रुपन्देहीको क्रिमसन अस्पतालमा कोरोना संक्रमित भेटिए

स्वास्थ्य जेठ ५ 2077 ekhabarnepal
Download

बुटवल जेठ ५ 
  रुपन्देहीको तिलोत्तमा स्थित क्रिमसन अस्पतालमा उपचाररत एक ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गुल्मीको मदाने गाउंपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।  उनको भेन्टीलेटरको सहायतामा उपचार भईरहेको छ ।
उनी अहिलेपनि सोही अस्पतालको आईसियूमा भर्ना भई उपचार गराईरहेका छन् ।
४१ वर्षिय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहि गएको नभएपनि लक्षण हेर्दा कोरोनासंग मिल्दो पाईएपछि अस्पतालबाटै स्वाव संकलन गरि परिक्षणको लागि लगिएको शाहले बताए ।
“उहांको ट्राभल हिस्ट्री कतै बाहिर गएको पाईएको छैन, उहांकै विद्यालयमा क्वारेन्टाईन संचालन गरिएकोले सोही क्वारेन्टाईनबाट पनि संक्रमण भएको हो की भन्न सकिन्छ ।” शाहले भने ।
अस्पतालको आईसियूमा भर्ना भएको कारण उनको उपचार त्यहि हुन्छ वा अन्यन्त्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिए । अहिले अस्पताल क्षेत्र शिल गरिइको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top