५३ जना थपिए एकैदिन, संक्रमितको संख्या ३५७

स्वास्थ्य जेठ ५ 2077 ekhabarnepal
Swastaya mantralaya

  
काठमाडौं, जेठ ५

आज (सोमबार) एकै दिन कोरोना संक्रमित पुष्टि हुनेको संख्या हालसम्मकै उच्च भेटिएको छ ।५ नं. प्रदेशको गुल्मीमा पहिलोपटक संक्रमित भेटिएको छ ।

बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका थप एक–एक जनामा संक्रमण पुष्टि भएको हो ।

आज बिहान रौतहट र बारामा गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो।

योसँगै देशभर संक्रमितको संख्या ३५७ पुगेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top