अव नेपालको बिकासलाई यसरी सूत्रबद्ध गर्नुपर्छ

राजनीति असार १५ 2077 ekhabarnepal
Hqdefault

डा.युवराज संग्रौला
१. अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे। अर्थतन्त्र ध्वस्त भयो। जब युद्ध समाप्त भयो, उनीहरुले उत्पादनको अभियान चलाए। छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो। सम्पूर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो। कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो। एक समय भारतको कटन बजारले बिश्वको ८५ प्रतिसत माग पूरा गर्थ्यो।जब अमेरिकी कटन उत्पादनले बजार समात्यो, भारतीय कटन १५ प्रतिशतमा झर्यो। शशी थरुरको किताब हेर्नु होस्। एकातिर कृषिले अमेरिका बनायो अर्कातिर उपनिवेशले भारत सिध्यायो। हाम्रा केही मन्त्री संधै बिदेशी लगानीको कुरा गर्छन। अर्काको धनले धनी भइन्न।
२. चिनको बिदेशीले हुर्मत काढेका थिए। आफिम खुवाएर नागरिक समाप्त। ॠण दिएर सरकार ध्वस्त। घुस दिएर कर्मचारी जति बिदेशी एजेन्ट। १९११मा माओले पेकिङ्ग बिश्वबिद्धालयमा पढिरहेका चाओ एन्लाइ लाई भने। ूरास्ट्रपति को राम्रो को नराम्रो, र कस्लाइ हटाउने र कस्लाइ राख्नेू कुरा अहिले चिनको  समस्या समाधान गर्ने उपाए होइन। उनले भने जब देश बिदेशीले खोक्रो पारेका हुन्छ्न्, मानिस निरासाको रोगबाट ग्रस्त हुन्छ्न्। त्यसैले अब चीनलाई बदल्नु पर्छ। गाउँका किसानलाई जगाउनु पर्छ। किसानलाई देश बनाउने तपाइँहरुले नै हो भनेर बताउनुपर्छ।
३. जब चीनमा क्रान्ति सम्पन्न भयो। देश लथालिङ्ग थियो। उत्पादन थिएन। बाल मृत्यु, सुत्केरी मृत्यु, रोग ब्याधी, गरीबी र अराजकताले चीन ग्रस्त थियो। चाओलाई माओले भने,  समाज रोग निको पारेपछि मानिसको दिमाग स्वस्थ हुन्छ। अतः समाजको सुधार र उत्पादनको अभियान साथसाथै लैजानु पर्छ।गाउँमा कृषि पाठसाला र कृषि उत्पादन सङ्गै अभियानका रुपमा अधि बढ्यो। किसानहरुलाई तालिम दिइयो। कृषिमा आमूल परिबर्तन भयो। 
४. कोरियाले औद्योगिकरणमा जानु पहिला कृषिलाई आधुनिकीकरण गर्यो। क्युवाले संसारलाई पुग्ने चिनी उत्पादन गर्यो। रसियालाई चिनी दिएर तेल किन्यो। संसारबाट स्वयंसेवक बोलाएर कृषि उत्पादन बढायो।
५ं जुन देशले कृषि उत्पादनलाई नजरान्दाज गर्छ, त्यो कहिले पनि माथि जांदैन।नेपालको हालत अहिले कम्जोर छ। 
हामीले देश बनाउने समय बर्बाद गर्यौं। हामिले हाम्रो २ शय बर्ष लामो अपमानित इतिहासलाई बदलेर स्वाभिमानको निर्माण गर्ने कुरालाई बेवास्ता गर्दै आयौं। हामीलार्इ आधा नेपाली हुँदा गौरव भयो। हामीले हाम्रो इतिहासको निर्माण गर्ने मानिसको अपमान गर्यौं। आज पनि इतिहास कलंकित छ। अब देश बनाउने सोचको निर्माण हुनु पर्छ। हाम्रा हातहरु सिर्जना गर्छ्न्, हातलाई दिमागले चलाउनु पर्छ। त्यसैले नयाँ सोचको बिकास गरौं।
क. हाम्रो इतिहासको पुनर्निर्माण गरौं। राजा एल्म्बर बाट नेपालको पहिचान बन्यो। उन्को सम्मान हुनुपर्छ। राजा अंसुबर्माले मौखरीहरुलाई हराए र नेपालको नयाँ इतिहास निर्माण गरे। राजा नरेन्द्रदेबले मगघ र चीन सङ्ग संबन्ध गांसेर नेपालबाट रेशममार्ग चलाए। उन्को पनि संम्मान हुनुपर्छ। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे उन्को पनि सम्मान हुनुपर्छ। बंशु गुरुङलेले किन्लोकलाई हराएर नेपालमा बृटिसलाई पस्न दिएनन। उन्को पनि सम्मान हुनुपर्छ। पश्चिमको किल्लामा उपनिबेशका बिरुद्ध लड्ने भक्ति थापा, अमर सिंह थापा, बलभद्र कुवंर, रन्जोर सिंह थापा लगाएतका सबै सहिदहरुको इतिहास लेखिनु पर्छ।
ख. देशको सम्मान र समाजको परिबर्तनका लागि गीत गाउने कबिता लेख्ने  रामेस, मन्जुल, गोकुल जोशी, हरिभक्त रिमाल, बूँद राना,  युद्ध प्रसाद मिस्र थुप्रै आहिले सम्म बेवास्ता गरिएका सबै प्रतिभा र श्रस्टाको इतिहास इज्जत र सम्मान हुनु पर्छ।
ग. आफनो क्षेत्रमा नेतृत्व गर्ने जस्तै वकिलका कृष्ण प्रसाद भण्डारी र शम्भुप्रसाद ज्ञवाली, डा. मथुरा श्रेष्ठ जस्ता सबै क्षेत्रमा मुर्धन्यहरुको सम्मान हुनुपर्छ। तर त्यसो गर्न पहिला त्यस्तो समाजको निर्माण गर्ने बिचारको खेती गर्नुपर्छ। बिचारको तागत हजारौं सैनिकको भन्दा शक्तिशाली हुन्छ।
घ. अब हरेक नेपालीले कृषिको आन्दोलन निर्माण गर्नुपर्छ। एमसिसिका कुरा गर्ने, बिदेशी लगानीका गफ गर्ने गफाडीहरुलाई तिमी बिदेशीले किनेका मानिस हौ भन्ने बेला आयो। पांच बर्षमा देशलाई चाहिने सबै किसिमका खाद्यान्नमा देशलाइ आत्मनिर्भर बनाऔं। अर्को पांच बर्षमा कृषिमा आधारित उद्योगहरुको निर्माण गरौं। तब मात्र बिदेशी लगानी आउला। बिदेशी लगानी आउनु पूर्व देश लुट्ने, कमिसनतन्त्र चलाउने र नेपालीका नाममा नेपाल लुटने माफिया र तिन्का मालिकहरुलार्इ फ्यांक्न सक्नुपर्छ।
ङ. रास्ट्रीयता बिनाको बिकास शोषण र दलालिको स्वरुप हो। अमेरिकाले ूपहिला अमेरिकाू भन्दा हुने हामीले किन मेरो रास्ट्र भन्दा दूतावासका भात खानेहरुले उग्र रास्ट्र्बादी भन्ने ? हो हामी रास्ट्रबादी हुनैपर्छ। तर रास्ट्र्बादी भनेको राजाबादी होइन। राजा होइन रास्ट्रबादीले जनता बोक्छ। असल राजाको पनि सम्मान त हुन्छ।
च. अब सेनाको संख्या २, ५०, ००० पुर्याउनु पर्छ। सैनिक ब्यारेकहरुलाई उत्पादनका केन्द्र पनि बनाउनु पर्छ। सेना भित्र उत्पादन बृगेडको निर्माण हुनु पर्छ। लड्ने र उत्पादन गर्ने दुबै थरीको नेतृत्व सेनाले २० बर्ष सम्म गर्नु पर्छ।
छ. बिश्वबिद्धालयका बिद्यार्थीलाई रास्ट्रीय सेवामा प्रयोग गरि शिक्षालाई ब्यावसायीकरण र रोजगारी दुबैसंङ्ग जोडनुपर्छ।
ज. निर्माणका लागि रास्ट्रीय निर्माण प्राधिकरणको निर्माण गर्नु पर्छ।
अहिले देशका समस्या भनेका टपरटुंइया गफाडी हुन्, जस्का डिग्री छ्न् तर ज्ञान र बिज्ञान होइन अल्प ज्ञानको रोगमात्र छ। यिनैले राज्य पनि समातेका छ्न, यिन्कै हातमा राजनीति पनि छ। यस समुहमा आफुलाइ इमान्दार देखाउने गफाडी र राज्य दुहुने छ्ट्टु पनि छ्न। अब अरुलाई होइन आफैंलाइ चिनौं। अब हामी सङ्ग दस बर्षको समयमात्र छ। अहिले नै सोच्न नथाल्ने हो भने देश रहने छैन। देशलाई क्युवा जस्तो बनाउने वा पेलेस्टाइन जस्तो ?
 

प्राप्त प्रतिकृयाहरू

To Top