

१३ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले लोकतान्त्रिक प्रणालीलाई नभएर आफ्नो सरकारलाई नै लोकतन्त्र भन्ने गरेको भन्दै चुनावपछि कांग्रेसको शासन मासिने वताउनु भएको छ । चुनावी कार्यक्रमको सिलसिलामा गृहनगर झापा आइपुग्नु भएका ओलीले कांग्रेसले आफू सत्तामा हुनुलाई नै लोकतन्त्र ठानेकाले सत्ता गुम्ने कुरालाई लोकतन्त्र गुम्दै  गरेको अर्थ ...

देशलाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको हो - माधवकुमार नेपाल

मंसिर १३ २०७४   ekhabarnepal

काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन्। संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले अहिले मुलुकमा भएका विकास कार्यलाई तीव्र रुपमा अगाडि बढाएर नेपाललाई विश्व परिवेशमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न ...

आज सम्म देशले गतिलो नेतृत्व पाएन - एमाले अध्यक्ष केपी ओली

मंसिर १३ २०७४   ekhabarnepal

 ओलीको प्रश्न - कांग्रेससँग राष्ट्रियता खोइ  ? १२ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी गर्न कांग्रेस नेतृत्वलाई आफूहरुले घिसारेर ल्याएको खुलासा गर्नुभएको छ । काठमाडौंको नयाँ बानेश्वरमा वाम गठबन्धनको चुनावी सभालाई मंगलवार सम्बोधन गर्दै ओलीले आफूहरु नपुगेका ठाउँमा कांग्रेस नेताहरु गएर हामीले संविधान ल्यायौं भन्ने गरेको ...

लोकतन्त्र बचाउन कांग्रेसलाई बहुमत ः सभापति देउवा

मंसिर १३ २०७४   .

बुटवल, मंसिर १२   प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले नेपाली कांग्रेसले राणा शासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः बाम गठवन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र वचाउन नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ । उहाँले मुलुक दुई धु्रवमा विभाजित भएको उल्लेख गर्दै बाम गठवन्धनको नाममा क...

रुपन्देहीलाई कायापलट गर्ने बाम उम्मेदवारको प्रतिबद्धता 

मंसिर १२ २०७४   .

    विकासको दुरदृष्टि योजना बनाएका छौं ः पौडेल     मानव संसाधन विकास पहिलो प्राथमिकता ःगिरी      विकासको योजना,दृष्टिकोण र अनुभव हामीसंग छ ः श्रेष्ठ बुटवल १२ मंसिर । रुपन्देही क्षेत्र नं २ का बाम उम्मेदवारहरुले  सिंगो रुपन्देही जिल्लालाई विकासको नमुना बनाउने प्रतिबद्धता जनाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट साझा उम्मेदवार बने...

दीपक बोहोराको उम्मेदवारी खारेजीको माग गर्दै जनप्रतिनिधिले बुझाए आयोगमा ज्ञापनपत्र

मंसिर १२ २०७४   .

रातारात पोल र  पैसा बाडेपछि निर्वाचन आयोगले थाल्यो कारबाही भैरहवा, मंसिर १२ । बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोराले निर्वाचन आचारसंहिता विपरित विजुलीका पोल तथा पैसा बाडेको भेट्टाएपछि रुपन्देहीमा निर्वाचन आयोगले  उनलाई कारबाहि थालेको छ ।  रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका स्वास्थ्य मन्त्री बोहोराले मतादात...
To Top