राजनीति

'राष्ट्रघातीलाई' कारवाही हुन्छ- गृहमन्त्री  थापा

असोज १४ २०७५   ekhabarnepal

विराटनगर असोज १४,  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो ।गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा ...

दलाल र तस्करलाई सखाप पारे मात्रै समाजवादको सुरुवात हुनेछ- गृहमन्त्री थापा 

असोज १४ २०७५   ekhabarnepal

बुटवल असोज १३,  गृहमन्त्री रामबहादुर थापा बादलले दलाल र तस्करहरुलाई सखाप पारेमा मात्रै देशमा समाजवादको सुरुवात हुने बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालको आयोजानमा शनिबार बुटवलमा भएको लागु औषध निषेध, मदिरा नियन्त्रण र महिला हिंसा न्युनिकरण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री राम बहादुर थापा बादलले तस्करहरु,...

'कोष्टारिकाको चार दिने भ्रमण'मा प्रधानमन्त्री ओली 

असोज १४ २०७५   ekhabarnepal

प्रधानमन्त्री केपी शर्मा ओली कोष्टारिकाको ४ दिन औपचारिक भ्रमणका लागी राजधानी सान होजे पुग्नुभएको छ । पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की सहित प्रधानमन्त्री ओली आज बिहान कोष्टारिका पुग्नु भएको हो । प्रधानमन्त्री ओलीलाई कोष्टारिकाका उपराष्ट्रपति इप्सी क्याम्...

विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री ज्ञवाली

असोज १३ २०७५   ekhabarnepal

न्यूयोर्क असोज १३,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा आयोजित भूपरिवेष्ठित विकासशील मुलुकहरूको बैठकमा भाग लिनुभयो ।  उक्त अवसरमा उहाँले विश्वव्यापी मूल्य मान्यताका आधारमा अन्तर्राष्ट्रिय व्यापारमा अर्थपूर्ण सहभागिता उपलब्ध गराइ भूपरिवेष्ठित मुलुकले भोगेका समस्या र व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । ...

प्रधानमन्त्री ओलीद्धारा संयुक्त राष्ट्र सङ्घकालागि नेपाली स्थायी नियोगको निरीक्षण 

असोज १३ २०७५   ekhabarnepal

न्यूयोर्क असोज १३,    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गर्नुभयो । प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिनुभएको थियो ।उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नियोगका कर्मचारीलाई मुलुकको छवि अन्तर्र...

नेपालको राजनीतिक परिवर्तन विश्वकै लागि मौलिक, प्रधानमन्त्री केपी शर्मा ओली

असोज १२ २०७५   ekhabarnepal

रासस   न्यूयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । संयुक्त राष्ट्रसङ्घ,...

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्‍चिम’ र राजधानी ‘गोदावरी’ 

असोज १२ २०७५   ekhabarnepal

प्रस्तावको पक्षमा ३८, दुई तिहाईका लागि ३६ मत आवश्यक धनगढी,अशोज १२  प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्‍ने निर्णय भएको छ। आज प्रदेश सभामा भएको मतदानमा प्रस्तावको पक्षमा ३८ र विपक्षमा सून्य मत परेको हो। पारित प्रस्ताव अनुसार प्रदेश राजधानी गोदावरी नगरपालिका-४ र २ मा रहनेछ। ५३ सदस्यीय प्रदेश-७ मा नेकपाका ३९ जना, ...

  महासचिव गुटेरेससँग  प्रधानमन्त्री ओलीको भेटवार्ता 

असोज १२ २०७५   ekhabarnepal

न्यूयोर्क असोज १२,   प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले आज विज्ञप्ति प्रकाशन गरी जनाएको छ । उहाँहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यस...

प्रधानमन्त्री ओलीको सम्बोधन विरुद्ध अमेरिकामै विरोध प्रदर्शन 

असोज १२ २०७५   ekhabarnepal

  काठमाडौं । संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् ।  प्रधानमन्त्रीको सम्बोधनको पालो स्थानीय समय अनुसार विहीबार साँझ ५ बजे रहेकोमा सोही समयमा नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै प्रदर्शन गरिएको थियो । ...

निर्मला हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक होस - नेता पौडेल

असोज ११ २०७५   ekhabarnepal

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालिका निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । वरिष्ठ नेता पौडेलले निर्मला पन्त हत्याकाण्डको छानबिन प्रतिवेदन सार्वजनिक नगरेर सरकारले सो हत्याकाण्डलाई ढाकछोप गर्ने प्रयास गरिरहेको गम्भिर आरोप लगाए । निर्मला हत्याकाण्डक...

यो आश्चर्य कुरा हो,मुलुकी ऐनविरुद्ध काङ्ग्रेसको विरोध !  

असोज ११ २०७५   ekhabarnepal

इलाम असोज ११,    नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी काङ्ग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई अहिले विरोध गरिरहेको आरोप लगाउनुभएको छ । मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो”, नेम्वाङले भन्नुभयो, “त्यही दस्तावेज पनि काङ्ग्रेसले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो ।” ...

बेलायती प्रधानमन्त्री 'थेरेसा मेसँग ओली'को भेटवार्ता 

असोज ११ २०७५   ekhabarnepal

न्यूयोर्क असोज ११,    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गर्नुभयो ।संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ हुनुहुन्छ । उक्त अवसरमा नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको संयु...

प्रदेश नम्वर ५ को समन्वय परिषदको बैठकबाट २१ बुदे प्रतिवद्धता जारी 

असोज १० २०७५   ekhabarnepal

  तिलोत्तमा,असोज १० । प्रदेश नम्वर ५ को पहिलो समन्वय परिषदको बैठक २१ बुदे साझा प्रतिवद्धता जारी गर्दै सकिएको छ । मणिग्राममा २ दिनसम्म चलेको बैठकले २१ बुँदे साझा प्रतिबद्धता तथा निर्णय गरी आज अपरान्ह सार्बजनिक गरेको छ । परिषद बैठकमा प्रदेश नम्वर ५ अन्र्तगतका १०९ स्थानिय तहका प्रमुख उपप्रमुख र १२ वटा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखहर...

सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भइरहेको छ -राजेन्द्र महतो

असोज १० २०७५   ekhabarnepal

पर्सा, रासस ।  राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हु...

नेकपा अध्यक्ष दाहाल आज सिंगापुर जाँदै  

असोज १० २०७५   ekhabarnepal

काठमाडौ असोज १०,   नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंगापुर जाँदैछन् । उनी श्रीमती सीताको फलोअप उपचारका लागि त्यसतर्फ जान लागेका हुन्। अध्यक्ष प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत जाने भएका छन । अल्जाइमरबाट पीडित दाहालको गत असारमा सिंगापुरमा उपचार भएको थियो । नेपालमा उपचार सम्भव नभएपछि सीताको भारतमा उपचार गराइएको थियो ।...

लगानीकर्तालाई ओलीको आह्वान 

असोज १० २०७५   ekhabarnepal

काठमाडौं असोज १०,  प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै पनि विवाद नभएको बताएका छन्। गेजुवाले आयोजना निर्माणका लागि पुनः निवेदन दिएपछि परामर्शमा नै आयोजना दिइएको प्रधानमन्त्रीले बताएका हुन्। न्यूयोर्कमा एसिया सोसाइटीले गरेको शान्ति, लोकतन्त्र र विकाससम्बन्धी अन्तर्क्रियामा सहभागी हुँदै प्रधान...

ओली र ट्रम्पबीच दुई मिनेटको कुराकानी: शान्ति पहलको प्रशंसा

असोज १० २०७५   ekhabarnepal

काठमाडौं असोज १०,    प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो । स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी ...

शान्ति स्थापनाका लागि राष्ट्रसंघलाई सघाउन नेपाल सदैव प्रतिबद्ध रहनेछ - प्रधानमन्त्री 

असोज १० २०७५   ekhabarnepal

 काठमाडौं असोज १०,  प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि राष्ट्रसंघलाई सघाउन नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि आफ्नो मुलुक राष्ट्रसंघलाई सघाउन सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो । राष्ट्रसंघले आयोजना गरेक...

अन्तर सम्बन्धलाई नबुझ्दा समस्या ः मुख्यमन्त्री पोख्रेल

असोज १० २०७५   ekhabarnepal

अधिकार क्षेत्र विवाद किनारा लगाउने प्रयास बुटवल,असौज ९ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले संविधानले निर्देश गरेको अन्तर सम्बन्धलाई नबुझ्दा समस्या देखिन थालेको बताउनुभएको छ । प्रदेश नं. ५ को पहिलो समन्वय परिषद्को दुई दिने बैठकलाई सम्वोधन गर्दै उहाँले स्थानीय तहले आफूखुसी कानून बनाएर लागू गर्दा अ...

कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

असोज ९ २०७५   ekhabarnepal

  काठमाडाैं | प्रतिनिधिसभाको बैठकले कोस्टारिकामा शान्ति विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकले ‘अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने सम्बन्धी प्रस्ताव’ पारित गरेको हो । छलफलमा सहभागी भएका सत्तारूढ दल नेकपाका संसदीय दलकाे प्रमुख सचेतक देव गुरूङले महासन्धि पास गर्ने प्रस्ताव सकार...

नागरिकता ऐनको संशोधन विधेयक :मधेसी बुद्धिजीविको आपत्ति

असोज ९ २०७५   ekhabarnepal

काठमाडौं,असोज ८   १० मंसिर २०६३ मा राष्ट्राध्यक्षको भूमिकामा समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमाणीकरण गरी जारी भएको नेपाल नागरिकता ऐन, २०६३ को संशोधन विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साउन २२ गतेको संसद बैठकमा प्रस्तुत गरेको व...

उपराष्ट्रपति पुन स्वदेश फिर्ता

असोज ८ २०७५   ekhabarnepal

काठमाडौँ।  उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे । उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान ग...

 सरकारको उपलब्धिहरु विश्वसामु प्रस्तुत गर्नुपर्छ - परराष्ट्रमन्त्री ज्ञवाली

असोज ८ २०७५   ekhabarnepal

न्युयोर्क असोज ८,    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न, जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र संयुक्त राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको ७३औँ अधिवेशनलाई उपयोग गर्ने उद्देश्य नेपाल सरकारले राखेको बताउनुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली...

प्रधानमन्त्री ओलीको निर्देशन-'कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस' 

असोज ६ २०७५   ekhabarnepal

काठमाडौं असोज ६,  आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाउनु भएको छ , प्रधानमन्त्री    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिनुभएको छ ।वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस...

जनताको विश्वास र भरोसालाई तलमाथि हुन दिनेछैन- प्रधानमन्त्री

असोज ६ २०७५   ekhabarnepal

काठमाडौं असोज ६,  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताउनुभएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरक...

प्रधानमन्त्री ओली आज अमेरिका जादै 

असोज ६ २०७५   ekhabarnepal

काठमाडौं असोज ६,   प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका जादैछन ।  ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार रातिको ९ बजे जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । प्रधानमन्त्रीले कोस्टारिकामा रहेको युएन पिस युनि...

कुनै प्रकारको कार्टेलिङ स्वीकार्य हुनेछैन- प्रधानमन्त्री ओली  

असोज ४ २०७५   ekhabarnepal

काठमाडौं असोज ४, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताउनुभएको छ ।  नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएका...

प्रचण्डको दाबी- चीन जाँदा लिएको उद्देश्य पूरा भएको छ 

असोज ४ २०७५   ekhabarnepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरेका छन् । बुधबार राति चीन भ्रमणबाट नेपाल फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग चीन जाँदा लिएको उद्देश्य पूरा भएको बताए । अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण पार्टी–पार्टी बिच र सरकार–सरकारबीच सम्बन्ध बिस्तार गर्न सफल भएको बताएका...

सांसद कृष्णकुमार श्रेष्ठ- एक महीनाको तलब विद्यालयलाई सहयोग गर्नेछु  

असोज ४ २०७५   ekhabarnepal

दमौली असोज ४,  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने ...

आज सभापति चयनका लागि मनोनयन दर्ता हुँदै

असोज ४ २०७५   ekhabarnepal

काठमाडौं असोज ४,  प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था छ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार ...

उपराष्ट्रपति'पुनको छ दिने चीन भ्रमण':गृहमन्त्रीले गरे बिदाई

असोज ३ २०७५   ekhabarnepal

काठमाडौँ, रासस ।  उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे ।  उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा नेपालस्थित विदेशी राजदूत, उच्च सरकार...

ल्हासा–केरुङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणमा विशेष जोड- अध्यक्ष दाहाल 

असोज ३ २०७५   ekhabarnepal

काठमाडौँ असोज ३, चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ ।  भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा खुशी व्यक्त गर्नुभएक...

 'आज संविधान दिवस'प्रदेश प्रमुख उमाकान्त झा र मुख्य मन्त्री शंकर पोखरेलद्धारा शुभकामना 

असोज ३ २०७५   ekhabarnepal

बुटवल असोज ३ ,  चौथो संविधान दिवस आज भव्यताका साथ मनाइदै छ । दिवशका अवसरमा आज बिभिन्न कार्यक्रमहरु आयोजना गरीएका छन । बुटवलमा आज बिहान प्रभातफेरी आयोजना गरीएको छ । प्रभातफेरी पश्चात बुटवल बहुमुखी क्याम्पसको प्रागंणमा संबिधान दिवश मुल समारोह समेत आयोजना गरीएहो छ । दिवशका अवसरमा संघ सस्थाहरुले सरसफाई रक्तदान, सहयोग सहितका बिभिन्न कार्यक्रमहरु आय...

  'संवैधानिक मार्गचित्र'ले मूर्तरूप लिनुनै नेपाली सबैको लागि खुशीको विषय हो- राष्ट्रपति भण्डारी

असोज ३ २०७५   ekhabarnepal

काठमाडौँ अशोज ३ , राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ ।  संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर...

संविधान  धर्मग्रन्थ वा  स्तुतिश्लोक होइन , गतिशील दस्तावेज हो ःप्रधानमन्त्री

असोज ३ २०७५   ekhabarnepal

  अशोज ३ रासस   संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ। यिनै चु...

अखिल क्रान्तिकारीको सम्मेलनले दुई शिक्षा नीतिविरुद्ध आन्दोलन गर्ने 

असोज २ २०७५   ekhabarnepal

  काठमाडौँ,असोज २  । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ । एउटै देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै अखिल क्रान्तिकारीले दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने राष्ट्रिय सम्मेलनले निर्णय गरेको जनका...

बुटवलको गुरुयोजना तयार, पाँच वर्षे आवधिक र १५ वर्षे गुरुयोजना 

असोज २ २०७५   ekhabarnepal

बुटवल, असोज २ गते । बुटवल उप–महानगरपालिकाले पहिलो वर्षलाई अध्यय्नका रुपमा लिँदै अब समृद्धिको आधार वर्षका रुपमा महत्वपूर्ण कामहरु अगाडि बढाएको बताएको छ । मंगलबार उप–महानगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गर्दै उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालिन विकास गुरुयोजना तयार गरेको सार्वजनिक गरेको छ ।  गुरुयोजना निर्माणको निम्ति विज्...

सिके राउतका पाँच कार्यकर्ता पक्राउ

असोज २ २०७५   ekhabarnepal

राजविराज भदौं २,  उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना सिके राउतका कार्यकर्ता पक्राउ परेका छन् ।  राजविराज– ७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई घरबाटै नियन्त्रणमा लिइएको एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो । दिउँसो राजविराजमा संघी...

प्रधानमन्त्री ओली अमेरिका जाने तयारीमा

असोज २ २०७५   ekhabarnepal

काठमाडौं असोज २,  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका जाने भएका छन् । यहि असोज ६ गते त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समा...

संविधान जनताका हक अधिकार संरक्षणको प्रमुख माध्यम 

असोज १ २०७५   ekhabarnepal

रासस पोखरा, असोज १ गते । एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था गरिएको छ ।  विसं २००७ मा राणाशासनको अन्त्यपछि ...

अपराधी जुनसुकै ओहोदाको भए पनि कारवाही हुन्छःप्रम

असोज १ २०७५   ekhabarnepal

  (रासस) काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गर्नुभएको छ । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका निर्मलाका बुबाआमासहित प्...

फागुन ३ गते प्रदेश ५ को स्थापना दिवस 

भाद्र ३१ २०७५   ekhabarnepal

फागुन ३  प्रदेश ५ ले फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउने भएको छ । बुटवलमा आज बसेको प्रदेश ५ को  मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस घोषणा गरेको छ ।  प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा दिने र विविध कार्यक्रम गर्ने पनि सरकारले निर्णय गरेको छ । बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम स...

राष्ट्रियसभाको बैठक: मौलिक हक सम्बन्धी चार विधेयक प्रस्तुत

भाद्र ३१ २०७५   ekhabarnepal

काठमाडौँ, रासस । राष्ट्रियसभाको आजको बैठकमा मौलिक हक सम्बन्धी विभिन्न चार विधेयक प्रस्तुत गरिएको छ ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनियताका सम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेद्भाव तथा छुवाछुत९कसुर र सजाय० ९पहिलो संशोधन० विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’...

सांसदहरुको माग:निम्न जटिल विषयमा सरकारको ध्यानाकर्षण होस  

भाद्र ३१ २०७५   ekhabarnepal

काठमाडौं भदौ ३१,    प्रतिनिधिसभाका सांसदहरुले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाइन फ्लू महामारी नियन्त्रणका लागि चिकित्सकहरुको विशेष टोली परिचालन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद तेजुलाल चौधरी र नमिताकुमारी चौधरीले सप्तरीको विभिन्न स्थानमा फैलिएको स्वाईन फ्लूको महामारी नियन्त्रणका लागि चिकित्...

प्रकाण्डलाई लगियो उदयपुर  

भाद्र ३१ २०७५   ekhabarnepal

गाईघाट भदौ ३१,    नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौँबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।  काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताउनुभयो । खड्गबहादुरले बम विस्फोटसम्बन्...

प्रधानमन्त्री ओली -' तुइन विस्थापन,मेलम्चीको पानी र रेल सञ्चालनको कार्य अघि बढदैछ'  

भाद्र ३१ २०७५   ekhabarnepal

ललितपुर भदौ ३१,   प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले शनिबार यहाँ आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उहाँले काठमाडौँबाट छिमेकी मुलुक र काठमाडौँ उपत्यकामा नै रेल सञ्चालनका लागि तयारी भइरहेको बताउनुभयो ।  “मे...

'राष्ट्रिय योजना आयोग'को औचित्यमाथि प्रश्नको थुप्रो 

भाद्र ३० २०७५   ekhabarnepal

काठमाडौं भाद्र ३०,  राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औँ बैठकमा विकास आयोजनाको प्रगति सुनेपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले आयोगको भूमिका र औचित्यमाथि प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, “केही ...

राष्ट्रियसभाद्धारा निम्न सात विधेयक स्वीकृत 

भाद्र ३० २०७५   ekhabarnepal

काठमाडौं भाद्र ३०,   राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राख्नुभएको थियो । ...

न्यायका लागि छट्पटिरहनु दुःखद् हो- राष्ट्रपति भण्डारी 

भाद्र २९ २०७५   ekhabarnepal

काठमाडौं भाद्र २९,  राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा सङ्लग्न अपराधीलाई कानूनी दायर...

'निर्मला पन्त हत्या प्रकरण':अपराधमा संलग्न जो कोहीलाई पनि छाडिनेछैन - गृहमन्त्री थापा

भाद्र २९ २०७५   ekhabarnepal

काठमाडौं भदौ २९,  कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे राष्ट्रिय सभा बैंठकमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कन्चनपुर घटनामा सरकार गंभिर रहेको र छानबिन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । संसदमा बोल्दै गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणले मुुलुकभर चिन्ता प्रकट भइरहेको भन्दै सरकार यस घटनामा गंभिर...
To Top