ओलीलाई भेटेपछि दाहालको स्थायी कमिटी बैठक, बैठक सुचारु गर्न सक्नुहुन्न ः नेम्वाङ

राजनीति साउन १३ 2077 ekhabarnepal
Baa2ff70afc7ee356b866c68262554b1 w1000 h500 cp

 काठमाडौँ, साउन १३  

अनिश्चितकालका लागि स्थगित भएको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।  प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

 बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए।

 प्रचण्डले ओलीसँगको सहमतिमा बैठक सुरु गरेका हुन् वा ओलीको असहमतिकैबीच बैठक अघि बढाएका हुन् भन्ने खुलिसकेको छैन ।

 यसैवीच नेकपाका स्थायी कमिटि सदस्य तथा केपी ओली निकट प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले पार्टीको स्थायी कमिटी बैठक औपचारिक रुपमा स्थगित भइसकेकोले अब त्यसलाई दाहाल नेपाल समूहले मात्रै अघि बढाउन नसक्ने बताएका छन्।  देश सञ्चारसँग उनले भने, ‘बैठक औपचारिक रुपमा स्थगित भैसक्यो अब दाहाल–नेपालले मात्रै चाहेर बैठक अघि बढ्न सक्दैन।’  नेकपा संसदीय दलका उपनेता समेत रहेका उनले बालुवाटारको सभाकक्षमा दाहाल नेपाल समूहको बैठक चलिरहेकोबारे भने, ‘त्यो खुमलटार भेला जस्तै हो।’  ‘उहाँहरुको हिजोसम्म खुमलटारमा भेला हुन्थ्यो, त्यो भेला आज बालुवाटारमा सरेको मात्रै हो, त्यसलाई स्थायी कमिटिको बैठकका रुपमा उहाँहरुले अघि बढाउन सक्नुहुन्न,’ नेम्वाङले भने ।

 उनले अघि भने, ‘बैठक औपचारिक रुपमा स्थगित भइसकेको छ अब प्रचण्ड नेपालले बैठक सुरु गर्न सक्नुहुन्न ।’  नेम्वाङ अहिले प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उक्त छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।  ओलीले बैठक स्थगित भइसकेपछि दाहाल नेपाल समूहले चाल्न सक्ने कदमबारे निकट नेताहरुसँग परामर्श गरिरहेका छन् ।  बालुवाटार भित्रै अर्का अध्यक्ष पुष्प कमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहको छुट्टै छलफल चलिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षभित्र दाहाल नेपाल समूहका अधिकांश नेताहरु उपस्थित छन् ।

 बैठक स्थगित भएको सूचना पाएपछि बालुवाटारबाट फर्केका नेताहरु पनि प्रचण्ड नेपालले बोलाएपछि पुनः बालुवाटार फर्केका छन् ।  बैठकलाई औपचारिक रुपमै अघि बढाउने बारे उनीहरुबीच छलफल चलिरहेको बताइएको छ । बैठक कक्षमा केपी ओली पक्षका नेताहरु भने उपस्थित छैनन् ।

बहुमत सदस्यको बैठक हो ः प्रचण्ड
  
त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी स्थायी समितिको निरन्तरता नभई बहुमत सदस्यहरुको बैठक भनी बालुवाटारमा बैठक सञ्चालन गरेका छन्।

पार्टीमा दुर्घटना हुन नदिन त्यसो गरिएको प्रचण्डले सो बैठकमा जानकारी गराएका छन्।
महासचिव विष्णु पौडेल लगायत ओलीपक्षीय स्थायी कमिटी सदस्यहरु भने सो बैठकमा सहभागी भएनन्।

 

प्राप्त प्रतिकृयाहरू

To Top