सात बर्षिया बालिकाको उपचारमा सहयोग जुट्दै 

समाज भाद्र ३० 2077 ekhabarnepal
119191741 2655574744755435 7186954790677508177 n

कपिलवस्तु भदौ ३०।

कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरकी ७ बर्षिया बालिका सोना पौडेलको श्वास नलिमा मासु पलाएर आवाज बिहीन भएपछि उपचारका लागि सहयोगी हातहरु जुट्न थालेका छन् । 
लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था आएपछि आर्थिक अभावका कारण उपचारमा समस्या आउन थालेको अवस्थामा यस्ता सहयोगी हातहरु जुट्न थालेका छन् । 
सोमबार बालदिवसका अबसरमा कपिलवस्तु र रुपन्देहीका युवा अभियान्ताले बालिकाको घरमै गई आर्थिक सहयोग गर्नुका साथै मास्क, स्यानिटाईजर र जुस प्रदान गरेका छन । 
कपिलवस्तु बिजयनगर गाउपालिका ६ की अस्मिता घिमिरे ,रुपन्देही शुद्धोधन गाउपालिका ३ सखवनी अर्जुन रेग्मी र शिबराज नगर चन्द्रौटाकी आर्जु भट्राईले बिभिन्न दाताहरुबाट संकलन गरि नगद ३७ हजार १ सय ५५ रुपैयाँसंगै मास्क तथा स्यानिटाईजर वितरण गर्नुभएको छ । 

सोनाको उपचारका लागि बिभिन्न ठाउँहरुबाट सहयोग जुट्न थालेको छ। भदौ २६ गते कपिलवस्तुको बुद्ध आवाज टेलिभिजनले बालिकाको बारेमा समाचार प्रसारण गरेपछि बालिकाको घरमै आई बिभ्न्नि अभियान्ता ,संघसंस्था संगै देशबिदेशबाट सहयोग आउन थालेको छ ।  


काठमाण्डौंमा ४ पटक गरीएको श्वास नलिको अप्रेशनले अझैपनी निको हुन सकेको छैन । आर्थिक अवस्था बलियो नभएको कारणले सम्पति पनि सकिन लागे पछि बालिकाका आमा गिता पौडेलले सहयोगका लागि अपिल गर्नुभएको थियो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top