मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल वने अर्थमन्त्री, सञ्चारमा गुरूङ  

राजनीति असोज २८ 2077 ekhabarnepal
5f86fe978d082 president office123

काठमाडौं, असोज २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
नयाँ थपिएका मन्त्रीहरुमा रुपन्देही क्षेत्र नं २ वाट निर्वाचित विष्णु पौडेल अर्थमन्त्री वन्नु भएको छ । उहाँ दोश्रो पटक अर्थमन्ी वन्नु भएको हो । पहिलोपटक अर्थमन्त्री वन्दा पौडेल लोकप्रिय वन्नुभएको थियो । यस्तै कृष्णगोपाल श्रेष्ठ शहरी विकास र पार्वत गुरुङ्ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी ीलनुभएको छ । त्यस्तै, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैसँग राख्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ । तीनवटा मन्त्रीहरु थपिनु भएपछि अब मन्त्रालयको संख्या २५ पुगेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top