यसरी सकिन्छ ४० लाखलाई रोजगारी सृजना गर्न 

समाज साउन १५ 2077 ekhabarnepal
B

डी.आर. घिमिरे
२०४७ सालको कुरा हो । महिना र दिन याद भएन । सो दिन राती गुल्मीको शान्तिपुरमा जिवराज आश्रितसंगै उनी वसेका थिए । भर्र्खरै वहुदल आएको थियो । पञ्चायतको अन्त्य पश्चात् छुट्टै प्रकारको वातावरण थियो । सवैमा उत्साह थियो । अव चुनाव होला र सरकार वन्ला भन्ने पनि थियो । 
त्यत्तिकैमा उनी अर्थात् डा. वद्री गौतमले आश्रितसंग एउटा जिज्ञासा राखे । उनले भने—अव चुनाव होला । सरकार वन्ला । तँपाई प्रधानमन्त्री वा मन्त्री केही वन्नु होला । जनताले ठूलो आशा गरेका छन् । अव सवै कुरा पूरा हुन्छ भन्ने छ । गास वास कपासको ग्यारेन्टी गर्ने भनिएको छ । आखिरी हामीले गर्ने के हो ? 
 यो प्रश्न गरेपछि आश्रित आधा घण्टा मौन वसे । उनका दिमागमा धेरै कुरा फनफनी घुमे । पछि उनले ब्यक्त गरेका विचार अनुसार त्यतिवेला उनको मानसपटलमा क्युवा, चिन, कोरिया, अमेरिका जस्ता देशहरुको वारेमा विभिन्न सोंचाइहरु आएछन् । उनीहरुले के गरे होलान् भनेर भित्र भित्रै कुरा खेलेछन् । भारतले नाकावन्दी गर्ला । त्यस्तो अवस्थामा के गर्ने होला ? यस्तै अनेकन कुरा मनमनै खेलाउँदै भनेछन्— तँपाइले मेरो आँखा खोल्नुभयो । राजनीति सुध्रिएपछि सवै कुरा सुध्रिन्छ भन्ने लागेको थियो । तर, कुरा त्यस्तो रहेनछ ।                     आखिरी अव के गर्ने  t? 

यसपछि गौतमले जडिवुटीवाट देश वनाउन सकिने विचार राखे । नेपालको भूगोल, हावापानी सवैले साथ दिएकोले शयौं जडिवुटी खेती र तिनको प्रशोधन गरेर रोजगारी सृजना गर्नुका साथै तमाम औषधि निर्माण गर्न सकिने एकसरो कुरा राखे । 
तत्पश्चात् आश्रितले देशको विकासका लागि प्राविधिकहरुको खाँचो पर्ने रहेछ भन्दै एउटा कागजमा सर्सर्तै लेखेर गौतमलाई देखाए । 
त्यसमा लेखिएको थियो—“राष्ट्रिय गरिवी न्यूनिकरण, मानव सभ्यता, विकास तथा स्थानीय कच्चा पदार्थजन्य उत्पादनका सम्भावनाहरु ।” कागजको एक टुक्रामा लेखेको देखाउँदै आश्रितले भने—यो कुरा तँपाइले उठाउनुको अर्थ केही कुरा जानेरै होला भन्दै यस विषयमा एउटा कार्यपत्र लेखेर ल्याउन भने ।  यसपछि दुइ घण्टा छलफल भयो । रातभर सुताई भएन । विभिन्न ढंगले कुरा भए दुइजनाका वीचमा  ।  
हाल २९ वर्ष भयो । आश्रितले टिपोट गरेको वूँदामा टेकेर गौतमले निरन्तर अभियान चलाइरहेकाछन् । तर, आशातित सफलता मिलेको छैन । यसमा सरकारी नियम मुख्य वाधक छन् भने कर्मचारीको मनोवृत्तिले पनि साथ दिएको छैन । 
आयुर्वेदका एकसे एक जिम्मेवार ब्यक्तिलेनै असहयोग गरेको देख्दा उनको मन कुँडिएर आउँछ । त्यसैले त भन्छन्—सरकारको दानापानी खाएर वसेपछि इमान्दारपूर्वक काम नगर्ने हो भने जागीरनै छोडिदिए हुने । ४० लाखलाई रोजगारी सृजना गर्न सकिने विश्वास वोकेर हिडेका गौतमको भनाई छ—अव दुइ वर्ष मात्र कुर्न सक्छु त्यसपश्चात् पलायन हुनुको विकल्प छैन ।
भारतीय उद्योगपतिले धेरै पटक नेपाली नागरिकता त्यागेर वोलाए पनि राष्ट्रप्रतिको मायाँले जान नसकेका गौतमले वनस्पतिको अध्ययन अनुसन्धानमा ३० औं करोड सकेका छन् । तर, विश्वास र इच्छा मेटिएको छैन । गौतमले एउटा विरुवाको अनुुसन्धानमा १२ करोड लगानी गरेको वताउँछन् । कवच नामको सो विरुवा विभिन्न प्रकारका रोगको उपचारमा काम लाग्छ । उक्त विरुवाको स्वामित्व लिन दोब्बर रकम दिएर जर्मनवाट एकजना वागवानी विशेषज्ञले अफर गरे पनि दिइहाल्न मनले मानेन, गौतमको स्मरण छ । 
के काम हुन्छ कवचको ? यो प्रश्नमा उनको उत्तर हैन प्रश्न छ— यसको के काम लाग्दैन ?
कवचको आयुर्वेदीय हिसावले विशिष्ट महत्व छ । आयुर्वेद औषधि निर्माणमा गुग्गुल समुहका सवैभन्दा धेरै औषधि यसैवाट वन्छन् । जस्तै महायोगराज गुग्गुल, कान्चनार गुग्गुल, ऐश्वर गुग्गुल, लाक्ष्यदी गुग्गुल, चन्द्रप्रभावटि लगायतका गुग्गुल तथा बटी समुहका औषधिहरु निर्माण हुन्छन् भने खाद्य औषधि र  सौन्दर्य प्रशाधनका उत्पादन मिश्रणहरुमा समेत यसको प्रयोग गरिन्छ । तन्त्र कर्म गर्ने तान्त्रिकहरुका लागि हिन्दू सस्कार अनुसारका आजा पूजामा हवन तथा धूप आदिमा पनि यसको प्रयोग गरिन्छ । यसको पात नियमित सेवन गर्दा शरीर भित्र आउने साना साना ग्रन्थी (ट्यूमर तथा फन्गस) वाट उत्पन्न हुने क्यान्सरजस्ता प्राणघातक रोगको प्रतिरोधी क्षमता पैदा गर्दछ । मुखको चायाँ पोतो हटाउन र वाथजन्य रोग निवारण गर्न यो सर्वोत्कृष्ट औषधि हुन्छ । साथै विद्युतीय तरंगवाट लाग्ने रोगहरुको      (कम्प्युटर, एक्सरे आदिमा निरन्तर काम गर्नेहरुको लागि) उपचारमा यसको सेवन उपयोगी हुन्छ ।
कवच् के हो ?
गोकुल धूप (Commiphora Mukul)  र अर्को एक वनस्पतिको प्रजाति सलाई (Boswelia serrata) यी दुइवटा वनस्पतिलाई जोडेर एउटा विरुवा वनाइएको हो । अन्तर जातीय विरुवा जोडेर एउटा वनाउनु वैज्ञानिकहरुको लागि ठूलो चुनौतिनै थियो । यसका लागि पूरै ६ वर्ष लागेको थियो । यी दुवै वनस्पतिवाट चोप निस्कन्छ । यिनको चोपलाई गोकुल धूप भनेर चिनिन्छ । यसरी जोडिएर तयार भएको वनस्पतिले शरीरको लागि कवचको काम गर्छ । अर्थात् कवचले जस्तै शरीरको रक्षा गर्ने । त्यसैले यसको नामाकरण कवच गरियो ।
  गौतम आफैले पनि नयाँ नयाँ स्वजातीय विरुवा वनाउन सक्ने ल्याकत राख्छन् । यसप्रति उनलाई  विश्वास पनि छ । तर, उनले अरुलाई वुझाउन सकेका छैनन् । खासगरी सरकारी मान्छेलाई त फिटिक्कै वुझाउन सक्दैनन् । राजनीतिक ब्यक्तिलाई वुझाउँछन् तर, प्रायः उनीहरु कर्मचारीसंग भेट भएपछि लत्रन्छन् ।
कवच त्यस्तै नयाँ विरुवा हो । जसलाई भारतका चारवटा विश्वविद्यालयका रिटायर्ड वैज्ञानिकहरुले तयार गरेका हुन् । जसको आफ्नै कथा ब्यथा छ ।
२०४७ सालको कुरा हो । आश्रितसंगको भेट पश्चात् एक दिन उनी काठमाण्डौ गएँ । पुतली सडकको म्युचियल वुक सेण्टरमा केजीको भाउमा पुस्तक विक्री भएका थिए । त्यो देखेर उनी छक्क परें । उनले २० केजी पुस्तक किने । रसियामा कम्युनिष्ट असफल भएपछि सशुल्क वितरणका लागि राखिएका पुस्तकहरुको पसल वन्द गर्ने सोंच आएछ । उक्त पसल एकजना भारतीय ब्यक्तिले गरेका थिए । उनले ११० देशमा पुस्तकको कारोवार गर्थे । यसको अर्थ प्रकारान्तरले कम्युनिष्ट विचारको प्रचार प्रसार । जव रसियामा कम्युनिष्ट ढल्यो त्यसपछि कारोवार पनि सकियो भनेर भएभरका पुस्तक छिटो भन्दा छिटो वेच्नका लागि किलोका भाउमा विक्री गर्दो रहेछ उसले ।
गौतमलाई किन हो कुन्नी उसलाई भेट गर्ने इच्छा भएछ । पसलमा भएका ब्यक्तिलाई प्रस्ताव गरे । वडो मुस्किलले भेट गर्ने समय पाए । माथिल्लो तलामा भेट्न जाँदा ऊ आफ्नै काममा ब्यस्त देखिन्थ्यो  । घोप्टो मुन्टो लगाएर काम गर्दै थियो । त्यही वीचमा क्या चाहिए वोलो वोलो भनेछ उसले । तर टाउको उठाउँदैन । 
धेरै वेरपछि ऊ टाउको उठाएर कुरा सुन्न तयार भयो । गौतमले आश्रितलाई पेश गरेको कार्यपत्रको संक्षिप्त रुप सुनाए । जसका लागि तदनुसारको जनशक्ति अर्थात् वैज्ञानिकहरुको आवश्यकता थियो । त्यतिवेलाको अवस्थालाई स्मरण गर्दै उनले भने—मसंग वनस्पतिसम्वन्धी ज्ञान भएकोले जडिवुटी खेती कसरी गर्ने कहाँ कहाँ र कस्तो हावापानी भएको ठाउँमा गर्ने भन्नेमा स्पष्ट थिएँ । सवै वताएपछि ऊ साँच्चिनै प्रभावित भयो । किनकि ऊ ब्यावसायी थियो ।
गौतमले जे भन्दै थिए त्यसका लागि उच्चस्तरको ल्याव र चार प्रकारका वैज्ञानिकको खाँचो हुन्थ्यो । करिव १० करोड खर्च हुने उनको अनुमान सुनाए । तैपनि उसले चलिए मेरे साथ भन्यो । यसपछि उनी उसैसंग गए । भारतका विभिन्न ठाउँमा उसका दर्जनौं परियोजनाहरु हेरे । उत्तरप्रदेश, बम्वै, राजस्थान, दिल्ली लगायतका चर्चित शहरमा संगै घुमे ।
दिल्लीमा पुगेपछि गौतमको सल्लाह अनुसार विभिन्न विश्वविद्यालयका निवृत वैज्ञानिकहरुसंग वस्नु थियो । उनकै सल्लाह अनुसार मुक्त विद्यापिठ नासीका एकजना, चौधरी चरणसिंह विश्वविद्यालय हिसारका एकजना, इलाहावाद विश्वविद्यालयका एकजना र पुषा विश्व विद्यालय दिल्लीका एकजना गरी चार जना वैज्ञानिकहरु जम्मा भए । गौतमले परियोजनाको विस्तृत विवरण सवै वताए । उनीहरु अनुसन्धानमा लाग्न तयार भए । तर, वर्षको दुइचारपटक उनी जानु पर्दथ्यो । करिव दुई  वर्षको विचमा २०५० सालमा आइपुग्दा उक्त कामको रिजल्ट देखिन थाल्यो । विडम्वना यो रिजल्ट जिवराज आश्रितलाई देखाउन नपाउँदै दासढुंगा दुर्घटना भयो । सवै सपना चकनाचुर भए ।  
त्यसपश्चात् २०५८ सालसम्म गौतम उतै रहे । त्यही विचमा कवचको परिणाम देखियो । आयुर्वेदलाई आयुपैथी नामाकरण गरी नयाँ ढंगले चलाउने निधो भयो । यसको कारण थियो पाँच हजार वर्षको आयुर्वेद पुरानो भयो । एलोपैथी र आयुर्वेदको जोड आयुपैथी थियो । अर्थात् रोगको परीक्षण एलोपैथीवाट गर्ने र उपचार आयुर्वेद तरिकाले गर्ने जसलाई आपुपैथी भनियो । यो नयाँ फर्मुला थियो । यसलाई सरकारले मौलिक विधि मानेर जाने हो भने संसारभर प्रचार गर्न सजिलो हुन्थ्यो भन्ने विश्वास अझै पनि मरेको छैन उनमा ।
यी सवै विषयलाई ब्यवहारमा उतार्नका लागि नागरिक समाज, सरकार, राजनीतक दल वा सरोकारवाला सवै तयार हुनुपर्छ । यसो हुँदा मुलुकको मानप्रतिष्ठा पनि उचो हुन्छ । यो विश्वासका साथ जडिवुटीको अभियानका लागेका गौतम सवैतिरवाट हेपिएको महसूस गरेका छन् । तर, उनी भने तत्कालिन नेकपा मालेका नेता संगठन विभाग प्रमुख जिवराज आश्रितले देखाएको वाटोवाट विचलित छैनन् । 
वि.सं.०६८ सालमा त्र्यम्वकम् जडिवुटी सहकारी सस्था लि. दर्ता गरी सो मार्फत् रुपन्देहीमा १ लाख र देशभरी ४० लाखलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको थियो । सम्भवतः नेपालमा पहिलो पटकनै हुनुपर्छ त्यसप्रकारको सहकारीको स्थापना भएको । आखिरी सो सहकारीको उद्वेश्य के थियो त ? एकै वाक्यमा उनी भन्छन्— 
नेपाल जलवायु, वनौषधि र खनिज धनवाट सर्वसम्पन्न राष्ट्र हो । हाम्रा नाङ्गा आँखाले देख्ने वोटविरुवा, झारपात सवै नगद धन हुन् । दुर्भाग्यवस तिनको पहिचान र उपयोगको तरिका नजान्नाले सित्तैमा विदेशिने वा कुहिएर खेर जाने गरेका छन् । ती वनस्पतिको पहिचान, सङ्कलन, खेती, प्रशोधन गरी सही मूल्यमा विदेश निर्यात् र स्थानीय उपभोगको लागि योग्य वनाउन सीप, श्रमशक्ति र अर्थ संकलन गर्ने उद्वेश्य हो । 
यो सहकारीको सदस्य वन्नेलाई १५ लाखको दुर्घटना विमा गर्ने, १५ प्रतिशत प्रतिफल लाभांसको सुरक्षण, प्रति वर्ष २०० युवालाई जडिबुटी पहिचान गराई ब्यापारयोग्य जडिवुटी खेती, उत्पादन, प्रशोधन तथा विक्री प्रवद्र्वन तालिम दिई प्राविधिक जनशक्ति तयार गर्ने र आयुर्वेदीय औषधिको उद्योग तथा सुगन्धित तेल उत्पादन गर्ने उद्योगको स्थापना गर्ने लक्ष्य छ । कतिपय काम भइरहेका छन् ।
अहिले विभिन्न ठाउँमा जग्गा लिजमा लिई जडिवुटी खेती भइरहेको छ । १२ करोड लगानी भएको कवचका  २ लाख विरुवा तयार हुँदै छन् । यसलाई यो वर्षदेखि ब्यापक रुपमा उत्पादन गरी किसान समक्ष पुर्याउने उद्वेश्य छ । यसका विरुवा कम्तिमा १ करोड तयार गरी देशभरी लगाउँदा एक थान धनसत्व यन्त्र मेसिन पूर्ण रुपमा सञ्चालन गर्न सकिने भएकोले सो अनुरुपको तयारी गरिदैछ । यसवाहेक त्र्यम्वक्खर, अश्वगन्धा, जेठीमधु, चित्रक, लेमनग्रास, गुलाफ लगायतका जडिवुटीको १५ विगाहा जग्गामा खेती शुरु गरिएको छ ।
हाल पूर्वाञ्चलको सुनसरीमा ५ विगाहा, सप्तरी सिराहामा १५ विगाहाका लागि त्र्यम्वक्खरको विरुवा लगिदैछ । करिव शय विगाहा पुर्याउने कार्यक्रम रहेको छ ।  
सवै क्षेत्रको सम विकासका लागि नेपाललको भौगोलिक अवस्था अनुसार उत्पादन गर्ने योजना पनि उनीसंग छ । एक गाउँ एक उत्पादन उनैले वनाएको सोँच हो । उनले यसमा थप एक चाक्ला वहु किसानको नीति पनि वनाएका छन् । समग्र नेपाललाई १ हजार चाक्लामा वाँड्ने योजना उनीसंग छ ।  १ चाक्लामा २०० घरपरिवार हुन्छन् । ती सवै परिवारले एक उत्पादन गर्नुपर्ने वास्तविक सोंच हो उनको । यसरी कार्यक्रम लागु गर्ने हो भने ४० लाखलाई उत्पादन क्षेत्रमा लगाउन सकिने विश्वास छ उनको ।
अहिले पहाडी क्षेत्रमा वाँदर आतंक छ । यसका लागि वाँदरले नखाने वनस्पतिको खेती गरेर आम्दानी गर्न सकिने सुझाव उनको छ । जडिवुटीलाई उनले दुइ भागमा वाँडेका छन् । ब्यापारिकयोग्य र वतासे । भन्छन्—उत्पादनमा पाँच तहमा वाँड्न सकिन्छ ।  खाद्य औषधि, रोग औषधि, सुख्खा मेवा, मसलाजन्य र सौन्दर्य प्रशाधन । 
यी विरुवालाई पहाड, तराई र हिमाल गरी फरक फरक ढंगले खेती गर्दा ब्यापक रोजगारी र आम्दानी गर्न सकिने अवस्था छ । विडम्वना उनको यो कुरा सरकारी कर्मचारीले पटक्कै वुझ्दैनन् ।
निरन्तर अनुसन्धानमा क्रियाशील गौतमले कोरोनाको औषधि पनि निकालेका छन् । यो औषधिलाई उनी  आफैले २४ जनामा प्रयोग गरेर परीक्षणसमेत गरेका छन् । जस अनुसार लक्षणविनाका कोरोनालाई ६ दिनमा १२ खुराकले ठिक हुन्छ । लक्षणसहितकालाई १० दिनमा २० खुराकले ठिक हुन्छ । तर, यसलाई सरकारले सहज परीक्षण गर्न दिएको छैन । 
हाल उत्पादित वस्तु
अहिले पनि विभिन्न प्रकारका औषधि र औषधिजन्य खाद्यान्न ृत्पादन भइरहेको छ । तर, वजारीकरण गर्नका लागि पर्याप्त उत्पादन गर्न सकिएको छैन । उत्पादित वस्तु जति छन् ती अब्बल दर्जाका छन् ।  चियामा हर्वल फान्ट, वलवान सातु, सुत्केरी पिठोको रुपमा प्रसिताअम्रित, मर्दनाम्, विभिन्न टक्सिन फाल्ने पञ्चगब्य, गौंथली, आनन्दवटक, सहकारी प्रसादजस्ता चिजहरु असाध्यै महत्वपूर्ण मानिन्छन् । 
यसवाहेक सहकारीमा आवद्व धेरैलाई रोजगारी सृजना गर्नका लागि पूजाका लागि चाहिने वस्तु पनि उत्पादन हुन्छन् । यसमा सर्वोषधि, सप्तधान्य, सप्तमृतिक, धारोष्ण गोमुत्र, पवित्र गंगा जल, विभूति, पञ्चवल्ल र कुस आदि छन् । यी सवै गर्दा ३५० ले रोजगारी पाइरहेका छन् । यो वर्ष ७ शयलाई रोजगारी सृजना गरिने भएको छ ।
जडिवुटीको खेती पनि संगसंगै भइरहेको छ । हाल त्रम्वख्खर, कवच, गुलाफ, लेमनग्रास,को खेती भएको छ भने आगामी वर्ष जेठी मधु, निषोध, चित्रक, वायु विडङ्गालगायत १४५ प्रजातिका वनस्पतिको खेती गर्ने योजना छ । 

प्राप्त प्रतिकृयाहरू

To Top