मध्यरातमा भएको कार दुर्घटनामा पत्रकार पाण्डेको दुःखद मृत्यु

समाज असार १४ 2077 ekhabarnepal
106170164 197223864950747 2159580066961264142 n

 

बुटवल,असार १४ । शनिवार राती सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल(भैरहवा सडक खण्डको ड्राइभर टोलमा राती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोर्टर कृष्णबाबुले ज्यान गुमाएका हुन् ।  उनी तिलोत्तमा वडा नं. १ नयाँमिल निवासी हुन् ।

 बुटवलदेखि आफ्नो निवास तर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते कृष्ण बाबुलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा कार ठोक्किएको पाइएकोले सोही कारणले दुर्घटना भएको अनुमान गरिएको छ । पोष्ठमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घटनास्थलवाट प्रहरीलेनै घाइतेलाई उठाएर अस्पताल लगेको थियो ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध कृष्णबाबु कलाकारसमेत हुन् । न्यूज २४ को रिपोर्टर पाण्डे पावर न्यूज नेपालका सञ्चालक पनि थिए ।

दुर्घटनाग्रस्त क्षतविक्षत कार

प्राप्त प्रतिकृयाहरू

To Top