बुटवलको कोरोना अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

स्वास्थ्य भाद्र ११ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

बुटवल,भदौ,११  

 लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

 बुधबार बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका ती संक्रमितको राति १० बजेर ५५ मिनेटमा मृत्यु भएको हो।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पतासहितका समस्या थिए।

प्राप्त प्रतिकृयाहरू

To Top