कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

राजनीति जेठ ५ 2077 ekhabarnepal
Caf9d2de6125231998fc5cef6f3ec507 w1000 h500 cp

काठमाडौँ, जेठ ५ गते । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नक्सा पारित गरेको छ ।  सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री  डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताउनुभयाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तावित नेपालकाे नक्सा स्वीकृत गरेकाे जानकारी मन्त्री खतिवडाले दिनुभयाे । 

याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ । सो क्षेत्रमा नेपाली भूभामा भारतले सडक निर्माण गरे पछि त्यसको सर्वत्र विरोध भएपछि सरकारको सो निर्णय भएको हो

‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भाईरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली,’ पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन्। 

राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन्।

साथै सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ। तदनुरुप नै छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top