कपिलवस्तुमा थपिए १२ कोरोना संक्रमित

स्वास्थ्य जेठ ७ 2077 ekhabarnepal
Download

  
काठमाडौं, जेठ ७
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ९ जना र विजयनगर गाउँपालिकामा ३ गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार भैरहवामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको कपिलवस्तुका प्रहरी प्मुख (एसपी) दीप शमशेर जबराले जनाकारी दिए।

९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनीहरुलाई आइसोलेसनमा राख्न कहाँ पठाउने भनेर महाराजगन्ज नगरपालिकाको बैठक बसिरहेको छ।

संक्रमण देखिएकाहरु वैशाख २२ र २३ गते भारतबाट आएका हुन्। संक्रमित मध्ये ६ जना महिला र ३ जना पुरुष छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम कलवारले अहिले संक्रमण पुष्टि भएकालाई क्वारेन्टिनबाट छुट्याइएको बताए।

संक्रमित मध्ये ८ जना वडानम्बर ९ को क्वारेन्टिनमा र एक जना नगरपालिकाको क्वारेन्टिनमा छन्।

सोमबार नगरपालिकाका क्वारेन्टिनमा रहेका १०८ जनाको स्वाब संकलन गरिएको थियो। यी मध्ये ८३ जनाको रिपोर्ट आएको हो।

संक्रमितलाई बुटवल वा दाङको अस्पतालमा पठाइने नगरपालिकाले जनाएको छ।

विजयनगरमा देखिएका संक्रमितहरुमा दुई पुरुष र एक महिला रहेका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top