विलक्षण प्रतिभाका धनी क.मदन भण्डारीै  

समाज असार १३ 2077 ekhabarnepal
Bal bhd acharya

वलवहादुर आचार्य
सफल व्यक्तित्वहरु कुनै नयाँ काम गर्दैनन बरु उनीहरुले त्यहि कार्य नयाँ तरिकावाट गर्दछन भनिन्छ । कुशल नेतृत्व र अदभुत क्षमता भएका मानिसहरुलाई कुनै पनि कार्य अरुको तुलनामा ज्यादै छिटो र ज्यादै सुव्यवस्थित रुपमा सम्पन्न गर्दछन भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका सफल व्यक्तित्व कमरेड मदन भण्डरीको जीवनकालवाट पनि प्रमाणित हुन्छ । उहाँ पार्टीको केन्द्रिय कमिटीमा संगठित भएको एक दशकमै पार्टीको सर्वोच्च पदमा पुग्नु, महाधिवेशनले विजारोपण गरेको नयाँ विचारलाई १ बर्षमै प्रयोगमा ल्याउनु र नेपालको लामो समयको निरंकुश राजतन्त्रलाई समाप्त गर्नका लागि सवै राजनैतिक दलहरुलाई एक स्थानमा ल्याउदै नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार स्थापित गर्दै त्यसको सफल प्रयोग गरी विश्व कम्युनिष्ट आन्दोलनमा समेत एउटा नयाँ बहसको शुरुवात गराउनु निकै चुनौतीपूर्ण कार्यहरु हुन तर पनि यी सवै कार्यहरु बदलिदो राजनैतिक परिवेशमा कुशलताका साथमा पार्टीलाई एक ढिक्का बनाउदै सम्पन्न गराउन सक्नु विलक्षण प्रतिभाकै नतिजा हो । उहाँले नेपालको राजनीतिमा ४० बर्षको युवा अवस्थामै यी अदभूत क्षमताको प्रदर्शन गरेकै कारण प्रतिक्रियावादीहरुको षडयन्त्रमा परि नेपालको राजनीतिवाट सदाका लागि बिदा भएर जानु भयो । उहाँको भौतिक शरिर हाम्रा सामु नरहे पनि उहाँको बैचारिक नेतृत्व नेपालको कम्युनिष्ट आन्दोलन र राजनैतिक आन्दोलनमा अझ पनि उत्तिकै सान्दर्भिक र उर्जावान छन् । 
शुरुका राजनैतिक कृयाकलाप ः
कमरेड मोदनाथ प्रश्रितका अनुसार कमरेड मदन भण्डारी आफनो पढाइ सकेर मोरंगको इटाहरामा आई पहाडवाट बसाई सराई गरेर आएको ठुलो परिवारलाई व्यवस्थित गर्ने कार्यमा लाग्नु भयो । केहि समयमा आफनो परिवारलाई केहि व्यवस्थित गरी सके पछि कमरेडहरु जीवराज आश्रित र मोदनाथ प्रश्रितको सल्लाहमा उहाँ पार्टी काममा पूर्णकालिन रुपले लाग्ने सोचका साथमा पार्टी काममा सहभागी हुनु भयो । कमरेड मदन भण्डारी, मोदनाथ प्रश्रित र जीवराज आश्रितहरु बनारसवाटै एउटै साहित्यिक मंचमा काम गर्नु भएको र क पुष्पलालवाट असान्तोष भई कम्युनिष्ट पार्टीलाई शसक्त रुपमा अगाडी बढाउनु पर्दछ भनी मुक्तिमोर्चा समुहमा गोलबन्द हुनु भएको थियो । उहाँहरुमा छुट्टै कम्युनिष्ट पार्टी निर्माण गर्ने सोच नभई नेपालमा छिन्न भिन्न भएको कम्युनिष्ट आन्दोलनलाई एकिकरण गरी अगाडी बढाउने आशयकासाथ मुक्ति मोर्चा, को के, पूर्वको रातो झण्डा, शन्देस समुह लगायत समुहको एकतामा नेकपा माले गठन हुन पुग्यो । 
केन्द्रिय निकाय हुदै सर्वोच्च स्थानमा ः
कमरेड मदनकै कार्यक्षेत्र मोरंगको इटहरामा उहाँकै व्यवस्थापनमा २०३५ साल पौषमा नेकपा माले गठन भयो । उक्त कमिटीको केन्द्रिय कमिटीमा क मदन पनि संगठित भई कम्युनिष्ट आन्दोलनको महाअभियानमा कृयाशील हुन पुग्नु भयो । त्यति बेला कम्युनिष्ट पार्टीले व्यवस्थित रुपमा पार्टीका कार्यक्रम तथा कार्यनीतिहरु तयार गरी सकेको थिएन । विगतमा प्रयोग भएका कार्यनीतिहरुको बारेमा पनि व्यापक रुपमा बहस तथा छलफलहरु गर्दै प्रयोगमा पनि गई रहेको थियो । विशेष गरी अव कम्युनिष्ट पार्टीलाई कसरी जनताको वीचमा पुरयाने र नेपाली समाजलाई कसरी आमूल रुपान्तरण गरी नेपाली जनताको हक अधिकारलाई स्थापित गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र बहश एवं छलफलहरु चलिरहेकै थियो । 
कमरेड मदन पार्टीको संगठनात्मक काममा सक्रिय हुदै २०३७ सालवाट आफना विचारहरुलाई पनि प्रभावकारी रुपमा राख्ने र बैचारिक बहशहरुमा सकृयता देखाउन थाल्नु भएको थियो । उहाँले एक दशककै अवधिमा बैचारिक बहसवाट आफुलाई माथि उठाउदै पार्टीको सर्वोच्च नेताका रुपमा ०४६ सालको नेकपा मालेको चोथौ महाधिवेशनमा स्थापित गर्नु भयो । उहाँ पार्टीको महासचिवका रुपमा निर्वाचित हुनु भए पछि महाधिवेशले पार्टीको कार्यनीतिमा परिवर्तन गरी जन आन्दोलन मार्फत निरकुश राजतन्त्रको अन्त्य गरी प्रजातान्त्रिक पद्धतिवाट जनताको शासन व्यवस्था स्थापित गर्नु पर्दछ भन्ने निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा लागि पर्नु भयो । 
क।मदन भण्डारीले २०४६ भदौमा भएको नेकपा मालेको चौथौ महाधिवेशनमा पार्टी निर्माण बारे आधारभूत प्रस्तावना नामको दस्तावेजमा पार्टी निर्माण तथा पचिालनका बारेमा ज्यादै महत्वपूर्ण विचार प्रस्तुत गर्नु भएको थियो जसमा रहेको एउटा सानो अंश जो अहिले पनि अत्यन्त सान्दर्भिक भएकोले उल्लेख गरिएको छ । कम्युनिष्ट पार्टी संचालित हुने बिज्ञानसम्मत संगठनात्मक सिद्धान्त हुन्छ, त्यो लेनिनवादी संगठनात्मक सिद्धान्त हो । यसलाई पालना नगर्ने कम्युनिष्ट पार्टीहरु छिन्न भिन्न हुन्छन् र त्यस्तो भएन भने पनि तिनिहरुले आमूल रुपान्तरणको अगुवाई गर्न सक्दैनन् । हाम्रो देशमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो र २२ सालमा विभाजित एवं छिन्नभिन्न भयो । कम्युनिष्ट पार्टीमा भएको विभाजनमा राजनैतिक, सैद्धान्तिक र अरु कारणहरुको धेर थोर जति भए पनि गैर सर्वहारा प्रवृति र लेनिनवादी संगठनात्मक सिद्धान्तको गंभिर रुपमा उलंघन भएको तथ्य कसैले लुकाउन सकिदैन् । यो उलंघन फुटेर जानेहरुले मात्र गरेका हुन भन्न सकिन्न । संगठन निर्माण गर्ने र त्यसलाई संचालन गर्ने, बस्तु वा घटनालाई हेर्ने, विश्लेषण गर्ने, विचारलाई खेल्न दिने, फरक मतहरुलाई संचालन गर्ने, नीति निर्माण गर्ने तथा विचारधारात्मक संघर्ष संचालन गर्ने, नेतृत्वको दायित्व निर्वाह गर्ने र कार्यकर्ता परिचालन गर्ने जस्ता अनेकौ सवालमा संगठनात्मक सिद्धान्तको उलंघन भएको हुन सक्छ । 
चुनौतीहरुको सामना गर्दै ः
पार्टीको महासचिव भए पछि कमरेड मदनका अगाडी एकै पटक धेरै खालका चुनौतीहरु देखा परे । पार्टीको नीति तथा कार्यक्रमलाई व्यवस्थित गर्ने, बदलिएको सोचका आधारमा पार्टी पंक्तिलाई सचेत र संगठित गर्ने, कार्यनीति कार्यान्वयनका लागि बाम आन्दोलनलाई एक गर्दै काग्रेस लगायतका पंचायत विरोधी शक्तिहरुलाई आन्दोलनका लागि सहमत बनाउने र व्यापक रुपमा जन आन्दोलनमा सहभागी बनाउने । यी सवै कार्यमा क मदन भण्डारीले छोटो समयमा पार्टीलाई कुशलताका साथ नेतृत्व गर्दै परिचालन गरी ०४६ सालको जनआन्दोलन सफलताकासाथ सम्पन्न गर्न कुशल नेतृत्व प्रदान गर्नु भयो । 
जनआन्दोलन पछि नेपालको नयाँ संविधान तयार गर्ने, पार्टीलाई खुला परिवेशमा नयाँ ढंगवाट पुर्नगठन गर्ने क्रममा बाम एकीकरणका लागि नेकपा माक्र्सवादीसंग एकिकृत गर्दै कम्युनिष्ट पार्टीलाई महाधिवेशसनको निर्णय अनुरुपमा निर्वाचनको प्रतिष्पर्धामा ६९ सिटमा विजयी बनाउने कार्यहरु सम्पन्न भए । यसरी कम्युनिष्ट पार्टीलाई जनतावाट अनुमोदन गराउदै बिश्व कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा देखा परेको ठुलो चुनौतीलाई समेत बाटो देखाउने कार्यमा सफलता प्राप्त भयो । ०४६ सालको चौथौ महाधिवेशनवाट विषय प्रवेश भएको प्रतिष्पर्धाको आधारमा कम्युनिष्ट पार्टीलाई जनतामा स्थापित गर्दै आमूल परिवर्तनको दिशामा अगाडी बढने कार्यनीति तथा कार्यक्रमहरुलाई व्यवहारवाटै स्थापित गर्दै ०४९ सालको माघमा सम्पन्न पाचौ महाधिवेशनमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम तथा कार्यनीतिलाई विधिवत रुपमा अत्यधिक मतवाट अनुमोदन गराउने कार्य समेत कुशलताको साथमा सम्पन्न गराउनु भयो । नेपालको राजनीतिमा नयाँ आयम स्थापना गर्दै नेपाली समाजको आमूल रुपान्तरणको अभियान संचालनका लागि गोरेटो तयार पार्नु भयो । 

नेपालको राजनीतिमा क मदन भण्डारीका योगदानहरु ः

  •     नेपालको निरंकुश व्यवस्था विरोधि संयुक्त जनआन्दोलनको सफल प्रयोग । 
  •     नेपाली क्रान्तिको सिद्धान्त जवजको निर्माणमा ।
  •     नेपाली कम्युनिष्ट आन्दोलनको बदलिदो परिस्थिति अनुकुलको कार्यनीति निर्माणमा ।
  •     नयाँ कार्यनीतिलाई व्यवहारमा कार्यान्वयनका लागि निर्वाचनमा सफलता ।
  •     नेपाली समाजको आमूल रुपान्तरको कार्यदिशा निर्धारण । तीन चरणमा नेपालको आमूल रुपान्तरण गर्न सकिन्छ भन्ने विचार प्रदान ।
  •     नेपाली कम्युनिष्ट आन्दोलनको एकिकरणमा अगुवाई ।
  •     कम्युनिष्ट पार्टी निर्माण तथा परिचालनमा उदाहरणयीय योगदान ।

कमरेड मदन भण्डारीवाट लिनु सकिने शिक्षाहरु ः

  •     कुनै पनि महत्वपूर्ण राजनैतिक विषयहरुलाई व्यापक छलफल तथा बहसमा लादै प्रजातान्त्रिक पदद्धिवाट पारित गरिनु पर्दछ ।
  •     कुनै पनि अभियान तथा कार्यक्रमहरु सरोकारहरु वीचमा समन्वय, सहकार्य र आपसी सहयोगवाट मात्र सहजै रुपमा सम्पन्न गर्न सकिन्छ ।
  •     आफुले लिएका जिम्मेवारीहरु लगनशीलता, इमान्दारीता, प्रतिबद्धताका साथमा गरियो भने मात्र सम्पन्न गर्न सकिन्छ ।
  •     कुनै पनि नेताहरुले जिम्मेवारीहरु लिदा आफ्नो चाहना, योग्यता क्षमता र अनुकुल परिस्थितिका आधारमा लिइयो भने मात्र आप्mनो जिम्मेवारीमा सफल हुन सकिन्छ । 
  •     पार्टी नेतृत्वले आप्mना सहयोद्धाहरुको भावना र चाहना बुझेर परिचालन गर्नु पर्दछ भने सहयोद्धाहरुले पनि नेतृत्वको सोचका आधारमा सहयोग र सहकार्य गर्नु पर्दछ । यस कार्यमा नेतृत्वको अहम भूमिका रहनु पर्दछ ।
  •     नेतृत्वले अग्रजहरुको सम्मान गर्ने र सहयोद्धा तथा कार्यकर्ताहरु हौसला तथा प्रोत्साहन गर्दै परिचालन गर्न सक्नु पर्दछ । 
  •     राजनैतिक पार्टीले आफनो लक्ष्यमा सफल पाउनका लागि व्यापक रुपमा पार्टी संगठन र कार्यकर्ताहरुलाई  सचेत, संगठित र चलायमान बनाएर मात्र सफलता पाउन सकिन्छ । 

निष्कर्ष ः 
आज २७ बर्षको अवधिमा पनि नेपालको कम्युनिष्ट आन्दोलनले कमरेड मदन भण्डारीको नेतृत्वमा प्रतिपादन भएको प्रतिष्पर्धाको आधारमा राज्यसत्तामा जाने र समाजको आमूल रुपान्तरणको दिशामा निरन्तर अगाडी बढने कार्यक्रम तथा कार्यनीतिलाई निरन्तर रुपमा कार्यान्वयन गर्दै अगाडी बढीरहेको छ । यस बेला नेपालको कम्युनिष्ट पार्टीले नेपाली जनताको मन जितेर अत्यधिक मतकासाथमा नेपालका सवै सरकारहरुमा अत्यधिक उपस्थितिका साथ सरकारहरु संचालन गरीरहेको छ । अव यस उपस्थितिले समाजको विकासलाई काहाँसम्म डोर्याउछ र सरकारको कार्य क्षमताले कति नेपाली जनताको मनमा आशा र विश्वास जगाउन सक्छ त्यसवाट नै हामीले कमरेड मदन भण्डारीको अगुवाईमा प्रतिपादित सिद्धान्त र कार्यनीतिलाई कति आत्मसाथ गर्दै देश र जनताको पक्षमा कार्य गर्न सकेका छौ भन्ने विषयको मापन हुन सक्दछ । यसको समिक्षा आगामी दुई वर्ष पछिको सवै स्तरको निर्वाचनहरुको  परिणामले देखाउने छन् । हामीले आगामी दिनमा हाम्रो पार्टीले अंगीकार गरेको नीति तथा कार्यक्रमको समिक्षा गरी रहने बेलामा सरकारहरुको नेतृत्व गरिरहनु भएका कमरेडहरु र पार्टीका विभिन्न कमिटीमा नेतृत्व गरि रहनु भएका कमरेडहरुको समेत नेतृत्वको समिक्षा संगसंगै हुनेछ ।  

२०७७ असार १३ 

प्राप्त प्रतिकृयाहरू

To Top