आइसोलेसनको अनुभव ःमैले नदेखेका पात्र र उजागर नभएका तथ्यहरू 

समाज भाद्र २६ 2077 ekhabarnepal
118971247 3089016887875727 6502642789767241570 n

विक्रम केसी
कोभड १९ संङक्रमण प्रमाणित भएपछिको आज १२ औं दिन म बुटवल उप महानगरपालिकाले व्यावस्थापन गरेको एन्फा एकेडमी आईशोलेसन सेन्टर बुटवलमा स्वास्थ्य लाभ गरिरहेको छु । सरकारी निकायबाट जारी भएको निषेधाज्ञालाई पालना गरि सावधानी अपनाई घरमै बसेकै अवस्थामा अज्ञात तरिकाबाट मलाई कोरोना संङक्रमणको लक्षण देखा परे पछि आफै बुटवलको नेशनल प्याथ ल्यावमा गरिएको पि सि आर परिक्षणबाट कोभिड १९ पुष्टी भएपछि होम आईशोलेसनमा नबसी नगरपालिकाले व्यावस्थापन गरेको आइशोलेसनमा बसेको छु । एउटा सामाजिक अभियान्ता समेत भएको नाताले आफूले अनुभुत गरेको सिकाई र भोगाईले अन्य नागरिकले केही लाभ प्राप्ति गर्न सक्ने र सम्बन्धित निकायहरूले आफ्नो ध्यान पुराउन नसकेको कुरामा आफ्ना काम कारवाही र गतिविधिहरूको पुन मुल्याङकन गर्न मद्वत मिल्ला भन्ने अभिप्रायले मैले यस लेख मार्फत नदेखिएका पात्र तथा उजागर नभएका तथ्यहरू खोज्ने प्रयत्न गरेको छु 

क. सरकार ः हुनत हामीहरूसँग धेरै सरकार छन् । स्थानीय सरकार,प्रदेश सरकार र संधिय सरकार तर मैले यहाँ सरकार देखेको छैन । म संङक्रमित भएको पुष्टी भएपछि होम आईसोलेशनमा नबसी सरकारद्वारा व्यावस्थापन गरिएको आईसोलेशनमा बस्नुको दुईवटा कारण छन्। पहिलो आफूमा भएको संङक्रमण परिवारका अन्य सदस्यहरू तथा समुदायमा नसरोस् र दोस्रो कारण सरकारद्वारा व्यावस्थापन गरिएका आईसोलेशनका समग्र व्यावस्थापन र त्यहाँ रहेका सङक्रमितहरूको अवस्था कस्तो छ । म यहाँ आउनु पूर्व यस आइसोलेशनलाइ देशकै नमूना आइसोलेशनको रूपमा प्रचार गरिएको थियो तर म यहाँ आएपछि सो तथ्य सत्य पाउन सकिन किनकी तथ्यले सो कुरा प्रमाणित गर्दैन । हाल यहाँ करिब ५० जना जति सङक्रमित हुनुहुन्छ । संख्या दैनिक जाने आउने हुँदा परिवर्तन भइरहन्छ । नयाँ पुराना सबै सङक्रमितहरू पुरूष र महिलाको लागि अलग अलग रहेको छ तर सबैले प्रयोग गर्ने शौचालय एउटै छ नुहाउने धारा पनि सामुहिक नै छ र हातमुख धुन प्रयोग गर्ने बाहिरको टंकीको धाराको टुटी भाचिएको छ ।सामुहिक रूपमा प्रयोग गरिने धारापानी र शौचालय प्रयोग पछि सेनेटाइजेशन गर्ने सेनेटाइजरको व्यावस्था छैन जसको कारण आफै सेनेटाइजर नहुनेहरू पल पलमा पुन सङक्रमणको डरले तडपिनुको विकल्प छैन । पटक माग गर्दा पाइदैन त्यसैले यहाँ सरकार छैन । लामखुट्टेको यहाँ खानी नै छ लामखुट्टे मार्ने किटनासक विषाधी र छर्ने स्प्रेयर माग गर्दा सरकारले उपलब्ध गराउदैन ।त्यसैले यहाँ सरकार छैन । यसलाई आइसोलेशन नभनी सङक्रमितहरूको हालेल्डिङ सेन्टर भन्दा उपयुक्त देखिन्छ । मलाइ  सङक्रमण पुष्टि भएको दुईदिन पछि भाद्र १६ गते मेरो परिवारको कन्ट्याक ट्रेसिग भयो । घर परिवारका सदस्यहरूको पि सि आर टेष्टको लागि स्वाव लगियो । आफू संङक्रमित भएपनि परिवार सदस्य तथा आफ्नो सम्पर्कमा रहनु भएका अन्य कसैलाइ पनि नलागेको होस् भन्ने चाहाना सबैमा रहन्छ नै तर ८ दिनसम्म परिक्षण रिपोर्ट आएन । रिपोर्ट नआउदाको मानसिक तनावको मुल्य मापन गर्न नसकिने रहेछ ।सङ्क्रमणको पिडामाथी समयमा परिक्षण नआउनुको सूचना पनि दिइदैन । कसैको दुइ तीन दिनमै परिक्षणको नतिजा आउने तर धेरैजसोको आठ दश दिन पछि मात्र पि सि आर रिपोर्ट आउने गरेको छ । यति धेरै दिनसम्म रिपोर्ट नआउनुको कारणका बारेमा नगरपालिकाको स्वास्थ्य शाखामा जानकारी माग गर्दा फोन नउठाउने तथा एकले अर्कोलाइ देखाउने र आएको रिपार्टको तत्काल सम्बन्धित व्याक्तिलाई जानकारी नगराइने गरेको पाइयो ।यो गंभिर लापरवाहीको संज्ञा ठान्दछु म । त्यसैले यहाँ सरकार छैन । कतिपय सङक्रमितहरू आफ्नै घरमा आइसोलेशनमा बस्न चाहेपनि टोलका पदाधिकारी तथा अन्य सदस्यहरूले जोर जवरजस्ती आइसोलेशनमा पठाइएको पनि पाइयो । खासगरि बुटवल उ म न पा वडा नं।११ का धेरै जनाको भनाइ रहेको पाइयो । सङक्रमण पुष्टि भएपछि सम्बन्धित व्याक्तिलाइ उचित सर सल्लाह दिने गरेको पाइएन । सङक्रमितहरूको आइसोलेशन तथा परिवार तथा सम्मपर्क रहेका मानिसहरूको करेन्टाइनको व्यावस्थापनमा सरकारका निकायहरूको काम कारवाहीमा कुनै तालमेल देखिदैन । त्यसैले म भन्छु यहाँ नागरिक सरकार छैन । हाल कोरोना सङक्रमित र निजको परिवारलाइ ठूलै अपराध वा कुकर्म गरेजसरी अपमान गर्ने जस्तो घर शिल गरेको भनी त्रसाउने,निजको घरमा नजाने तथा अन्य मानसिक यातना हुने कार्यहरू पनि भएको सुनिएको र यहाँ रहेका केही सदस्यको हकमा पनि गरेको पाइयो । आफ्नो काबुभन्दा बाहिरको परिस्थितिले अज्ञात तरिकाबाट वा सेवा प्रवाहको दौरानमा कोरोना लाग्नुलाइ जसरी हाल घृर्णाजन्य र अपमान गरिदै छ मानिसहरूले रोग लुकाउने र अरूलाइ सार्ने खतरा बढ्दै छ । यो विषय ज्यादै संवेदनशिल हुदाँ हुदैपनि सरकार र यसका निकायहरू यस विषयमा गंभर भएको मैले महशुस गरेको छैन । त्यसैले म भन्छु यहाँ सरकार छ सरकार छैन ।
ख। राजनैतिक दल स्
मैले यहाँ राजनैतिक दलहरू पनि देखेको भेटेको छैन । आईसोलेशनमा बस्न आउने कसैको रहर हुँदैन समय परिस्थितिको बिवसताले यहाँ आउने हो । आइसोलेशनमा आउने मानिसहरू कुनै न कुनै राजनैतिक दलमा आवद्व वा  मतदान गरेका वा सो परिवारको सदस्य त अवस्य पनि होलान नै । महामारीको कारणबाट शारीरिक तथा मानसिक रूपमा तनावमा रहेको व्याक्तिलाइ सम्बन्धित आइसोलेशनमा आइ हौसला दिने,के समस्या परेको छ के सहयोग चाहिएको छ भनी चासो राखेको तथा भेटन आउने गरेको पाइएन । शुखमा त आफै रमाउन जानेको हुन्छ मानिस तर दुःखमा साहारा खोज्ने हो ।चुनाव नजिकै आएको हुदो हो त यहाँ राजनैतिक दलका झन्डाले दैनिक झिकझकाउ हुने थिए आइसोलेशन वा करेन्टााईनहरू तर अहिले महामारी छ त्यसैले यहाँ राजनैतक दल छैन । राजनैतिक दलले सरकारलाइ बाटो देखाइदिने हो ।बाटो देखाउनको लागि समस्या कहाँ छ के समस्या छ समाधानको उपाय के हुन सक्दछ भनी जानकारी चाईन्छ । जानकारी लिनको लागि सम्बन्धित सङक्रमित र निजको परिवारजनसँग भेट गर्ने जानकारी लिन जरूरी हुन्छ तर दलका मानिसहरू सङक्रमित र निजको परिवारलाइ भेटन आएको जस्तो मैले देखिन । सामाजिक संजालहरूमा कोरोना केही होईन भन्नेहरूनै कोरोना लागेको वा निजको परिवारलाइ भेटेमा आफूलाइ नै सर्ने मनोवैज्ञानिक डरले त्रिसत छ । सङक्रमित व्याक्तिलाई भौतिक दुरी कायम गिर मास्क लगायतको सुरक्षा विधि अपनाइ भेट्दैमा कोरोना सर्दैन । आईशोलेशनमा आउदैमा कोरोना सर्ने भएमा यहाँ कार्यरत सुरक्षाकर्मि,व्यावस्थापनमा आउने कर्मचारी,जनप्रतिनिधि,दैनिक योग ध्यान प्रणायम सिकाउने योग गुरू कसैलाइ पनि सरेको छैन त्यसैले त्रसिनु जरूरी छैन । त्यसैले मैले यहाँ राजनैतिक दल देखेको छैन । 
ग. प्रतिपक्ष दल ः
भनिन्छ प्रतिपक्ष दल वैकल्पिक सरकार हो । सरकारका राम्रा काममा सहयोग पुर्याउने र गलत वा सरकारको कमि कमजोरीको खबरदारी गर्नु उसको धर्म हो  । नेपालमा प्रतिपक्ष दल हराएको सूचनाहरू धेरै अघिदेखी प्रकासित हुदै आएका छन तर प्रमुख प्रतिपक्ष दल जनताले महशुस गर्ने गरि भेटन सकेको छैनन ।यो क्रम महामारीको यस अवधि सम्म पनि कायमै छ । राजधानीमा मात्र प्रतिपक्ष हराएको नभइ प्रदेश र स्थानीय तहमा समेत प्रतिपक्ष दल देख्न पाईएन भनी सङक्रमित तथा निजका परिवार भनिरहेछन् । कोरोना रोग नियन्त्रण र व्यावस्थापनमा सरकार तीन तह सरकार  भए गरेका काम कारवाही खबरदारी गर्ने,कमि कमजोरी सच्चाउन दवाब दिने,कोरोनाको नाउमा भए गरेका खर्च तथा अन्य सरोकारका विषयमा सत्य तथ्य तथ्याङ्क केलाउने कार्यमा प्रतिपक्ष दल देख्न पाइएन । त्यसैले म भन्छु यहाँ प्रतिपक्ष दल छैन । 
घ. मिडिया ः 
महामारीको जोखिमका बिचमा मिडया र मिडियाक्रमीहरूले गरि आउनु भएको भूमिका प्रसंशनिय छ ।यधपी खोजमूलक  पत्रकारीताको सवालमा मिडियाको उपस्थिति  कमजोर नै देखियो । धेरै जसो समाचारहरू मृत्यु र सङक्रमितको संख्यासंग सम्वन्धित रहेको पाइन्छ । कोरोनाको कारणबाट कुन कुन क्षेत्रमा कस्तो प्रभाव परेको छ ?,पेशा व्यावसाय गर्ने मानिसहरू लामो समयसमणम व्यावसाय बन्द गर्दा कस्तो समस्यामा परेका छन् ? ,सङक्रमित परिवारहरूलाइ के कस्ता भेदभाव र अपमान भएका छन् ? आइसोलेशन तथा करेन्टाइनहरूको व्यवस्थापन कस्तो छ ? खानपान औषधि उपचार, व्यवस्थापनका सबल पक्ष र दुर्वल पक्षहरू के के छन् भनी स्थलगत अध्ययन गर्न जरूरी छ । सो को लागि सङक्रमित,नजका परिवार व्यवस्थापनमा संलग्न व्याक्तिहरू,सङ्रमणबाट मुक्त भएका व्याक्ति वा परिवारलाइ भेटेर स्थलगत अध्ययनको आधारमा खोजमूलक पत्रकारीताको जरूरी देखिन्छ तर सो सवालमा मेरो बसाईको दौरानमा मिडयाको उपस्थिति पाइन । अपवादको रूपमा आज पत्रकार सि पि खनाललाइ  देखियो ।
ङ. मानवअधिकारवादी संघ सस्था आदि ः
नेपालको संविधानले नागिरकलाइ आधारभूत स्वास्थ्य सेवा प्राप्तिको ग्यारेन्टी गरेको छ । महामारीको  यस अवधिमा राज्यले ठूलो धनराशी खर्च पनि गरेको छ । सङक्रमितहरूको उपचार,बसोवास,औषधि उपचार ,खानपान तथा अन्य आवश्यक सेवा सुविधाको अवस्था कस्तो छ भनि मानवअधिकारको क्षेत्रमा काम गर्ने संघ सस्थाहरूले अनुगमन मुल्याङकन गर्ने र सो को यथार्थ बाहिर ल्याइ सरकारलाइ दवाब दिने कार्य अधिकारकर्मि सस्थाहरूको हो तापनि निजहरूको उपस्थिति पनि देखिएन । 
यस आइसोलेशनको सकारात्मक  पक्ष ः
सङक्रमितहरूको व्यावस्थापन गर्ने कार्य आफैमा जोखिमयुक्त हो । बुटवल उपमहानगरपालिका लगायत अन्य स्थानीय निकायहरूले संचालन गरि आएका क्वारेनटाइन तथा आइसोलेशन ससंञ्चालन गर्नु नै सकारात्मक  कार्य हो । होम आईसोलेशन वा करेन्टाइनमा नबस्ने तथा घर नभइ डेरा गरि बस्नेहरूको लागि सरकाररी संरक्षण र व्यावस्थापन हुनु राज्यको जिम्मेवारी हो । यहाँ बस्ने सबैलाइ खानाको प्रबन्ध मिलाइएको छ । आफै घरबाट मगाएको खाना पनि खान पाइने  हुँदा स्थानीय नागरिकले घरकै खाना खाइ बस्न पाउने सुविधा छ ।दैनिक रूपमा योग ध्यान,प्रणायम,नृत्य सबभन्दा राम्रो र सवल पक्ष हो जसको लागि योग गुरू विष्णुहरिआचार्य कविराज आचार्य धन्यवादको पात्र हुनुहुन्छ । केही आयुर्वैदिक औषधी पनि दिइदै आएको छ । दैनिक सुरक्षाा प्रवन्धमा शुरूदेखी नै खटिदै आउनु भएका प्रहरी हवल्दार खेम विक्रम थापाको सहयोगी व्यावहार प्रशंसनीय रहेको छ । कविराज गणेश सापकोटाको उपस्थितिले सङ्क्रमितलाइ ढाडस दिएको पाइन्छ । प्राकृतिक रूपमा एकान्त तथा हरियाली सहितको खुल्ला स्थानले सकारात्मक उर्जा दिएका छन् । यहाँ रहेका सङक्रमितहरू सबै जसो सक्रिय लक्षण नभएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार एक जना मात्र यहाँ बाट निको नभइ बाहिर पठाइएको सो बाहेक सबै स्वास्थ्य  लाभ लिइ फर्किनु भएको पाइयो । 
तत्काल सुधार हुनु पर्ने पक्षहरू ः
हुनत मैले यहाँ उल्लेख गरेका विषयमा म आइसोलेशनमा आएको दास्रो दिन योग समयमा आउनु भएकी बुटवल उप महानगर पालिकाकी उप मेयर गुमादेवी आचार्यलाइ पुरा गरि दिन अनुरोध गरेको थिए तैपनि यस आलेखमा पुन सम्बन्धित निकायको ध्यानाकर्षणका लागि उल्लेख गरेको छु ।
१. व्याक्तिगत तथा भूइ कोठा बाथरूमको लागि सेनेटाइजर ।
२. प्रयाप्त मास्क उपलब्ध गराइएको छैन कसैले एउटै मास्क दुइ तीन दिन सम्म लगाउने गरेको पाइयो ।
३. लामखुट्टे मार्ने विषादी र छर्ने स्प्रे 
४. नया र पुराना सङक्रमितहरूलाइ राख्ने स्थानको रोटेशन अनुसारको बसाई व्यावस्थापन 
५. खानाको गुणस्तरमा थप सुधार,अधिकाशंले बढी खान खोजेको मासु पाइयो हुनत म पूर्णतः  साकाहारी हुँ तथापी हप्तामा एक दिन सम्म भएपनि मासुको व्यावस्थापन गर्दा उत्तम  
६.  सङक्रमित तथा निजका परिवारहरूलाइ मनोपरामर्श सेवा 
७ . १५ दिनका दिन यहाँबाट डिष्चार्ज गर्दाद पि सि आर नगरि पठाइने तर कागजमा सहि गराउदा पि सि आर रिपोर्ट साथै छ भनी सही गराएको पाइयो । कि त पि सि आर गरि पठाऔं होइन भने झुठ्ठा कागजमा सहि गरि नपठाऔं। 
बाँकी केही भएमा अर्को पोष्टमा लेखौला । तपाई जहा रहेपनि सुरक्षित रहि आफ्नो पेशा व्यावसाय गर्नु होला रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हो । जयनेपाल ।
 

प्राप्त प्रतिकृयाहरू

To Top