मानवजातीले उपयोग गर्न नसकेको अद्भूत मानव मस्तिष्क 

बिचार असार ४ 2077 ekhabarnepal
Bal bhd acharya

वलवहादुर आचार्य
मानव शरिर एउटा अत्यन्त उन्नत स्तरको स्वचालित मेसिन हो । मानिसको शरिरमा विभिन्न प्रकार अंगहरु छन तीनिहरुले आफनो किसिमले काम गरीरहेका छन् र एक अकोसंग सम्वन्धित पनि छन् । सामन्यतया हाम्रो शरिरका कुनै अंगमा केहि खरावी आउदा हाम्रो शरिरले संकेतका रुपमा ज्वरो वा कुनै दुखाई लगायतका संकेत गर्दछ र हामी विरामी भयौ भन्दै चिकित्सकोमा जान्छौ । चिकित्सकले जाँच गर्दछन र हाम्रो शरिरको कुन अंगमा के खरावी भएको छ पत्ता लगाई औषधि दिन्छन र हामी त्यस बारेमा धेरै चासो नराखी औषधि लिएर आउछौ र सन्चो हुन्छ । सामन्यतया ठुलो रोग नलागेसम्म हामीले हाम्रो रोगका बारेमा धेरै चासो राख्दैनौ । हाम्रा शरिरका सवै अंगहरु मध्ये दिमाग हाम्रो शरिरको केन्द्रिय कार्यालय जस्तै हो । यसले बाताबरणवाट सूचनाहरु लिन्छ सो सूचना विश्लेषण गर्दछ र आवश्यक कार्यका लागि आवश्यक अगलाई निर्देशन दिने गर्दछ । यो हाम्रो शरिरको केन्द्रिय कार्यालय जस्तै हो । मानिसको यो अदभूत क्षमता भएको दिमागका गुण तथा विशेषताहरु यस प्रकार रहेका छन् ।  
    मानिसको पूर्ण दिमागको तौल ३ पाउण्ड हुन्छ । मानिसको दिमागको ३ भागको विकास पहिलो बर्षमा हुन्छ भने  १८ बर्षसम्ममा यो दिमाग पूर्ण अवस्थामा विकास हुन्छ । मानिस बृद्ध हुदै जाँदा यो दिमाग खुम्चिदै जान्छ ।
    मानिसको दिमागमा करिव एक अर्व न्यूरोनहरु ( सूचना बोकेर हिडने शेलहरु ) रहेका हुन्छन् ।
    दिमाग हाम्रो शरिरको केन्द्रिय सूचना प्रणाली हो र यसमा करिव १ लाख ६० हजार कि मि लम्वाईका रक्त बाहिनी नलीहरु रहेका हुन्छन् । यहि नै सूचना प्रवाहको माध्यम पनि हो ।
    मानव दिमागले सवै प्रकारका सूचनाहरु प्राप्त गर्दछ, उक्त सूचनाहरुको विश्लेषण गर्दछ र आवश्यक कार्यका लागि सम्वन्धित अंगलाई निर्देशन गर्दछ ।
    हाम्रो उमेर बढदै गए पछि मानिसको दिमागले पुराना संझनाहरु कायमै राख्दछ भने दिमागमा रहेका सूचनाको लोडका कारण नयाँ विषयहरु लिन नसक्ने हुन्छ । जसकारण बृद्ध बृद्धाहरु पुराना कुरा संझने र नयाँ कुराहरु छिटै विर्सने हुन्छन् ।
    मानिसको दिमागमा ३ वटा अवस्थाहरु रहेका हुन्छन । पहिलो बुद्धि Brain, दोस्रो संझनाको संगाले Memory store र चित्त, चेतना conciousness हुन्छन् ।
    हाम्रो दिमागको क्षमता २.५ पेटा वाइटस (पि बि) अर्थात करिव ३० लाख गिगा बाइट्स (जी वि) हुन्छ । जसमा देव्रे दिमागको क्षमता मात्र दश प्रतिशत र दाहिने दिमाग ९० प्रतिशत हुन्छ ।
    मानिसको दिमागको गति जागृत बिटा अवस्थामा १२ देखि १६ साइकल प्रति सेकेण्ड, स्वप्तको अल्फा अवस्थामा ८ देखि १२ साइकल प्रति सेकेण्ड, ध्यानको थिटा अवस्थामा ४ देखि ८ साइकल प्रति सेकेण्ड र समाधिको डेल्टा को अवस्थामा ०.५ देखि ४ साइकल प्रति सेकेण्ड हुन्छ । 
    उमेरका आधारमा मानिसको दिमागको गतिको अवस्था २ वर्षसम्म डेल्टा, ५ बर्षसम्म थिटा, १२ बर्षसम्म अल्फा र १२ बर्ष पछि बिटाको चंचल अवस्थामा रहन्छ । 
    मानिसले आफनो दिमागको क्षमतालाई अत्यधिक मात्रामा प्रयोग गर्न सक्छ तर आजसम्म कुनै पनि विद्धान वा बैज्ञानिकहरुले यसको ५ प्रतिशत भन्दा बढीे उपयोग गर्न सकेका छैनन् ।
    हामी सुतेको र ध्यानको अवस्थामा पनि दिमागले आफनो काम गरिरहेको हुन्छ ।
    मानिसको दिमागले हाम्रो शरिरमा रहेको २० प्रतिशत रगत र अक्सिजन उपयोग गरेको हुन्छ ।
    मानिसको दिमागमा रक्तसंचार हुन छाडेको १० सेकेण्डमै मानिस अचेतन अवस्थामा पुग्छ भने ५, ६ मिनेटसम्म प्रवाह नभएमा मानिसको मृत्यु हुन्छ ।
    दिमागमा ६० प्रतिशत भाग बोसो हुन्छ भने ७५ प्रतिशत भाग पानीको मात्रा हुन्छ ।

मानिसको शरिरको यो दिमागमा देवे्र र दाहिने गरी दुईवटा भाग रहेका हुन्छन् । देवे्र दिमागले हाम्रो शरिरको दाहिने तर्फका अंगहरुको नियन्त्रण गर्दछ भने दाहिने दिमागले हाम्रो शरिरको देव्रे तर्फका शरिरका अंगहरुको सन्तुलन गरेको हुन्छ । हाम्रो शरिरमा रहेका महत्वपूर्ण अंगहरु हात, खुट्टा, आँखा, नाक, किडनी, आदी दुइ दुइ वटा नै छन् । मानव दिमाग पनि देव्रे र दाहिने गरी दुईवटा रहेका छन् । यीनीहरुको कार्य विभाजन पनि अलग अलग खालको रहेकोछ । मानवको देव्रे दिमागको विकास बालकको जन्म पछि मात्र हुने गर्दछ । बालक आमाको कोखमा हुदा देव्रे दिमागको भौतिक विकास त भएको हुन्छ तर यसमा कुनै प्रकारको ज्ञान हुदैन । जव उ आमाको कोखवाट बाहिर आउछ उसले आप्mनो आमा, घरपरिवार, साथीभाई, स्कूल तथा वरिपरिको वाताबरणवाट जे जे विषयको जानकारी पाउँछ त्यसैलाई हेर्दै, नक्कल गर्दै र सिक्दै उसले ज्ञान प्राप्त गर्दछ । यसरी बालकले सानो उमेरमा सिकेका ज्ञान तथा आमाको पेटमा रहदा ध्यानवाट दाहिने दिमागको कृयाशीलताका आधारमा प्राप्त ज्ञानलाई उपयोग गर्न सक्दछ । यो उमेरमा बालकको दुवै दिमाग कृयाशील हुन्छ यदि वालकलाई दाहिने दिमागलाई सकृय बनाउने ध्यान विधिलाई पनि सानै उमेरवाट निरन्तरता दिन सक्ने हो भने बालकले आप्mनो पढाई होस वा अन्य कुनै पनि काममा उदभूत क्षमता प्रदर्शन गर्न सक्दछ । अध्यात्म विज्ञानका जानकार तथा प्रयोगकर्ताहरु बताउछन कि हामीले राम्रो गुरुहरुको निर्देशन बमोजिम दैनिक केहि समय नियमित रुपमा ध्यान गर्ने बानी बसाल्यौ भने हाम्रो शरिरको दाहिने दिमाग पनि नियमित रुपमा कृयाशील हुन जान्छ र यसले मानिसमा अदभूत क्षमताको विकास गर्दछ ।  
हाम्रो शरिरमा रहेको देव्रे दिमागको मुख्य भुमिकाहरुमा वाताबरणवाट सूचनाहरु संकलन गर्ने, प्राप्त सूचनाहरु व्यवस्थित गर्ने, विश्लेषण गर्ने र उक्त विचारलाई तर्कपूर्ण तरिकाले प्रस्तुत गर्ने रहेको हुन्छ । यस दिमागले  सुचनाहरुको संकलन गर्ने, विश्लेषण गर्ने, व्यवस्थापन गर्ने र आफुले प्राप्त गरेका आधारमा उक्त सूचनालाई प्रस्तुत गर्ने कार्यमा यो अनुभवी हुन्छ । यो हाम्रो दिमागको कार्यकारी अंग हो र यस दिमागको क्षमता दाहिनेको भन्दा ज्यादै थोरै तथा सिमित हुन्छ । यस दिमागमा आफुले लिएका शिक्षा तथा ज्ञान भन्दा बाहिर गएर सृजनात्मक कार्य गर्ने क्षमता भने हुदैन । यो एउटा कम्प्युटमा सेट गरेको सफ्टवेयर जस्तै हो । जसरी हामीले प्रयोग गर्ने सिमित क्षमताको मोवाइलमा ओभरलोड हुदा ह्यांग हुने र काम गर्न नसक्ने सूचना दिए जस्तै हाम्रो देव्रे दिमाग पनि कहिले काँही ह्यांग हुन,े केहि सोच्न नसकिने र टाउँको दुख्ने जस्ता असरहरु देखा पर्दछ ।
 मानिसको देव्रे दिमागले आमाको गर्भवाट बाहिर आएपछि जे जस्ता कुराहरु देख्छ, सिक्छ र अनुभव गर्दछ त्यहि सूचानाहरुलाई संकलन गर्ने, विश्लेषण गर्ने, व्यवस्थित गर्ने र तार्किक रुपमा प्रस्तुत गर्ने गर्दछ । यो हाम्रो दिमागको स्टोर रुम जस्तै हो जति हाम्रो स्टोरमा सूचना हुन्छ त्यहि सूचनाहरुमा खेलेर यस दिमागले ती सूचनाको उपयोग गर्ने गर्दछ । तर हामीसंग भएको यो सिमित सूचना स्टोरलाई पनि सुव्यवस्थित रुपमा व्यवस्थापन र संचालन गर्न सक्दा पनि मानिसले धेरै प्रगति गर्न सक्ने हुन्छ । दिमागको यस भागमा श्रृजनशीलता र कलात्मक तथा भावनात्मक पक्ष भने कमजोर हुन्छ । बहुसख्यक मानिसहरुले यहि देव्रे दिमागमा भएको यो सिमित क्षमताको पनि राम्रोसंग उपयोग गर्न सकेका हुदैैनन् भन्ने अनुसन्धानकर्ताहरुको भनाइ रहेकोछ । 
हाम्रो शरिरमा रहेको दिमागको दाहिने भाग हाम्रा अग्रज तथा पुर्खाहरुको असिमित अनुभवहरुको सूचना भण्डारण केन्द्रको रुपमा रहेको छ भने यो दिमाग गतिवान, सृजना तथा कल्पनाको खानी नै मानिन्छ । अहिलेको प्राविधिक भाषामा भन्दा दिमागको यो भाग ज्यादै क्षमतावान अत्याधुनिक सुपर कम्प्युटर हो । यस दिमागको क्षमता देव्रे दिमागको तुलनामा असिमित नै हुन्छ । भनिन्छ हाम्रो दिमागको यस भागमा यस ब्रम्हाण्डमा भएका सवै ज्ञानको भण्डारण हुन्छ । बैज्ञानिक तथा अनुसन्धानकर्ताको अध्ययनमा हाम्रो दाहिने दिमागको क्षमता करिव २३ लाख जीवि रहेको अनुमानछ । जव कि एउटा सय पृष्ठको पुस्तकको प्रकाशनका लागि हामीलाई करिव ६ जीवि मात्र भए पुग्छ । तसर्थ हामीले कल्पना गरौ त २३ लाख जीवि क्षमताको दिमागलाई प्रत्येक मावनले राम्रोसंग उपयोग गर्न सक्ने हो भने यो संसारको विकास कुन गतिमा अगाडी बढथ्यो होला ?
मानव जातीको विकासक्रमलाई अध्ययन गर्दा पृथ्वीमा जीव विकासको इतिहास एक कोषीय जीववाट रुपान्तरण हुदै हालको विकसित मानव जातीको अवस्थामा आई पुगेको हो । यस कुरालाई आज भन्दा १५० बर्ष पहिलेका बैज्ञानिक डार्विनले व्याख्या गरेका थिए भने आदी योगीले यसको बारेमा आजभन्दा १५ हजार वर्ष पहिला नै बताएका थिए भनिएकोछ । मानव जातीको यस विकासक्रममा एक कोषीय जीवहरु रुपान्तरण हुदै पानीमा बस्ने जीव माछा, त्यस पछि पानी र स्थलमा बस्ने उभयचर, त्यस पछि क्रमशः स्तनधारी प्राणी, नरबानर, बन मानव, पूर्ण विकसति एवं क्रोधि मानव, शान्तीपूर्ण मानव, प्रेममय मानव, ध्यानमय मानव हुदै आजको पूर्ण विकसित दिव्यदर्शी मानवका रुपमा आई पुगेको हो । बिज्ञानले प्रमाणित गरको विषय के हो भने हाम्रा पुर्खाहरुले आर्जन गरेको अनुभव, उनीहरुका विशेषता र उनीहरुले प्राप्त गरेका सूचनाहरु डिएनए मार्फत पुस्ता तथा सन्तानहरुमा हस्तान्तरण हुदै आएका हुन्छन् । त्यसैले त हाम्रै समाजमा पनि सामान्य रुपमा हेर्दा पनि पुर्खाका गुण तथा विशेषताहरु सरेर आएको हामी सवैैले अनुभव गरेका हुन्छौं । त्यसैले त हामीले कुनै बालकलाई हेरेर अ‍ोहो बाबु त ठ्याकै बाबु जस्ता,े आमा जस्तो, दाजु भाई वा दिदि बहिनी जस्तो काटेकुटे सवै मिल्ने रहेछ भन्ने गर्दछौ । हामीले गहिरो गरी अध्ययन तथा विश्लेषण गरि हेर्यौ भने हाम्रा सन्तानहरुमा आप्mनो पुर्खावाट हस्तान्तरण भएका विशेषता तथा बानी व्यवहोराहरु प्रसस्तै देख्न सक्दछौ । 
मुख्य समस्या भनेको हामीले हाम्रा पुर्खाको अनुभव र विशेषताहरुको संगालोका रुपमा रहेको दाहिने दिमागमा संकलित यी ज्ञान भण्डारलाई कसरी अत्यधिक परिचालन गर्दै उक्त असिमित ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने विषय नै हो । यसै विषयमा अहिले बैज्ञानिक तथा अनुसन्धानकर्ताहरुले अध्ययन तथा अनुसन्धान गर्दै आएका छन् । तर अध्यात्म विज्ञानका सोधकर्ता तथा प्रयोग कर्ताहरुले भने यस विषयमा परापूर्वकालवाटै यसलाई दिव्य ज्ञान तथा दिव्य ज्योतीका बारेमा बर्णन गर्ने र प्रयोग गर्दै आएको पाइन्छ । जतिबेला समाजमा शिक्षा आर्जनका माध्यमको रुपमा विद्यालयहरु थिएन त्यतिबेला श्रृषिमुनीहरुले ध्यानका माध्यमवाट प्राप्त गरेका दिव्य ज्ञानहरुलाई गुरुकुलका रुपमा विद्यार्थीहरुलाई पढाउने गर्दथे । अझ हामीले खोज्दै जाँदा यस गू्ुरुकुल पूर्व पनि मानिसहरुले ज्ञान प्राप्त गर्ने माध्यमका रुपमा ध्यान र अनुभव नै थियो होला भन्ने अनुमान गर्न सकिन्छ,। अहिले पनि मानव समाजमा मानिसहरु ध्यानवाट ज्ञान आर्जन गर्ने परंपरात् त चलि नै रहेकोछ । ध्यान विधिवाट ज्ञान प्रापत गर्ने विधिहरुको प्रयोग तथा चर्चाहरु हामीले हाम्रा बैदिक तथा पौराणीक ग्रन्थहरुमा प्रसस्तै पाउँदछौं ।  
आध्यामिक गुरुहरुले भन्ने गरेका छन कि यो दाहिने दिमाग एउटा ब्रम्हाण्डको सानो स्वरुपको रुपमा रहेको हुन्छ । यस दिमागको राम्रोसंग परिचालन गरेका व्यक्ति वा श्रृषिमुनीहरुले त्रिकालदर्शी हुने र कुनै पनि मानिसलाई देख्नासाथ उसको विचार तथा सम्पूर्ण विवरण बताउन सक्ने क्षमता राखेका हुन्छन् । यस प्रकारका थुप्रै उदाहरणहरु हामीले हाम्रा पौराणीक ग्रन्थहरुमा विद्धान श्रृषिमुनीहरुले समेत प्रयोग गरेको पाउँछौं । बैज्ञानिकहरु हाम्रो देव्रे दिमागलाई भौतिक विज्ञान र दाहिने दिमागलाई अध्यात्मिक विज्ञानका रुपमा पनि चर्चा गरेकाछन् । यसको दाहिने दिमाग अर्थात अध्यात्मिक विज्ञानको ज्ञान प्राप्त गर्ने माध्यम भनेको एकाग्रताकासाथ गरिने ध्यान विधि मात्र हो । जसरी हामीले दिमागको देव्रे भागले बाहिरी संसारको बाताबरणवाट सूचना प्राप्त गरी ज्ञान आर्जन गर्दछौ त्यसै गरी हाम्रो दाहिने दिमागमा रहेको त्यो असिमित ज्ञानको भण्डारणवाट ज्ञान आर्जन गर्ने दुई वटा विधिहरु छन् । मानिसको दिमागको दाहिने भागको ज्ञान परिचालन गर्ने एउटा माध्यम हाम्रो देव्रे हातको परिचालन पनि हो । यस बारेमा हामीले हाम्रो समाजमा हेर्यौ भने देव्रे हात परिचालन गर्ने मानिसको दिमागको दाहिने भाग केहि मात्रामा कृयाशील हुन्छ र यस्ता व्यक्तिहरु क्षमतामा केहि श्रृजनशीलताको पक्ष राम्रो देखिन्छ । भनिन्छ जुन व्यक्तिले आफनो ध्यानको माध्यमवाट यस दिमागको परिचालन गर्न सक्दछ उसको दिमागले सुपर कम्प्युटरको रुपमा स्वचालित मेसिनले झै कार्य संपादन गर्न थाल्दछ । मानिसले केहि न केहि मात्रामा यस दिमागको उपयोग गरेको त हुन्छ तर यो ज्यादै नगन्य मात्रामा हुन्छ । संसारमा अदभूत क्षमता भएका मानिसहरु, त्रिकालदर्शी मानिसहरु र महाज्ञानी श्रृषिमुनीहरुले यस दिमागको राम्रोसंग परिचालन गरेका हुन्छन् । भनिन्छ अहिलेसम्म मानिसले यस क्षमतावान दिमागको ५ प्रतिशत भन्दा बढी उपयोग गर्न सकेका छैनन् । यस अद्भूत क्षमता भएको हाम्रो दिमागलाई धेरै जसो मानिसहरुले उपयोग नै गर्न नसकेका कारण मानिसको मृत्युसंगै यस बहुमुल्य तथा अत्याधुनिक मेसिनलाई हामीले आगोमा जलाई विसर्जन गर्न बाध्य छौं । मानव जातीमा रहेको दिमागको यी दुई भागको सन्तुलन गर्ने व्यक्तिहरु अदभूत क्षमताका हुन्छन किन भने हाम्रो दाहिने दिमागमा भएको असिमित ज्ञान, गतिशील तथा काल्पनिक क्षमता तथा देव्रे दिमागमा भएको कुशल व्यवस्थापन, तार्किक क्षमता, विश्लेषण क्षमता र कार्यकारी क्षमताको मिश्रण हुन सक्यो भने त्यस्तो व्यक्ति कस्तो होला हामीले कल्पना गरौत । त्यसैले महान बैज्ञानिक आइन्स्टाइनले भनेका थिए कि भौतिक बिज्ञान विनाको मानिस लंगडो हुन्छ भने अध्यात्मिक विज्ञान बिनाको मानिस अन्धो हुन्छ । जव यी दुवै बिज्ञानको मिश्रण हुन्छ त्यो मानिस अदभूद क्षमताको हुन्छ । यसवाट के भन्न सकिन्छ कि भौतिक बिज्ञान र अत्यात्म विज्ञानले एक अर्कालाई सम्मान र सहकार्य गर्दा मात्र  मानिसले यो अदभूत क्षमताको उपयोग गर्न संभव हुन्छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top